गजल

- यात्री शेखर

अँधेरीमा जुनका कुरा नगरेकै जाती हुन्छ ।
बेहोसीमा उनका कुरा नगरेकै जाती हुन्छ ।

मधुर त्यो बोली संग संगितको ताल मिल्दा
विरक्तिमा धुनका कुरा नगरेकै जाती हुन्छ ।

गुलीया छन् शब्दहरु त्यो भन्दानी भाका मीठा
मिठाईमा नुनका कुरा नगरेकै जाती हुन्छ ।

हीरामोती महलको सुखी होला जीवनशैली
गरीबलाई सुनका कुरा नगरेकै जाती हुन्छ ।

के दिनु र अब बाँकी मागेजती दिएकै हो
बैगुनीलाई गुनका कुरा नगरेकै जाती हुन्छ ।

टकुवा - ७ मोरङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 बैशाख, 2066

लेखकका अन्य रचनाहरु