साठी वर्ष अघि र पछि: नेपाली भाषा साहित्य सम्मेलन २००४ र २०६६

- जगदीश शमशेर राणा

आज पछाडि फर्केर हेरेँ 'साठी वर्षअघि' र माथिबाट हेरेँ, आज 'साठी वर्षपछि' दुई ऐतिहासिक नेपाली साहित्य सम्मेलन, नेपालको राजधानीमा सम्पन्न भए । यहाँ उल्लेख छ 2004 साल को प्रथम नेपाली साहित्य सम्मेलनको र 066 सालको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनको । नमरी बाँचे देवताले साँचे र राखेको उखान लागेकाले ई दुई सम्मेलनमा शरीक हुन सकेँ । तेसैले केहि गणना र केहि तुलना गर्छू ।

दुवै सम्मेलन, ऐतिहासिक महत्वका रहे । यो साझा चिनारी हो, दुवैको आयाम भने अलग अलगै थिए । देश, काल र परिस्थितिले एसो हुने नै भयो । ४ साल को सम्मेलन प्रथम किरण थियो भने ६६ सालको सम्मेलन मध्यान्हको सुर्य जस्तै व्यापक रह्यो । कालको फरकले पनि एस्तो हुन सक्छ ।

४ सालको सम्मेलनको योजना ३ सालदेखि नै भएको हो । डरलाग्दो बेला थियो । शहीदहरु झुण्डिएका र थुप्रै क्रान्तिकारीहरु थुनिएको र डाँडा काटेको भर्खर छ वर्षपुगेको थियो । महायुद्ध जस्तो विश्वव्यापी क्रान्तिको प्रभावले नेपालमा पनि हावा बदलिन थालेको थियो । शहीदको हत्यारा महाराज जुद्ध शमशेर, थरथर काँप्ने भतिजा लाई राज्य छाडेर भागिसकेका थिए । 'विश्वव्यथा' या 'क्रान्ति विना शान्ति मरु' लेखेको आरोप मा कैद परेका युगकवि सिद्धिचरण श्रेष्ठ भर्खरै जेलबाट छुटेका थिए । माकुराधागे अर्थतन्तुमा झुण्डिएर बस्नु परेका धेरै जसो साधारण जनता र बुद्धिजीवी पनि थर्कमान भएर कक्री कक्री बाँचिरहेका थिए । केहि हाँसी हाँसी मर्न तयार स्वतन्त्रकामी हरु ले पनि 'शरीरमाद्यं खलु धर्मशास्त्रं' को दर्शन लाई बुझेर नीतिको नेती पक्रेका थिए । समयलाई बुझेर समयानुकूल चाल चालेर स्वतन्त्रताको लक्ष्य प्राप्त गर्न वरपर, भित्र बाहिर छरिएका क्रान्तिकारी हरु लागेका थिए भने, शय वर्षजरा गाडेर बसेको राणातन्त्रले, विश्वमा चलेको नयाँ आँधीबेरीमा आफनो अस्तित्व र अधिनायकवाद बचाउन गोटी चाल्न थालेको थियो । फुकी फुकी लेख्न पर्ने र लुकी लुकी पढ्न पर्ने बेला थियो । 'पुस्तकालय पर्व' (लाइब्रेरी पर्व) ले धेरै साहित्यकारलाई थर्काएको थियो । एस्तो बेलामा कवि सम्मेलनको बहानाले विभिन्न ढंगका लेखक लाई लेखाएर छपाउनु, अझ एकै ठाउँमा जम्मा गरेर कविता पाठ गराउनु, खतरनाक प्रस्तावना नै थियो । तर प्रस्तावना उठाइहाले 'क्रान्तिमुखी' कवि व्यथितले ।

केदारमान व्यथित उज्जण्ड नवयुवक थिए । भारतमा रहेर अभियान चलाइरहेका नेपाली कांग्रेसका नेता सँग सर्म्पर्क हुनाको साथ साथै काठमाण्डू मण्डलका क्रान्तिमुखी, राज्यमुखी र आफूखुशीको माझमा पनि इनको चञ्चल, विद्रोही, मौका छोप्न सक्ने, विश्वास पार्न र जुझ्न सक्ने क्षमताले गर्दा भिज्न सकेका थिए । इनले बुद्धि पुराएरै साथ लिएका थिए सानो कद, मसीनो बोली, गहीरो र छद्म वद्रोहीभाव, अगाध घोट्टिने क्षमता भएका र विश्वसनीय तथार् इमान्दार हृदयचन्द्र सिंह प्रधान लाई । दुवै जनामा, हाम्रो काठमाण्डूका नेवार जाति मा खास गरी पाइने, कुशलता भरिएको थियो । इनले प्रष्टै बुझेका थिए कि साहित्य द्वारा नै चक्रव्यूहमा भेद गर्न पनि शासक परिवार का कसै लाई पत्यार पार्न सके मात्र, काम साध्य हुन्छ । साहित्य को फाँट मा हुकुम प्रमांगी चल्न सक्ने मुख्य व्यक्ति श्री ३ महाराज र शिक्षा विभाग का डाइरेक्टर नै हुन् भन्ने र नेपाल खाएका दुवै सम्प्रेरक ले बुझेका थिए । इन का शिकारी आँखा ले शायद एक जना राणा परिवार का, कलेज मा पढ्न आउँदा भेट्न सजीलो, साहित्य मा रुझान भएका, राणा ले अरु लाई बोल्ने बोलाउने शब्द 'तिमी' लाई पन्छ्याएर साहित्यकार लाई 'तपाईं' शब्द प्रयोग गर्ने, मरनच्याँसे कवि लेखक सँग आदर ले बोल्ने, सामन्ती राज्य प्रणाली देखि असन्तुष्ट, उदारवादी बोली बोल्ने, कलेज को वादविवाद आदि प्रक्रिया मा अग्रसर, शिक्षा विभाग का डाइरेक्टर का सहमति छोरा, राणाशासन को कट्टर जंगी लाठ का नाती, ठम्याएर होलार् इ दुई प्रवर्तक ले मलाई खोदले । शायद उनले ठाने भन्दा उत्सुक र समर्थक फेला पारेर होला, इन ले मलाई अँगाले । पक्कै निमित्त या साधन बनाए आफ्नो लक्ष्य तिर पुग्न । तर हामी तीन जना को मिलेमतो एसरी मिल्न गयो, आत्मीयता एति बढ्दै गयो कि प्रस्तावित साहित्य सम्मेलन को स्थापना र कवि सम्मेलन को सपना हाम्रो सामूहिक लक्ष्य बन्यो । यो घनिष्टता पछि सम्म छुटेन ।
× × ×

६६ साल को परिस्थिति फरकै थियो । यो हुने नै भयो । अब न राणाशासन थियो न राजा कै शासन । दश वर्षको जनयुद्ध पछि नेपाल मा परिवर्तन आइसकेको थियो । गणतन्त्र र निर्वाचित संविधान सभा को स्थापना भइसकेको थियो । क्रान्ति पछि डाँवाडोल, सदियौं सम्म शोषण, अधिकार हनन र बन्धन मा रहेका जनता उन्मुक्त भएका थिए । खाउवादी, माउवादी, उत्तरपन्थी, दक्षिणपन्थी, लक्ष्यविहीन, भोगी, ढोंगी, दलीत, शोषित, आशावादी, आदर्शवादी, निराशावादी सबैको तँछाड मछाड ले राष्ट्र को परिस्थिति नै हुँडुलिएको थियो । सात साल पछि जसरी साहित्य को नाम मा उठेको बाढी मा नारा ले साहित्य लाई ढाकेर धमिल्याए जस्तै, ६६ साल सम्म उरल्लिएको राजनैतिक अहंकार को पहिरो ले साहित्यिक गतिविधि लाई पुर्न थालेको थियो ।
'को सुन्छ यो बबण्डर मा कविता -
कवि अचर्चित जर्जर धुजा धुजा'

एस्तो कुहिरी मण्डल मा, छाम-छाम छुम-छुम गर्दै साहित्य लेख्ने र साहित्य को सेवा गर्ने रचनाकार, समीक्षाकार, अनुसन्धानकार का साथ साथै साना साना संघ संस्था र देश भरि फैलिएका साहित्य चौतारी हरु र खास गरी त्रिभुवन विश्व विद्यालय, क्याम्पस हरु र प्रज्ञा संस्थान, प्रतिष्ठान हरु ले ओझेल मा नै बसेर पनि आआफनो कर्तव्य र निष्ठा को पालना गरिरहे । लेख्ने र छपाउने बन्धन या सेंसर या प्रतिबन्ध नभए पनि राजनीतिक व्यक्तिवाद, नातावाद र कतैकतै बहिष्कार र तिरस्कार अनि आर्थिक कमजोरी मा दबेका लेखक प्रकाशक को विवशता; कहाली लाग्दो र निसास्सिँदो परिस्थिति छँदै थियो ।

एस्तो परिस्थितिमा दुई प्रेमी, साहित्य प्रेमी जोडी नरेन्द्र र इन्दिरा अगम्यको सामना गरेरै पनि साहित्य लाई ओथार्नमा लागेका थिए । मौका हेरि हेरी कसलाई रिझाउनु, कसको सामु झुक्नु, कसबाट लिनु, कसलाई दिनु-दिलाउनु, कहाँ-कहाँबाट बटुल्नु, तुन्नु, बुन्नु, निखार्नु, छपाउनु, ठूला बडा भनाउँदा, ठूला काम गरेर पनि बिलाएका, सिद्धहस्त मानिएका, अस्ताइसकेका, उदाउन लागेका, धनवान, शक्तिशाली, निर्धन, कमजोर, सबै खालका साहित्यकार र साहित्य प्रेमीलाई चिन्ने, अँगाल्ने, उनका व्यक्तित्व र कृतित्व लाई साहित्यिक स्वरुप र बखानमा परिणित गर्नेर् इ सबै कला र कर्म मा निपूर्ण र लगनशील थिए, नरेन्द्र र इन्दिरा प्रसाई दंपति । पहिले इन कै मनमा पलायो 'अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनको आकांक्षा' । इनले केहि वर्ष या दशक अघि देखि नै 'नइ प्रकाशन', 'लक्ष्मी प्रसाद देवकोटा प्रतिष्ठान', 'बालकृष्ण सम फाउन्डेशन', 'लेखनाथ पौड्याल काव्यसभा', 'त्रिमूर्ति निकेतन' र एस्तै अरु 'दाता हरु' द्वारा समर्थित साहित्य प्रतिष्ठानहरु चलाएर बसेका थिए । ६६ सालको 'अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन' को उत्पत्ति खोज्न एहीँ पुग्नु पर्छ ।

सत्प्रयास
३ सालमा पलाएको 'साहित्य सम्मेलन र कवि सम्मेलन'को आकांक्षा र ६६ सालमा उठेको 'अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन'को कामनालाई साकार गर्न पहाडै उठाउन पर्ने अवस्था त थियो तर एस्तो परिस्थितिमा समेत नइ दम्पतीले हिम्मत हारेनन्।

