डायास्पोरिक कथा संग्रह "समुद्र र सपना"
कथाकार: सञ्जु बजगाईं
प्रकाशक: रत्न पुस्तक भण्डार, काठमाण्डौं

साहित्यकार डा.कविताराम श्रेष्ठसँग कुराकानी

- कृष्ण बजगाईं

डा.कविताराम श्रेष्ठ नेपाली साहित्य आन्दोलनमा अविछिन्न लागीरहनु भएका सक्रिय स्रष्टा हुनुहुन्छ । अस्विकृत आन्दोलन र बुट पालिस आन्दोलनका अभियन्ता रामबहादुर श्रेष्ठ वि.सं.२००४ सालमा ओखलढुंगामा जन्मनु भएर नेपाली साहित्यमा डा.कविताराम श्रेष्ठको नामले चर्चित हुनुहुन्छ । साहित्यकार, अनुसन्धानकर्ता, सिनेकर्मी, राजनीतिकर्मी, भिजिटिङ प्रोफेसर, विकाशे कार्यकता आदिको भूमिका एकैपटक संगसँगै निभाई रहनु भएका डा.श्रेष्ठसँग समकालीन साहित्य डट कमको लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।

१. तपाईं विकाशे कार्यकर्ता, कन्सल्टेन्ट, लेखक, साहित्यकार, फिल्म निर्माता, निर्देशक, राजनीतिकर्मी, प्राध्यापक, आदि मध्ये आफूलाई के भनेर चिनाउन चाहानु हुन्छ ?
जुन क्षेत्रबाट प्रश्न आयो त्यसै क्षेत्रको भएर मिल्ने उत्तर दिन पर्ने हुन्छ तपाईंले सोध्दा मेरो उत्तर 'साहित्यकार' नै भन्ने हुन्छ ।

२. लेखनमा पनि धेरै विधाहरुमा कलम चलाउनु भएको छ । कुन विधामा आफूलाई सन्तुष्ट पाउनु हुन्छ ?
यो पनि समयसमयमा परिवर्तन भइरहेको छ । अहिले म 'समालोचना' र 'निबन्ध' भन्न चाहन्छु ।

