गजल

- यात्री शेखर

मधुर त्यो मुस्कानले, तिमी तिरै तान्यौ किन?
अन्जानैमा पिरतीले, झुक्याएर बान्यौ किन ?

पल भर हेरेर नै, निर्णयमा पुगे पछि
तिम्रो दिल्कोपापी जाल,मलाई नै हान्यौ किन?

फूलपाती अक्षता त, मन्दिरमा लान पर्छ
वर दिन्न त्यसले त, तस्विरलाई मान्यौ किन?

आफ्नै सुर ताल संग, रमाउनेको जमातमा
भावनाको नाता जोडी, समाउन जान्यौ किन?

धेरै थरी मान्छे होलान्, विचित्रको संसारमा
कंगाल यो यात्री लाई आफ्नै जस्तो ठान्यौ किन्?

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 13 जेठ, 2066

लेखकका अन्य रचनाहरु