गजल विक्रम तिमिल्सिना नचाहिने नाताहरू गाँसिन्छन् के गर्नु ?
बनाउँथेँ ताजमहल भासिन्छन् के गर्नु ?
मनभित्र सजिएका मनमै मर्दा रै’छन्
आफ्नै मनले नखाएका टाँसिन्छन् के गर्नु ?
सोचेभन्दा रङ्गीचङ्गी संसार भेटेँ कति
आँखा खुलेपछि सबै मासिन्छन् के गर्नु ?
ढुङ्गा हुँ म, फूल तिमी नआऊ भन्दाभन्दै
बेहोसी भई ठोक्किएर नासिन्छन् के गर्नु ?
प्रेम नै हो पूजा भनी पग्लिनेकै शीतल
माया बगाउने मुटु तासिन्छन् के गर्नु ?
यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Sunday, February 7, 2010, 9:06 am यस्तै प्रकारका अन्य रचनाहरु - गजल
- गजल
- गजल
- गजल
- गजल
|