प्रधानमन्त्री प्रचण्ड सहित ९ जनालाई शताब्दी पदक

त्रिमूर्ति निकेतनले डा।सत्यमोहन जोशीलाई नेपाल सरकारबाट वाङमय शताब्दी
पुरुषको उपाधि प्रदान गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ।

निकेतनले नेपाली वाङमयका शिखर व्यक्तित्व वाङमय शताब्दी पुरुष
डा।सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उहाँको गरिमामय
उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्री
पुष्पकमल दाहाल ुप्रचण्डुलाई ुसत्यमोहन जोशी शताब्दी पदकु समर्पण गर्ने
निर्णय गरेको छ।

पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा
दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय
गरेको छ।

त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा।सोमलाल सुवेदी, नेपाल
सरकारका तत्कालीन नि।सचिव बुद्धिसागर लामिछाने, प्रा।डा। प्रेम खत्री,
डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ुसत्यमोहन जोशी
शताब्दी पदकु समर्पण गर्ने निर्णय गरेको छ।

तेह्रौं त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङमय शताब्दी पुरुष
डा।सत्यमोहन जोशीबाट ुसत्यमोहन जोशी शताब्दी पदकु समर्पण गरिने कार्यक्रम
रहेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको
अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन

Friday, June 9, 2017