युरेसियाको स्पर्शः एक फन्को

- खिमानन्द पोखरेल

नियात्राले साहित्यमा विशेष स्थान ओगटेको हुन्छ । नियात्रा साहित्यिक परिवेशको बेग्लै पाटो हो । साहित्यमा नियात्रा अध्ययन गर्नेहरुको लहर नै चलेको छ । नियात्रा मन पराउँनेहरुले साहित्यका अन्य विधा पढ्न मन पराउँदैन । नियात्राकार जहाँ हुन्छ त्यहाँ पाठक हुन्छ । नियात्रा पढ्नेहरुले सम्बन्धित ठाऊँको बारेमा विशेष जानकारी लिन लिन सक्छन् । लेखन विधामा नियात्रा पढ्दा जति आनन्द लाग्छ त्यति नै रोचक र घतलादो पनि हुन्छ । नियात्राकारले निर्दिष्ठ गरेका सम्वन्धित स्थानहरुमा पाठक पुगेकै हुन्छ । आज भोली साहित्यमा नियात्रा लेख्नेहरु विच प्रतिस्पर्धात्मक बाढी चलिरहेकै देखिन्छ । नियात्रामा कलम चलाउनेहरुको बृध्दी भईरहेछ । नियात्रा लेखनको मान्यताले पाठकलाई स्वयम् त्यहाँ पुर्याई दिन्छ । नियात्रा लेख्दा भाषा सरल र मिठो भयो भने पढ्नेहरुकालागि सहज बन्छ । लेख्न पाएँ भन्दैमा जे पायो त्यही लेखेर नियात्रा बन्दैन । नियात्रा लेखन विधि आफ्नै प्रकारको हुन्छ । मैले नियात्राका धेरै पुस्तकहरु मैले धेरै पढी सकेको छु । पुस्तक पढी सकेपछी आफूले जाने र बुझे सम्मका कुराहरु पनि लेख्न बाँकी राखेकै छैन । नियात्रालाई मन पराएर पढ्न सक्ने पाठक पनि हुँ म । यो विधा मलाई औधि मन पर्छ भनेर धेरै ठाउँमा आफ्नो भनाइ समेत प्रकट गरीसकेको पनि छु । नियात्रा लेख्ने व्यक्तिले कुनै पनि ठाउँमा पुगेर त्यहाँको बारेमा आफूले जाने बुझे र आफ्नै आँखाले प्रत्यक्ष देखे सम्मका कुराहरु लेखेको हुन्छ । यस्ता विषय वस्तुहरु पढ्दा रमाईलो पनि लाग्छ । साहित्यमा नियात्रा लेखन विधाका अब्बल दर्जामा पर्ने व्यक्तिको नाम हो कृष्ण बजगाई । कृष्ण बजगाईको नियात्रा पढेपछि पाठक सिधा सम्वन्धित ठाउँमा पुगेकै हुन्छ यसमा कुनैदुईमत नै छैन । सरल र सहज तरिकाले लेखिएका नियात्राहरु पढ्नलाई जति सजिलो हुन्छ त्यति बुभ्m्नलाई पनि कठिन हुँदैन ।
कृष्ण बजगाईको नियात्रा लेखन शैलीले पाठकको चुलबुले मनलाई एकत्रित बनाई दिन्छ । यो उनको विशेषता हो । यही विशेषताले आज उनी नियात्राकार बन्न पुगेका छन् । नियात्रा लेखन बाहेक अर्को कुनै पाटो भए त्यो पाटो चाहीँ फूर्सदमा लेखिने पाटोको रुपमा मैले यसलाई यसरी लिएको छु । कृष्ण बजगाई जहाँ पुग्छन् त्यहाँका विषयवस्तुहरुले उनलाई छुन्छ र नियात्रा जन्माउँछ । हुनत नियात्रा लेख्न क्रममा डा.ताना शर्मा भन्दा पहिला पनि यस्ता विषयमा कलम चलाउने गरिएको थियो होला तर डा. ताना शर्माको नियात्रा लेखन कार्यकालमा जसरी स्थलगत भ्रमणगरी लेखिएका रचनाहरुलाई नियात्राको रुपमा बौद्घिक व्यक्तिहरु सामु प्रचार प्रसार हुन थाल्यो । नियात्रा पढ्दा सजिमुल त्यहाँका हरेक विषयवस्तुहरुसँग सुपरिचित हुन पाईन्छ । यसै क्रममा कृष्ण बजगाई द्वारा लेखिएका अनेकौ मन छुने रचनाहरु मैले मन पराएर पढ्ने गरेको छु ।