३. तपाईंका कुनै कृति पुस्तकाकारका रुपमा प्रकाशित वा प्रकाशोन्मुख छन् कि ?
जम्मा ३३ वटा प्रकाशित छन ती हुन :
1. Droplet, Science Novel (English), Students Publication , Kathmandu, 007
2. Bandevi, Science Novel, (English), Students Publication, 007
3. Socio-Cultural Aspects of the Gap Between Knowledge and Practice Amongst HomeCaretakers of Childhood Diarrhoea in Rural Nepal, Ph.D Thesis, Gorakhpur University,India, 1998.
4. From the Mango Tree and other Folk Tales from Nepal : Library Unlimited, Colorado, USA, 1996; (अमेरिकी माध्यमिक तथा प्राथमिक विद्यालयका शिक्षकहरुका लागि सन्दर्भ पुस्तकको रुपमा चयन तथा World Folk Series मा समावेश)
5. Confession : (Novel), Book Faith New Delhi, India, 1995
6. सृष्ठीको पुराण - विज्ञान उपन्यास, साझा प्रकाशन काठमाडोँ, ००८
7. माटोको व्यथा विदेशको सपना, साहित्यिक पत्रकार संघ, काठमाडोँ ००५
8. स्कुल जाने रहर, चिनिया लेखक क्वान ह्वाको (Going to School)) को अनुबाद, श्रीजनशील प्रकाशन ००४
9. जुजुहीरा, रुम टु रीड, ००३
10. कुकुरको कथा, उपन्यास, नागार्जुन प्रकाशन काठमाडोँ २००२
11. मावलीको यात्रा, उपन्यास साझा प्रकाशन २००२
12. के किन भनियो, बगर फउण्डेशन काठमाडौँ ००२ । इनोभेशन अवाड ०८ लण्डन प्राप्त ।
13. बुद्धिबङ्गाराको टेलिफोन भाग १, विज्ञान कथा संग्रह, विवेक सीर्जनशील प्रकानगरः शन २००२
14. बुद्धिबङ्गाराको टेलिफोन भाग २, विज्ञान कथा संग्रह, विवेक सीर्जनशील प्रकाशन २००२
15. बुद्धिबङ्गाराको टेलिफोन भाग ३, विज्ञान कथा संग्रह, विवेक सीर्जनशील प्रकाशन २००२
16. अनौठो यात्रा, विज्ञान उपन्यास, साझा प्रकाशन, २००१
17. कमिलाको कथा, वाल उपन्यास, बाल कोसेली काठमाण्डौं १९९२, (नेपाल बाल साहित्य समाजद्वारा वर्षको सर्वोत्कृष्ट बाल पुस्तकको रुपमा पुरस्कृत तथा त्रि.वि. वि.ए. नेपाली ऐच्छिक विषयको पाठ्यपुस्तक)
18. स्वभाव गीता, नाटक, सारसंग्रह प्रकाशन, काठमाण्डौं १९९२
19. मुक्ति प्रशंगका अस्वीकृत कथाहरु, कथा संग्रह, सारसंग्रह प्रकाशन, काठमाण्डौं १९९०
20. बकपत्र, उपन्यास, सारसंग्रह प्रकाशन, काठमाण्डौं १९८९
21. मेरा अस्वीकृत मान्यताहरु, निवन्ध, सारसंग्रह प्रकाशन, काठमाण्डौं १९८९
22. पानीको थोपा, वाल उपन्यास साझा प्रकाशन, काठमाण्डौं (१९८०/८८ अन्तर्राष्ट्रिय वालकोषद्वारा अन्तर्राष्ट्रिय वालबर्ष १९८२/१९८३ को लागि सर्वोत्कृष्ट पुस्तकको रुपमा पुरष्कृत)
23. बनदेवी, वाल उपन्यास, साझा प्रकाशन, काठमाण्डौं १९८० र ८४
24. प्रलाप: कथा संग्रह साझा प्रकाशन, काठमाण्डौं १९८१
25. कालो कथा: कथा संग्रह, सार संग्रह प्रकाशन, काठमाण्डौं १९७९
26. विस्थापित अनुहारहरु, साहित्य संग्रह प्रकाशन, काठमाण्डौं १९७२
27. अवतार विघटन, उपन्यस जनार्दन जोशी, काठमाण्डौं १९८९
28. एक सय एक हस्ताक्षरहरु, बिचार संग्रह, विदेह प्रकाशन, काठमाण्डौं १९८१
29. बाल गन्धर्भ र सारंगीको रयाईं रयाईं, बुक प्यालेस, काठमाण्डौं 2009
जम्मा ११ वटा प्रकाशित प्रकाशोन्मुख छन । ती हुन :
रहस्यमय गुफा (चलचित्रको नाटक), मुक्तिसङ्घर्ष नामक दुइवटा (चलचित्रको नाटक), माटो बोल्छ (नाटक), समय जाजाल (विज्ञान उपन्यास), पुनर्स्थापाना (विज्ञान उपन्यास) स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरु (निबन्ध), यी अद्भुत अस्वीकृत स्रष्ठाहरु (निबन्ध), कवितारामका कविताहरु (कविता सङ्ग्रह), सिर्जनशील हस्ताक्षरहरु (ताततातो बिचार सङ्कलन), कवितारामका (अस्वीकृत कथाहरु) नन्दनीति (पिता नन्दरामका मान्यताहरुको जीवनीपरक निति सङ्कलन) र बुद्धको जीवनमा आधारित महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरु (ऐतिहासिक उपन्यास) । यो पछिल्लो उपन्यास साझाबाट एकपल्ट स्वीकृत भइ छापिने बेलामा अर्को व्यवस्थापन परिवर्तन हुन जांदा नियोजित पुनर्मूल्यांकनबाट अस्वीकृत गरियो । तर म विचलित छैन । यस्ता सरकारी हंडीका संस्थाबाट म सदा अस्वीकृत नै हुने गर्छु र मेरा ११ वटा प्रकाशोन्मुख कृति छन ।

