पदक्षेप

- डिकु मुखिया लाठपञ्चर

बुढो इतिहासको लाश
रूँगेर बसिरहेछन् अधै पनि
औंसा पार्नै आँटेको छ
त्यसको देहभरि।

बेला बेला
समयको काप कापबाट
पलाउँछ आन्दोलनको औजार
र इतिहासको छाला काढेर
सुकाउँ घाममा बेस्सरी
अनि बजाउँछन् डम्फु घरिघरि
मौसम बेमौसम

छ्या! कस्तो नमिठो दुर्गन्ध हगि?
फैलिरहेछ पहाडभरि ? समतलभरि
अधिकतर बुद्धिजीविका चेतभरि
त्यै दुर्गन्धमा खुब रमाउंछन्
सुषुप्त कुम्भक्रणहरू।

सपनामा अचेल
कालो भैंसीले खेदिरहन्छ
ओरालै ओरालोओरालो लागेको हरिणको चाल भो
छल गर्‍यो मायाले......?

नेपथ्यको गीत कति बेजोड छ नि ?
कस्तो तिलस्मी माया हो हजुर?
छल गर्नु गर्ययो बरा इतिहासको महारभरि
त्यस्तै, यस्तै छ हजुर
एकताको ऐना छर्लङ्गै फुट्यो
धेर्यको बाँध अनायासै टुट्यो।
सपनाको बाली सप्पै कुहयो
ओ पाठक ! तपाईं आफैं भन्नुहवस्
अब कस्तो बिकल्प चाहियो?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 आसाढ, 2074

लेखकका अन्य रचनाहरु