कृष्ण बजगाई द्वारा लेखिएका कुनै पनि साहित्य अझ वास्तवमा त्यसमाथी पनि खुलेर भन्ने हो भने नियात्रा साहित्य अत्यन्त ओझपूर्ण स्पष्ट र हरेक पाठकले छर्ल¨सँग बुझ्ने गरी लेख्न सकेको कुरा देख्न पनि सकिएकै छ । उनको नियात्रा पढ्दा सललल बग्छ । पढ्दै जाँदा काहीँ कतै ब्रेक लाग्दैन । साझा प्रकाशनद्वारा हाल प्रकाशित उनको नियात्रा सङ्ग्रहको नाम हो “युरेसियाको स्पर्श” । यो नियात्रा सङ्ग्रहमा युरोप र एसीया भ्रमण गरिएका १९ स्थानको बारेमा आफूले देखे भोगेका कुराहरुलाई समेटेर पाठक सामु प्रस्तुत गरिएको छ । साझा प्रकाशनको मूल्याङ्कन सूचीले छाप्ने निर्णय उसैको छपाई खर्चमा पाठक सामु प्रस्तुत गरिएको यो नियात्रा सङ्ग्रह हो । यस भित्रका १९ वटा नियात्राहरुलाई १३० पेजमा समेटिएको छ । यस भित्र आवद्घ सम्पूर्ण नियात्राहरुकै कुरा गर्ने हो भने सरल र सहज भाषामा सबैले पढ्न र बुझ्न सक्ने गरी मिहेनत गरी नियात्रा लेखिएको कुरालाई नकार्न सकिदैन । यसरी पाठकलाई आफ्नो लेखन भाषा बाट स्थान विशेषका बारेमा छर्ल¨ बुझाउन सक्ने क्षमता राख्नु पनि नियात्राकारको आफ्नै धर्मिता हो भन्ने कुरालाई र्मैले मनन गरि सकेको छु ।
नियात्रा पढ्दा सम्वन्धित ठाउँहरुका बारेमा धेरै कुरा जान्न र बुझ्न पनि पाईन्छ । अनूकुल र प्रतिकुलका कुराहरु जान्न बुझ्न र अध्ययन गर्न पाईन्छ । कुनै पनि विषयलार्ई उठान गरिएका लेख रचनाहरु अध्ययन गर्दा योग्य छन् वा छैनन् भन्ने कुरात पाठकले नै निर्धारण गर्नु पर्ने कुरा हो । कृष्ण बजगगाई नियात्रामा कलम चलाउँदै आएका एउटा अब्बल नियात्राकार हुन् । नियात्रा लेखनमा उनको नाम स्थापित भई सकेको छ ।
कृष्ण बजगाई द्वारा आज सम्म लेखिएका कृतिहरुमा कमरेड भाउजु (कथा सङ्ग्रह), कवच( लघुकथा सङ्ग्रह), रोडम्याप (लघुकथासङ्ग्रह), स्रष्टा र डिजिटल वार्ता(साहित्यिक अन्र्तवार्ता सङ्ग्रह) हिउँँको तन्ना( हाईकु सङ्ग्रह), यन्त्रवत् (लघुकथासङ्ग्रह) र युरेसियाको स्पर्श (नियात्रा सङ्ग्रह) आदि प्रकाशनमा आएको देखिन्छ ।
त्यसैले आज म यस्तो व्यक्ति द्वारा लेखिएकोे नियात्रा “युरेसियाको स्पर्श”का बारेमा आपूmले जाने बुझे सम्मका केहीकुराहरु यहाँ प्रस्तुत गर्न गईरहेको छु ।
नियात्राकार लण्डन बस्ने हुँदा सर्बप्रथम लण्डन कै बारेमा केही लेखिएको देखिन्छ । लण्डनको मौसम र स्वास्नी मान्छेको कुनै भरोसा हुँदैन भन्ने सदावहार कुरा लेखेको देख्दा आश्चर्य लागेर आयो । सेक्सपियरको जन्म घर जाँदा तिब्र गतिले बाहन चलाएर हुँईकाउँदै गरेका कुराहरु पनि लेखेको देखियो । एउटा लेखकको नाम बाट हजारौले रोजगारी चलाएका कुराहरु पनि यहाँ उल्लेख गरिएको देखिन्छ । सेक्सपियरले प्रयोग गरेका अनेक सामम्रीहरुका बारेमा चर्चा गरिएको छ । यहाँ एउटा आश्चर्यलाग्दो कुरा के पढ्न पाईयो भने १६औँ सताब्दिमा देखिका रुखहरु र त्यहीँ रुख मुनीको बगैँचामा बसेर त्यहाँका फूल र बोट विरुवाहरुको बारेमा रोचक वर्णन गरिएका कुराहरु प्रकाश पार्न खोजीएको देखिन्छ । यसै विच त्यहाँ एउटा दाह्री जुँगा पालेको मुर्ति देख्दा नेपालमा लेखनाथ पौड्यालको संम्झना आएको कुरा बर्णन गरिएको छ । नियात्राकारलाई शंका लागेर मुर्ति (सालिक) नजिक पुगी हेर्दा भने उनले त्यो शालिक चाहीँ रविन्द्रनाथ टेगोरको शालिक रहेछ भन्ने कुराको जानकारी प्राप्त भयो ।
