‘पानीको घाम’मा टल्केको जीवनको प्रतिबिम्ब

- डा. विष्णुप्रसाद पौडेल

सारः प्रस्तुत लेख अमर न्यौपानेको २०६६ सालमा प्रकाशित प्रयोगशील नव आख्यान ‘पानीको घाम’ भित्र रहेका विभिन्न १९ वटा कथाहरूमा अभिव्यक्त महत्त्वपूर्ण पक्षहरूलाई केलाउन केन्द्रित छ । यस क्रममा समग्र कृतिले प्रक्षेपित गर्न चाहेको तरल जीवनका रहस्यमय विविध रङ्ग र बान्कीलाई विशेष सजगता साथ यहा“ देखाउन खोजिएको छ । यही क्रममा समाज र जीवनको बहुल स्वरूप नियाल्ने अध्यात्मवादी (लीला) र भौतिकतावादी (उत्तर आधुनिक) चेतना पनि यहा“ सान्दर्भिक तुल्याई तानिएको छ । अमूर्त जीवन, बहुरङ्गी समाज, भौतिकताले नापजा“च गरिने तथ्य अनि मौलिकतामा बा“च्ने कलाको अन्तर संश्लेषण कति जटिल पक्ष हो भन्ने वैचारिकता साथ नेपालगन्जको सिङ्गो प्रतीकात्मक बिम्ब उतारेको यो कृति विचारले मात्रै नभई कथा हु“दै उपन्यास समेत बनेको हु“दा प्रयोगशील ताजा शिल्पका कारण पनि बढी उल्लेखनीय देखिएको छ ।

१. विषय प्रवेश
हुन त अहिले काल्पनिक आख्यान होइन तथ्याख्यानको स्वर चर्किन थालेको छ । नेपाली भाषाका आख्यानकारहरू पनि सचेत रूपमै तथ्य निकट बनेर प्रकट हुने अनेक प्रयत्न गरि रहेका छन् । हिजोको यथार्थवादी आख्यान लेखनमा पनि यस्तो प्रयत्न थियो तर त्यति खेर विभिन्न स्रोत व्यक्तिहरूबाट कुरा सुने बुझेर कोठामै बसी त्यसलाई काल्पनिक जलप समेतले व्यस्थित गरेर पनि यथार्थवादी उपन्यास लेखिन्थे । लील बहादुर क्षत्रीले आप्mनो चर्चित यथार्थवादी उपन्यासहरू ‘बसाइ“’ र ‘ब्रम्हपुत्रको छेउछाउ’ त्यसरी नै लेखेथे । ती उपन्यासका भूमिकामा त्यो कुरा उनले सकारेकै पनि छन् । लैनसिंह बाङ्देलले कति आफैले प्रत्यक्ष देखे भोगेका र कति अनुमानित विषय जोडेर यथार्थवादी उपन्यास नै लेखेथे । उपन्यासको विषय र बाङ्देलको जीवन वृत्तबाट यो कुरा थाहा हुन्छ । इन्द्र बहादुर राईले देखे सुनेर मात्रै नभई कतिपय अनुभूत गरेर नै लेख्न चाहन्थे । उनी जीवनलाई दुरुस्तै वा यथावत् लेख्न चाहन्थे र उपन्यास लेखेको केही वर्षसम्म “जीवनको यथावत् अङ्कन” गरेको पनि ठान्थे तर पछि उनलाई आप्mनो अघिल्लो सोचमा संशोधन गर्नु पर्ने बोध भयो र भने–
आज देख्दै छु जीवन बेग्लै, उपन्यास बेग्लै कुरा छ । उपन्यास कृति एउटा कलाकृति हो । जीवन पनि कला नै हो भने भन्न सकि“दैन । जीवन र कला जति नै गरे तापनि सर्वाङ्ग सम हो, चारै पटिबाट बराबर हो भन्न सक्तैनौ“ । दुईलाई कृतिमा नजिकमा ल्याउने प्रयास गर्न सकिन्छ तर एकअर्का नै तुल्याउन असम्भव हो आज देख्द छु (फागो २०३७ः१३) ।