४. तपाईं आफूले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
पुरस्कारहरू १० वटा छन
1. इन्नोभेशन एवार्ड नेपाल कल्चर सेन्टर लण्डन युके, जुन ०८, के किन भनियो भन्ने पुस्तकको लागि
2. साझा वालसाहित्य पुरस्कार अनौठो यात्रा वालउपन्यासको लागि साझा प्रकाशनबाट, ०१ ।
3. महेन्द्र विद्याभूषण प्रथम श्रेणी, १९९८ पि.एचडी. को लागि ।
4. एशिया अफ्रिका सोलिडारिटि एवार्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरष्कारः मुक्ति संघघर्ष फिल्मको लागि चौथो प्योङयाङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवद्वारा पुरष्कृत, १९९४।
5. वर्षपुरुष ०५१ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरष्कृत भई नेपालको गौरव बढाए बापत रंगमाच पाक्षिकद्वारा सम्मान प्रदान १९९४ ।
6. सर्वोत्कृष्ट फिल्मी ड्रामा लेखक १९९२: मुक्ति संघर्षको संघर्षको लागि राष्ट्रीय भिडियो फिल्म महोत्सवमा भिडियो फिल्म एसोशियशनद्वारा पुरष्कृत
7. सर्वोत्कृष्ट चरित्र अभिनेता १९९२: मुक्ति संघर्षमा भूमिका गरे बापत राष्ट्रीय भिडियो फिल्म महोत्सवमा भिडियो फिल्म एसोशियशनद्वारा पुरष्कृत ।
8. ६ वटा बिभिन्न सर्वोत्कृष्ट निर्माता/निर्देशक: मुक्ति संघर्षको लागि राष्ट्रीय भिडियो फिल्म महोत्सवमा भिडियो फिल्म एसोशियशनद्वारा पुरष्कृत, १९९२ ।
9. सर्वोत्कृष्ट पुस्तक लेखक १९९२: कमिलाको कथा बालउपन्यासको लागि नेपाल बाल साहित्य समाज द्वारा पुरष्कृत
10. अन्तर्राष्ट्रिय वालबर्षको सर्वोत्कृष्ट पुस्तक १९८२/१९८३ : पानीको थोपाको लागि अन्तर्राष्ट्रिय वालकोषद्वारा पुरष्कृत
अभिनन्दन तथा सम्मानहरु ९ वटा छन :
1. सम्मान, प्रवासी साहित्य परिषद, लण्डन युके मे ९ ००९ ।
2. अभिनन्दन, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, डिसि मेट्रो च्याप्टर, भर्जिनिया युएसए जुलाई ०८
3. सम्मान, विगनेपाल डट कम युके च्याप्टर, लण्डन युके जुन ०८ ।
4. उद्योग पत्रिका सम्मान, काठमाडौँ ०७ ।
5. तन्नेरी पत्रिका सम्मान, काठमाडौँ वि।सं। ०५९ ।
6. अभिनन्दन, सुनौलो पुस्तकालय, धरान ००४।
7. अभिनन्दन, आँखाको नानी विद्यालय, काठमाडौँ ००२ ।
8. अभिनन्दन, रत्नचोक महोत्सव, धरान ०९९ ।
9. राजकीय अभिनन्दन, ओखल्ढुंगा जिविस ०९८ ।

