साझाको घुम्ती पुस्तक प्रदर्शनीमा पाठकको घुइँचो

काठमाडौँ, साउन १०
‘पुस्तकमाथि पाठकको पहुँच’ भन्ने नाराका साथ पठनसंस्कृति निर्माण र व्यवसाय प्रवद्र्धनकै सिलसिलामा साझा प्रकाशनले पाठकहरूको घरदैलोसम्म सुलभ ढङ्गले पुस्तक पु¥याउन त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरबाट घुम्ती पुस्तक प्रदर्शनीको अभियान शुरु गरेको छ । साझाले आयोजना गरेको यस प्रदर्शनीको पहिलो दिनमा नै पाठकको घुइँचो लागेको छ । यस प्रदर्शनीमा पाठकहरूलाई विषेश छुटमा पुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
पाठककले पुस्तक खोज्दै हिँड्ने परिपाटीलाई अन्त्य गर्दै साझा प्रकाशनको इतिहासमा पहिलोपटक आफैँ पुस्तकका लागि पाठक खोज्नका लागि घुम्ती पुस्तक प्रदर्शनीको थालनी गरेको हो । यो अभियान उपत्यकाका मुख्ख स्थान तथा उपत्यका बाहिर वुटवल, चितवन, विराटनगर, पाल्पा लगायतका स्थानमा संचालन गरिने छ । यसलाई क्रमिक रूपमा सबै नगरपलिका र गाउँपालिका पु¥याइने छ ।
प्रकाशनले प्राज्ञिक÷शैक्षिक क्षेत्रमा गर्दै आएका अन्य सेवाका अतिरिक्त पठनसंस्कृति निर्माण वा पढ्ने बानीको विकास, पुस्तकमा पाठकको पहुँच, चेतना अभिवृद्धि तथा ज्ञानको स्रोत सङ्कलनमा अवसर, पाठक र लेखकबीचको सम्बन्ध विस्तारका आदिका लागि विभिन्न पुस्तक प्रदर्शनीहरू गर्दै आएको छ ।
साझा प्रकाशनले पहिलो पटक मिति २०२९।८।४।१ देखि २०२९।८।७।४ सम्म राष्ट्रिय सभागृह काठमाडौं लगायत विराटनगर, नेपालगंज, पोखरा, वीरगंज, भैरहवा, जनकपुर, राजविराज, बाग्लुङ, महेन्द्रनगर, जुम्ला र दाङमा एकैसाथ पुस्तक प्रदर्शनी सञ्चालन गरेको थियो ।
पठनसंस्कृतिको विकास गर्न र आमसमुदायलाई पढ्ने बानी बसाल्ने ध्येयका साथ आयोजित पुस्तक प्रदर्शनी अवलोकन गरिदिनुहुन आमपाठक, लेखक–साहित्यकार, कलाकार, शिक्षक–विद्यार्थी, समाजसेवी, सञ्चारकर्मी एवम् राजनीतिज्ञहरूमा साझा प्रकाशन हार्दिक अपिल गर्दछ ।

Tuesday, July 25, 2017