पहिले ४ सालको सम्मेलनको कुरा गरौँ ।३ सालको परिस्थिति बारे त भनी सकेँ । अब लक्ष्य पूरा गर्ने हो भने पहिलो प्रयास त हुनु पर्‍यो 'हुकुम हातमा लिएका' श्री ३ महाराज पद्म शमशेर ले 'परमांगी' दिन सक्ने र शिक्षा डाइरेक्टर ज. मृगेन्द्र शमशेरको सहमति प्राप्त गर्नु पर्ने । महाराज पद्म शमशेरको सहमति लिने काममा कवि केदारमान 'व्यथित' लागी परे । पद्म शमशेर भर्खरै प्रधान मन्त्री बनेका थिए । भारतबाट साम्राज्यवादी अंग्रेज गएको र भारतमा हिन्दुस्थानीको सरकार बनेकाले, एस को प्रभाव भनाð या दबाब राणाशासनमा पनि परेको थियो ।
"र्सवनाश हुनै आँटे आधा छोड्दछ बुद्धिमान्
आधा ले काम सार्ने छ असहृय हुन्छ र्सवनाश ।"
भन्ने पञ्चतन्त्रको उक्तिलाई राणातन्त्रमा अपनाउने कुरामा प्रमुख राणा शासक र भारदारहरु पनि सहमत भए पनि, राणाका खलक खलकका र छिमल छिमलको दृष्टिकोण व्यक्ति सापेक्ष थियो । महाराज पद्म शमशेरलाई, आफ्नो लगत्तैका उत्तराधिकारी, र्स्वर्गवासी चन्द्रका खलक र राज्य छाडेर गएका जुद्ध खलकले सिध्याउँछन् या पन्छाएर श्री ३ को पदवी कब्जा गर्छन् भन्ने डर थियो । अरु रोलवाला राणालाई महाराज पद्मको मनमा आफ्नो श्रीपेच सम्म रहिरहे, 'आफू मरे डुमै राजा' भन्ने कुरा लागेको थियो । विश्वको र छिमेकी कै र आफनो देश र जनताको पनि विचार र परिस्थिति बदलिएकाले हो, आफू "कट्टरपन्थी हुकुमी शासन भित्रै मौलाए पनि उदार पन्थी बन्ने" 'टपर टुँइयाँ पनि हुन्छन् मुर्ख मध्ये प्रतिष्ठित' भावनाले नयाँ छिमलका राणाहरुलाई छोएको थियो । 'उदारवादी विधान' को घोषणा गर्ने, कन्या पाठशाला खोल्ने, खद्दरको लुगा लगाउने, जनताको सामुन्ने हात जोड्दै 'म जनता को सेवक हूँ' भनेर रुने जस्ता कार्य गरेकाले प्रधानमन्त्री पद्म शमशेरलाई 'साहित्य सम्मेलन' र 'कवि सम्मेलन' को लागि स्वीकृति दिने आग्रह गर्न व्यथितजी तम्सिए । यथा राजा तथा कारिन्दा हुने नै भयो । तेसैले व्यथितजीलाई राजाको विश्वासपात्र कारिन्दा दयाराम भगत माथेमाद्वारा आफनो बिन्ती बिसाउन सजीलो पर्‍यो । तर महाराज पद्म शमशेर काँतर थिए । चन्द्रको खलक लाई नाघेर एस्तो कुरा को परमांगी दिन उनले गाह्रो माने । तर यो बेला शिक्षा विभागका डाइरेक्टर जनरल थिए चन्द्र शमशेरका नाती जंगी लाठ बबर शमशेरका छोरा ज. मृगेन्द्र शमशेर । "शिक्षा विभागको सरोकारको कुरा भएकाले डाइरेक्टर जनरलद्वारा निकासा मागे मँ दिनेछू" भन्ने गोप्य सहमति राजा बाट 'व्यथित' ले खुस्काए । अब आयो डाइरेक्टर जनरललाई बक्साउने । एहि कामको लागी, मलाई अँगालेका थिए व्यथितजीले । मेरा बुबा डाइरेक्टर जनरल मृगेन्द्र शमशेरको तेति खेरको परिस्थिति र विचार बारे केहि भनौं ।

रोलवाला राणा परिवारमा एम.ए.को डिग्रि प्राप्त गर्ने प्रथम व्यक्ति भएकाले ज. मृगेन्द्र शमशेरले नब्बे सालदेखि नै शिक्षा विभागका डाइरेक्टर जनरल नियुक्त भएर नेपालको शिक्षा विभाग समाल्दै आएका थिए । १९९७ सालमा शहीद पर्व उठयो । तेस बेला परीक्षाको उत्तर पत्रमा राणा विरोधी शब्द प्रयोग गर्ने विद्यार्थी, पं. चक्रपाणि चालिसे का छोरा लाई ढाकछोप गरेको अभियोगमा श्री ३ महाराज जुद्ध ले नसीहत दिँदै मृगेन्द्र शमशेरलाई डाइरेक्टर जनरलको पद बाट बर्खास्त गरिदिएका थिए । तेस बेला, खूँखार बनेका महाराजको हुकुमका विरुद्ध केहि बोल्न नभएर पनि, 'गमित महिमा' मृगेन्द्र शमशेरको स्वाभिमानमा गहिरो चोट लागेको थियो । २००२ सालमा जुद्धले पद्म लाई श्री ३ महाराजको पद हस्तान्तर गरे पछि, महाराज पद्मले ज. मृगेन्द लाई फेरि शिक्षा विभाग कै डाइरेक्टर मा पुनर्स्थापित गरेर एकातिर जेठो बाठो विद्वान् भतिजालाई खुशी पारेका थिए भने अर्कातिर चन्द्र शमशेर खलकसँग सन्तुलन मिलाउँदै रोबदार जंगी लाठ बबर शमशेर लाई पनि सन्तुष्ट पारेका थिए । पहिल कै अहोदामा फर्किए पछि, मृगेन्द्र ले नयाँ अवतार लिएका थिए । संचालन र चिन्तनमा पनि फरक आएको थियो । आफू ले छाडेको पाँच वर्षको अवधिमा जनता र खास गरी युवाको विचारमा क्रान्तिकारी भावना र सुधारवादी चिन्तन छाएको थियो ।

त्रिचन्द्र कलेजको सेरो फेरो नै शिक्षा विभाग को केन्द्र बनेको थियो । डाइरेक्टर जनरल को अफिस, राष्ट्र को एक मात्र कलेज, भाषा प्रकाशन र अनुवाद समिति, सबै साथै थिए । कलेज का कूटनीति निपूर्ण प्रिन्सिपल रुद्रराज पाण्डे ले श्री ३ महाराज, र चार कमाण्डिङ जनरल मा पनि राम्रै चाकडी पुर्‍याउना का साथ साथै डाइरेक्टर जनरल मृगेन्द्र शमशेर को विश्वास पनि प्राप्त गरेका थिए । तेसरी नै शिक्षा मातहत का माथिल्ला हाकिम कारिन्दा मा पनि आफनो धाक रवाफ र डाइरेक्टर जरसाहेव को निगाहा पनि जोर्न सकेका थिए । तर कलेज भित्रै द्वन्द्व भाव, उद्दण्डता र नदब्ने वातावरण लाई काल र परिस्थिति ले प्रभावित गरेको थियो । एस्तै मा कलेज का केहि युवा प्रोफेसर र केहि उज्जण्ड विद्यार्थी मध्ये डारेक्टर जनरल का आफनै छोरा भरत शमशेर ले पनि सरगरमी बढाउन थालेका थिए । अनेकौं फरेब उठाएर विरोध गर्ने, प्रिन्सिपल लाई 'डेभिल' शैतान र डाइरेक्टर जनरल लाई 'कालो चर्चिल' को उपनाम दिँदै हेय बनाउने, विद्यार्थी लाई उचाल्ने, गुनासो बोकेका प्रोफेसर हरु लाई फुटाउने आदि कार्य शुरु भए । उत्छृंखल उत्साह को एस्तै कार्यकलाप गर्दा गर्दै, त्रिचन्द्र कलेज कै अंग्रेजी पढाउने दुई जना प्रोफेसर यदुनाथ खनाल र ऋषिकेश शाह को सहयोग र मिलोमतो मा, नेपाली साहित्यकार, साहित्य को स्नातक पठन पाठन को कार्य र प्रतिष्ठित तीन मूर्ति लेखनाथ पौड्याल, बालकृष्ण शमशेर र लक्ष्मी प्रसाद देवकोटा लाई समेत प्रहार गरेर लेख छपाउन थाले । एस्तो खुकुलो लेख को प्रतिवाद बालकृष्ण शमशेर को ओजस्वी लेख ले गर्‍यो । डाइरेक्टर जनरल मृगेन्द्र शमशेर लर्ेर् इ सबै कुरा लाई मन मा गाँठो बाँधेर बसेका थिए । एस्तै अवस्था मा 'साहित्य सम्मेलन र कवि सम्मेलन' का लागी उनको सहमति जुटाउने अभिभारा म मा आएको थियो । आफ्ना बुबा सँग घनिष्ट रहेको र राणा दरबार र परिवार को कुरा चाल पाएकाले म लाई गोटी चाल्न सजीलो भयो । उत्छृंखल लेखहरु देखाउँदै मैले डाइरेक्टर जनरल मा कुरा बिसाएँ "ई हजूर लाई हृयाउन खोज्ने, हाम्रो भाषा र साहित्य का अग्रणी व्यक्ति लाई होच्याउने हरु ले एउटा गतिलो कविता एउटा राम्रो कहानी लेख्न सक्तैनन् । इनको मेख मार्न त हाम्रा थुप्रा साहित्यकार जम्मा गरेर साहित्य सम्मेलन र साहित्यवाचन गराउन पाए हुन्थ्यो ।" ज. मृगेन्द्र ले मेरो कुरा सुन्दै गए, उनका ठूलठूला आँखा घुम्दै रहे, जिब्रो चपाउँदै गए । सबै कुरा बुझे तर केहि बोलेनन् । केहि दिन पछि, सायद प्रिन्सिपल रुद्रराज पाण्डे र विभाग का अरु आफना मान्छे को सल्लाह लिएर पनि होला, फेरि कुरा कोट्टयाए अनि त 'व्यथित', हृदयचन्द्र सिंह सबै लाई भेटाउने, 'साहित्य सम्मेलन', 'साहित्य स्रोत' को टिप्पणी उठाउने काम भयो । यन्त्र सञ्चालन शुरु भयो । तेसै बेला त्रिचन्द्र कलेज अगाडी को 'सरस्वती सदन' को उद्घाटन भएको थियो । यो काठमाण्डू मा निर्माण भएको पहिलो रिइनफोर्सड् कंक्रीट को भवन, शिक्षा विभाग मार्फ् भएको मा डाइरेक्टर जनरल मख्ख थिए । भवन खाली नै थियो काम सकिन बाँकी नै थियो । यसका एक दुई कोठा मा साहित्य सम्मेलन को कार्यालय र एसको खम्बा बिना को (त्यो बेला पहिलो र नौलो) विशाल कक्ष मा कवि सम्मेलन गर्ने बिन्ती पर्‍यो । एकातिर नयाँ सदन मा नयाँ कार्यक्रम, अर्कोतिर आफ्नो विभाग को तर्फबाट त्यो बेला उदारीकरण को कदम मानिने सम्मेलन र प्रवचन कार्य ले आफ्नो उदार दृष्टिकोण देखाउने मौका, अर्को तिर विरोध भुक्नेहरु को मुख टाल्ने र मेख मार्ने अवसर भयो । डाइरेक्टर ले राजा लाई सोधे राजा ले प्रस्ताव लाई स्वीकृत गरेर आफनो चाहना पनि पूरा गरे । जिम्मेवारी पनि चन्द्र खलक को टाउको मा बिसाए । बाटो खुल्यो । अब तयारी र तरखर, विघ्न-बाधा र विघ्न विनायक को भूमिका बारे ६६ सालको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को शुरुवात बारे लेखे पछि लेखौंला ।