५. तपाईं आफै पनि पुरस्कार र सम्मान बाँड्नु हुन्छ अरुहरुलाई । त्यसको बारेमा छोटकरीमा बताई दिनुहोस्न ।
केही पुरस्कारहरु अफ्ना लेखकश्वको रकमबाट संस्थागत गरेको छु जस्तै
क.अस्वीकृत बिचार साहित्य पुरस्कार गुठीअर्न्तगत अस्वीकृत बिचार साहित्य पुरस्कार (सत्ताबाट अस्वीकृत, अपहेलित, अग्रगामी परिवर्तनकामी, सािहत्यकार सर्जकको लागि) १,
ख.कविताराम बालसाहित्य प्रवर्द्धन अनुष्ठान अर्न्तगत बालसाहित्य प्रवर्द्धनमा योगदान दिने व्यक्ति १, संस्था १ र बाल प्रतिभा १ (जम्मा ३)
ग.मनमाया सुनौलो स्मृति नेपाली साँस्कृतिक प्रवर्धन अनुष्ठान अर्न्तगत नेपाली संस्कृतिको प्रवर्द्धनमा योगदान दिने व्यक्तिको लागि पुरस्कार
घ.अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रवर्धन संजाल अर्न्तगत अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रतिभाको लागि पुरस्कार

६. अस्विकृत विचार साहित्य र यसको आन्दोलन छोटोमा के हो ?
छोटोमा भन्न पर्दा- स्थापित ढीड तथा यथास्थितिवादी रुढीगत मान्यताहरुका विरुद्ध मानव जीवनोपयागी, वहुजनपक्षीय अग्रपरिवर्तनकामी प्रतिपक्षीय संघर्षशील विचारले युक्त साहित्य अस्विकृत विचार साहित्य हो । रुढीगत थोत्रा मान्यहरुलाई ढाल्ने खालका प्रगतिशील मान्यतालाई स्थापना गर्ने र आफैले स्थापना गरेको मान्यतालाई समेत परिष्कारको लागि संघर्षको कार्यक्रम अस्विकृत विचार साहित्य आन्दोलन हो ।

७. यसलाई आन्दोलनको रुपमा चलाई रहनु भएको छ । यसको समापन चाहीं कहिले हुँदैछ ?
परिष्कारको अन्त्य कहिल्यै हुन्न । यो शाश्वत प्रकृया हो । परिष्कारको खोजी नै अस्वीकृत आन्दोलन भएको हुनाले यो संघर्ष अनन्त छ ।

८. वालसाहित्यका लागि तपाईंले अन्तर्राष्ट्रिय संजाल बनाएर काम गरिरहनु भएको छ । यसको बारेमा छोटो जानकारी राखिदिनु हुन्छ कि ?
संसारका विभिन्न कुनामा रहेका नेपाली बालबालिकाहरुलाई सके नेपाली भाषा नसके जुनै भाषामा भएपनि साहित्य सृजनाको लागि प्रेरित गर्ने, तालिम दिने, तथा उनिहरुका सृजनालाई अनलाई पत्रिकाबाट प्रकाशित गर्ने र सन्सार भरीका बालसर्जकहरुलाई एकाअर्कामा नजीक ल्याउने यसको मूल उद्देश्य रहेको छ । अहिले देशविदेशका अनलाइन पत्रिकाहरु खसखस डटकम, समकालिन डटकम, साहित्यघर डटकम, केटाकटीन्यूज डटकम, अस्वीकृत डटकम, डिसिनेपाल डटकम, नेपालहोराइजन डटकम, फ्रीनेपाल डटकम, बिगनेपाल डटकम, नेपालअरब डटकमले यस सन्जालबाट उत्पादित बालरचनाहरुलाई यथा स्थान दिएर सगाइरहेका छन् ।

