गीतमा अल्झिएका रत्नसम्सेर (जीवनी )
सहरमा उनको हप्की खानेहरूको लर्कोमा सुप्रसिद्ध गायकदेखि पत्रकार, कवि, कलाकारसम्म खडा भएको तपाईंले देख्नुभयो भने अचम्म नमान्नुस् । संगीतको धुनमा गीत लेख्न सक्ने यी एकमात्र गीतकार कुनै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाका शीष्य थिए । बालकृष्ण सम, सिद्धिचरण र वासु शशी यिनका मुक्तकका पmयान थिए ।
घुम्ने कुर्सी (लघुकथा )
कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।
अमेरिका र मास्टर शिवप्रसाद (कथा )
शिवप्रसाद बूढा राम्ररी कान सुन्दैनन् । मैले के भनेँ उनले सुनेका थिएनन् तैपनि आफ्ना कुरा भन्न सुरु गरे उनले । मेरो श्रीलङ्के मित्रको विशेष आग्रहमा त्यो शनिबार म पशुपति वृद्धाश्रम पुगेको थिएँ । आफ्नो बाबुको मरणतिथिका दिन ऊ त्यहाँ केही खाद्यसामग्री र केही पैसा दान गर्न चाहन्थ्यो ।