देश उठ्नु पर्छ

- इन्द्र नारायण सुवेदी

पुर्खा थिए अति वहादुर गोरखाली ।
राखे सधैँ मुलुक यो शिरमा उचाली ।
अंगे्रज भारत पसी अधिनस्थ पारे ।
हारेन देश कहिल्यै न.त वीर हारे ।१।

ती वीरका रगतको वलिदानवाट ।
कैले झुकेन नयपाली उचो ललाट ।
कान्ला पहाड वन जङ्गल त्यो चिरेर ।
हिँड्थे वहादुर सधैँ खुकुरी भिरेर ।२।

त्यो मूल्यवान पसिना अनि रक्त धारा ।
हाम्रा वने सरल जीवनका सहारा ।
प्राणै दिएर पनि जोगिनु पर्छ देश ।
भन्थे सदैव शुभ चिन्तक निर्मिशेष ।३।

यो देश भित्र रहने सब दाजुभाइ ।
वस्थे मिलेर घरभित्र सदा रमाइ ।
तेरो पहाड र मधेश हिमाल मेरो ।
हाल्दैनथे मुलुक खण्डित गर्न घेरो ।४।

पंैचो र सापट लिने र दिने गरेको ।
सौहार्द्रपूर्ण शुभ भाव मिली भरेको ।
नेपाल मात्र दिल भित्र सदा गडेको ।
सिङ्गो अखण्डित सुमार्ग लिदै वढेको ।५।

पाहाड लेक र हिमाल मधेशलाई ।
हत्या गरेर कसको छ कहाँ भलाइ ।
लुच्चा पचास जनको अभिशप्त वोली ।
लाग्दैछ यो मुलुक माथि वनेर गोली ।६।

संघीयता छ अहिले अनि लोकतन्त्र ।
निर्माणको चरणको अति मुख्य मन्त्र ।
साकार पार्न जनता सब जुट्नु पर्छ ।
यो देश नै सफलता तिर उठ्नु पर्छ ।७।

(वसन्ततिलका)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु