>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

छरिएको पानी

छायादत्त न्यौपाने 'बगर'

समयजस्तै बगेर गएपछि नफर्किने पानीको स्वभाव र्सवविदितै छ । आजको मानिस व्यवहारमा चौपायाको सिको गर्न तम्सिएको भए तापनि म समाज परीक्षण गरेर निक्र्यौलमा पुग्न चाहन्छु । यही समाजको सदस्यको हैसियतले म विद्यार्थीजीवनका घनिष्ट मित्रलाई पछ्याउँछु । नजिकको मित्रलाई कोठामा पाउँदा उनले कसर नछाडेर खुसी प्रकट गरेकै हुन् । घरजमको थालनीपछि विद्यार्थीजीवन बिर्सिदिनुपर्ने विधान भने मलाई थाहा नभएको कुरा हो । त्यसैले म उनको नयाँ कोठामा पुरानै शैलीले प्रवेश गरेँ, उनै हार्दिक प्रसङ्ग कोट्याएँ पनि । बरालिने बानीले मलाई विभिन्न कार्यालय प्रमुखहरूसँग भेट्ने अवसर दिन्छ । खानेपानीमा, लथालिङ्ग, पत्रालयमा गोलमाल, राससमा थपघट र लुछाचुँडी, मन्त्रालयहरूमा परेको पसारो, धेरै बढुवा- थुप्रै सरुवा, नाई भन्ने पाखा, अँ भन्ने काखा, होइन भन्ने जेल, हो भन्ने विदेश पुर्‍याउनेजस्ता नयाँ परम्पराको विकास तीव्रगतिले भइआएको साजी खबर रहेछ । म सरकारी सङ्घ संस्था र निजी कार्यालय तथा राजनीतिदेखि घरनीतिसम्म काट्ने र जोड्ने विशेषज्ञहरूको घुइँचो नाघेर मित्रकहाँ आइपुगेको छु । मित्र विचलित मनस्थिति र हृदयमा ढुकढुकी लिएर किन आत्तिएका हुन् भन्ने बुझ्न भने मलाई निकै कठिन भएको छ, निकै कठिन ।

मलाई अतीतका क्षणहरूको रसमा देखेर आफू सचेत व्यवहारिक भएको खबर दिन उनले गरेको व्यवहारिक प्रयोगशीलता मैले समयमा चिन्न सकिनँ । गाउँटोलका सोझा जनताले भोग्दै आएको थिचोमिचो, सुकुम्बासीको दौडादौडसँगै यो गाउँ र त्यो ठाउँ यो जिल्ला र त्यो राष्ट्र, जङ्गलको छेउ र खोलाको तीरसम्म पुगेर बिसाउने गरेको छ । त्यो चिथोमिचो सहरिया सभ्यता र मानवताको खोजमा नयाँ प्रयोग भएर बिउँझेको छ । समय थरिथरि पाटा फेरेर हिँड्छ, तर भौगोलिक विकटता भन्ने या मानवस्वभावको भिन्नता मित्रले भलाकुसारीको प्रसङ्ग चुँडालेर प्याच्च "कस्तो पानीझैँ छरिएरका यी केटाकेटी भनेका हुन् ।" मलाई भने मित्रताको सूत्रले विश्वासमा पारेको छ । मेरो योजना र आवश्यकता मित्रको वास्तविकता नङ्ग्याउने थिएन । अहिले भने सत्यता ढाकेर भाकामाथि भाका थप्ने अनुहार हर्ेर्ने र को, के, किन कसरी, कहाँबाट, के को लागि कोमार्फलाई झाँक्री बोलाएर बिरामीको रोग खुट्याउने धामीको अनुकरण गर्ने साँघुरो प्रवृत्ति र रूखो भावनाले घोचेका मानसिक घाउहरू चस्किरहेका छन् । मित्रको दिउँसै लाल्टिन बालेर अनुहार चिनाउने असफल प्रयास र्छलङ्ग ऐनामा आइसकेपछि खुरुक्क छाता टिपेर बाटो समाउनुबाहेक सम्भव नै के - मजस्तो कुनै मन्त्री, राजनेता तथा फुच्चे कर्मचारीसम्म चिन्न नसकेर बरालिनेको उपचार ! पैदल सवारीको लामो यात्रापछि अकस्मात् भेटिने मित्रको तर्कले चेतना अलिकति बिउँझेको छ ।