एउटा आश्चर्यको कुरा के भने रविन्द्रनाथ टेगोरको सालिक मुनीको चौरमा घण्टा घण्टामा सेक्सपियरको नाटक हेर्ने उद्देश्यले मानिस चौरमा बस्दा रहेछन् । सेक्सपियरको नाटक रोमियो जुलेट हेर्दा किताबमा पढेको नाटकको प्रत्यक्ष झझल्को मेटिएको अनुभव नियात्राकारले गरेको देखियो । यहाँ सेक्सपियरका छोरी ज्वाईको घरमा पुगेका कुरा गरिएको छ । सेक्सपियरका ज्वाई त्यस बेलाका नामुद डक्टर रहेछन् । डा. जैनले प्रयोग गरेका कोठा चहार्दा त्यहाँ विरामीलाई हेर्ने कोठा र डक्टरले प्रयोग गर्ने मेडिकल सामग्रीहरु प्रत्यक्ष देख्न पाएका कुराहरु समेत उल्लेख गरिएको देखिन्छ । सेक्पियरले विताएको जीवनको अन्तिम घडी जहाँ नियात्राकार पुगेका छन् र त्यस विषयमा जानकारी हाँसिल गर्न खोजिएका कुरा यहाँ लेख्न विर्सिएको छैन । सेक्सपियरले प्रसिध्दि कमाए पछि आर्जन गरेका धनले कमाएको विलासी भवन पनि देख्न पाएका कुराहरु उल्लेख गर्न विर्सिएको छैन । त्यहाँका नगर प्रमुख देखि लिएर अन्य व्यक्तिहरुले पनि सेक्सपियर डे मनाउँदा रहेछन् । सेक्सपियर अपराधबाट जोगिन लण्डन पुगेका कुरा हरु पनि गरिएको छ । लण्डन गए पछि उनि उतै रमाएर काम गरिरहेको कुराहरुलाई पनि यहाँ उल्लेख गरिएको छ ।
चिन विश्वको शक्तिसाली देश मध्येको एउटा सम्पन्न राष्ट्र पनि हो । चिनियाहरु राष्ट्र प्रेम, राष्ट्र भक्ति र वफादार हुन्छन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ । चिनियाहरुको विभिन्न पहिरन हेर्दा मानौ नेपालका विभिन्न जात जातीहरुले प्रयोग गर्ने पहिरन जस्तै लागेका कुरा यहाँ वर्णन गरिएको छ ।
चिनियाहरु सकभर अर्काको भाषा प्रयोग गर्दैनन् । स्वाबलम्बी बन्न मन पराउँछन् । राष्ट्र र आफ्नो भाषलाई धेरै माया गर्छन् । चिनको भ्रमणमा एउटा जुँगा पालिएको मान्छे मुस्कुराउँदा नियात्राकार कृष्ण बजगाईँले उक्त मानिसलाई आफ्नै देशको मानिस हो भन्ने ठानेर आफू पनि मुस्कुराई दिएका कुराहरु गरिएकोछ । चिनयाहरु आफ्नै भाषा प्रयोग गर्छन् । अर्काैको भाषा प्रयोग गर्दैनन् । उनिहरु विदेशी पर्यटकहरुसँग पनि आफ्नै भाषा पर्रयोग गर्ने गर्छन् । अपरिचित व्यक्तिसँग चिनिया भाषामा कुरा गरेको प्रसङ्गलाई यसरी जोडीएको देखिन्छ । कृष्ण बजगाईले पर्यटकहरुका लागि आकर्षक केन्द्र विन्दू बोकेको त्यानमेन चोकले निकै प्रसीध्दि कमाएको देखे । त्यस चोक भित्र चिनिया कम्यूनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ्को पार्थिब शरिरलाई पहरा एवम् सुरक्षा दिएर राखिएको देख्दा नियात्राकारको मन हर्षले गद्गद् भएको पाईयो । एउटा मृत शरिरलाई यति विधि कडा सुरक्षा दिएर राखेको नियात्राकार बजगाईलाई मन न परेको कुनै अर्थ न रहने र चिनियाहरुले आफ्ना सन्मानित योग्य नेतालाई यसरी जनताहरुले देखाएको श्रध्दा प्रति नियात्राकारले कुनै गुनासो नै गर्नु नपर्ने जस्तो लाग्यो ।
संसारको सबैभन्दा सानो शहर दुर्वीको बारेमा चर्चा परिचर्चा गरेको देखिन्छ । सानाो जनसंख्या भएको दुर्वी शहरले हिन्दू संस्कार बोकेर गोरेहरुले हिन्दू परम्परा अनुशार भगवानको पूजा गरेका कुराहरु यहाँ उल्लेख गरिएको देख्न पाईन्छ । नियात्राकारको नाम पनि भगवानसँग जोडीएको हुँदा गोराहरु नियात्राकारसँग धार्मिक कुरागर्दै नजिक हुन खोज्छन् । तर उनिहरुले सोँचे जस्तो पाउँदैनन् । गोराहरु हाम्रो धर्म अवलम्वन गर्दैछन् भने हामीहरुले गोराको धर्म स्वीकार्दै छौ यो कस्तो विडम्बना । जे होस् दुर्वीको अनौठो हिन्दू संस्कारले नियात्राकारको मनलाई पूनः नेपाल पुर्याई दिएको देखिन्छ ।