यसपछि राईले जीवनका थप पत्रहरू केलाउ“दै जा“दा झन् त्यसलाई लीलामय देखे । राईको त्यस लीलालाई कतिले आध्यात्मिक रहस्यमयता ठान्न थाले भने कतिपयले उत्तर आधुनिक प्रेरित चिन्तन मान्न थाले । अमर न्यौपानेको आख्यानको विषय लिएर यहा“ राईको लीला के हो भने नालीबेली खोज्ने मूर्खता त म गर्दिन“ तर न्यौपानेको पहिलो चर्चित कृति ‘पानीको घाम’ मा म राईकै जस्तो सघन चेतना र जीवनप्रतिको इमान्दार चिन्तन देख्दै छु ।

२. विषय विस्तार
प्रथमतः यो कृति स्थलगत अध्ययन गरेर स्वतन्त्र रूपमा तयार पारिएको हो । यसमा काल्पनिक कथा वा परम्परित आख्यानबाट मुक्त भई तथ्याख्यान लेख्न खोजिएको छ । त्यसैका लागि लेखक जी टी जेड परियोजनास“ग सम्बद्ध भई उसकै दुई महिने प्रायोजनमा आख्यान टिप्न नेपालगन्ज गएका छन् र यसमा नेपालगन्जको समकालीन समस्याग्रस्त समाजको कथा÷आख्यान टिपिएको छ । त्यहा“का प्रतिनिधि पात्रहरूको जीवन कथा लेखक स्वयंले प्रत्यक्ष स्थलगत निरीक्षण एवम् शोध खोज गरेर यसमा लेखेका छन् । यद्यपि शोध खोजमा खटि रहदा कतिपय पात्रस“गबाट लेखकले उसको विगत र वर्तमान जीवनको वास्तविकता थाहा पाउ“दैनन् । कतिपयले आप्mनो व्यथापूर्ण कथा भनेर तिमी त लेखक बनौला मलाई के हुन्छ ? भन्ने प्रश्न पनि गरेका छन् भने कतिपयले मेरो कथालाई तिमीले झन् आप्mनो सोच र कल्पनाले विरूप पारि दिन्छौ भन्ने गुनासो पनि गरेका छन् । मैकु जस्ता केही पात्रले आप्mनो यथार्थ भने पनि त्यसलाई लेखेर आपूmलाई सामाजिक रूपमा बदनाम नगराउन अनुरोध पनि गरेका छन् । फेरि कतिपयले पहिलाको सोचमा परिवर्तन ल्याई लेखकलाई आपूm खुसी लेख्ने छुट पनि दिएका छन् । उनीहरू (झलक आचार्य, लालमती आदि) मा पछि लेखकको पात्र बनेर बा“च्ने रहर जागेको छ । लेखक पनि कृतिमा लेखक र पाठक भन्दा पनि पात्र नै बढी बा“च्ने ठान्दछन् । भनिएकै छ “शब्द शरीरहरूमा पात्रहरूको संवेदना मिस्न सके ती कहिल्यै मर्दैनन् । पाठक मर्छ लेखक मर्छ” (पृ.१८८) । कृति, कृतिकारभन्दा सर्वशक्तिमान पाठकको उदय देख्ने उत्तर आधुनिक सोचमा यहा“ नया“ सोच थपिएको छ । तथ्याख्यानको जिरहमा लाग्दा लाग्दै आएको यस नव सोचको सम्बन्ध फेरि पुरानो सोचकै जराबाट पलाएको देखिन्छ किनभने शब्द शरीरका पात्रमा संवेदना मिस्ने काम त लेखकीय कारयित्री प्रतिभाले गर्ने हो अनि त्यसको छिनोफानो पाठकीय भावयित्री प्रतिभाले नै गर्ने हो । नव सिर्जित पात्र बा“च्ने भनेको पाठककै मनमा बा“च्ने हो । त्यो नव सिर्जना भनेको स्थूल यथार्थको फोटो कपी पनि होइन । कला प्रकृतिको पुनः सिर्जना हो भनेर अरिस्टोटलले पनि धेरै पहिला अथ्र्याएकै कुरा हो । यहा“ पनि पात्रहरूको पुनर्जन्म लेखकले देखि रहेका छन् । हरेक समयका लेखकले पात्रलाई आप्mनो अनुभूतिमा देख्छ र पुनः सिर्जना गर्छ भन्ने अभिप्राय यहा“ पाइन्छ (पृ.