त्यसपछि रोजरसँग भेट भएको छैन

- डिग बहादुर तामाङ्ग

पासपोर्ट डिसी कार्यक्रम,हरेक बर्ष मे महिनाको पहिलो हप्ता वा नेपाली महिनाको बैशाखको अन्तिम हप्ता हुने कार्यक्रम हो । यो संसारभरिका राजदूतावासहरुले आफ्नो दूतावासको ढोका खोलेर,आफ्नो देशको सांस्कृती, तथा खाध्य पदार्थहरुलाई बनाएको ख्वाउने र आफ्नो देशको ऐतिहासिक बस्तुकला घरेलु सामानहरु पर्यटकीय क्षेहरुको वृत चित्र बनाएर देखाउने अवसर हो । नेपाली राजदूतावासले पनि २००७ देखि नियमित यस कार्यक्रममा भाग लिदैं आएका छ । त्यस मौहलमा सामेल हुन, हस्याङफस्याङ गर्दै, बिहानको बेल्टवेको घनासवारीलाई पार गरि बिहान ९ बजे पुग्दा,त्यहाँ बाहिरबाट आउने पाहुनहरु आईसकेको थिएनन्, तर दूतावासको प्राङ्गणमा सामानहरु सजाउने काम भैरहेको थियो ।

दूतावासका सहकर्मीहरू,आउने पहुनाहरुलाई सत्कारका लागि सामानहरु मिलाउन थालिसकेका थालिसकेका थिए । त्यहाँ नेपलाी परिकारको स्वादिलो बास्न मगमग आइ रहेको थियो । यसपाली भने विदेशीहरुलाई ख्वाउन अर्कै परिकार बनाएको रहेछ । सेल रोटी, चनामसाला नेपाली पाराको, आलु र काँक्रोको अचार,अनि तात्तातो ईलामी कान्याम चियबगानको चिया । सबै परिकारले साँच्चै नेपालमै पु-याएको जस्तो भान हुन्थ्यो मनमा । केहि समयपछि आगन्तुकहरु आउन थाले, मौसम अति चिसो र सिम्सिमे पानी पनि परेकोले, कोहि छातालाई हातमा लिएर कोहि पानी बर्सादीलाई प्रयोग गरेर आई रहेको थिए र नेपाली परिकारलाई बडो स्वाद लिएर नेपाली लोकलयको धुनसंग रमाई रमाई खाई रहेका थिए ।

त्यसमध्येका एउटा सेताम्य कपाल फुलेको आँखी भ्यौ, जुँगा पनि सेताम्य भएको नेपालीहरुकै जस्तो उच्चाई भएको गोरो अमेरिकन आएर बडो मन लगाई मलाई सोध्यो, “के तपाई नेटिभ अमेरिकनहरुको आरक्षणमा पुगेको छौं” भनेर सोधे (रेडइन्डिएनहरुको बस्तिमा) । मैले बडो होसियारसाथ उनको प्रश्नको उत्तर दिएं,-
म मोन्टानाको ल्याम्ब डियर भन्ने आरक्षण, साउथ डकोटाको स्पिरफिस भन्ने आरक्षण, भरमन्टको आबानाजीहरुको आरक्षण र हालै न्यूयोर्कको मोहाकहरुको आरक्षण उडस्टक भन्ने आरक्षणमा पुगेर आएको दुई महिना मात्रै भयो |

उनले “मेरो नाम हो रोजर,तपाईको नाम के हो ?” भनेर प्रश्न गरे ?
मैले “मेरो नाम साँइला तामाङ्ग हो” भनेर उनलाई स्वागत गर्दै सोधें - हाउ आर यू ? रोजरले मैले बताएको नाम सहि हो भनेर पत्याएन । “ह्याट डु मिन साँइला”? मैले साँइला भनेको बाबुआमाको तेस्रो सन्तान भएर जन्मेको हुनाले हाम्रो गाँउघरमा साँइला भन्ने चलन छ, भने पछि त्यसो भए “यू मिन थर्ड“ मैले हो भनेर उतर दिएँ | उनले झनै उत्सुक्तापूर्वक मेरो छेउमा आएरसोधे - उसो भए तिमीले त फ्राई बे्रड र बाइसन भैंसीको मासु खाएकै होला होइन ? कस्तो लाग्यो त ?
मैले भनें -बडो र स्वादिष्ट हुँदो रहेछ ।

मैले सोधें-रोजर तिमी किन साउथ डाकोटा गएको ?
रोजर थप्दै गए र भन्न थाले, तिमीले अमेरिकाको ईतिहास पढेको भए थाहा होला। १९३० दशकमा हाम्रो देशमा ठूलो आर्थिक मन्दि भएको थियो, त्यसबेला हाम्रो घरमा खाने कही पनि हुँदैन थियो रे । मेरा आमाले साउद डकोटामा काम पाएको थिए रे मिसनिरी स्कूलमा । त्यसैले मेरा बा र आमा त्यतै गएछन । मेरो बाले अमेरिकन आर्मीको व्यारेकमा सीकर्मीको काम पाए रे । दुवैजनाले एक घण्टा काम गरे बापत बिस सेन्ट तलब पाउँथे रे । फाल्टो काममा मेरा बाले ब्यारेकहरु सफागर्ने काम गर्थे रे । मेरा बा आमा एउटा भत्किन लागेको घर मर्मत गरेर हाम्रा बस्थे रे । त्यहाँ भित्र पानी विजुली तथा बाथरुम केहि पनि थिएन रे । पछि घर मालिकलाई लोभ लागेर घर फिर्ता लियो रे । त्यसपछि मेरा बा आमा व्यारेकको एउटा टहरामा सरेर बस्न थाले रे म पनि त्यही टहरमा जन्मेको रे । मलाई लाग्छ, अहिले कल्पनासम्म गर्न सकिन्न ।