पेरिसको आकर्षक भन्नु नै आईफिल टावर हो नियात्राकारको एकजना बेकिल्जयमका साथी योहानले भनेका थिए कि आईफिल टावर त केवल फलामको थुप्रो मात्र हो । जव नियात्राकार कृष्ण वजगाईँ त्यहाँ पुगे र आईफिल टावर हेरे साथीले भने अनुशार उनलाई पनि उक्त साथीले भनेको कुरा ठिक भए जस्तो लाग्यो । नियात्राकारको विचारमा त्यहाँ पर्यटकहरुलाई आकर्षक पार्ने कुनै महत्वपूर्ण कुरा नभए जस्तो लाग्यो । पेरिसमा रहेको मोनालिसाको नक्कली तस्वीर हेरेको घटना अत्यन्त रोचक र मनोरम देखिएको कुरा यहाँ उल्लेख गरिएको देखिन्छ । सेन नदी माथी बनेको “लभ लक व्रिज” को पुलमा हजारौँ युगल जोडीहरुले आफूले गर्ने प्रेम बन्द ताला झैँ बलियो रहोस् भनेर पुलको कुनै भगमा ताला लगाई उक्त ताला बन्द गरी चावी नदीमा फ्याँकी दिएर आफ्नो प्रेम अमर छ भन्ने कुराको नौलो प्रस्तुती यहाँ देख्न पाएका कुराहरु प्रस्तुत गरेको देखिन्छ । यसरी नियात्राकारका जोडीले पनि सोही नक्कल गरेको कुरालाई पनि यहाँ यसरी पुष्ट्याईएको छ । यस्तोअनौठो कार्यबाट प्रेरित भएर उनि आफ्नो देशमा रहेको बुढा सुब्बालाई सम्झन पुग्छन् ।
फरविडन सिटी घुम्नको लागि संयोग जुटाई दिने चिनिया अन्र्तराष्ट्रिय रेडियो नेपाली विभाग कि चिनिया निर्देशक छाङ् दाई यु फुङ् सु हाऊ देखि चिनिया अन्र्तराष्ट्रिय रेडियोका समस्त कर्मचारीहरुको पहलमा यो अत्यन्त महत्वपूर्ण प्रमाण जुटाई घुमसिफर गराएको कुरालाई बडो सावधानि पूर्वक लेख्न खोजीएको देखिन्छ । फरविडन सिटीको नाम कसरी रहन गयो भन्ने जानकारी पाउँनका लागि उत्सुकता देखाईएको कुरा यहाँ उल्लेख गरिएको देखिन्छ । राम्रा राम्रा धेरै राम्रा अवलोकनिय स्थलहरु पनि भ्रमणका क्रममा सारै राम्रो सँग अवलोकन गरि अनुभव प्राप्त गरेका कुराहरु पनि यहाँ देखिएका छन् । नियात्राकार कृष्ण बजगाईँको अत्यन्त नजिकको मित्र बन्न पुगेका यु फुङ् दाई को भूमिका निकै महत्वपूर्णको रहेको देखिन्छ । जहाँ जाँदा पनि उनि साथमा कहिल्यै छुटेका छैनन् । नियात्राकारलाई सधै साथमा राखी सहयोग नै गरेको देखिन्छन् । नेपालका युवा कारिगर अरनिकोले बनाएको स्वेत स्तुपको राम्रोसँग चर्चा गर्दा नियात्राकारको मन गर्वले फूल्न पुगेको कुरा पनि यहाँ यथेस्ट चर्चा भएको देखिन्छ ।
लण्डनको महत्वपूर्ण साहित्यिक यात्रामा आफू सँगसँगै पढेकी सहपाठे जयाराईसँग भेट र उनैका श्रीमान् बुध्दि राई सँगको मिठो मिलन संयागले लण्डन भ्रमणको साहित्यिक कार्यक्रमलाई रोमाञ्चित बनाईदिएको देखिन्छ । लण्डनमा पानी मुनी रेल चल्दो रहेछ भन्ने कुराको चाख लाग्दा प्रस¨हरु पनि यहाँ उल्लेख भएको देखिन्छ । यस पुस्तकका नियात्राकार कृष्ण बजगाईँको महत्वपूर्ण कार्यक्रम कवि गोष्ठीमा कविता सुन्न आतुर भएका कुराहरु यहाँ उल्लेखे गरिएको छ । नाम चलेकाकविहरुले सुनाएका कविताहरुलाई आत्मपरक ढ¨ले प्रस्तुतगरिएको कुरलाइृ नकार्न मिल्दैन ।
