>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

छक्क पर्दैछु

नवराज सुब्बा

हालखबर !
खै के भन्नु
म त आजकल
छक्क पर्दैछु
यता सुकुम्बासी
गोली खान्छन्
र सहिद हुन्छन्
उता विदेशी आउँछन्
र नागरिकता लिन्छन्
सपनाको खेती गर्न सधैं
साढेजुधाई मात्र हने देश
अधिकारकै नाममा सधै वन्द हुन्छ यो देश
मन र बाटाहरू परदेशिए बिरक्तिएर
कतै हिडि सक्नु छैन
तीर्खा लाग्दा पिउने पानी छैन
टाउको दुख्दा सिटामोल पाइँदैन
दुखिरहने मनको पोको छ एउटा
त्यो पनि फुकाउने ठाउँ कतै छैन
न छोरा, न बुहारी, न नाति नातिना
आफ्ना सन्तान सवै परदेशी
म स्वदेशी आज विदेशी जस्तो
आफ्नै देशमा एक्लो भएको छु
हिड्दैछु पाउन शान्ति
सुख खोज्न भौंतारिदैछु
आज दोबाटोमा अचानक
घेरे शहीदहरूले मलाई
अनि रोए, कराए, झसङ्ग बनाए
गन्तव्य भुलि बरालिएको भेटेर
मलाई गिज्याउनसम्म गिज्याए
धत्तेरी ! लक्ष्य पुग्न हिडेको म बटुवा
पत्तै नपाई लठुवा पो भएछु
आफ्नै गतिमति यस्तो देखेर
म तीनछक्क पर्दैछु ।

Email: nrsubba@hotmail.com

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Sunday, February 7, 2010, 12:02 pm

यस्तै प्रकारका अन्य रचनाहरु

  1. तिमीबिना
  2. मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट
  3. हामी फर्कियौं भने
  4. आमाको मोबाइल फोन
  5. माफ गर्नोस् श्रीमान् !