× × ×

६६ साल को अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन सोचे देखि थाले सम्म को परिस्थिति अर्कै थियो । सम्पत्ति नभएका न.इ. दम्पत्ति ले सोचे पछि कुरा उठाउनै पनि सजीलो थिएन । यो वर्षमहाकवि देवकोटा को शतवाषिर्की परेको थियो । जस्तो ४ साल को साहित्य सम्मेलन सुरु गर्दा एकतन्त्र प्रशासन थियो । फुक्का खुलाउन हुकुम र प्रमांगी आए पुग्थ्यो । तेस पछि राणा, राणा प्रशासक र राणातन्त्र मा आँच नपरे सम्म थरी थरी को हात हालाहाल थिएन । तँछाड मँछाड थिएन । यो सम्मेलन गरेर नाम चलाऊँ या शिरपाउ पाऊँ भन्ने लालसा थिएन । तर ६६ साल मा त बहुदल, बहुमत, हानथाप, प्रतिस्पर्धा ले प्रश्रय पाएको थियो । ४ साल मा विश्वयुद्ध पछि को स्वच्छन्दतावादी हावा ले एकलनकाल काल को अन्त्य गरेको थियो भने ६६ सालमा न त राणा न राजा कसैमा राजसत्ता थिएन । अराजकतावाद को हुँडलो थियो । न हाम्रो मुलुक मा शेरशाहा सुरी ले थिति बसाल्यो, न साम्राज्यवादी अंग्रेज ले प्रशासन को सिलसिला बसाले, न राजा र राणा को हुकुमी शासन मा जनता ले प्रशासन को अभ्यासै गर्न पाए । तेसैले गणतन्त्र आए पछि प्रशासन को तालतालिका सिक्ने अभ्यास मा जनता लाग्नु परेको थियो । कुनै नयाँ परिवर्तन पछि सिक्नै पनि एक दशक भन्दा कम लाग्दैन । स्कूल को पर्ढाई पनि तेस भन्दा कम मा सकिन्न । साहित्य मा एस्तो हालत थिएन । साहित्य रच्ने, विभिन्न वादविवाद, दर्शन सिद्धान्त लाई अँगालेर तकनीकी विस्फोटन ले ल्याइदिए को बाहुल्यवाद लाई पनि पचाउने र समाल्ने क्षमता हाम्रा साहित्यकार मा थियो । तर साहित्यकार लाई हथकण्डा बनाउने, राजनीतिक खेमा मा बाँड्ने, साहित्य या साहित्यकार को समर्थन र परिवर्तन साहित्य या साहित्यकार को खातिर नभई आफ्नै स्वार्थपूर्तिको लागि गर्न राजनीतिक व्यक्ति ले या प्रशासन ले कहिँ कहिल्यै छाडेनन् । ६६ साल एसको अपवाद थिएन । राजनीतिक अस्थिरता र एक किसिम को डाँवाडोल र हानथाप ले ढाकेपछि साहित्यिक गतिविधि मा केही सिथिलता आएको थियो । ६६ साल महाकवि देवकोटा को शतवाषिर्की भएकालर्ेर् इ र्सवमान्य, र्सवप्रिय, राष्ट्रिय विभूति को शताब्दी समारोह मा आफू, आफ्नो दल या आफ्नो सरकार को सहभागिता पुर्‍याउन धेरै उत्सुक थिए । लक्ष्मीप्रसाद देवकोटा शतवार्षिर्की समारोह मनाउन तम्सिने मध्ये मा नइ प्रकाशन मार्फत त्रिमूर्ति निकेतन ले काम ले उछिने । समारोह को आयोजना, सम्मान पदक, ताम्रपत्र, मानपत्र, पुरस्कार प्रदान, देवकोटाजी का कृति र उनी माथी लेखिएका व्यक्तित्व र कृतित्व सम्बन्धी पुस्तक हरु को प्रकाशन, भगीरथ प्रयत्न को तुलना मा अरु ले गरेका कार्यक्रम मथ्थर नै देखिए । एहि विस्तृत कार्यक्रम को अन्तिम कार्यक्रम को रूपमा 'अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन' गर्ने कार्यक्रम राखेकाले मोदनाथ प्रश्रति र नइ दम्पती भएर प्रशासन को प्रधान मन्त्री प्रचण्ड को सरकार र प्रधानमन्त्री माधव कुमार नेपाल को सरकार) सहमति र आर्थिक सहयोग जुटाउन सके । समावेशी नीति अपनाएर फरक-फरक राजनीतिक दल सँग सम्बन्धित र राजनीतिक खिचातानी देखि टाढा रहन चाहने साहित्य प्रेमी हरु को पनि यस मा सहमति र सहयोग जुटाउन सजीलो पर्‍यो ।

बाटो खुलेपछिको कठीन यात्रा
४ साल को कुरा
तेस बेला राजा र डाइरेक्टर जसको स्वीकृति पाए पछि अरु सँग सोध्न साध्न पर्दैन थियो । परमांगी त पाइयो, रङ-रोगन, झ्याल ढोका, धमाधम जडिन लागेको सरस्वती सदन को खाली कोठाहरु मा माथिल्लो तलाको पूर्व दक्षिण कोठा ओगट्न गाह्रो परेन । तर तेस बाहेक सरकार या विभाग या त्रिचन्द्र कलेज कै तर्फाट न चासो न सरोकार, न सगाउ न सहयोग मिल्यो । मेरो निजी अनुरोध र्टार्न नसकेर एउटा टेबिल, चार मेच, पिउन ले ल्याएर राखिदिए । अब एउटा काम चलाउ सम्म को अफिस, न्यूनतम कागज कापी, मसलन्द, अनि मुखपत्रिका र केहि सानो तिनो छपाई सम्म त चाहियो नै । व्यथित जी र हृदयचन्द्र सिंह कर्मठ थिए । सर्म्पर्क थियो इनको लेखक हरु सँग र शहर का केहि व्यापारी हरु र चेवाचासो राख्ने सँग । उनैको सर्म्पर्क ले टेबिल मेचहरु र थन्क्याउने दराज सम्म जोरियो । यो नौलो काम, यो गैर सरकारी संस्था, जिब्रो थुत्ने बेला कै हाराहारी अवस्था, कसैले पोल्ने, कुनै अपवाद र अपजश आइलाग्ने डर, सरकार ले चितायो कि बितायो को हुकुमी शासन- तेसैले सरकारी अड्डा, कर्मचारी र जागिरे हरु, अनि ९७ साल काण्ड देखि नै अगुल्टो ले डढेर तर्सिएका हरु सबै पन्छिए । आर्थिक साधन को कमी को कुरा गरेर साध्य नै छैन । चन्दा लिने दिने न प्रचलन थियो न परिस्थिति । लेखक र साहित्यकार हरु लाई त हात मुख जोर्न पनि सजीलो थिएन, न्यून तलब खाने कर्मचारी हरु बात लाग्ने डर ले टाढा हुन्थे । म, तेत्रो दरबार को रोलवाला राणा परिवार को व्यक्ति को समेत महिना को दश रुपियाँ फरमायसी खर्च थियो । न बैंक व्यालेन्स, न ढुकुटी, न आफ्नो आयस्ता, एस्तो कठीन परिस्थिति को सामना गरेर चाँजो पाँजो मिलाउने केदारमान जी र हृदयचन्द्र जी धन्य हो । वहँाहरु ले नै भित्र भित्र काम-कुरो मिलाएर सञ्चालक समिति खडा गर्ने कुरा उठाए । छामी छामी चल्न पर्ने बेला । अलिखित अर्ध औपचारिक कमिटी गठन भयो । यो पनि एउटा रमाइलै प्रसंग छ ।

राजनीतिक चसचस, हुकुमी ऐठन हटाउने चेष्टा, केहि आँट, केहि गुप्त सहमति संगठन हरु र एशिया महाद्वीप मा र्सवत्र बग्न थालेको परिवर्तन को हावा ले यो सम्मेलन को तर्खर र तयारी मा लागेका सबै लाई छोएको थियो । कोहि मन र मुख लाई सन्तुलन मा राख्न सक्षम थिए, कोहि अलि उर्लिने उमलिने गर्थे । समिति को सभापति मा त्रिपुरवर सिंह लाई थापना गर्नु पनिर् इ सब को सांकेतिक कदम थियो । त्रिपुरवर सिंह भन्दा धेरै राम्रा साहित्यकार थिए, त्रिपुरवर त साँच्चै भन्ने हो भने साहित्यकारै भन्न गाह्रो थियो । प्रजामण्डल चलाएर प्रशासन को आक्रोश भोगिसकेका, काठमाण्डू को म्युनिसिपल चुनाव मा विजय भए पनि क्षयरोग लागेर टोखा अस्पताल मा धेरै दिन बिताएका, तर सुन्दर युवा, मुखर, कार्य संचालन को क्षमता भएका, प्रिय व्यक्ति थिए । उनी सभापति हुँदा र तेसको विरोध प्रशासन बाट नहुँदा धेरै नयाँ लेखक साहित्यकार को हृयाउ बढ्यो, थोरै डराए । व्यथित जी को चयन र धेरै सहरवासी को र्समर्थन थियो । अग्रज त्रिमूर्ति- लेखनाथ पौड्याल, बालकृष्ण शमशेर र लक्ष्मीप्रसाद देवकोटा जी त जागिर को कारण ले समिति मा मुच्छिन अनकनाउथेँ ई तीन वरिष्ठ लाई थपना गरेर आदर गरेर पन्छाउने मिलिमतो नयाँ छिमल का सबै को थियो । श्रद्धेय सिद्धिचरण जी त म लगायत धेरैको चुनाव भए पनि ९७ साल मा कारावास को अगुल्टो लागेको ले नयाँ चहल पहल देखि बचेरै काम गर्दथे । तेसैले कमिटी को संचालन को बागडोर व्यथित जी मा र खट्ने, समायोजन गर्ने कार्य हृदयचन्द्र जी कै भएकाले अरु सदस्य को नाम सोचेर भर्ने काम भयो । शारदा युग को कुरा भएको र जोरगणेश प्रेस को नाम चलेको र तीन बाबु छोरा सबै साहित्यकार भएकाले मल्ल खलक मा गोविन्द गोठाले र विजय मा एक को नाम राखे पनि दुवै को सहयोग प्रशस्त रहन्थ्यो । रत्नध्वज जोशी समालोचक र लेख्न टिप्न मा सिपालु भएकाले वहाँ को सहयोग लिइयो । कमिटी मा मलाई 'निरीक्षण मन्त्री'का ओहोदा मा राख्दा धेरै तिर विचार पुर्‍याइएको थियो ।

सरकारी समिति द्वारा पास नगराई केहि छाप्न छपाउन पाइन्न थियो । सेन्सर साह्रै कडा थियो । एस्तो परिस्थिति मा निरीक्षण (सेन्सर) राणा परिवार का व्यक्ति, डाइरेक्टर जनरल का छोरा को थाप्लो मा राखिदिनु सजीलो थियो । मलाई केहि कठिनाई र आपत्ति थिएन । मेरो चिनारी, तेस बेला डाइरेक्टर जनरल का छोरा र अझ बबर शमशेर (जंगी लाठ) का नाती भन्ने मात्र थियो । जति गाल बाबु बाजे कै कपाल । तर मैले आफनो 'निरीक्षण मन्त्री' को भूमिका एकै लक्ष्य लिएर निर्वाह गर्ने निर्णय गरेँ । साहित्य सम्मेलन गठन गर्ने, साहित्य स्रोत प्रकाशन मा ल्याउने र कवि सम्मेलन सफल गराउने कार्य मा कसैको अति उत्साह या कसैको चूक ले बाधा नपरोस् भन्ने लक्ष्य राखेको थिएँ । एकतन्त्री राणाशासन कै जन्मजात सदस्य भए पनि, तेस बेला क्रान्ति को आगो बलेको, पटना मा पढ्न पुगेको, काँग्रेस र मनमोहन कम्युनिष्ट को बारे चाल पाएको, हाम्रो कार्य लाई हाँक्ने केदारमान 'व्यथित' को राजनैतिक संलग्न र व्यथा बुझेको, देश भित्र र बाहिर बढ्दो असन्तोष र विद्रोह प्रति राणाशासन को बढ्दो र्सतर्कता, महाराज पद्म शमशेर र डाइरेक्टर जनरल मृगेन्द्र शमशेर को एकातिर राणाप्रथा माथी को प्रगाढ मोह र अर्कोतिर बाहिर का आफन्त को अगाडी सुधारवादी र उदारवादी बनेर देखाउने प्रचारवादी चुइँफुँइ अनि हाम्रै साहित्यकार, झण्डै शत प्रतिशत तन्नेरी लेखक गण मा उमलिएका थरी थरी विचार, असन्तुष्टि पोख्ने र विद्रोह को बिगुल फुक्ने अतिरञ्जनवाद ई सबै बुझिसकेको थिएँ मैले । मेरा बुबा कहाँ चुकली पुर्‍याउने, जाहेर गर्नेहरु, प्रिन्सिपल रुद्रराज पाण्डे, समिति का हाकिम राणाद्वय लालदेव र कालदेव भनेर उपनाम दिइएका तारामान स्वाँर, नेत्रबहादुर थापा तथा खड्गमान मल्ल, सबैको सामुन्ने नै काम गर्नु परेको थियो । गाल पार्ने या झुटो या अधकल्चो खबर लाई उछिन्न मँ आफैले बुबा मृगेन्द्र शमशेर लाई हाम्रो कार्यक्रम र क्रियाकलाप सुनाउने गर्थेँ । साथै वहाँ लाई नेपाली साहित्य लाई नै होच्याउन खोज्ने अंग्रेजीबाज हरु को एक एक गरी मेख मरेको र साहित्यकार मा वहाँ को उदारवाद को प्रशंसा भएको कुरा जोरेर उनको मानवीय संवदेना लाई शान्त सन्तुष्ट गर्ने मौका, मलाई जत्ति अरुलाई पर्दैनथ्यो । समिति को र अरु सहधर्मी हरु बसेर कुरा गर्दा गर्दै कति पटक खासगरी व्यथित जी को उîण्डता, गोपाल प्रसाद रिमाल को असन्तुलित आवाज को व्रिद्रोही कविता वाचन, लीलाध्वज थापा को लगातार बालकृष्ण शमशेर र उनका दरबार परिवार चपाउने नाटकीय भाषा लाई साम्य गर्नुपथ्र्यो । 'साहित्यस्रोत' को प्रकाशन हृदयचन्द्र जी को जिम्मा भएकाले तेस मा प्रकाशित हुन आएका लेखहरु पत्रिका नै बन्द हुने खालका नहुन् भन्ने कुरा को निरीक्षण उनैले गर्थे । पछि कवि सम्मेलन को तयारी हुँदा एक एक लेख को चयन र समय को तालिका अरु ले मिलाए पनि, कुनै लेख पाठ गर्ना साथ दरबार मा खल्बली मच्चिएर सारा कार्यक्रम मा नै रोक नलागोस् भन्ने काटछाँट र संशोधन म आफैले गर्दथेँ । एस्तो संशोधन कसरी रचनाकार द्वारा स्वीकृत गराउने र कसरी लेखकको अहम् लाई ठेस नपुर्‍याउने भन्ने कला मैले जानेको थिएँ ।