प्रतिदिन नुन, तेल, चिनी, ग्यासका लागि लाम लागेर खर्च हुने घण्टौँ समय र छरिने पानीका सबलताका ख्याल कसले गर्ने - अस्तव्यस्त राष्ट्रको सामाजिक लदाबदी फराकिलो विसङ्गति र भित्रभित्रै चयातिएका धार्मिक खोलहरूमा पसेर जाडो छल्ने कुशल वक्ताको स्वागत गर्ने रहरले भित्र पनि मजस्तै गरी उदाङ्गो भएको गोपनीयता यहाँनेर भङ्ग हुन्छ, उनी आफूलाई परिपक्क ठान्छन् । अगाडि ढाकेर मख्ख पर्दा पछाडि फराकिएको भ्वाङ् मित्रलाई कसले देखाइदिने, खोइ मैले त केही बुझिनँ र अरूलाई त चासो पनि भएन नि । स्वयं मित्र भन्नुहुन्छ, स्वार्थका आनन्दी र अक्कलका बन्दीज्यूहरूको भनाइ नै सत्य होइन भन्दै तथ्यपर्ूण्ा भनाइ थप्नु सत्ताको उछितो हारालुछ गर्ने राजनीतिका धुरन्धरहरूको खिचलोले पार्टर्ीीत्र तानातान गरेको छ । समाजमा देखिएको हिनामिना र पारिवारिक पिरोलामा परी छरिने जुनसुकै मुद्दामामिलाको फैसला गर्ने न्यायाधीश पदमा लगनशील स्वभाव, आत्मीय व्यवहार, स्वच्छ परिवेश, स्थित मनस्थिति नियुक्त गरी टिकाउ परिचालन अनिवार्य छ, जसले गर्दा छरिएको पानी र पोखिएका पीठाको समुचित जतन हुन सकोस् । अतीतमा खिइन गएका पाइलाहरू मोडेर दिशाबोध गरी खुकुरीमा धार लगाउने जाँगरले अचानोको बेथा बुझ्ने बानी बसाले यहीदेखि स्वस्थ सामाजिक जीवनको जग बस्ने भावी पिढीको लागि उदाहरण बन्न सकिने दाबी उहाँले गर्नुभएको भए मित्रसँगको भलाकुसारी काम लागेको छ भन्न मैले हिच्कनुपर्ने थिएन मित्रको यो प्रयासमा म भित्रको चिस्यान नसुकेर कठ्याङ्ग्रिनु परे पनि मैले मित्रको प्रशंसा नगरी नहुने होला तर प्रशंसा गर्ने शैली कस्तो अपनाऊँ ! म अलपत्र छु । गोरेटोमा अभ्यास गरी राजपथ हुँदै घण्टौँ बरालिएर जुत्ता खियाउँदै थुप्रै विचारहरूसहित मित्रको घर फेला पारेको हुँ र उपलब्धि पानीमा गएर ठोक्किएको हो ।