वरफको दरवारमा हिऊँ मै बनेका कलाहरुको प्रदर्शनीका कुराहरु पनि यस भित्र रहेका छन् । हिऊँमा चिप्लेटी खेलीएको छ । हिऊँ कै ग्लासमा वाईन खाईएको छ । आफ्नै देश नेपालको पोखरालाई निर्झर हिऊँबाट बन्नेसामग्रीहरुले पर्यटकहरुलाई आकर्षण गर्न सकिने कुराहरु पनि गरिएको देखिन्छ । ग्रेटवाल र त्यसको संस्कृतिका बारेमा धेरै कुराका जानकारी दिएका छन् यु फुङ् दाईले । यु फुङ् दाई आफै पत्रकार रहेछन् र धेरै कुराको जानकारी पनि राख्दा रहेछन् भन्ने कुरा स्वयम् नियात्राकारको पङ्तिबाट जानकारी पाउँन सकियो । ग्रेटवाल संसारको सातौँ आश्चर्यजनक मध्येको एउटा हो तर यहाँ नियात्राकार आफैले ग्रेटवाल पद स्पर्श गर्दा आठौँ आश्चर्य लागेको कुरा उल्लेख गरेका छन् । यो उनको ग्रेटवाल प्रतिको सम्मान हो जस्तो लाग्छ । त्यसैले पनि यि र यस्ता कुराहरुले नियाधाकारको मन छोयो भनेर भन्न सकिन्छ ।
ग्रेटवालको लम्बाई करिव १२ हजार किलो मिटर जति रहेछ । विच विचमा भक्तिकिएको पर्खाललाई छोडेर पनि अहिले हाल विद्यमानयसको लम्बाई ६ हजार किलो मिटर रहेछ । यसै विचमा नियात्राकारले देखेको र अनुभव गरेको यो पर्खालबाट के बुझ्न सकिन्छ भने नेपाल र भारतको सिमामा यस्तै पर्खाल अथवा तारबार लगाउँदा देश कति सुरक्षित हुने थियो । आफ्नो देशको सुरक्षाको बारेमा यहाँ केही यस्तै कुरा उठाएर चिन्ता प्रकट गरिएको देखिन्छ । ग्रेटवालले शैनिक सुरक्षाको काम गरेको देखिन्छ । यहीँ द्रिष्टिकोण राखी निर्माण गरिएको यो पर्खाल संसारको महान आश्चर्य जनक पर्खालको रुपमा स्थापित भएको देखिन आउँछ । चिनले धर्म संस्कृतिको पनि त्यत्तिकै संरक्षण गर्दो रहेछ भन्ने कुरा पर्खालमा बुध्द धर्म सम्वन्धि संस्कृतमा उलेख गरिएका श्लोकहरुबाट नै यो कुराले पुक्ष्टि गरेको देखिन्छ । यु फुङ दाईले चिनको बारेमा तपाई के लेख्नु हुन्छ भन्ने कुरा साकार भएको देखिन्छ । प्रत्येक नेपालीले आफ्नो देशको बारेमा यसरी राष्ट्र र राष्ट्रियतालाई मनभरी राखेर हिड्न सकिने कुराको समेत ज्ञान खुलाईदिएका कुराहरु समेत यस भित्र परेका छन् ।
तेह्रौ सताब्दीका नेपाली कला कौशलका धनि अरनिकोले बनाएका मूर्तीहरुको प्रशंसाले पनि कला कौशलका धनि अरनिको प्रति श्रध्दा र सम्मानगर्न मनलाग्छ । अरनिकोमा विद्यमान यस प्रकबारको कलाले उनलाई आफ्नो देशमा मात्र सुपरिचित नबनाएर देश बाहिर पनि उनि त्यत्तिकै महाँन कलाकार बन्न पुगेकाकुराहरुका अविस्मरणियक केही अंशहरु यहाँ प्रस्तुत गरेको देखिन्छ । नेपालमा बुध्द जन्मिए पनि बुध्द धर्मको प्रचार प्रसार नेपाल भन्दा बाहिर बढी भएको देखिन्छ । चिनको जुन भागमा गयो त्यहाँ बुध्दका मुर्ति र बुध्द धर्मका अनुयायी लामाहरु प्रसस्त भएका र उनिहरुले बुध्द प्रतिगर्ने श्रध्दा सम्मान र आदर प्राप्त गर्न सकेका कुराहरु यस “युरेसियाको स्पर्श” नियात्रा सङ्ग्रहमा मनग्य सँग पढ्न र अनुभव गर्न पाईन्छ ।
