सशरीर चिनेको छैन, अर्थात् भेट भएको छैन कृष्ण उपाध्यायसँग । साइबर संसारमा साक्षात्कार हुनुअघि चिनेको हुँ उनको ‘प्रथम पुरुष’लाई । ‘प्रथम पुरुष’देखि ‘जदौ काठमान्डू’सम्म आइपुग्दा कृष्ण उपाध्यायसँग मेरो हार्दिकता गाँस्ने माध्यम बने उपाध्यायकै बेलायती छिमेकी अर्थात् मेरा पुराना अनन्य मित्र नियात्राकार, कथाकार कृष्ण बजगाईं
प्रा.डा. मोहनप्रसाद जोशी (वि.सं.२०१४, काठमाडौँ) पेशाले स्वदेश–विदेशमा लामो समयसम्म कार्यरत वरिष्ठ चिकित्साशास्त्री र चिकित्साकर्मी हुुनुहुुन्छ र उहाँले नेपाली कवितातर्फ गहिरो सृजनात्मक रुचि राखी रच्नुभएको प्रस्तुत ‘कहाँ छ ठाउँ’ नामक कवितासङ्ग्रह पनि मानवीय पूर्ण सुस्वास्थ्यका निम्ति अपरिहार्य आध्यात्मिक जीवनमूल्यका प्राप्तितर्फ मुख्यतः परिलक्षित एक उत्कृष्ट आध्यात्मिक कवितावली वा काव्य हुन आएको मैले अनुभव गरेँ
कवि वीरभद्र कार्कीढोली ( सन् १९६४ ) सिक्किममा रहेर नेपाली भाषा साहित्यको सेवामा समर्पित विशिष्ट साधक हुन् । हँसमुख मुहारका मृदृभाषी वीरभद्रसँग अरुमाझ सहजै आफ्नो प्रभाव छाड्न सक्ने क्षमता छ । उनी निदाइरहेको परिस्थितिलाई जुरुक्कै उठाउन सक्षम देखिन्छन् । लामो समयदेखि प्रक्रिया साहित्यिक पत्रिका सम्पादन / प्रकाशन गर्दै आएका उनले साहित्यको विकासमा योगदान दिनुका साथै धेरै नवप्रतिभालाई प्रस्फुटन हुने अवसर पनि दिएका छन्
नेपथ्यिका -
सिलिगुड़ीको साहित्य फाँटले यो वर्ष २०२२ को सिरानमै एकजना उपन्यासकार पाएको छ । पश्चिम बङ्गाल पुलिस विभागको सब इन्सपेक्टर पदमा कलकत्ताका विभिन्न थाना राँटो लाउने यी उपन्यासकार हाल सिलिगुड़ीमै स्थायी रुपमा बसाइँ सरेका छन् । कलकत्तामै छाँदा दिनभरि पुलिसको ड्यूटीमा व्यस्त रही पनि आफ्नो निखार-पखार जोशले कलकत्ताको .......नामक संस्थामा संलग्न हुनु मात्रे होइन यी उपन्यासकारले सोही संस्थाबाट '........' नामक साहित्यिक पत्रिका सम्रपादन तथा प्रकाशन गरी कलकत्ताको नेपाली साहित्यको विकास तथा संरक्षण-संवर्द्धनमा सोह्रै आना परिश्रम, लगनशीलता फुर्मास गरिसकेका छन्
मुख्य पद/पदावली
सीमान्तीयता, नारीवादी, उत्तरआधुनिक, आयामेली, कौमार्र्यता, प्रताडित, गिलगमेस, क्रुर ।
१. बिषय परिचय
सवाल्टर्न ९क्गदबतिभचल० को नेपाली अनुवाद सीमान्तीय हो । जसको अर्थ केलाउँदा सीमान्तीयता, तल पारिएका, आवाजविहिन, क्षुद्र, महिला, अवहेलित, मूलभन्दा बाहिर रहेका भन्ने अर्थमा बुझिन्छ
‘मिल्न सके सबै मिल्छ; नसके झगडाको बीउ बन्छ । तिमरू के गर्दा रछौ; म हेर्दै छु ।’ यसखाले खबरदारीका साथ मैले पोलेको मुसाका पुच्छरहरू आफ्ना बच्चाहरूलाई दिएको थिएँ । उनीहरूले पनि रमाईरमाई नुनसँग चोबेर खाएका थिए ।
‘मुसाको पुच्छर त यत्ति मिठो हुन्छ । झन् पोलेको मुसाको शरीर खान पाए कति काइदा हुन्थ्यो !’ कान्छी छोरीको इच्छालाई थुम्थुम्याउँदै जेठो बोलेको थियो; ‘सप्पै खान पाइन्छ