जय डिभी (हास्यव्यङ्ग्य )
मैले वर्षैपिच्छे डीभी भरेको थिए। झण्डै पन्ध्र वर्षको अन्तरालमा डीभी पर्यो। शुरुमा त भुइँमा न भाँडामा भए साथीभाइसँग भेट हुँदा फूलका गुच्छा र फोनमा शुभकामनाले मेरो दिमाग आकाशमा उडेथ्यो। लाग्थ्यो आमाले शुभ दिनमा जन्माइछन्। म अमेरिका गएँ। गाउँमा हल्लीखल्ली नै भएछ फलानो अमेरिका गएछ। दुई चार दिनसम्म गाउँमा कुराकानी भयो। पछि म अमेरिका नै बसेँ। मैले गाउँ सम्झन नसकेपछि गाउँलेले पनि मलाई बिर्से, वास्तै गरेनन् किनभने म मेरो स्वार्थका लागि मात्र गएको थिएँ, अरूको लागि होइन, मेरो कुरा गरेर साध्य पनि थिएन, मैले गाउँलाई चटक्क बिर्सेर डीभी परेपछि अमेरिका छिरेको थिएँ। अहिले म अमेरिकामा छु।
साहित्यिक वार्ता:नवराज सुब्बासंग (वार्ता )
नवोदित - तपाई आफ्नो वाल्यकाललाई कसरी संम्झनु हुन्छ ?
नवराज सुब्बा - "गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली..." विद्यालयको प्रातःप्रार्थनामा सबैको अगाडि उभिएर राष्ट्रियगान गाइसकेपछि हात उठाएर म "जय" भन्दथें सबै "नेपाल" भन्दथे । बाल्यकालमा कक्षाको पहिलो विद्यार्थी मात्र होइन, म अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाफ, वादविवाद प्रतियोगितामा पनि सक्रिय सहभागी हुनेगर्दथें साथै कविता, निवन्ध लेख्ने र गीत गाउने पनि गर्दथें । रेडियो नेपालको बाल कार्यक्रम "को भन्दा को कम" प्रतियोगितामा र पूर्वाञ्चल क्षेत्रिय निबन्ध प्रतियोगितामा समेत पुरस्कृत भएको थिएँ । शिक्षकहरूले मलाई नमूना विद्यार्थीको रुपमा लिने गर्दथे । अति दूर्गम पहाडी जिल्लाको साधारण सरकारी विद्यालयबाट २०३३ सालमा एस.एल.सी.परीक्षामा प्रथम श्रेणीमा उत्तीण्र्ण भएपछि शिक्षकले स्याबासी दिए र भने "तैले पछि केही गर्छस् राम्रो विषय पढ्" । यसपछि म चिकित्साविज्ञान पढ्न काठमाडौ गएँ ।
नमुना नियात्रा 'ग्रेटवालको ग्रेट अनुभूति' (कृती / समिक्षा )
केही वर्षयता नियात्रा लेखन साहित्यकै रुचिकर विषय भएको छ । राम्रा नियात्राले यस विधालाई पठनीय मात्र होइन, ग्रहणीय र संग्रहणीय पनि बनाएका छन् । तर, यस्ता हस्ताक्षरहरू सारै थोरै छन् । अधिकांश नियात्राकारका पट्यारलाग्दा प्रस्तुति र रछ्याने वर्णनले यो विधा सिकारु र अशक्त कलमजीवीहरूको अखडाजस्तो बन्न गएको छ । यसले गर्दा रुचिकर हुँदाहुँदै पनि यो निरसतामा सीमित हुन थालेको छ ।