यी त भए कुर्सी मारेरै गर्न हुने कुरा तर खटिनु पर्ने र पसीना चुहाएरै गर्नु पर्ने अरु कुरा धेरै थिए । बिस्तार बिस्तार, यो हात बाँधेर र मुख टालेर बस्नु पर्ने परिस्थिति मा केहि गर्ने गराउने, गर्न पाउने परिस्थिति आएपछि त उत्सकु र लगनशील सहयोगी चारैतिर बाट जुटे । अफिस को लागि फर्निचर जुट्यो, कागज मसलन्द जुट्यो, मुखपत्र छपाउने असाध्य काम लाई साध्य गराउन मा हृदयचन्द्र सिंह को सफलता को प्रमुख कारण रहृयो । 'आफू मिटाइ अरु लाई दिनु' समय र पसीना दिनु मा होस्, कृतज्ञता, प्रशंसा र मृदुभाषा र्छन मा होस् इनलाई जित्ने मैले थोरै देखेको छु । 'साहित्य स्रोत' को प्रकाशन ले साहित्य सम्मेलन सबै को सामुन्ने नै खडा भयो । एक त त्रिचन्द्र कलेज र नेपाली भाषा समिति नजीकै भएको, अर्को डाइरेक्टर को दाहिने हात रुद्रराज पाण्डे देखि धेरै साहित्यकार भएकाले सबै को सहानुभूति पाउन सजीलो भएको, साहित्य का त्रिमूर्ति को आशिरवाद रहेको, तेसबेला साह्रै श्रद्धा र सहानुभूति बोकेका झिनो बोली का मीठो र दरिलो कविता लेख्ने सिद्धिचरण जी को सबल, सक्रिय सहयोग पाएको र सारा नवोदित साहित्यकार हरु को उत्सुक उमंग ले भरिएको सहयोग पाएकाले कवि सम्मेलन को लागी कविता, कहानी, निबन्ध जुट्न थाले । छानबीन, काटछाँट, क्रियाकलाप मिलाउन मा व्यथित जी, हृदयचन्द्र जी, रत्नध्वज जोशी जी र अरु थुप्रै को सहयोग प्राप्त भयो ।

गरीब मुलुक का अकिञ्चन लेखक समूह लाई न्यूनतम आर्थिक आवश्यकता जुटाउन धौधौ पर्न थाल्यो । यो मृतशान्ति छाएको देश मा, यो केहि नहुने क्षेत्र मा साहित्य सम्मेलन को गैरसरकारी संघ संगठन र बढ्दो क्रियाकलाप ले एक मुठ्ठी भए पनि बुद्धिजीवी वर्ग मा र केहि सरोकारी शासक वर्ग मा नौलो कुरा को अलमल र अप्ठ्यारो बढ्दै गयो । श्री ३ महाराज को कोठा मा पनि, आफ्ना भित्रिया को बीच यो कुरा चल्यो, एसको सूत्र कतै कतै मुलुक बाहिर का राजनीतिक गुप्त संगठन सँग जोरिएको छ भन्ने राजा लाई थाहा भए पनि बुò पचाउनु मा नै श्रेय ठाने । चन्द्र र जुद्ध खलक का भाई हरु मा खलबल नपरोस् भन्ने मात्र चासो रहृयो । हुकुम बोकेका राजा का डाइरेक्टर जनरल र शिक्षा विभाग त मातहत कै कुरा हो । संगठन यत्ति बढी सक्यो, साहित्यकार हरु मा उत्साह यत्ति बढिसक्यो । चूक कतै फेला परेको छैन । रोक्न मिल्दै मिल्दैन, सहयोग संलग्न मा लागे । गाल परे खप्न पर्छ, सफल भए मख्ख हुन पाइन्छ । 'नखाउँ भने दिनभर को शिकार, खाऊँ भने कान्छा बाबु को अनुहार' भयो डाइरेक्टर जनरल र आसेपासे लाई । 'तैँ चुप मै चुप' को नीति अपनाइदिए । सहयोग को त कुरै छाडौं । कार्यक्रम हुने सरस्वती सदन मा जड्न लागेको बिजुली को कनेक्शन पनि स्थगित रहृयो । कोहि आत्तिने र कोहि मात्तिने बेला आयो । कवि सम्मेलन को बेला त आयो, तर साधन न्यूनतम आर्थिक साधन पनि खै - विघ्न बाधा र कार्य को सम्पन्नता बारे पछि लेखौंला अहिले ६६साल तिर जाऊँ ।

× × ×

६६ साल को अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को आयोजना गर्न मा ४ साल को सम्मेलन भन्दा फरक परिस्थिति, केहि फरकै सम्भावना र समस्या हरु थिए । काम आँट्ने दम्पती नरेन्द्र राज प्रसाई र इन्दिरा प्रसाई (नइ) ले धेरै पहिले देखि साहित्य सृजना र संपादन को क्षेत्र मा धेरै काम गरेको र धेरै संघ संस्था मा हात हालेकाले धेरै वादविवाद, अपवाद, साधुवाद, प्रशंसा, आशिरवाद, घृणा, डाहा मा लटपटिएका थिए, दुवै जना । नेपाली समाज को सामन्ती देखि क्रान्ति सम्म मा मुछिएको परिस्थिति, नरेन्द्र ले कुरर्लिएर गरेको राजतन्त्र को समर्थन ! राजतन्त्र को बेला मा र पछि सामन्ती संसदीय प्रणाली मा पनि व्यक्ति र साहित्यकार को राजनीतिक झुकान भन्दा कृतित्व र व्यक्तित्व लाई प्रश्रय दिएर थुप्रै प्रकाशन धानेको कार्यकलाप; राजतन्त्र ढले पछि पनि राजा लाई गाली गर्ने अवसर नखोजेरै पनि खाउवादी, संसदवादी, माओवादी सबैको सहयोग साहित्य क्षेत्र मा जुटाउने प्रयास र अझ साहित्यिक कार्य लाई सघाउने हो भने कसले सघायो, कुन स्रोत बाट कमाएर सघायो, कुन खलक या कुन व्यक्ति ले सघायो भन्ने मा आँखा चिम्लेरै समदर्शी बन्ने बानी ले गर्दा 66 साल मा सम्मेलन को कल्पना मात्र गर्दा पनि नइ दम्पती विवादित बनिसकेका थिए । तर 'कुकुर भुक्तै गर्छ हात्ती चल्दै जान्छ' भन्ने उक्ति लाई आत्मसात् गरेर नइ जोडी ले दिनरात, गर्मी जाडो, झरीलाई एकनास गरी, हेलमेट र मोटर साइकल लिएर घर घरै पुगी, अथक परिश्रम साथ निरन्तर साहित्य सेवा मा लागेको देख्दा, आफन्त मात्र होइन, परचक्री र द्वेशभाव लिने पनि चकित परेका थिए । संकुचित मन नराख्ने हरु प्रशंसक पनि भएका थिए - कोहि भक्त, कोहि मुखर ।