९. तपाईं केही वर्ष अमेरिका पनि बस्नु भयो । पछिल्लो वर्षको केही महिनासम्म त्यहीं हुनुहुन्थ्यो । र फेरी बेलायत तिर पनि हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली भाषा साहित्यको लागि यी देशहरूमा के कस्ता काम भएका रहेछन ?
म जन्सहप्किन्स युनिभर्सिटिका अमेरिकाको जपाइगो भन्ने प्रोजेक्टबाट अनुबन्धित भई नेपालमा अन्तरराष्ट्रिय परामर्शदातृ भई काम गर्दै थिएँ त्यसैले अमेरिकामा मेरो बसाइ वा आवत जावत निक्कै हुने गर्थ्यो । अब म बेलायततिर सरेको छु । बेलायतमा एवर्डिन युनिभर्सिटिमा भिजििटंग प्रोफोसर छु । त्यसकारण मैले अमेरिका मात्र होइन वेलायतमा समेत साहित्यकर्मी साथीहरुको गतिविधिलाई नियाल्ने तथा कतैकतै सहकार्य गर्ने मौका समेत पाएको छु । अमेरिकाको कुरा गर्दा छोटोमा यही भन्न चाहन्छु कि अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको संजालबाट यसले केन्द्रिय संयोजकको भूमिका खेल्दै डायस्पोरामा नेपाली साहित्यको विकासको लागि अभूतपूर्व योगदान दिँदैछ । वेलायतमा भन्नुहुन्छ भने यहाँ नेपाली साहित्य परिषदका साथै गोर्खापल्टनका साहित्यकारहरुले साहित्यिक सँस्था स्थापना गरी अनेकन साहित्यिक गतिविधि संचालन गर्दै आएका छन् । दुबै देशमा नेपाली साहित्यप्रेमीहरुले नेपाली साहित्य प्रवर्द्धनको लागि अन्तर्राष्ट्रि स्तरमा गोष्ठी, प्रकाशन, सम्मलेन, सम्मान तथा पुरस्कार कार्यक्रमहरु गर्ने गर्छन ।

१०. अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको पहुँच र प्रभाव कतिको रहेछ ?
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको पहुँच हुनको लागि हामीसँग क्षमता नै विकास भएको छैन भन्ने मेरो भनाई छ । यसको सुरुवातसम्म पनि भएकॊ छैन । यसको प्रभावको आंकलन गर्ने कुरा ता परै रह्यो । हाम्रो यो पिछडपनको जिम्मेवार भनेको नेपालका पूर्वसत्ता हुन् जसले आफ्ना सत्तालाई बलियो बनाउन युगौँदेखि भाट साहित्यलाई मात्र प्रवद्र्धन गर्यो । सन्सार चन्द्रमा पुगेर अरु ग्रहमा छलांग लगाइरहेको वेला चन्द्रमालाई देउता मानी पूजा गर्ने दस हजार वर्ष पुराना संस्कृत सुत्रमा आधारित भाट साहित्यलाई मात्र यसले पुरस्कृत गरिरह्यो । साहित्यको पाठयक्रमसमेत यसै आधारमा निर्मित भयो । भन्नुहोस् दशहज्जार वर्ष पुराना सुत्रबाट प्रशिक्षित हामी कस्तो साहित्यको सिर्जना गर्दै छौँ र हामी यतिखेर विश्वसाहित्यमा कहाँनिर छौँ ? अनि भन्नुहोस् १० हज्जार वर्ष पुराना सुत्रका नेपाली साहित्यले कसरी विश्वसाहित्यमा पहिचान दिने वा प्रभाव पार्ने ? मेरो विचार समग्रमा भनेको हुँ । तपाई हाम्रा एकादुइ कृतिहरु विदेशमा छापिँदैमा त्यसलाई नेपालको उपलव्धी म मान्दिन ।

११. नेपाली भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन के के गर्नु पर्ला ?
सबैले दायित्व लिनपर्ने कुराहरु मेरो विचारमा निम्न छन् :
१) नेपालभीत्रका पूरातनबादी मठाधिशहरुको निकम्मापनको भण्डाफोर, २) संस्कृत साहित्यको सुत्रहरुको अस्विकार, ३) आधुनिक, प्रगतिशील, वस्तुवादी, विज्ञानसम्मत चेतलई प्रश्रय, ३) राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा आजको साहित्यको प्रवर्द्धनकोलागि कार्याशाला गोष्ठीको आयोजना, ४) उत्कृष्ट साहित्यहरुको अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार, ५) उत्कृष्ट साहित्यहरुको राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कारको व्यवस्था, ६) भोलीका कर्णाधार बालकहरुलाइ पुरातनबादी सस्कृत सुत्रको सेपबाट अलग राखी वस्तुवादी विज्ञानसम्मत साहित्य सिर्जनाको लागि प्रशिक्षण ।