मैले मेरो प्रारम्भिक शिक्ष नेटिभ अमेरिकनका भुराभूरिहरुसँगै पढें । हामीहरु सँगै खेल्थ्यौं । तर खाजा खानेबेलामा हामी सेताहरुलाई अर्के ठाँउमा गएर खाना पर्थ्यो । नेटिभ अमेरिकन विद्यार्थीहरुलाई उनीहरुको भाषा बोल्न मनाहि गरिन्थ्यो तर लुकिछिपी गरेको शिक्षकले थाहा पाए सजाय गरिन्थ्यो ।

मैले उनीहरुको भाषा पनि राम्रोसँग बुझ्छु । तर म हाईस्कूलमा प्रबेश गरेपछि धेरै संर्घस गर्न प-यो । हाम्रो बा आमा धेरै गरिब भएको कारण मैले पढाईको साथै दिनमा तिन ठाँउमा काम गर्थें । चार बजे उठेर व्यारेकको घोडाहरुलाई दाना ख्वाउने काम गर्ने, त्यहाँबाट आठबजे स्वीमिङ्ग पूलमा लाइफ गार्ड (पौडी खेल्नेहरुको सुरक्षा)को काम सकेर एघारबजे घरमा आएर खाना खाएर स्कूल जान्थें । मेरो होम वोर्क स्कूलमै सिध्याएर फार्महरुमा घाँस काट्न जान्थे | यसरी काम गर्दा पाउने एक घण्टाको पचिस सेन्टलाई जोगाएर मैले कलेज पपढें । मेरो बासँग व्यारेकमा मर्मत गर्ने काम सिकेकोले मलाई फर्निचर वा सिकर्मीको ज्ञान राम्रो थियो र मैले मेकानिकल ईन्जिनियरीङ कोर्स लिएर कलेजमा पढें । एबंरितले काम गर्दै जाँदा मैले पूल बनाउने काम पाएँ । त्यसपछि मिसिसिपी नदी पार गर्दै डिसीमा आएँ । हाल हाम्रो घर झन्डै चालिस लाख डलरको मूल्यमा बेच्न सकिन्छ होला ।

रोजर भन्दै थिए- केही हप्ता पाहिले मात्र मैले मेरो घरको सबै झ्याल ढोकाहरू फेरें म एक्लैले । मेरो र मेरी श्रीमतीकी कमाईले हामीहरु यहाँका सबैभन्दा महङ्गो जर्जटाउनमा घर किनेर बस्न थालेको पनि ४० बर्ष भो । अमेरिकामा धेरै मौेकाहरु छन् । जाँगारिलोहरुका लागि तर अल्छीहरुको लागि चाँहि नर्क भने पनि हुन्छ । हालै म वायोमिङ भन्ने राज्यमा गएको थिएँ । मेरा बाल्यकालका साथी प्यान त्यहाँका चिफ बनेका रहेछन् मलाई भेटेर उनि पनि खुसी भए । उसैको घरमा गएर बाइसन भैंसीका मासु र आलू खाएर आएं । उनि अल्कोहोलिक बनेछन् विहानै जाँड पिउँदो रहेछन् ।

उनी अलि दूखित अनुहार भएर भन्न थाले- मेरा साथीहरु कोहि अल्कोहोलिक भएर बसेका रहेछन, कोही त मरेर गै सकेछन् । कोहि डायबेटिकका रोगि(मधुमेय) भएर थलिएर बसेका रहेछन । तिनीहरुले पनि मैले जस्तै संघर्ष गरेको भए, हामीसंगै बस्थे होलान जर्जटाउनमा तर खै के भन्ने जहिले पनि सरकारको भर परेर बस्छन् । आफ्नो बारीमा गोल्भेंडाको बोटसम्म लगाँउदैनन् । राइफल लिएर जङ्गलमा जन्छन् । भैंसी मारेर ल्याएर सबै गाँउलेलाई भाग लगाएर ख्वाँउछन् । कोही बाहिरका पाहुनाहरु आई पुगेपनि भैंसीलाई मारेर स्वागत गर्ने चलन छ । चिफको काम हो आफ्नो समाजलाई रक्षा गर्ने ख्वाउने, तर एक पटक साउथ डकोटाको स्फियर फिस भन्ने आरक्षणमा चिफले लुगा धुने मिशिन किनेर ल्याएछन् । सबै गाँउलेहरुलाई आ-आफ्नो कपडा धुन ल्याए हुन्छ भने छन् । मिशिन न हो कति दिन टिक्न सकिन्छ र । मिशिन बिग्रेपछि आरक्षणमा लुगाधुने मिशिन ल्याउने बन्द गरेछन् ।

रोजरको कथा सुनेर बसेको निकै समय भएछ । “होइन डिगबहादुरजी” निकै गफमा मस्त हुनु भो नि” इकोनोमि काउन्सेलरको आवाजले पो झसङ्ग भएँ म । रोजरलाई उनको जीवनी कथाको लागि धन्यवाददिएँ । उनी त्यसपछि जापानीज एम्बेसी जान्छु भन्दै मासाच्युसेटस अभिन्यूतिर लागे । म पनि दिनभरिको अतिथी भेटघाट र आतिथ्य सकेर बेलुका पाख यिनै मिहनेती अमेरिकनलाई सम्झिदै आफ्नो बासस्थान गेथेस्बर्गतिर लागें । त्यसपछि रोजरसँग भेट भएको छैन ।

मेरिल्याण्ड, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 आसाढ, 2074

लेखकका अन्य रचनाहरु