एस्तो परिस्थितमा 'देवकोटा शताब्दी' आइपर्नु, राम्रै मौका जुरेको भन्नु पर्छ । नरेन्द्र र इन्दिरा (न.इ.) ले मौका चुकाएनन् । 'देवकोटा' को लोकप्रियता र नेपाल को महान् साहित्यिक विभूति को मान्यता प्राप्त भएकाले त्यो न्यानो प्रकाश मा आफू, आफ्नो संस्थासंगठन, दलगत, संस्थागत, खलक र कुललाई मुछ्न खोज्ने धेरै भए । कुनै राजनैतिक दल, सरकार मा रहेको होस् या बाहिर, कुनै साहित्यकार या साहित्यिक संस्था या व्यक्ति नै किन नहोस् यो 'देवकोटा' महोत्सव मा मुछिन उत्सुक र तत्पर थिए । तेसै ले धेरै ले आआफनो रणनीति, कार्यक्रम, मन को लड्डु, दुनो को सोज्याई, सहयोग को तत्परता र उत्सुकता देखाउन थाले । सबै ले आआफ्नो ताक-तयारी गर्न लागेका बेला, कसकसै ले आफ्नै डंफू बजाएको बेला, नरेन्द्र ले आफूहरु द्वारा सञ्चालित 'त्रिमूर्ति निकेतन' को तत्वावधान मा 'देवकोटा शताब्दी महोत्सव' को बृहत् कार्यक्रम तयार गर्न मा केहि प्रमुख साहित्यकार, केहि देवकोटा साहित्य मा अध्ययन, अनुसन्धान र लेखन प्रकाशन गरेका हरु; हरेक प्रमुख राजनीतिक दल का साहित्यप्रेमी, अग्रिम नेता या कार्यकर्ता या सदस्यहरु; कार्यक्रम संचालन, समारोह आयोजना, प्रमाण पत्र र पुरस्कार को आयोजना, प्रकाशन र वितरण को अर्थभार सामर्थ्य लिनेहरु, सबैतिर बाट प्रतिनिधित्व गर्ने व्यक्तिहरु समावेश भएको 'महाकवि देवकोटा शताब्दी महोत्सव' गठन गरे । सबैको सल्लाह र सहमति द्वारा तयार भएको बृहत् कार्यक्रम शुरु भइहाल्यो । कार्ययोजना एति विस्तृत थियो र कार्यान्वयन को गति एति तीव्र कि "एउटै चन्द्र ले हट्छ अँध्यारो, तारा सारा चम्किए पनि" भने जस्तै भयो । तेति खेर प्रचण्ड-बाबुराम को सरकार थियो । तिनको समर्थन र सरकारी योगदान दिलाउन मोदनाथ प्रश्रति, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई सफल भए । पछि माधव कुमार नेपाल को सरकार बन्यो । त्यो सरकार पनि विमुख भएन, योगदान को रकम मा थप गरे । अनि त महीनै पिच्छे सभा-सेमिनार, सभा सम्मेलन, कविता महोत्सव, चित्रकला प्रतियोगिता, विश्वविद्यालय, क्याम्पस र स्कूल का विद्यार्थी हरु द्वारा 'देवकोटा शताब्दी कार्यक्रम', देवकोटा जी सँग साथ-सहयोग गर्नेहरु, देवकोटा जी बारे थेसिस लेख्नेहरु, देवकोटा बारे लेख पुस्तक छपाउने हरु को सूची तयार हुन आँटयो । ई थरी थरी का लाई पटक पटक को समारोह मा आफ्ना उद्गार प्रकट गर्ने या ससम्मान ताम्रपत्र प्रदान गर्ने कार्यक्रम हरु भए । सेमिनार र विचार गोष्ठी भए । देवकोटा जी को विषय मा लेख्ने-लेखाउने, छाप्ने-छपाउने काम भयो । काठमाडौं मण्डल मा नै देवकोटा छाए, शताब्दी समारोह छायो । काठमाडौं बाहिर को देवकोटा जी सँग र उनका साहित्य सँग सम्बन्धित व्यक्ति लाई पनि सुविधा र साधन जुटाएर, काठमाण्डू नै बोलाएर स्वागत सम्मान गर्ने कार्य भयो । कार्य को सफलता र व्यापकता र तेस भन्दा पनि समारोह समिति का प्रबुद्ध सदस्य हरु को अनमोल सल्लाह र अथक सहयोग जुटे पछि आँट पनि बढ्यो । अनि एसै नियति र गति को परिणाम बन्यो टट साल को अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन ।
४ साल र ६६ साल का सम्मेलन दुवै को लक्ष्य र अभिप्राय नेपाली साहित्य को सर्म्बर्द्धन रहे पनि, समय र संयोजन का दृष्टि ले र ई सम्मेलन को प्रक्रिया, परिधि र प्रपञ्च मा केही अन्तर थियो । ४ साल मा जुन कार्य डर्राई डर्राई कक्री कक्री, ढाकछोप गरेर गर्नु पथ्र्यो ६६ साल मा खुलमखुला, सके जति परे जति प्रचार गरेर, सके जति विभिन्न क्षेत्र र संस्था का साहित्यिक व्यक्ति हरु समेटेर गर्ने मौका पर्‍यो । ४ साल मा करीब पचास साठी जना नयाँ, युवा तथा उदीयमान साहित्य प्रेमी लाई समेटेर काम भयो, त्यो पनि काठमाण्डू र पाटन भित्र का । तर ६६ साल मा करीब ३५० साहित्यकार, ती पनि नेपाल भित्र का विभिन्न ठाउँ का र मुलुक बाहिर का नेपाली भाषा का साहित्यकार, नेपाली भाषा मा अध्ययन र सोध खोज गर्ने विभिन्न राष्ट्र का नागरिक र अमेरिका देखि जापान सम्म अनेकौ मुलुक का प्रवासी नेपाली, साहित्य प्रेमी लाई निम्त्याएर र समेटेर काम भयो । पहिले को सम्मेलन मा उपत्यका भित्र गुम्सिएर बसेका साहित्यकार लाई मुखरित हुने र मेल, मिलाप र परिचय को मौका दिने अनि त्यो पृथक्वादी एकलन काल को अन्धकार मा अवज्ञा र उद्गार को पहिलो किरण निम्त्याउने प्रयास थियो । ६६ साल को सम्मेलन मा सके सम्म वरिपरि छरिएर बसेका नेपाली साहित्यकार लाई भेला हुने, चिनारी बढाउने र नेपाली साहित्य को सर्म्बर्द्धन र विकास को बाटो लगाउने प्रयास थियो ।
विघ्न बाधा र विघ्न विनायक
४ साल को र ६६ साल को सम्मेलन को संयोजन र संचालन मा विघ्न बाधा आइपर्नु त अपेक्षित नै थियो । तर
'प्रारभ्यते न खलु विघ्न भयेन नीचैः
प्रारभ्य विघ्न विहता विरहन्ति मध्याः ।
विघ्नैः पुनः पुनरपि प्रतिहन्यमाना-
प्रारभ्य उत्तमजनाः न परित्यजन्ति ।।'
को शिक्षा दुवै सम्मेलन को आयोजना र समापन ले दियो ।
०४ साल को सम्मेलन को शुरु का अप्ठ्यारा हरु बारे भनी सकेँ । सम्मेलन को तयारी गर्दा, संचालक समिति गठन गर्दा पन्छिने हरु, पन्छाएका हरु, छनोट गरेको र संगठन मा छानेका बारे उल्लेख भइसक्यो, धेरै नकोटयाउनु नै बेस । अब साहित्यस्रोत पत्रिका र भावी कवि सम्मेलन को लागि लेख संकलन गर्ने, छनोट गर्ने, संपादन गर्ने र सेन्सर या पास गर्ने बारे कुरा गरौं । लेख संकलन को काम मा त केदारमान व्यथित जी र हृदयचन्द्र सिंह प्रधान जी ले नै प्रयास गर्नु भयो । श्रुति गान, भाट कविता या पुराना श्लोक लाई बटुल्ने काम भएन । नयाँ लेख, भावात्मक राष्ट्रप्रेम भरिएको, तेस जिब्रो थुत्ने परिस्थिति मा खप्न सक्ने दमित आक्रोश र द्विर्-अर्थक या अभिभूत स्वच्छन्द भरिएका कविता, केहि मीठा प्रेमगीत, सुरिला भक्तिगान र सुन्दर प्रकृति वर्णनका कविता, केहि व्यंग्यात्मक निबन्ध र मीठा कहानी हरु नै खोजिएर लालित्य, नवीनता, र गाली नै पर्ने या रोकै लाग्न सक्ने हद न नाघे का रचना हरु कै चयन गरियो । खात लागेका लेखहरु पढ्ने, टिपोट गरेर संचालक समिति मा ल्याउने लोभ नलिई मेहनत गर्न मा रत्नध्वज जोशी जी ले रातदिन लगाए । 'साहित्यस्रोत' हृदयचन्द्र जी सम्पादन गर्दथे, तेसैले छनोट उनैको जिम्मा थियो । तर कवि सम्मेलन मा पाठ गर्ने कविता र अरु लेख को निरीक्षण गर्ने कठीन अभिभारा मेरो थियो । सबै आफू भन्दा जेठा कवि, उनको लेख 'चर्को भयो' भनेर रोकौं भने अप्ठ्यारो, नियन्त्रण नगरे मा शासन को कुदृष्टि पर्‍यो या खोट लाग्यो भने कार्यक्रमै रोकिने, दोष लागे दण्ड को ठेगानै नभएको बखत ।

यो छाडेर अर्को ठूलो समस्या थियो साधन को अभाव को । कोठा-कुर्सी कागत पत्र अनि छापछपाई को त येन केन प्रबन्ध भयो । तर कवि सम्मेलन गर्न, सरस्वती सदन मा मञ्च, आसन, थुप्रा मेचहरु र संयोजन गर्दा आवत जावत ल्याउने फर्काउन काम त परिहाल्थ्यो । खर्च कहाँ बाट उठाउने - कवि सम्मेलन को तमतयारी बढ्दै गए पछि शासक मा भन्दा पनि त्रिचन्द्र र भाषा प्रकाशिनी समिति मा तातो लाग्न थाल्यो । बाँधिएको समाज मा एति सम्म खुकुलो हुँदा पनि राणा का आसेपासे, झेलखेल गर्नेहरु र चुगली चाकडी गर्नेहरु ले भड्किन भड्काउन मा लागे । मातहत वाला हाकिम हरु र डाइरेक्टर हरु ले पनि सहयोग, सराहना गर्नु को सट्टा खुट्टा कमाउन थाले । अलपत्र पर्ने अवस्था आयो । तेस बेला यो कार्य मा खटिएका कसैको पनि आर्थिक हालत राम्रो थिएन । परमांगी दिने, हुकुम चलाएर बस्ने, राजा मा पनि जत्ति विचार मा उदारता थियो तेति नै हृदय मा दुर्बलता थियो । हामीलाई र्समर्थन गर्ने सम्म हृयाउ थिएन सहयोग को त कुरै छाडौँ । समय रोकिएन, सामना गर्नै पर्‍यो गर्‍यौं ।

आक्रोश र असन्तुष्टि व्यक्त गर्ने कविता सुनाउन नपाए यो कवि सम्मेलन को अर्थै रहेन । नेपाली जाति को राष्ट्रवाद कुर्लेर आज को यो व्यक्तिवादी एकतन्त्र लाई हीनता को बोध गराउने साहित्यिक उद्गार व्यक्त गर्न नपाए, हामी जत्ति अग्रसर भएका युवा लेखक थियौं तिनको तिर्खा सम्म पनि मर्दैन थियो । एस्तो मा एत्ति सम्म कविता पढ्ने मञ्च दिलाउन पनि धौधौ पर्‍यो ।

भर्खर राजनीति मुद्दा लागेर जेलबाट छुटेका युगकवि सिद्धिचरणको "कसरी आज म छत्तीस लागेँ आर्श्चर्य मलाई लाग्छ । कति पनि नगरी यति पर पुग्नु हाय कठै यो दिल रुन्छ ।", व्यथित जी को "गौंथली ले खसालेको मँ हूँ त्यान्द्रो पराल को" या "खिल्ल खिल्ल हाँसीहाँसी नाचिरहेछन् नभ मा चील" जस्ता छद्म आक्रोश माथी पनि उजुरी पर्‍यो । भीमनिधि ज्यू को "काम्यो लुगलुग त्यो गरीब विचरा, तेसमा दया गर्छ को -" या माधव घिमिरे ज्यू को "छौं हामी आज जो जो वर पर छरिँदा देश का दाजु भाई । एकै कर्तव्य हाम्रो विपुल चहकिलो पार्नु नेपाल लाई" जस्ता कविता पनि, तेस बेला को गरीबमारा प्रशासन र जनता लाई अधिकारहीन राख्ने शासक हरु लाई प्रिय र पथ्य हुने कुरा थिएन । तर तीन दिन सम्म चलेको कार्यक्रम मा गुणराज को श्रुतिमधुर स्वर को बन्दना र सुरेन्द्र बहादुर शाह -पछि कमार्चीफ) को "किन पथ्र्यो पानी को छिटा, दिले को छिटा परेको उहिल्यै हो" जस्ता रसीक लोकगीत ले धेरै को ध्यान धेरै तिर लागेकाले 'चूक' फेला पर्न दिएको थिएन । तर सबै मध्ये कवि गोपालप्रसाद रिमाल मा संयम र सन्तुलन अलि कम नै थियो । जोश त्यो बेला कसमा थिएन - आक्रोश र असन्तुष्टि ले नै हामी सबै लाई यो पहिलो कवि सम्मेलन र आज सम्म हुन नसकेको यो "दुनियादार"को जमघट र मुख खोल्ने मौका र मञ्च खडा गर्ने प्रेरणा दिएको थियो । अरु के थियो र - तर कवि गोपाल प्रसाद रिमाल को कविता, कविता पाठ गर्ने तरीका र उनको उज्जण्डपन ले झण्डै कार्यक्रम कै अकाल मृत्यु ल्यायो । उनले एक कविता ल्याए मलाई दिएर बम्केर पढ्न लागे । उनको आक्रोशित भावना को कदर मलाई पनि थियो । तर जुन तरीका ले उनले प्रस्तुत गर्न चाहे त्यसो गरे भोलीपल्टै कार्यक्रम मा रोक लाग्छ । कट्टरपन्थी भाईहरु ले थर्काए पछि महाराज पद्म शमशेर थर्किन्छन् । गोपाल प्रसाद माथी कडा कारवाही हुन्छ भन्ने बुझेर उनको कविता (जसको सुरुवात थियो) 'जो मानिस हिजोसम्म रोइरोई बाँचिरहेका थिए, आज तिनै हाँसी हाँसी मर्न तयार छन् ....' लाई सुने पछि मैले वहाँ सँग अनुरोध गरेँ । "आज को यो तानाशाही एकतन्त्र को जमाना मा राष्ट्रवादी उद्गार पनि क्रान्ति को बिगुल हो । क्रान्तिकारी कविता लेख्ने मन र शक्ति हामी धेरैमा छ । तर यो पहिलो 'छिर्ने प्रयास', भेट्ने मौका, संगठित सम्मेलन लाई एउटा कविता पढेरै उछिट्टयाउनु हुन्न भनेँ । अनि मैले उनको कविता को शिर्षक बदलेर 'विकासवाद' राख्न मनाएँ । एसरी डार्विन को बाँदर बाट मानिस को विकास सँग मिल्ने द्विअर्थक रूप दियौं । अनि उफ्रीपाप्री नगरेर सामान्य स्वर मा पाठ गर्ने अभ्यास पनि गराएँ । तर भोलीपल्ट तल हल मा मञ्च बने पछि तेहि कविता उनले सदनै थर्काएर पढे पछि फेरि सम्झाउन, समाल्न पर्‍यो । उनले कुरा बुझेर माने पनि । तर कवि सम्मेलन मा कविता पढ्ने बेला उनले फेरि पाखुरा खिच्दै उफ्रीपनप्री पढे । फलस्वरूप कमाण्डर इनचीफ का नजीक का ले 'योर हाइनेस हि स्पोक लाइक डालटन (फ्रान्सिसी क्रान्ति का क्रान्तिकारी) भनेर खैलाबैला मचाइदिए । अब भोली पल्ट मैले अझ चर्को खाल को कविता :
"यहाँ मरेका बालक एस्ता जो 'दूध दूध' मा मर्दछन् यहिं
शरीफ एस्ता जो कुत्ता दूध ले नुहाउँछन्" ।
आदि । पढे पछि रिमाल लाई सजाय गरे बबर शमशेर को नाती लाई छाड्न मिल्दैन भन्ने पार्नु पर्‍यो; र खड्गो टर्‍यो -तर ४ साल मा दोस्रो कविसम्मेलन हुँदा सम्म त उदारवादी पदम शमशेर गइसकेका थिए कट्टरपन्थी मोहन शमशेर को हैकम चलेको थियो । तेसैले कविता पढे वापत मलाई महाराज कहाँ सोज्याउन लगे, व्यथित जी लाई डाँडो काटेर ज्यू जोगाउन पर्‍यो साहित्य सम्मेलन टुटयो, कवि सम्मेलन छुटयो ।

अब कुरा गर्छु साधन जुटाउन परेको संकट को । मुठ्ठी बाँधी बाँधी बजेट बनाउँदा पनि मञ्च सजाउन, सीटहरु को भाडा ल्याउने लैजाने गर्न धेरै लाग्ने भयो । नाख मुख सुक्यो, पैसा जोर्न पट्टी लाग्यौं । कवि सम्मेलन सुन्न आउने लाई टिकट लगाउनै पर्‍यो तर टिकट किन्ने क्षमता कमै मा थियो । अलि अलि पैसा भनेको राणा जी बाबु साहेब सँग मात्र हो तर इनमा कविता सुन्ने रहर कमै थियो । तर 'तँ चिता मँ पुर्‍याउँला' भने जस्तै भयो । थापाथली मा एकजना राणा कै झट्केला कहलाइएका चुत्रवीर भन्ने थिए । उनी तेहाँ का धेरै बाबु साहेब, कर्साब हरु को लागी जोकर जस्ता थिए । उनको अण्टसण्ट कविता पाठ प्रति खिसिट्युरी र ठट्टा गर्न, सबै रुचाउँथे । चुत्रवीर ज्यू लाई कवि सम्मेलन मा कविता सुनाउन मनाए पछि करीब बीस पच्चीस जना राणा-थापा बाबु साहेब पन्ध्र रुपियाँ (तेस बेला एक तोला चाँदी को रुपियाँ हुन्थ्यो) तिरेर टिकट किन्न तत्पर भए । अनि पाँच, दुई, एक रुपियाँ र एक मोहर को टिकट राखियो । सारा टिकेट बिके को देख्दा संयोजक हरु नै चकित भए । दोस्रो दिन भक्तपुर बाट कविता सुन्न एक बस भरी रसिक हरु आएका थिए । हल भरिभराउ भएकाले उभिएरै र कति ले झ्याल बाटै सुनेर गए ।

डाइरेक्टर जनरल मृगेन्द्र शमशेर आएर कवि सम्मेलन लाई सम्बोधन गर्न तत्पर भए पनि सदन मा विजुली जडिदिने आदेश नदिएकाले अँध्यारो हुनु अघि नै कार्यक्रम सक्नु पर्ने भयो । जर्नेल साहेब को सम्बोधन साहित्यकार लाई प्रेरणा दिने र प्रशंसा गर्ने रहृयो । तर दिनदिनमा दुई दिन मात्र कार्यक्रम राखियो । उद्घाटन भाषण लक्ष्मी प्रसाद देवकोटा जी को राखियो । तर फेरि सन्तुलन नाघे कवि ले । लेखिएको सम्बोधन -पछि एहि प्रकाश मा आयो) लाई खल्ती मा नै राखेर बोल्न शुरु गरे । 'हामी ब्रहृमा हौं !' भनेर अनि मनीषि, परिभू, स्वयम्भू, रसलेतपेको कवि को परि लगाउँदा लगाउँदा झन्डै दुइ घन्टा भन्दा बढ्ता बोले, तेस दिन अरु औपचारिक कुरामा नै बित्यो । 'चुत्रवीरको कविता भोली पल्ट सुनाइन्छ भनेर, भाग्न लागेका अग्रपङ्क्ति का लाई चाँदी दिएर सम्मेलन मा साधन जुटाउनेलाई रोकियो । यत्रा सबै नवयुग का साहित्यकार लागे पछि विघ्न विनायक को कृपा आफै आइपर्दो रहेछ ।

× × ×

४ साल को सानो भेला मा संयोजन र स्रोतको निक्कै आत्तुरी पर्‍यो भने, जत्तिसुकै समय मा परिवर्तन र कार्यक्रम हरु को प्राचुर्य भए पनि ६६ साल मा जुन व्यापक स्तर मा सम्मेलन को आयोजना गरियो, तेसलाई सम्पन्न गर्न मा पनि संयोजन, स्रोत र साधन को त्यस्तै अप्ठ्यारा हरु आइपरे । तर अंत्य मा कसैले नचिताएको सफलता प्राप्त भयो । प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन मा मँ सरिक भए पनि मेरो संलग्नता कमै थियो । अचानो को चोट मैले न भोगेँ न अनुभव गरेँ । यस बारे बेलिविस्तार नरेन्द्रराज प्रसाई ले जत्ति अरु ले गर्न सक्तैनन् । तर देखे, सुने र भोगेको केही प्रसङ्ग यहाँ जुराउँछू ।

'महाकवि देवकोटा शताब्दी महोत्सव' समारोह सँगै अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन' लाई गाँसिदिएकाले सम्मेलनक को गरिमा मा सुगन्ध त थपियो थपियो, तेस माथी संचालक समिति को गठन र प्रबन्ध मा पनि सजिलो भयो । शुरु मा एत्रो ठूलो कार्यक्रम धान्न र थेग्न सकिएला कि नसकिएला भन्ने थियो तर योजना र बजेट को विस्तार गर्दै गए पछि आँट्ने हिम्मत बढ्यो । श्री मोदनाथ प्रश्रित जस्तो मनको उदार, काम मा कर्मठ र राज्य सरकार सँग सर्म्पर्क गर्न सक्ने अध्यक्ष, श्री सत्यमोहन जोशी जस्तो र्सवमान्य सांस्कृतिक भूमिका भएका र सकारात्मक दृष्टि र तत्परता भएका समिति का सदस्य तथा प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को संयोजक; माननीय नरहरि आचार्य जसको साहित्यप्रेम र र्सवप्रिय राजनीतिक व्यक्ति, महोत्सव को पाँच दिने अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन का सक्रिय सदस्य; समिति का एक एक व्यक्ति को निःस्वार्थ सहमति र सहयोग, सम्मेलन को कार्यभार र आर्थिक बोझ बढ्दै जाँदा दानवीर खनुपरुदे रामबाबु प्रर्साई को सहयोग र प्रेरणा अनि जीवा लामिछाने को खुला आर्थिक सहयोग; प्रख्यात कलाकार मनीषा कोइराला को ओजस्वी संलग्नता र आर्थिक तथा व्यक्तिगत सहयोग, मुलुक बाहिर बसेर पनि मुलुक लाई मुटु भित्र राख्ने साहित्य प्रेमी हरु को अकथनीय योगदान सबै जुट्दै गए । नरेन्द्र-इन्दिरा दम्पती ले अविरल प्रयास द्वारा सम्मेलन का लागी आवश्यक स्रोत र सहयोग जुटाउँदै गए ।

अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन गर्न का निम्ति मुलुक भित्र कसकस ले योगदान पुर्‍याउन सक्छन् भनेर सूची बनाइयो । त्रिभुवन विश्व विद्यालय का नेपाली केन्द्रीय विभागीय प्रमुख प्रा. राजेन्द्र सुवेदी, खनूप्रुदे -राम बाबु, सत्य मोहन जोशी, श्याम दास वैष्णव, प्रा.डा. चुडामणि वन्धु, गोविन्द भट्ट, शान्ता श्रेष्ठ, जीवा लामिछाने आदि को हस्तक्षेप बिना को चासो र सहायता ले काम र्सार्न सजीलो भयो । तर जति जति सम्मेलन को तिथि नजीक आयो उति उति अत्ताली लाग्दा समस्या हरु आइपरे । नेपाल मा ककस लाई निम्तो गर्नु, कस लाई नगर्नु, को रिसाउने, को ठुस्किने, को छुट्ने, को आउने, को पन्छिने, जस्ता गोरखधन्दा त छँदै थियो तेस क्रम मा पनि मोदनाथ प्रश्रति देखि उषा शेरचन सम्म ले नइ जोडी लाई अहोरात्र सघाए । थप रहृयो ककस लाई मञ्च बाट बोल्न आग्रह गर्ने र को तत्पर हुन्छन् तोकेको विषय र तोकिएको समय अनुकूल वक्तव्य या विचार लेखेर बुझउन र पालो कुरेर प्रस्तुत गर्न । ई सबै काम आयोजक वर्ग बाट कुशलतापूर्वक निर्वाह हुने नै भए ।

अनि नेपाल बाहिर को समस्या; कुन कुन मुलुक मा को को विद्वान् हरु नेपाली साहित्य को शोध अध्ययन, अध्यापन, संबर्द्धन र विकास मा लागेका छन् तेसको खोजी गरी सूची तयार गर्न, अनि तिनीहरु सँग सर्म्पर्क स्थापना गर्न, उपस्थित हुन या कार्यपत्र प्रस्तुत गर्न अनुकूल मिल्ले नमिल्ले अठोट खोज्नु । टाढा र समुद्र पार का देशहरु को कुरा त एक ठाउँ मा नजीक भारत का दार्जिलिङ, आसाम, मिजोरम, अरुणाचल, देहरादून, बनारस मा पनि खोज्नु, पहिल्याउनु, सर्म्पर्क राख्नु, कार्यपत्र संकलन गर्नु अनि आवत, जावत, राख्ने ख्वाउने बन्दोबस्त गर्नु ? इ सबै मिलाउनु महाभारतै थियो । कसरी, कसरी, कहाँ कहाँ के भयो, त्यो म शिमला बसेर चासो राख्ने ले परिलगाउन मिल्दैन, सकिन्न पनि । मैले त भारत बाट आउने साहित्यकार हरु को आवत जावत र होटेल खर्च बारे मात्र भारत का राजदूत, वीपी फाउन्डेशन का सहअध्यक्ष अनि भारतीय राजदूत सूद सँग सहयोग को लागी भेट्न गएँ । मीठो चिया र चिप्ला कुरा गरेर सांस्कृतिक सचिव लाई भनेर आर्थिक सहयोग दिन उनले आश्वासन दिए । तर सानो चित्त, झुलाउने र घुमाउने बानी भएका रहेछन् सूद साहेब । उनी वचन का कच्चा र मन का कपटी पनि रहेछन् । सौहार्द पूर्ण साथै ठूलो राष्ट्र को दूत को तेस्तो अनाडी चाल देखेर ग्लानि लागे पनि उत्साह òन् दरिलो भयो । तर अन्यत्रै बाट स्रोत जुराइयो, जुर्‍यो, काम टर्‍यो, रमाइयो । अरु तिर पनि चिताए का जति स्रोत सुके तेत्तिनै अप्रत्यासित मुहान् फुटे । समिति का सदस्य हरु, उदार साहित्य प्रेमी दाता हरु, मुलुक बाहिर बस्ने भाषा र साहित्यप्रेमी नेपाली हरु सबैलाई जोर्न जुटाउनमा संयोजक हरु सफल भए, धेरै पसिना चुहाएर पनि राम्रो आदर सम्मान ले आतिथ्य पूरा भयो ।

कार्यक्रम पनि ६६ साल चैत्र पाँच गतेदेखि नौ गते सम्म ( मार्च १८ देखि २२ सम्म ) चल्यो । भौतिक बन्दोबस्त को मात्र यहाँ उल्लेख गर्छु । ५ गते 'त्रिमूर्ति' स्थान मा मल्यार्पण, बाहिर बाट आउनु भएका अतिथि परिचय, चिया चमेना, मञ्च मा आत्मपरिचय र चिनारी । आयोजक समिति ले परिचयात्मक कार्यक्रम का दिन चिया चमेना गर्ने जिम्मा मलाई दिएको थियो । त्यसैले मेरो घर त्रिकुटी (बत्तीस पुतली) मा नै पाहुना स्रष्टा हरु सँग को महोत्सव को परिचयात्मक कार्यक्रम सम्पन्न भयो । त्यसै अवसरमा दिउँसो को चिया चमेना पनि मेरै घरमा मेरै सौजन्य मा भएको थियो । अनि भव्य पा“चतारे, मनीषा रात्री भोज ।

छ गते बिहान जलपान र नौ बजे उद्घाटन समारोह । बाह्र देखि २ बजे सम्म दिवाभोज को कार्यक्रम । त्यस पछि विभिन्न मुलुक बाट आएका टोलीहरु द्वारा आआफ्नो ठाउँमा "नेपाली भाषा साहित्य, हिजो आज र भोलि' को कार्यपत्र प्रस्तुत भए । सम्मेलन मा निम्न लिखित स्रष्टाहरु का कार्यपत्र प्रस्तुत गरिएका थिए :

प्रा. राजेन्द्र सुवेदी, डा. देवीप्रसाद गौतम, डा. ज्ञानु पाण्डे (नेपाल), प्रा.डा. घनश्याम नेपाल, डा. संजय र्राई वान्तवा, श्रीमती अरुणा राई (भारत), श्री लिउहोङ स्याङ (चीन), प्रा.डा. ताहिरा निगत नैयर (पाकिस्तान) श्री पशन तमु (हङकङ), डा. दुबसु छेत्री, विष्णु पन्थी, पुनम छेत्री र कृसु छेत्री (म्यानमार), डा. दुबसु क्षेत्री, श्रीमती मिसिजु फुकुदा, पुनम छेत्री, चक्र सुवेदी, र कृसु छेत्री (जापान), श्री जाकिर हुसेन (यूएई.) श्री कृष्ण प्रकाश श्रेष्ठ र प्रा.डा. जंगब चौहान (रुस); प्रा.डा. माइकल हट, डा. भ्यालरी एम इन्च्ले र सुरेन्द्रजङ शाह (बेलायत); डा. मानफ्रेद थ्रोई (जर्मनी), श्री कृष्ण बजगाईं (बेल्जियम), सुश्री एन हन्किन्स, श्री होमनाथ सुवेदी र श्रीमती भारती गौतम (अमेरिका) ।

चार बजे जलपान अनि ६:३० बजे सम्म कार्यपत्र प्रस्तुति । रात्रि भोज । चैत्र सात गते जलपान, नौ बजे देखि एक बजे सम्म फेरि कार्य पत्र प्रस्तुत डा. कुमार प्रधान (भारत), माननीय गोपाल ठाकुर, प्रा.डा. चूडामणि बन्धु, डा. महादेव अवस्थी, श्री लीलबहादुर क्षेत्री (भारत), श्री जीवन नामदुङ र दुर्गाप्रसाद श्रेष्ठ (भारत) ।१२ बजे को दिवा भोज पछि १:३० बजेदेखि ४:३० बजेसम्म फेरि प्रवचन कार्यक्रम शुरु भयो । श्री गोविन्द भट्ट, प्रा.डा. दयाराम श्रेष्ठ, श्री नेत्र एटम, श्री लक्ष्मी पराजुली (भारत), प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. गार्गी शर्मा र डा. शान्ति क्षेत्री (भारत) सबै ले अत्यन्त सारगर्भित प्रवचन दिनुभयो ।

चैत्र ८ गते जलपान पछि कवि गोष्ठी को सुमधुर मनोरञ्जन कार्यक्रम को शुरुवात मा नेपाल का वरिष्ठ नेता र पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला को निधन मा दुःख प्रकट गर्नु पर्‍यो । बाँकी को तीन घण्टा मा करीब ३५ जना कविहरु को कविता वाचन ले सभा मा काव्यरस को रमाइलो वर्ष भयो । अनि दिवा भोज र तेस पछि 'नेपाली भाषा को अन्तर्राष्ट्रिय विस्तार' कै विषय मा विभिन्न विषय र आयाम का व्यक्तित्व हरु बाट अत्यन्तै सारगर्भित र सटीक प्रवचन भयो । जसमा नेपाल प्रज्ञा प्रतिष्ठान का उपकुलपति गंगाप्रसाद उप्रेती, भारत का साहित्यकार गुप्त प्रधान, भाषाविद् श्री चूडामणि रेग्मी, आसाम भारत का प्रा. टीकाराम उपाध्याय, भक्तपुर का तेजेश्वर बाबु ग्वंग, चर्चित व्याकरणकार प्रा. मुकुन्दशरण उपाध्याय र सुपरिचित साहित्यकार डा. रामदयाल राकेश ले प्रवचन प्रस्तुत गरेका थिए । सिक्किम का महानन्द पौडेल ले सम्पूर्ण कार्यक्रम को प्रतिवेदन प्रस्तुत भएको सभा को सभापतित्व कुशलतापूर्वक गरे । अनि जलपान पछि सभा विर्सजन भयो । अपर्झट परेको दुःखद् घटना ले रात्री भोज को औपचारिक कार्यक्रम रद्द भए पनि अतिथि सत्कार को लागी सधैँ तत्पर उषा शेरचन ले अनौपचारिक रात्री भोज को प्रबन्ध गरेर सबैलाई 'सहआवतु सहनौ भुनक्तु' को मौका दिनु भयो । तेस्तै पाहुना स्रष्टाहरु मा मैले ७ गते रात्रिभोज को आयोजना गर्ने मौका पाएँ ।

चैत्र ९ गते सम्मेलन समापन को दिन थियो ।९ बजेदेखि १२ बजेसम्म को कार्यक्रम र तेस पछि र सम्मेलन को अन्त्य । तर यो तीन घण्टा को कार्यक्रम सुनियोजित मात्र होइन अत्यन्त महत्वपूर्ण क्रियाकलाप ले भरिएको थियो । समापन समारोह को प्रमुख अतिथि हुनुहुन्थ्यो सम्मानीय प्रधान न्यायाधीश अनुपराज शर्मा । कार्यक्रम शुरु भयो सम्मान तथा कदर पत्र (ताम्रपत्र) प्रदान गरेर । भारत, चीन, पाकिस्तान, म्यानमार, जापान, बेलायत, जर्मनी, अमेरिका का साहित्यकार लाई सम्मान प्रदान हुँदा सभा मा खुशियाली को गडगडाहट भयो । एस सम्मेलन मा पसीना काढेका र मन खोलेर सहयोग गरेका लाई समेत सम्मान पत्र प्रस्तुत हुँदा सभा करतल ध्वनि ले गुञ्जायमान रहृयो, कति ले मुग्ध कण्ठ ले साधुवाद प्रकट गरे । तेस पछि अपूर्व घटना भयो । शताब्दी महोत्सव द्वारा प्रकाशित भएका एघार वटा नयाँ पुस्तक हरु र तीन सीडीहरु, सभा मा उपस्थित हुने सबै मा वितरण भयो, त्यो पनि दरीलो फ्यान्सी ब्यागमा भरेर ।

सम्मेलन कै अन्तिम सत्र मा सम्मेलन का संयोजक सत्यमोहन जोशी द्वारा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को घोषणापत्र' जारी भयो । अनि महोत्सव को स्मृति चिहृन प्रदान र निरन्त करताली को बीच मा सदस्य सचिव नरेन्द्रराज प्रर्साई ले धन्यवाद ज्ञापन भयो । त्यसअघि प्रमुख अतिथि अनुपराज शर्मा को सम्बोधन थियो । अरु धेरै सभा मा उपस्थित हरु जस्तै म त मुग्ध विभोर रहेँ, ठानेकै थिएन न्यायपालिका को कार्य मा डुबेका व्यक्ति ले साहित्य बारे अन्तर्राष्ट्रिय घेरा देखि नेपाली साहित्य को गहिर्राई सम्म पुगेर एस्तो मधुर स्वर मा एस्तो गम्भीर विषय लाई यस्तो संक्षिप्त रूप मा प्रस्तुत गर्ने क्षमता राख्छन् ! उठेर तालीको निरन्तर गुञ्जन ले श्रद्धापूर्वक साधुवाद नदिई रोकिइनै सकेनौं । महोत्सव का अध्यक्ष मोदनाथ प्रश्रति को भाषण पनि त्यस्तै ओजिलो र जोशिलो थियो । सम्मेलन को पाँचै दिन अविरल कण्ठी इन्दिराले सञ्चालन गरेको कार्यक्रम मनमोहक थियो।

यत्रो सम्मेलन यत्तिका दिन चलाउन, सम्भार योजना संचालन गर्न, सभाकक्ष, आसन, शृङ्गार पुर्‍याउन, मुलुक बाहिर बाट आएका तेत्रा विघ्न करीब पचास साठी अभ्यागत लाई बस्ने, घुम्ने, मोटर, खानपान, र हवाइमार्ग बाट आवात-जावत मिलाउन कत्रो खर्च, कत्रो मेहनत लाग्यो; त्यो त हामी नभोगेकाले अड्कल लगाउने कुरा मात्र हो ।
यहाँ निर मँ सम्मेलन स्थल को नै कुरा गर्छु । नेपाल मा तेत्रा विघ्न हलहरु भएको मा यो 'वानेश्वर को अनमोल कम्प्लेक्स हल' छान्नु सजीलो कुरा होइन, आहार, बिहार, आराम, सुविधा व्यवस्था र समय को ठीक ठीक बन्धन को हिसाब ले पनि यो सभा केन्द्र सराहना योग्य रहृयो । अनि तेत्रा दिन को तोकिएको समय मा, तेत्ति का वक्ता ले बोल्ने, कार्यक्रम मा जो समय निष्ठा र समय तालिका को व्यवस्था बाँधियो त्यो अपूर्व थियो । कुन सत्र मा कुन कुन वक्ता ले कति कति मिनेट बोल्नु पर्छ, आयोजक बाट पहिल्यै तय थियो । त्यसैले वक्ता ले बोलेको समय पुग्दा घण्टी को टिङ टिङ र त्यसको दुई मिनेट पछि माइक बन्द गर्ने तरीका, पूर्व सूचना र मीठो पारा ले गरिएकाले नै सबै मा पच्यो ।