यस सङ्ग्रहका नियात्राकार चिनीयासँग नाम लेख्न बस्दाको रमाईलो निकै गजवको लाग्यो । चिनीयाले आफूलाई दास बनाएर बस भन्ने गरेका कुराको महशुस यसरी यहाँ जोडीएको देखिन्छ । समुद्रको किनारमा अर्धनग्न युवा युवतीहरुले आफ्ना बैशालु यौवनहरु पोख्दै प्रदर्शन गर्दै गरेका कुराहरु यहाँ त्यत्तिकै रोचक र आनन्ददायी बन्न पुगेका छन् । यो रोचक कुराहरुलाई पनि यहाँ यसरी नै नियात्राकारले वर्णन गरेका छन् । समुद्रबाट घाम झुल्कने र समुद्र कै किनारबाट घाम अस्त हुने कुराले एकछिन भए पनि स्वयम् नियात्राकार रमाउँदै गरेका कुराहरुलाई पनि यहाँ जोडेको देखिन्छ । यहीँ द्रिश्य हेर्न स्वयम् समुद्रको बालुवा रुपी किनारमा गएर बालुवामा ॐ र आफ्नो नाम लेख्न थालेको बेला समुद्रको छाल आएर नामो निसान नराखी बगाई दिएको कुरालाई समेत यहाँ स्पष्ट पारेको देखिन्छ ।
फगत एक्लो मान्छे मार्कस्को समाधि स्थल गएर आफू द्वारा लेखिएको कथा सङ्ग्रह “कमरेड भाउजु”को विमोचन गरिएको कुरापनि यहाँ उल्लेख भएको देखिन्छ । “कमरेड भाउजु” को विमोचनले अव उनि कथाकार पनि बन्न पुगेका छन् । जे होस् यतिखेर जुन विषयमा प्रसङ्ग चलिरहेछ सोही विषयका बारेमा कुरा गर्दा ठीक हुन्छ कि जस्तो लाग्यो मलाई । “कमरेड भाउजु” कथा सङ्ग्रहलाई त्यहाँ पुगेर पनि यस्तो शहासीपूर्ण काम गरेको देख्दा मेरो मन कता कता खुसी र आनन्दित बन्न पुग्यो । मार्कसको शालिक अगाडि आफै गएर पुस्तक विमोचन गर्छु भन्ने दुश्साहश गरिएका कुराहरु पनि कथाकारले यहाँ उल्लेख गरेका छन् । यसरी आँट लिने कमरेड भाउजुका जन्मदातालाई चोखो मनले एकपटक सलाम ठोक्नै पर्छ । कुनै मान्छे नै नदेखिने त्यो समाधिस्थलमा पुस्तक विमोचन गर्ने विचार लिएर पुस्तक सहित उक्त समाधि र सालिक छेउँ मै उभिएर विमोचन गरिएको पुस्तकको फोटो कस्ले खिचिदिने बारे एकछिन अलमलमा परेका नियात्राकारलाई कहाँबाट विचार पलाएर केही पर बसेकी केटी मान्छेलाई आफ्नो परिचय दिएर फोटो खिचिदिन अनुरोध गरिको कुरा साह्रै रोचक सान्दर्भिक र महत्वपूर्ण कार्य भएको कुराले मलाई पनि प्रभावित पार्यो । आफूद्वारा रचना गरिएको पुस्तक कुनै व्यक्ति को हातबाट विमोचन नगराउने हठ समेत देखियो । सानोमा लुकि लुकि मार्कस्बादी विचार धाराका पुस्तकहरु पढेका कुराहरु पनि यहाँ लेख्न छुटाईएको छैन ।
मार्कसलाई फ्रान्सबाट निकाला गरी बेल्जियममा शरण लिन आएको र बेल्जियम बाट पूनः फ्रन्स गएका कुराहरु लेख्न भुलिएको छैन । मार्कसबादको सोँचमा डुबेर लेखिएको कविता अत्यन्त मिठो र ओजपूर्णका मानिएको छ । कम्युनिष्टका पुस्तकहरु पढेर आफू पनि कम्युनिष्ट बन्ने रहर जागेका कुरालाई पनि यहाँ यसरी नै उठान गरेको देखिन्छ । कसैको विचार अगाल्नु नराम्रो होइन । समाजलाई नपच्ने काम गर्दा मान्छे बदनाम हुन सक्छ । बेल्जियम नेपाल भन्दा पनि आधा सानो देश जस्ले विभिन्न थरिका वियर उत्पादन गरेर प्रसिध्दि कमाएका कुराहरु पनि यस अवसरमा जोडिन पुगेका छन् । यति सानो देशले यसरी प्रगति गरेको देख्दा नेपालले किन र कसरी प्रगति गर्न नसकेका कुरालाई यहाँ छोटकरीमा केही कुरा भनिएको पनि देखिन्छ । तर नेपाल बनाउँने ठेक्का लिएका नेताहरुलाई आफ्नो परिवारको वरिपरि घुम्दा र उनिहरुको बारेमा सोँच्दा नै ठिक्क हुन्छ त्यो भन्दा बढी नेताहरु केही गर्न जान्दैनन् र गर्न पनि चाहँदैनन् भन्ने कुरा बुझ्न सकिन्छ ।
