19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तीनवटा कप

कथा बद्री अधिकारी September 3, 2026, 12:22 am

बद्री अधिकारी बिहानको चहलपहल बिस्तारै घरबाट बाहिरिइसकेको थियो। रोहन र निशा आ–आफ्नो अफिसतिर लागेका थिए। निरवले झोला भिरेर स्कूलको बस समातेको धेरै बेर भइसकेको थियो। भान्साको काम मिलाएर सहयोगी महिला पनि ढोका बन्द गर्दै बाहिरिइन्। त्यसपछि त्यो घरमा बाँकी रहे केवल हेमराज।

घरभित्र अब कसैको बोलाइ सुनिँदैनथ्यो


‘रणभूमिबाट’ कवितासङ्ग्रहमा प्रगतिवादी चेतना

कृति/समीक्षा रामप्रसाद पौडेल ‘रमेश’ September 3, 2026, 12:17 am

रामप्रसाद पौडेल ‘रमेश’ पृष्ठभूमि
नारायण मरासिनी (वि.सं. २०२९) ले कविता, कथा, समालोचना, निबन्ध–नियात्रा लगायतका साहित्यिक विधामा कलम चलाएका छन् । २०४६ सालको जनआन्दोलनपछिको सापेक्ष खुला परिवेशमा कविता लेख्ने क्रम सुरु गरेका मरासिनीका पुस्तकाकार रूपमा ‘तीजको कोसेली’ (गीतहरूको सँगालो– २०५०), ‘समयका धब्बाहरू’ (मुक्तक सङ्ग्रह– २०५१), ‘साने’ (खण्डकाव्य– २०५६), ‘रणभूमिबाट’ (कविता सङ्ग्रह– २०६३), ‘हेडसरका कथाहरू’ (लघुकथा सङ्ग्रह– २०७१), ‘बिहेको निम्तो’ (कथा सङ्ग्रह– २०७८), ‘घैँटीको मूल्य’ (कथा सङ्ग्रह– २०८१) लगायतका कृतिहरू प्रकाशित छन्


डुवर्समा कविता साहित्यको विकासक्रम : एक सिंहावलोकन

कृति/समीक्षा गोपालसिंह विश्व September 1, 2026, 12:16 am

गोपालसिंह विश्व डुवर्समा कविता साहित्यको थालनी सन् 1942 मा प्रकाशित ‘धामीको सवाई’ नामक सवाई पुस्तिकाबाट भएको हो। यस पुस्तिकाको पठन पछिका प्रजन्महरूका निम्ति पनि उपलब्ध हुन सकोस् भन्ने उदेश्य लिएर यसको दोस्रो संस्करणको प्रकाशन सन् 1950 मा गरिएको थियो। त्यसबेला पुस्तिकामा प्रकाशित नाम अनुसार पाठकहरूले यसका रचयिता दिलबहादुर सरदार हुन् भन्ने जानकारी पाएका थिए


पीडा, आँसु, शोक, संघर्ष र आशा

निबन्ध राम ज्ञवाली September 1, 2026, 12:10 am

राम ज्ञवाली कहिलेकाहीँ प्रकृति केवल नदी भएर बग्दैन—ऊ इतिहासको एउटा कालो अध्याय बनेर बग्छ । कहिलेकाहीँ पानी केवल पानी हुँदैन—त्यसमा मानिसका सपना, घरका सम्झना, आमाका काख, बाबुका पसिना, बालबालिकाका भविष्य र एउटा पुस्ताका आशाहरू मिसिएका हुन्छन् । २०८३ साल भदौ १० गतेको त्यो बिहान पनि सायद अरू बिहानजस्तै उदाएको थियो


विरोधमा छ जीवन !

निबन्ध पुण्य कार्की August 29, 2026, 6:21 pm

पुण्य कार्की अनन्त विरोधले भरिएको छ जीवन । अनन्त विरोधाभासमा जकडिएको छ जीवन । यही विरोध र विरोधाभासमा त छ प्राण । यसैमा त चलिरहेको छ जीवनको ढुकढुकी र घ्राण । विरोधमा जीवनको अगम ऊर्जाको प्रकम्पन छ । कसैप्रति परालम्वित नभै आफैँ आफ्नो खुट्टामा ठिङ्ग उभ्भिने चेतनाको स्वावलम्वन छ ।

जुनदिन आमाका पेटको गर्भ–सुखलाई लात हानेर शिशु बाहिर निस्क्यो, त्यो दिनबाट उसले विरोध बोल्न जान्यो


भारतमा नेपाली भाषाबारे विवाद

विचार नवीन पौड्याल August 26, 2026, 11:24 pm

नवीन पौड्याल १. विषयप्रवेश

भाषा परिवर्तनशील वस्तु हो। यो कहिल्यै एकनाश र एकरूप रहँदैन। समयको अन्तराल, स्थानगत भिन्नता, सामाजिक तथा सांस्कृतिक परिवर्तन र भाषिक सम्पर्कजस्ता विविध कारणले भाषा निरन्तर परिवर्तन भइरहेको हुन्छ। भाषाका वर्णव्यवस्था, उच्चारणविधान, व्याकरणिक संरचना, शब्दभण्डार तथा वर्तनी आदिमा पनि समयअनुसार परिवर्तन हुँदै जान्छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित