३० जनालाई देवकोटा शताब्दी सम्मान तथा पुरस्कार काठमाडौं, २०६६ माघ २४ गते
महाकवि देवकोटा शताब्दी महोत्सवका सन्दर्भ तथा नाट्यसम्राट् बालकृष्ण समको १०८ औं जयन्तीका अवसरमा राष्ट्रका विविध क्षेत्रका ३० जना महानुभावहरूलाई राजधानीमा महाकवि देवकोटा शताब्दी सम्मान तथा पुरस्कार समर्पण गरियो । सो सम्मानबाट सममानित हुनेहरुमा बालसाहित्यतर्फ श्रीमती भुवनेश्वरी सत्याल र शान्तदास मानन्धर हुनुहुन्छ । त्यसैगरि समाजसेवी श्रीमती हेमा मानन्धरलाई महाकवि देवकोटा शताब्दी कदरपत्र प्रदान गरियो ।
साथै पच्चीस हजार रपियाँ राशिको महाकवि देवकोटा शताब्दी पुरस्कार कान्तिपुर रेडियो कर्मी श्री हेम सुबेदीलाई प्रदान गरियो ।
महाकवि देवकोटा शताब्दी स्नातकोत्तर स्तरीय निबन्ध पुरस्कार टङ्कराज गौतम, प्रकाश आस्था, सुश्री लक्ष्मी अर्याल, विमल आचार्य ‘आरोही’ र श्रीमती सुधादेवी आचार्यलाई प्रदान गरियो । यी पुरस्कारका राशि जनही दस हजार रपियाँ रहेका छन् ।
काठमाडौं उपत्यका विद्यालय स्तरीय महाकवि देवकोटा शताब्दी बालकाव्य पुरस्कारबाट अक्षि सुवेदी, असीम कँडेल, आनन्द अग्रवाल, कृष्णप्रसाद उप्रेती, चाँदनी श्रेष्ठ, नम्रता पाण्डे, नवीना ढकाल, श्री शिवानी सिन्हा, सोमबहादुर घिसिङ, श्री हिना के.सी.पुरस्कृत हुनुभयो । यी पुरस्कार जनही पाँच हजार रुपियाँ राशिका हुन् ।
जनही पाँच हजार रुपियाँ राशिको काठमाडौं उपत्यका विद्यालय स्तरीय महाकवि देवकोटा शताब्दी बालचित्र पुरस्कार अर्पण ज्ञवाली, एलिना चौधरी, कविराज राई, देविका किजू , निशा गुप्ता, पलिस्था महर्जन, मनसा शाक्य, रविसन दुवाल, विज्ञता कार्की, श्रुयसा दाहाललाई समर्पण गरियो । समारोहमा पुरस्कृत व्यक्तिहरूलाई प्रमुख व्यक्तित्व खनुप्रुदे रामबाबूले माल्यार्पण गर्नु भएको थियो ।
महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रितको सभापतित्वमा सम्पन्न सो समारोहमा बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा गार्गी शर्मा, बालकविता महोत्सवका संयोजक प्रा.डा. चूडामणि बन्धु, बालचित्रकला महोत्सवका संयोजक गोविन्द भट्ट, देवकोटा शताब्दी स्नातकोत्तर स्तरीय निबन्ध महोत्सवका संयोजक प्रा.राजेन्द्र सुवेदी, सदस्यसविच श्री नरेन्द्रराज प्रसाई र त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट देवकोटा शताब्दी महोत्सवका बारे प्रकाश पारिएको थियो ।
|