पाठकीय नियात्रा कृतिः "युरेशियाको स्पर्श"

- श्रीओम श्रेष्ठ रोदन

पाठकीय दृष्टिले हेर्दा साहित्यिक सिर्जनाहरूमध्ये यात्रासाहित्यको लोकप्रियता नितान्त बढ्दै गएको छ । नियात्रामा यात्रासँगै लेखकको निजात्मक अनुभूति पनि हुने भएकोले यसप्रति लेखकहरूको आकर्षण बढ्न थालेको पाइन्छ । सामान्यतया नियात्रालेखनमा विदेश तथा विदेश भ्रमण गर्दाका अनुभव, अनुभूति हुने गरेको छन् । पछिल्लो केही समयदेखि विदेशमा बसोबास गरिरहेका नेपाली साहित्यकारहरुले विदेश यात्राका अनुभवलाई पनि नियात्रामा प्रस्तुत गरिरहेका छन् । यसबाट नियात्रा साहित्यको फरक व्याख्या हुनुपर्ने आवश्यकता पनि देखिएको छ ।
यसै सेरेफरोका स्रष्टामध्ये कृष्ण बजगाईं नेपाली साहित्यमा सुपरिचित नाम हो । उनका कथा, लघुकथा, हाइकु र साहित्यक अन्तर्वार्ताका पाँच पस्तक प्रकाशित छन् । ‘युरेशियाको स्पर्श’ उनको पहिलो नियात्रासङ्ग्रह तथा छैटौँ कृति हो । पुस्तकमा युरोप र एशिया भ्रमणका १९ वटा नियात्रा छन् । लेखकले पहिलोपटक सन् १९९४ मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको आमन्त्रणमा दुई साताका लागि चीन यात्रा गरेका छन् । त्यसको पाँच वर्षपछि दुई साताका लागि जर्मन यात्रामा निस्केका नियात्राकार बजगार्इं साथीहरूको कारण उतै भासिएका छन् । त्यहीक्रममा १२ वर्षजति बेल्जियमममा बिताए र उनी अहिले पाँच वर्षदेखि बेलायतमा छन् । सत्र वर्षको विदेश वासमा उनले गरेका फ्रान्स, जर्मनी र लक्जेम्वर्ग भ्रमणका नियात्रा सङ्ग्रहमा समाविष्ट छन् ।
विभिन्न देशका नियात्रामा त्यस स्थानको भूगोल, इतिहास, संस्कृति तथा सामाजिक व्यवस्थाको जानकारीका साथै अनुभूति समेटिएका छन् । पस्ुतकमा सबैभन्दा बढी बेल्जियमका यात्रानुभव छन् । संसारको सबैभन्दा सानो शहर दुर्वीमा भएको कृष्ण मन्दिर(राधादेश) को आध्यात्मिक भ्रमणदेखि रात्रिजीवनको भ्रमणमा वेश्याहरूसँगको भेटसम्मलाई लेखकले इमानदारीपूर्वक प्रस्तुत गरेका छन् । बेल्जियममा काम नपाएर बसेको बेला समुद्रको किनारमा बसरे नेपाली अक्षरमा नाम लेख्न बसेकोदेखि लिएर भोजका लागि क्रिश्चियनको प्रार्थनामा गएको वर्णनलाई पनि उनको लेखकीय इमानदारी मान्नुपर्दछ ।
कम्युनिष्ट घोषणापत्र लेखिएको क्याफेमा बसरे कविता लेखेको र कार्लमाक्र्सकै समाधिस्थलमा गएर लेखकले आफ्नो कथासङ्ग्रह ‘कमरेड भाउजू’को आफैँले विमोचन गररे नयाँ शैली अपनाएको नियात्रा पनि रोचक लाग्छ । चिनियाँ पथप्रदर्शक यु फुङदाइसँग चीनमा गरेका भ्रमणहरूले धेरैजस्तो ऐतिहासिक तथ्यलाई पस्तुत गरिएको छ । संसारकै सबैभन्दा ठूलो मानिने तियानमेन चोक, फरविडन सिटी, ग्रेटवाल, अरनिको स्तुप जस्ता स्थलको भ्रमणमा लेखकले आफ्नो भावनालाई कलात्मक ढङगले प्रस्तुत गरेका छन् ।
विश्वप्रसिद्ध लेखक शेक्सपियरको जन्मघरमा बनाइएको सङ्ग्रहालयको अवलोकनपछि लेखकले नेपालमा पनि भानुभक्त, देवकोटा, समजस्ता विशिष्ट स्रष्टाहरूको नाममा सङ्ग्रहालय स्थापना गरेर लेखकहरूको सम्मान गर्ने परम्पराको थालनी हुनुपर्ने आवश्यकता महसुस गरेका छन् । त्यस्तै, प्रत्येक वर्ष डिसेम्बरदेखि जनवरीको पहिलो हप्तासम्म हुने बरफ तथा हिउँमा बनाएको कला प्रदर्शनीलाई हिउँकी रानी नाम दिइएको छ । जुन डेनमार्कका विश्वप्रसिद्ध लेखक हान्स क्रिश्चियनको द्विशतवार्षिकी पारेर उनको कृति हिँउकी रानीको नाम दिइएको हो । लेखकहरुप्रति गरिएको सम्मानको यो शैली पनि मननीय भएको लेखकले प्रस्तुत गरेका छन् ।
पेरिसलाई सिटी अफ लभ नाम दिएर नियात्राकारले मोनोलिसाको नजिक पुग्न ठूलो भीडमा नेपाली पाराले ठेलठाल गर्दै नजिक पुग्न सकेको उल्लेख गरिएको छ । प्रेम र विवाहको अमरताको लागि सेन नदीको पुलमा लाखौँ ताल्चा मारेर साँचोलाई नदीमा फ्याकिने युरोपियनहरूले गरेको अन्धविश्वासलाई व्यङ्ग्यात्मकरूपमा प्रसतुत गरिएको छ । त्यस्तै, नेपालीहरू विदेश गएपछि कसरी पलायन हुन्छन् भन्ने उदाहरण लेखक वजगाई आफैँ बनेका छन् । विदेशमा पलायन हुने योजना विना फ््रयांकफर्ट पुगेका लेखकलाई साथीभाइ र शुभचिन्तकहरूले देखाएको आर्थिक प्रलोभन र सुनिश्चित भविष्यका लागि गरिने अनुरोेधले विदेशमा भासिएको तथ्यलाई नढाँटीकन प्रस्तुत गरिएको छ ।
प्रस्तुत नियात्रासङ्ग्रह ‘युरेशियाको स्पर्श’ पढ्दा कतिपय भूगोल, संस्कृति र समाजलाई चिनाउँछ । कतिपय स्थानको भ्रमण गराएको अनुभूति हुन्छ । आफूले भ्रमण गरेका ठाउँमा पाठकलाई साक्षात्कार गराउन सक्नु नियात्राको सफलता हो । लेखक कृष्ण बजगाईको निजात्मक अनुभूतिले गर्दा युरेशियाको स्पर्शले नियात्रा पठनका पाठक बढाउन सहयोग पु¥याउने देखिन्छ ।

पुस्तक: युरेशियाको स्पर्श(नियात्रा)
लेखक: कृष्ण बजगाई
प्रकाशक: साझा प्रकाशन
प्रकाशन: २०७३
पृष्ठ: १०+१३०

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 आसाढ, 2074

लेखकका अन्य रचनाहरु