१८७) । पौराणिक पात्रहरू पनि त्यसरी नै पुनः सिर्जित हु“दै आएका तथ्यका रूपमा ‘माधवी’, ‘योजन गन्धा’ र ‘राधा’ लाई उल्लेख गरिएको छ । अनि भनिएको छ— “प्रत्येक पाठकको कल्पनामा तिनको अनुहार फरक फरक भएर आउ“छ” (पृ.१८७) । पाठकको मात्रै नभई लेखकको कल्पनामा पनि त्यो फरक भएरै आउने हो किनभने लेखक पनि आप्mनो सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक, आर्थिक जस्ता यावत् परिवेशकै चापमा स्थलगत दृश्य र घटनालाई बुझि रहेको हुन्छ । दृश्यका बोधव्य सन्दर्भ अनेक हुन्छन् तर हामी हाम्रो सीमित सामथ्र्य र रुचि अनुसार त्यसलाई बुझि रहेका हुन्छौ“ । कृष्णको विराट् स्वरूप उनले देखाइ दि“दा पनि हामीमा बुभ्mने सामथ्र्य छैन भने गहिरो शोधखोजबाट बुझिने तथ्य सतही हेराइबाट हामीले कति बुझेका हुन्छौ“ भन्ने निकै विचारणीय देखिन्छ । विज्ञान पनि दृश्य र दृष्टिको दुरीको भिन्नताले तथ्यका अनेक स्वरूप देखिने मान्दछ । भौतिक विज्ञानले देखाएको क्वान्टमको उत्पत्ति र विनाशको अनिश्चितता वा आकस्मिकताको जटिलता र विश्व ब्रम्हाण्डका यावत् गतिविधिमा देखिने त्यस ९त्रगबलतगm उबततभचल० को सादृश्यतालाई बुभ्mदा जीवन र जगत्को स्वरूपको अनिर्वचनीयता झन् सघन बनि रहेको देखिन्छ । अधुनातन प्राकृत विज्ञानले भौतिक यथार्थ नै सहज व्याख्येय नदेखि रहेको अवस्थामा समाज विज्ञानको व्याख्या झन् चुनौती पूर्ण हुनु स्वाभाविक नै हो । त्यसैले समाज र जीवनको समग्रताको अध्ययन र अभिव्यक्ति सम्भव छैन भन्ने निष्कर्ष यहा“ पनि देखिन्छ । लेखक आप्mनो मित्र कृष्णस“ग भनि रहेका छन्—
“कुनै पनि कुरा पूर्ण लेख्न नसक्नुको पीडा त बा“च्नु परि रहेछ हामीले । न हामी कुनै पनि घटनाको पूर्ण सत्य थाहा पाउन सक्छौ“ न कुनै पनि जीवन पूर्ण लेख्न सक्छौ“ । त्यसैले म पनि तिम्रो जीवनलाई धेरै छुटाएर, टुक्र्याएर साना साना अपूर्ण आत्मपरक सत्यहरू मात्र लेख्न सक्छु” (पृ.१९३) ।
तथ्याख्यानका लागि गएका लेखको यो आत्मस्वीकृति निकै महत्त्वको देखिन्छ । इन्द्र बहादुर राईको कला र जीवनको दुरीका सम्बन्धमा अगाडि प्रस्तुत आत्म स्वीकृति र उनको लीला लेखन पनि यही दिशामा केन्द्रित थियो । हामी भन्न त सत्य तथ्यपरक हुन्छ भन्छौ“ तर सत्य खोज्नेहरू त्यसलाई आत्मपरक देखि रहेका छन् । सत्य बोध गर्ने हाम्रो चेतना नै दुर्बल छ । त्यसैले अन्धाले हात्ती छामेर अथ्र्याए जस्तो मात्रै बनि रहेको छ हाम्रो सत्य । विज्ञान पनि भन्छ हाम्रो भएको मस्तिष्कको सारै थोरै हिस्सा मात्र हामीले उपयोग गर्न सकेका हुन्छौ । तर हामीले खोज्ने जीवन सत्य धेरै विविधताले भरिएको छ । त्यो सहज अनुमेय हु“दैन । त्यसैले कृतिमा पात्र मार्फत भन्नु परेको छ— “जीवन नसोचेका घटनाहरूको सङ्गालो हो” (पृ.