यसको जिम्मेवार व्यक्तित्व म नै हुँ । आशा पलाउँछ, घाम झुल्कन्छन् कि तर कस्तो विसङ्गति आँखा तान्ने र पटकपटक धाउने गरे पनि अनुहार चिनाउन बाँकी रहन्छ, मध्यरात्रिको अँध्यारोले आत्मीय दैलो छेलेको छ भन्ने ठानेको त खाँचो पो भएछ । यसैले म सुइँय सुस्केराको भाषामा दिनदिनैको स्मरण र उम्लेका पानीसँग नुन खर्ुसानीका स्वाद लिएर न्रि्रादेवीको निम्तो स्वीकार गर्ने भएको छु । आखिर आफन्तको अभावमा मान्छेको प्राप्ति र छरिएका पानीका दसा पनि त यस्तै हुन्छ । मलाई संरक्षण दिने जिम्मेवारी तपाईंलाई सुम्पेर म भेद खेल्दै छु, दया गर्नुहोला । यस्तै असाधारण मित्रहरू मलाई निकै फेला पर्ने गर्छन् उस्तै साधारण कामको लागि । यहाँनेर एक अर्कामित्र भेटिनुभएको छ, प्रशस्त ऐनाहरू देखाएर अनुहारको किटान गर्न सक्ने सारै प्रशंसनीय कला उहाँसँग छ । उहाँलाई भेटेपछि म गन्तव्य बिर्सर्ेेउहाँकै बखानमा अलमलिन्छु । केही महवपर्ूण्ा क्षणहरू गुमेपछि फर्किँदा मेरा कर्तव्यहरू यत्र-तत्र र्सवत्र असरल्ल परेको पाउँछु । मलाई अकर्मण्यतामा बरालिएका प्रशासन कार्यालयहरू र लगाम चुँडेका वक्तव्यहरूको हाइदुहाइपर्ूण्ा चर्काचर्की बहसले भरिएका कापीकिताब र छरिएका पानीले रूझेका पाइन्ट, जुत्ताहरूमा पाइने गन्ध सुँघेर पलङमा सुस्ताउँदा भेटिने निर्ण्र्ााकुन हो भनेर सोध्न मन लाग्छ तर असाधारण मित्रसँग होइन म तपार्इंहरूसँग सोधिरहेको छु । सडकमा छरिएका पानीको महव अरू केही छ कि - कुनै सुश्रूषाबिना पानीले पखाल्ने, चिस्याउने गत्यात्मक स्वभाव तथा गुणत्मक स्थायित्व जोगाइराखेको हुन्छ । स्वच्छता र व्यवस्थितरूप दिए थुप्रै घाँटीहरू भिजाइ जीवनाधार बन्न सक्ने पानीको दृढताले म छक्क परेको छु । म पानीकै कल्पना गरी बग्न थाल्छु । कहिलेदेखि संगालेको मैलो पखालेर पानीको महव बुझे र यथार्थमा पुग्छु । पानीजस्तै छरिने जीवनका चरणहरूमा आउने विविध घुम्तीहरूको गति खिरिलो पारी भित्रसम्म घाउ पार्ने तीखा काँढाहरू पन्छाउँदै तन-मन र व्यवहारको समन्वय हुन सके छरिएको पानीलाई पाइप तथा भाँडिएको समाजलाई अनुशासनले पछ्याउनेछ । भत्केको मनस्थिति र बिथोलिएको व्यवस्थाका कारण उपवास बस्नुपरेको रात्रि खिइँदै जान्छ । र्सर्ूयले प्रकाश छरेर स्थिर, अडिलो, सौम्य, सिर्जनशील जीवनका तेजिला किरणले आउँदा क्षणहरूमा उज्यालो ल्याइदिनेछ र व्यवस्थित जीवनयात्राका घुम्तीहरू सजिलै देख्न पाइन्छ भन्ने विश्वासले चौबाटामा पर्खिबस्ने यात्री बनाउँछ, कर्तव्य नछाड्ने आत्मबल मलाई यिनै अनुभूतले दिन्छन् । समयको गतिसँग चल्ने यो चेतनशील प्राणीलाई आउने दिनहरूले दिने खुराकसम्बन्धी चर्चापरिचर्चा परिचित तथा अपरिचित मित्रहरूबीचको पुनर्मिलनपछि प्रकाशमा आउनेछ । यही सूचनालाई आधार मानेर थरिथरि मौसम र मानसिक भीडमा म पनि प्रतीक्षारत रहने निधो गरेको छु, छरिएको पानीले पाइप र भाँडिएको मानसिकताले अनुशासित व्यवहारयुक्त गतिशील जीवनशैली अँगालेको हर्ेर्ने ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Sunday, October 21, 2007, 2:56 pm

यस्तै प्रकारका अन्य रचनाहरु

  1. जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक दृष्टि
  2. प्रेम, माटो र जनताका शब्दशिल्पी
  3. शब्दहरू
  4. संझनाभित्र रहेको सिडनी
  5. जिन्दगी ... ?