नेपालीहरुको समय कहिले पनि निश्चित भएन कुनै कार्यक्रम गर्नु पर्यो भने निर्धारित समयमा कोही पनि पुगेका हुँदैनन् । निश्चित समय निर्धारण गरिएको भए पनि १ घण्टा आधा घण्टा समय ढिला भए कै हुन्छ । यहाँ पनि यस्तै भएको छ । बेल्जियममा बसेका नेपालीहरुले पिकनिकको आयोजना गरेको बेला नियात्राकार कृष्ण बजगाईलाई अतिथि बनाएका कुराहरु पनि यहाँ गरिएको देखिन्छ । तर अतिथिको आसन ग्रहण गर्न नियात्राकार अरु भन्दा चाँडो पुगेका कुरा गरिनुका साथै उक्त कार्यक्रम स्थल नै सुनसान भएको देख्दा नेपालीले अपनाउनु पर्ने निश्चित समयको यहाँ पनि यस्तै ख्याल नगरेको देख्दा खिन्नता व्यक्त गरिएका छ ।
समय विते पछि मान्छे जम्मा भएका मान्छेले एकैछिनमा बस भरिन्छ र त्यस स्थलबाट बस छुट्छ । बेल्जियमको राजधानी ब्रसेल्समा फ्रेन्च भाषा बाहेक अन्य भाषा चल्दैन । त्यसैले चढेको बसमा फ्रेन्च र डच भाषाका गीतहरु बज्न थाल्छन् । केही बुझ्नेहरुले उक्त गीतलाई बुझे भने कोही कसैले नबुझेका पनि हुन सक्छन् । एउटा नेपाली भाईले लोक गीतको सीडि दिएर बसमा लोकगीत घन्किए पछि मान्छे बसमा नाच्न र रमाउन थालेका कुराहरुको पनि यहाँ चर्चा गरिएको छ । यसरी गीत सुन्दा सुन्दै बाटो काटेको कुनै पत्तो नपाईएका कुराहरुयहाँ नियात्राकारले यसरी प्रस्तुत गरेका छन् ।
बेलायतमा रहेको कृष्ण मन्दिरको दर्शन गरिएका कुराहरु पनि गरिएको छ । अङ्ग्रेजहरुले क्रिस्चियन धर्म छोडेर आफूलाई हिन्दू धर्ममा समर्पण गरेका कुराहरुलाई पनि यहाँ समावेश गरिएको देखिन्छ । विदेशी डलर खाएर नेपालमा हिन्दू धर्मलाई पछि पार्न क्रिश्चियन धर्मको प्रचार प्रसार गरिएका कुराहरु पनि यहाँ उल्लेख भएको देखिन्छ । ति मन्दिरहरु कति व्यवस्थित मन्दिरमा प्रवेश गर्दा पनि एयरपोर्टमा शरिर खानतलास गरे जस्तै गरि चेक गर्नु पर्ने । मन्दिरको सेवा गर्नका इच्छुकहरुका लागि मन्दिर सेवा गर्न तत्परता देखाउनेहरुले महिनौ दिन कुर्दा पनि पालो नपाउनेहरुको भगवान प्रतिको कस्तो आशक्ति । मन्दिर भित्र मदर टेरेसा दे्खि लिएर अन्य ख्याति प्राप्त धार्मिक व्यक्तिहरु गुरुनानक, मिराबाई, स्वामी नारायण भगवान, साईबाबा आदिलाई समान रुपले राखिएको देख्दा उक्त मन्दिरलाई समाबेशी मन्दिर भन्न खोजीएको कुरा पनि गजवको देखिन्छ । एकजना हिन्दू सन्तले अङ्ग्रेजीमा गरेको प्रवचन सुन्न स्वयम् नियात्राकारले मौका मिलाएका कुराहरु पनि यहाँ उल्लेख गरेको देख्न सकिन्छ । हिन्दू मन्दिमा भगवानको दर्शन गर्न जाँदा मन शुध्द हुने र नकारात्मक सोँच बाहिर जाने कुरा पनि गरिएको देखिन आउँछ ।
लक्जेम्बर्गको यात्रापनि गजवको देखियो । रेलबाट गरिने यात्रा आनन्ददायी बनेका कुराहरु उल्लेख गरेको देखिन आउँछ । लक्जेम्बर्ग जाने रेलमा चढ्ने क्रममा झ्याल पट्टीको सिट खोज्दा एउटा मोटी हप्सी आईमाईसँग अनुमति लिएर सिटमा बसेका कुराहरु पनि गरिएको छ । त्यो मोटीले बोल्ने भाषा फ्रेन्च भाषा भएको हुनाले र स्वयम् नियात्राकारले पनि फ्रेन्च भाषा जानेको हुँदा उक्त मोटीसँग बोलचाल र गफ गर्न केही भिन्नता महशुस नभएका कुराहरु पनि गरेको देखिन्छ । लक्जेम्बर्ग एकदम सानो देश जस्को जनसंख्या चारलाख मात्र जो नेपालसँग तुलना गर्दा पनि धेरै सानो देश भनेर भनिएको पनि छ । लक्जेम्बर्गमा एउटा नेपाली रेष्टुरेण्ट खोलेर व्यवसाय संचालन गरेको देख्दा नियात्राकारलाई गजवको आश्चर्य लागेको देखिन्छ ।