इ त भए योजना र क्रियान्वयन का गन्थन । अब सोध्न परोइन ई ४ साल र ६६ साल का सम्मेलन ले के प्राप्ति भयो ?
सम्मेलन को प्राप्तिर्
ई दुई सम्मेलन को केहि उपलब्धि पनि भए किर् इ सम्मेलन हरु केहि रुमानी स्वच्छन्दतावादी साहित्यकर्मी को आत्माभिमान र आत्मसन्तुष्टि को लागी रचिएका लीला मात्र बनेर सिद्धिए - एस खाल का साहित्यिक अभ्यास हरु को उपलब्धि को मूल्यांकन गर्दा भौतिक र आर्थिक उपलब्धि को ढक तराजू ले तौलने हरु र अतिरञ्जना को भावना ले अकाशिने हरु, दुवै थरी विचार का, फेला पर्छन् । साहित्यिक या भावनात्मक उपलब्धि लाई नाफा नोक्सान को भौतिक दृष्टि ले मात्र मूल्यांकन गर्नु र्व्यर्थ हो । तेसरी नै "शास्त्र, शस्त्र भन्दा बलवान्" भन्ने कलमबाज हरु को आडम्बर पनि एकलकाँटे धारणा हो ।

४ साल तिर विश्व भरि नै खास गरी एशिया महाद्वीप मा परिवर्तन को आँधी चलिसकेको थियो । कवि गोपाल प्रसाद रिमाल को ठहर "जो मानिस हिजो सम्म रोई रोई बाँचिरहेका थिए, ती आज हाँसी हाँसी मर्न तयार छन्" व्यवहार मा उत्रिसकेको थियो - जताततै । हाम्रा मा पनि, एकतन्त्री शासन को विरुद्ध मा दलहरु गठन भइसकेका थिए । राणाशासन को संगीन र खुकुरी को बलले, झिनो आर्थिक धागो मा òुण्डिएका र आफ्नो फिष्टे अस्तित्व बल्लतल्ल समालेका निमुखा जनता, दबेरै बसे पनि आफ्नो देश र समाज को चासो ले चसचस भएका हरु आक्रोशित थिए, आन्दोलित थिए, सलबलाएका थिए । कुनै संगठन र सभा को त कुरै छाडौं, केहि व्यक्ति कोठा भित्र बसेर कुरा गर्दा पनि "भित्ता को पनि कान हुन्छ" भन्ने डर ले छुन्थ्यो । चुगली लगाएर खाने, पोलेर रीस फर्ेर्ने, निशाचर र गुप्तचर छ्यापछ्याप्ती थिए । तेस्तो बेला मा शयौं बुद्धिजीवी लाई भेला गर्नु र मुलुक बाहिर बसेर केही राजनीतिक व्यक्ति र संस्था ले भारत का स्वतन्त्रता सेनानी, राजनेता र नयाँ देशी सरकार को साथ र र्समर्थन लिएर स्वतन्त्रता अभियान चलाएको बेला, नेपाल भित्रै बसी लालित्य को क्यापसूल भित्रै राखेर पनि 'पहिलो बिगुल फुक्नु' र पहिलो 'दुनियादार को सम्मेलन गर्नु' साहसिलै कुरो हो । साहित्यकार ले साहित्य रचना गर्ने हेतु मध्ये 'यश'लाई प्रथम अभ्रि्राय मानेका छन् सिद्धान्तकार ले । तेस माथी पनि साहित्य रचना अभिव्यञ्जना को कलात्मक स्वरूप हो । लेखेर थन्क्याउने, या शारदा पत्रिका मा छपाउने, कुनै सहधर्मी लाई कोठा मा बसेर सुनाउने सम्म अवकास भएको बेला मा; अनेकौं सहधर्मी र रसिक हरु को जमघट मा त्यो पनि मंच मा चढेर -पुराण सुनाउने आसन बाहेक मञ्च भन्ने नजानेको बेला) आफनो रचना लाई मुक्त कण्ठ ले सुनाउन पाउनु नयाँ अवसर थियो । भर्खर राजकाजी मुद्दा लागेर छ सात वर्षóयालखाना बसेर छुटेका सिद्धिचरण ज्यू ले थरथर काँपेर कविता पाठ गरेको, यो सम्मेलन को प्रमुख संयोजक क्रान्तिकारी नेताहरु सँग गोप्य सम्बन्ध रहेको केदारमान व्यथित ज्यू ले मञ्च मा हाउ भाउ लगाएर 'खिल्ल खिल्ल हाँसी हाँसी' गरेको उद्गार, गोपाल प्रसाद रिमाल ले मञ्च नै थर्काएर बम्किएको दृश्य, कवि माधव प्रसाद घिमिरे ले नेपाली òण्डा को आड मा गाएको राष्ट्रभावनापूर्ण गीत, भीमनिधि तिवारी ले करुणा ले भरिएको स्वर मा व्यक्त गरेको नेपाल को गरीबी को चित्रण, लोकलय मा खुलेर नाच्ने, गाउने भावी कमार्चीफ सुरेन्द्र बहादुर शाह, आफ्नो जूँगा सफाचट भए पनि 'जूँगा' को हास्यनिबन्ध पढेर र तेस बेला थरिथरि का जूँगा पालेर ताउलाउने अग्रिम पंक्ति का शासक हरु मा छद्म व्यङ्ग्य गरेका हृदयचन्द्र सिंह प्रधान, काव्य का क्षेत्र मा पछि नै रहे पनि प्रजा ले चुनेका त्रिपुरवर सिंह को सन्तुलित उद्गार, महाकवि देवकोटा ले धक पुर्‍याएर व्यक्त गरेको साहित्यकार को परिभू स्वयम्भू अस्तित्वर् इ सब पहिलो उद्घोष केवल अंग्रेजी कवि शेलीले ठाने जस्तो 'कुइरीमण्डल मा पखेटा फट्फटाउने प्रभावहीन पन्छी' को चाल थिएन । बरु नयाँ युग को डाँको छाडेर बास्ने सुवर्णपंखी बुद्धिजीवी को पहिलो उद्गार जस्तो थियो । ४ सालको कवि सम्मेलन मा राणा शासक को कुदृष्टि परेर खैला बैला मचिए पछि सम्मेलन भत्कियो, साहित्यकार हरु कोही काखा कोही पाखा लागे । कतिले क्रान्ति को बिगुल सुनेर मुलुक बाहिर गएर आन्दोलन लाई सघाउन लागे । एक आधा वर्षौमा जुग फिर्‍यो, शासन फेरियो अनि त कवि सम्मेलन, कविता लेखनको बाढी नै फुट्यो, साहित्य कोर्ने चसचस ले सबै लाई छोयो । ४ साल को साहित्य सम्मेलन मा भाग लिने मध्ये धेरै जसो ख्याति प्राप्त लेखक बने र उदाए । मूल कार्यक्रम मा सहभागी हुन नपाएका मा पनि प्रेरणा भरियो । एक आध उदाहरण दिन्छू ।

आज नेपाली संस्कृति का र्सवमान्य व्यक्ति सत्यमोहन जोशी ४ साल को सम्मेलन का संयोजक ४ साल तिर कलिलै भएर पनि कवि सम्मेलन को तैयारी मा सहायक बनेका थिए । हेरेर, देखेर र सुनेर प्रभावित र प्रेरित भएका थिए । आफनै सरल स्वभाव मा अग्रिम आधुनिक कवि मोहन कोइराला भन्ने गर्थे "४ साल को कवि सम्मेलन मा दाजु सँग मँ पनि हेर्न र सुन्न पुगेको थिएँ । ओहो ! एस्तो पनि हुँदो रहेछ भन्ने लागेको थियो ।' धेरै न्यानो र उज्यालो नभए पनि प्रथम किरण को महत्व, अन्धकार नभोगेको र मध्याहृन को धाम ताप्ने ले कति आँक्न सक्ला, भन्न गाह्रै पर्छ ।

६६साल सम्म त नेपाली साहित्य ले, नेपाल का डाँडा काँडा मात्र होइन, छिमेक मा र बाहिरी मुलुक मा छरिएका नेपाली भाषा र साहित्य प्रेमी, अध्ययन र अनुसन्धान गर्ने, धेरै लाई ढाकिसकेको थियो । थुप्रा साहित्यिक संघ, संस्थान र प्रतिष्ठान खुलिसकेका थिए । साहित्यकार लाई सम्मान र पुरस्कार ले आदर गर्ने समारोह जताततै र जैलेसुकै चल्न थालेको थियो । साहित्यिक गोष्ठी, सम्मेलन, समारोह त भई नै रहन्थ्यो । यस्तो र्सवत्र फैलिएको परिस्थिति मा ६६ साल को सम्मेलन को के महत्त्व ?

६६ साल पुग्दा, नेपाल लाई राजनीतिक बबण्डर ले ढाकेको थियो । समाज को भनौं या नागरिक को जीवन मा राजनीतिक चर्चा, चिन्तन, हानाथाप, लछाचुंडी ले प्रधानता पाएको थियो । साहित्य कुनाकाप्चा, ओझेल मा परेको थियो । कवि 'अचर्चित जर्जर धुजा धुजा' भइसकेका थिए । राजनीतिक नेता र कार्यकर्ता हरु आआफनो डंफ फुक्दै, आआफनै नापतौल लिएर साहित्य, कला, संगीत, नृत्य लाई नाप्ने धृष्टता गर्न थालेका थिए । "स्याबाजी छरेर माछा पकडिने' र आफनो अरसिक मञ्चहरु सजाउने ताक मा लागेका थिए । एस्तो अवस्था मा पनि ६६ साल को अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन' सम्पन्न भयो ।

पाँच दिने अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को सञ्चालक समिति मा राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्र का र नेपाल भित्र बाहिर सबैतिर रहेका भाषा साहित्य प्रेमी समावेश थिए । साहित्य को चौतारी मा बाघ, भालु, मृग, जरायो, खरायो, चराचुरुंगी, तपोभूमि मा समाधि लिएर बसे जस्तै सबै ले मन मिलाएर, सद्भावना बढाएर, कार्य को सफलता मा संलग्न भएर बसेको राजावादी को माओवादी को ? प्रजातन्त्रवादी को ? एकतन्त्रवादी को ? ठूला को ? साना को ? विपन्न को ? सम्पन्न-तन्त्र विद्या को अमरवाणी "प्राप्ते तु भैरवे चक्रे र्सवा जातिर् द्विजातिवत् । निष्क्रान्ते भैरव चक्रे र्सवा जाति पृथक् पृथक्" भएर बसे । सम्मेलन को संचालन गर्दा तेसै गरी तन, मन, धन ले यथाशक्य सहयोग गर्न मा कसैले 'तेरो मेरो' गरेनन् ।

नेपाल जस्तो ठाउँ मा र राजनीतिक धुँवा धूलो उडेको बेला मा पनि अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन अन्तर्राष्ट्रिय स्वरूप कै भयो । र्छपट्ट छरिएका नेपाली भाषा साहित्य का प्रेमी, स्रष्टा, संबर्द्धन गर्ने अध्ययन गर्ने, अनुसन्धान गर्ने र रसास्वादन गर्नेहरु को राम्रो प्रतिनिधित्व रहृयो । एक आफू लाई चिन्ने, मित्रता जोर्ने, सुन्ने, बुóने र संगठित हुने प्रेरणा यो सम्मेलन ले सबै लाई दियो । एस्तो अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को आयोजना अझ पनि गर्दै जाने प्रेरणा, उत्साह र कसैले अठोट बाँधेर, सबै गए ।

हाम्रो सानो मुलुक र एक मुठ्ठी नेपाली बोल्ने जनमानस को लागि प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन अँध्यारो रात को जूनकीरी मात्र भए पनि, एत्रो भवसागरको उर्लन मा केवल एक थोपा पानी मात्र भए पनि - त्यो अन्धकार लाई जूनकीरी को उज्यालो र नुनिलो सागर लाई एक थोपा मीठो पानी बाट किन वञ्चित गर्नु ?


प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 भाद्र, 2067

लेखकका अन्य रचनाहरु