१२. तपाईंको तर्फबाट नेपाली डायोस्पोरा तिनका संस्था प्रकाशन गृह तथा नेपाली समुदायलाई कुनै सुझाव र सल्लाहा छ कि ?
देशमा रहेका साहित्यकर्मीहरुलाई सँस्कारगत सेप र सत्ताका दण्ड र पुरस्कारका नीतिको चंगुलबाट अलग्गिन गाह्रो पर्ने भएको र ती नयाँपनको लागि पूर्व पछ्यौटेपनको कारणले पूर्वाधार हुँदै नहुनुले असहज र गाह्रो पर्ने हुन्छ । डायस्पोरामा रहने साथीहरुले यीनै क्षत्रहरुमा प्रवर्धनात्मक काम गरी अगुवाइ गर्नु पर्ने हुन्छ । मैले यसो भनिरहँदा सबैलाई सही वा पाच्य कुरा नलाग्ला । तर हुनुपर्ने यही हो र पछि हुने पनि यही नै हो । भविष्यले यो कुरालाई साक्ष दिने छ ।

१३. तपाईंको विचारमा राजनीति र साहित्यबीच कस्तो सम्बन्ध हुनुपर्दछ ?
भनाइ छ 'राजा आफ्नो देशमा मात्र पुजिन्छ भने विद्वान सर्बत्र पुजिन्छ" । राजालाई राजनीति र विद्वतालाई साहित्य भनेर कुरा गरौँ । साहित्य राजनीतिको चंगुलमा पर्‍यो भने यो त्यो साहित्यले राजनीतिको चाटुकारिता मात्र गर्दछ । त्यहाँ राजनीतिको हैसियत माथि रहन्छ र साहित्यको हैसियत गुम रहेको स्थिति हुन्छ । उपरोक्त भनाईले राजनीतिबाट अलग त्यो भन्दा मथिको हैसियतमा रहेको साहित्यको गुनगान गरेको हो । एउटा भूगोललाई नाघेर सर्वत्र मानवजातीको लागि हुने गुणको त्यो गान हो । यो एउटा शास्वत नियमको उक्ति हो । साहित्य त्यसो भनेर राजनीतिक निरपेक्ष हुन्छ वा हुनुपर्छ भन्ने पनि होइन । मान्छे एउटा समाजमा बस्दा त्यसका समस्त सँस्थाहरु (राजनीति समेत) संग जीवन्त सम्बद्ध हुनुपर्ने हुँदा उनीद्वारा सिर्जित साहित्य जीवनसम्मत हुने क्रमममा राजनीतिक निरपेक्ष हुनै सक्दैन । तर विद्वता त्यहाँ हुन्छ जव उसले चाटुकारिलतामा आफूलाई बेच्दैन । कुनै एक राजनितिक भूगोल, कुनै एक राजनितिक परिस्थिति वा कुनै एक राजनितिक समुदायबाट माथि उठेर वृहत्तर मानवीय चाखको विषयमा जब ऊ साहित्यको सिर्जना गर्दछ तब त्यो सही साहित्य बन्दछ ।