यहाँ आएर नियात्राकार स्वयम् र उनका साथीहरु काम नपाएर बेल्जियमको सडकमा बरालिने गरेका कुराहरु गरिएको छ । बेल्जियममा चल्ने पनि फ्रेन्च भाषा नै हो । काम नपाएर सडकमा भौँतारीरहेको बेला सडकमा हिडीरहेका चार जना साथीहरु मध्येका एकजनालाई एउटा कार अगाडि आएर काम गर्ने मान्छे चाहिएको कुरा जानकारी गराउँदा एक जना थापा थरका साथीलाई काम गर्ने मानिसको रुपमा घरमा लिएर जान्छ । बेल्जियममा बसेर फ्रेन्च भाषा बोल्न जानीएन भने समस्या पर्छ भन्ने कुरा नियात्राकारलाई नै अवगत भएको कुरा हो । फ्रेन्चहरुले राम्रो काम रहेछ भने ओ. क.े भनेर आँखा झिम्काउँदा रहेछन् । यो कुराको थाहा नपाउँदा एउटा जवान केटोलाई केटीले यसरी आँखा झिम्काएको देख्दा गजव लागेका कुराहरु यहाँ उल्लेख गरिएको देखिन्छ ।
ब्रसेल्सको रात्रीकालिन बजार गजवको हुँदो रहेछ । लाईसेन्स लिएर यौन व्यापार गर्दा रहेछन् । तरुनीहरु आफ्ना मोल मोलाई गर्दारहेछन् । इच्छा न भएकाले बाहिर बसेर मात्र त्यो दृश्य हेर्दारहेछन् भने इच्छा भएका चाहीँ भित्र छिर्दा रहेछन् । डिस्को बारमा नाच्नेहरुले आफ्नै प्रेमीका लिएर नाच्न जान पाईदो रहेछ । प्रेमीका नलिई जानेहरुलाई प्रवेश द्वारमा टिकट काट्नु पर्दो रहेछ ।
नियात्राकार कृष्ण वजगाईलाई तारा बहिनीले दिएको चुम्बकिय जुत्ताले नेपालको जागीरलाई तिलाञ्जलि दिएर विदेश मै रमाएर बस्ने प्रयास गराएको छ ।बहिनीको जुत्ता भाग्यमानी रहेछ जस्ले एउटा नेपालीलाई विदेश पलायन गरायो र विदेशी मोहमा चुर्लम्म डुबायो । जर्मन यात्राको दुई हप्ता पश्चात् नेपाल फर्कने कार्यक्रम थियो तर विदेशमा भएका अन्य साथीभाईहरुको कुरा सुनाई, बुझाई र गराईले नियात्राकारको मनलाई परिवर्तन गराईदियो र विदेशमै रहने र बस्ने प्रयासलाई दिगो बनाईदियो । यसरी १६ वर्ष विदेशमा विताएका कुराहरुलाई यहाँ स्पष्टपार्न खोजीएको देखिन्छ । मान्छे विदेश जाने धन सम्पत्ति कमाउने र आफ्नो परिवारको जीवनस्तरलाई पहिला भन्दा केही फरक ढङ्गले सञ्चालन गर्ने इच्छा कस्को हुँदैन र ? हो यही उद्देश्य बोकेर हिडेका नियात्राकार वजगाईले आफ्नो जीवनमा के कति परिवर्तन ल्याउन सके भन्ने कुरा पछि उनका अनुभवहरुले अवश्य पनि हामीलाई जानकारी गराउनेछन् । यौटा नेपाली पन बोकेको ठीटो विदेशी भूमीमा रमाएर बसेका कुराहरु पनि यसभित्र परेका छन् । आर्थिक हिसाबले के कति र कसरी आय आर्जन गर्न सकियो सकिएन त्यो कुराको पाटो बेग्लै होला तर बौध्दिक दृष्टिकोणले उनको क्षमतालाई मूल्याङ्कनगर्दा विदेशमा बसेर पनि साहित्यको यथेष्ट सेवागरी आफूलाई चर्चामा ल्याउन सफल देखिएका छन् भन्ने कुरालाई यहाँ प्रष्टसँग खुलेर भन्न सकिन्छ । विदेश मै बसेर साहित्यलाई माया गरेकोमा उनको कलम र बौध्दिक क्षमताको कदर गर्दै आगामी दिनहरुमा पनि यस्तै र यो भन्दा अझ बढी राम्रो प्रयासले सदैव सफलता प्राप्त गरोस् हार्दिक शुभकमना ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु