लोकवार्ता परिषद नेपालको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

लोकवार्ता परिषद नेपालको सातौं राष्ट्रिय सम्मेलन नेपालका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका विभिन्न स्थानमा गोष्ठीसहित सम्पन्न भएको छ । यही असोज २२ गते कपिलवस्तुको तौलिहवामा उद्घाटन भई सुरुवात भएको सम्मेलन तीनवटा जिल्लाका फरक फरक स्थान हुँदै नवलपरासीको बर्दघाट्मा पुगेर २८ गते ८ बूँदे घोषणापत्र पारित गर्दै सम्पन्न भएको छ । यस सम्मेलनले पारित गरेको घोषणापत्र यसप्रकार छ :
---- घोषणापत्र----
१. हाम्रो परम्परा हाम्रो पहिचान भन्ने मूल नाराका साथ २०७४ असोज २२ देखि २८ सम्म लुम्बिनीका कपिलवस्तु, रूपन्देही र नवलपरासीका तौलिहवा, लुम्बिनी, बुटवल, रामग्राम, त्रिवेणीधाम र बर्दघाटमा आयोजित सङ्गोष्ठीहरूमा पुरातŒव, इतिहास, लोकसंस्कृति, लोकसाहित्य, लोककला, मूल्यमान्यता र विश्वास आदिका सम्बन्धमा प्राप्त करिब ७२ गोष्ठीपत्रहरूमध्ये ५६ गोष्ठीपत्रहरू प्रस्तुत हुनु, इतिहास–पुरातत्त्व–लोकसंस्कृतिक, लोकसाहित्य, धर्म आदि सम्बद्ध स्थलहरूको प्रत्यक्ष अवलोकन–निरीक्षण गरी विशिष्ट ज्ञान प्राप्त हुनु, स्थानीय विशिष्ट प्रतिभाहरूको पहिचान गरी तत्तत् स्थानमै सम्मान हुनु, विभिन्न लोकसांस्कृतिक प्रस्तुति हुनु आदिलाई हामी यस सम्मेलनको महŒवपूर्ण उपलब्धि मान्दछौँ ।
२. यस्तो उपलब्धिपूर्ण सम्मेलन आयोजना सम्पन्न गर्न संयोजन गर्नु हुने संयोजक–सहसंयोजहरू, सञ्चारकर्मीहरू, सहयोगी संघसंस्थाहरू, प्राज्ञिक जनहरू, सहभागीहरू तथा लोकजन सबैप्रति हामी सधन्यवाद आभार प्रकट गर्दछौँ ।
३. कपिलवस्तुका तौलेश्वर महादेव मन्दिर, तिलौराकोट, गोटीहवा, कुदान, निग्लिहवा, सगरहवा, जगदीशपुर ताल, रूपन्देहीका लुम्बिनी परिसरका तमाम स्थल, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवलमा केही उत्कृष्ट शैक्षिक प्रतिष्ठान, सिद्धबाबा मन्दिर, रामापिथेकस, हिलपार्क, जीतगढी, नवलपरासीका देवदह, तर्गौली ताल, बर्दगोरिया, बुद्धमङ्गल ताल, रामग्राम, शिवगढी, त्रिवेणी, गजेन्द्र मोक्ष धाम, चितवनमा रहेको वाल्मीकि आश्रम आदि धार्मिक, पुराताŒिवक, ऐतिहासिक, लोकसाहित्यिक र पर्यटकीय महŒवका क्षेत्रको प्रत्यक्ष अवलोकन–निरीक्षण र अध्ययन–भ्रमणबाट हामी लाभान्वित भएका छौँ ।
४. हामी यी र यस्ता क्षेत्रको थप संरक्षण–सम्बर्धन र प्रवर्धन गर्न सम्बन्धित स्थानीय तह, निकाय तथा सरोकारवालासँग जोडदार अपिल गर्दछौँ ।
५. नेपाल म्युजिक ट्रस्ट र यस्तै सरोकारवाला संघसंस्थासँग सहकार्य र संयोजन गरी लोकवार्ता सम्बन्धी गोष्ठी–सङ्गोष्ठी वा सेमिनार गर्न पहलकदमी लिन हामी प्रतिबद्ध छौँ ।
६. हाम्रो परम्परा हाम्रो पहिचान भएकाले यसको संरक्षण एवं संवर्धनका लागि सामुदायिक एवं संस्थागत रूपमा सक्रियता अभिवृद्धि गर्न सरकारी तथा गैरसरकारी एकाइ÷निकायहरू समक्ष पहलकदमी गर्न हामी जाडेदार अपिल गर्दछौँ ।
७. सांस्कृतिक विविधता नै नेपालको मौलिक विशेषता भएकाले प्रान्तीय तथा स्थानीय तहका शैक्षिणक संस्थाहरूमा सम्बद्ध क्षेत्रका लोकवार्ताका विविध विषयलाई पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गरी अध्ययन–अध्यापनको व्यवस्थापनको लागि हामी जोडदार माग गर्दछौँ ।
८. पोखरादेखि बर्दघाटसम्म गरी सातौँ राष्ट्रिय सम्मेलन गरेजस्तै पूर्वी नेपालको भोजपुर र यसको आसपासका क्षेत्रमा आठौँ राष्ट्रिय सङ्गोष्ठी÷सम्मेलन गर्ने गरी यस परिषद्का सचिव डा. भक्त राईलाई संयोजकको जिम्मेवारी प्रदान गर्दछौँ ।

Friday, October 20, 2017