१४.अहिलेको बदलिदो परिस्थितिमा प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया र संरचना कसरी गरिनु पर्दछ ?
प्रज्ञा प्रतिष्ठान भनेको सत्ताको मुखप्रतिष्ठान हो । यसको काम भनेको सत्ताकै चाटुकार सिर्जनाकॊ प्रवर्द्धन हो । सत्तामा जो छ त्यसले उसकै चाख सुहाउँदो संरचना गर्छ । त्यसैले जतिपल्ट सत्तापरिवर्तन हुन्छ त्यतिपल्ट यसको मूल्य र मान्यताहरुमा पनि परिवर्तन हुन्छ । यसले एक वर्ष एउटा कुरा बनाउँछ, अर्को वर्ष त्यसैलाई ढालीरहेको हुन्छ । तपाईको प्रश्न सुधार पक्षीय हो । सुधारको सोँच भनेको प्रतिपक्षीय सोँच हो । जुन सत्तापक्षले कदाचित सुन्दैन । त्यसैले यसको संरचनाको विषयमा हामीले टाउको दुखाउन बेकार छ । मेरो सोँच छ- सक्दा प्रतिपक्षीय शक्तिले आफ्नै प्रतिष्ठानहरु बनाउन पर्छ र मात्र आफूले सोचेअनुसारको संरचनाले साकार रुप पाउँछ । मेरो सोँच अनुसारको प्रतिपक्षीय प्रज्ञा प्रतिष्ठान बनाउने हो भने म हरेक विधाको लागि छुट्टै समितिहरुको गठन गर्ने थिएँ र उनीहरुलाई नै विधागत नेतृत्वचयन गर्ने जिम्मा दिन्थेँ । यीनमा डायस्पोरा साहित्य सम्बद्ध बेग्लै विशिष्ठ समिति समेत राखथें ।

१५. यसको भूमिका कस्तो हुन्छ ?
मैले सोचेको अनुसारको प्रतिष्ठानले सत्ताको प्रतिपक्षमा रहेर अस्वीकृत मूल्यको संरक्षण गर्दै अग्रगामी साहित्य सिर्जनाको संबर्धनको लागि स्वायत्त रहेर काम गर्छ ।

१६. अहिलेको बद्लिदो परिस्थितिमा साहित्य लेखनले कुन दिशा पक्रिनु पर्दछ ?
हज्जारौँ वर्षदेखि हामीले सामन्तबादी सत्ताअन्तर्गत उसैको मूल्य र मान्यताहरुमा सास फेर्यों र हाम्रा सीर्जनाहरु त्यही अनुरुप थिए । जो देश र कालबाट विमुक्त रहेर साहित्य सीर्जना गर्दै थिए उनीहरुको लागि आज उपयुक्त वातावरण सृजित छ । तर जो त्यही दायरामा रहेर भाटसाहित्य सीर्जना गर्दै थिए उनीहरुका आधारमूल्य नै विघटित हुनपुग्दा पानी विनाको माछाको स्थितिमा पुगेका छन् र साहित्य सीर्जना उनीहरुको लागि असम्भवप्रायः छ । अबको साहित्य भनेको पहिले प्रतिगामीहरुको प्रतिकार पूर्वअस्वीकृत तर जीवनोपयोगी प्रगतिशील रहेका मूल्यहरुको स्थापनाउन्मूख वस्तुगत र विज्ञानसम्मत यथार्थबादी साहित्यको सीर्जना हो । यसको बारेमा मैले केही लामो लेख लेखेको पनि छु यसमा हेर्न म अनुरोध गर्दछु । http://aswikrit.com/index.php?action=rachana.

१७. साहित्यमा नवप्रवेशी प्रतिभाहरुलाई एक अग्रज स्रष्टाको नाताले के सुझाव दिन चाहानु हुन्छ ?
हामीले तालिम नपाई आफ्नै साधनाबाट साहित्य सीर्जना गर्न सिक्यौँ । आधारभूत कुरानै नसिकी साहित्य सीर्जना गरेको हुँदा हामीमा धेरै कमी कमजोरीहरु छन् । तपाईहरु मौका परेसम्म सिर्जनाका तालिम लिनुस् । बढीमा बढी पढ्नुस् र भाषागत प्रशस्त साधना गर्नुस् ।

१८. अन्तमा समकालीन साहित्य डट कम मार्फत नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?
बाल साहित्यको प्रवर्द्धनको लागि काम गरौँ । आफ्नै गाउँ, टोल, वा शहरहरुमा आजैदेखि सानासाना साहित्य सीर्जना गर्ने कार्यशाला गोष्ठी आयोजना गर्दै उनीहरुका सिर्जनालाई पनि प्रकाशन गर्न शुरू गरीहालौं ।

२ सेप्टेम्बर ०९



- वुधबार, 17 भाद्र, 2066