१९३) । राईले पनि आप्mनो उपन्यास (आज रमिता छ) को मुख्य पात्र जनक मार्फत भनेका थिए— “जीवन खोलाको पानीमा बग्ने हरियो पात मात्रै रहेछ । तिमी एउटा पात म एउटा पात । एउटा विराट् अन्य बाध्यता” (राई, २०३२ ः १००) । न्यौपानेका आख्यानका पात्रहरूले पनि राईको उपन्यासका पात्रहरूले जस्तै सोचेका वा कल्पना गरेको जीवनभन्दा नसोचेको वा नचाहेको जीवन भोग्न अभिशप्त देखिन्छन् । ‘सुलोचना’ मा देवकोटा पनि “दुखमय विपना” भनि रहेका थिए । “सोचे जस्तो हुन्न जीवन” भन्ने प्रसिद्ध गीत पनि छ । जीवनका विप्ल्याटा परिस्थिति हिजो भन्दा आज झन् बढेका छन् भन्ने तथ्य न्यौपानेको नेपालगन्जको सर्वेक्षणले पनि देखाइ रहेको छ । त्यसलाई ससाना दृश्य शृङ्खलामा टिप्ने अनि लेखक र पात्रहरूको सङ्कोचहीन अनौपचारिक तथा सहज वैचारिक संवादद्वारा प्रस्तुत गर्ने शैलीले कृतिलाई परम्परित आख्यानभन्दा पनि एकदमै नवीन अधिआख्यानतिर ढल्काउ“दै लगेको छ ।

२.१ विषय विश्लेषणका महत्त्वपूर्ण पक्षहरू
२.१.१ सीमान्तकृत समुदायको जीवन सन्दर्भ प्रस्तुत कृतिमा बढी आएका छन् । नेपालगन्जका रिक्सावाल, टागावाल, ठेलावाल, स्विपर, कहार, महरा, नाऊ, लोनिया, चमार, काछी, कुर्मी, गोडिया, लोहार, सोनार, खटिक, भङ्गी, चिडिमार, पत्थर कट्टा, मगन्ता, सोनाहा, किंगरियन, धनकुट्टा, घसियारा, बदिनी जस्ता सीमान्तकृत समुदायमा पसेर तिनकै जीवनका अभाव, विपन्नता, दुखकष्ट, अबोधता, विछोड, बिलौना, विद्रूपता, अत्यास, सन्त्रास, टिठलाग्दोपना जस्ता पक्ष धेरै टिपिएको छ । जस्तै– छाप हसिया हथौडामा लगाए पनि भोट काङ्ग्रेसलाई दिएको ठान्ने र लभ त धनीले गर्ने कुरा हो नि भन्ने रिक्सावाल सुरेश सोनखरको अबोधता, सिमानामा अवैध रूपमा सामान ओसार पसार गर्ने र १५ रूपैया“ भनेर आप्mनो समूहको आडमा ३० रूपैया“ भाडा काट्ने भारतीय टागावालको बेइमानी, न दुख हटाउन सक्ने न आ“सु पुछ्न सक्ने लेखकलाई किन भन्ने आप्mनो दुखपूर्ण कथा भनी लेखकलाई केही खोल्न नचाहने चिया पसलेको आक्रोश, त्यस्तै “मेरो जीवन तपै“ले निल्न नसकेको तर आधा चपाएर ओकलेको यही पान जस्तै छ” (पृ.१०) भन्ने लालमतीको पनि निषेधपूर्ण आक्रोश, सुन्दरताभन्दा आप्mनो कुरूपताले लेखकलाई आकर्षित गरेकी तर आप्mनो समस्या समाधान गर्न नसक्नेलाई आप्mनो कथा किन सुनाउनु भनी निषेध गरेकी वागेश्वरी मन्दिर परिसरकी फुल पसल्नीको तार्किकता, श्रीमतीस“ग झगडिई घरको टिभी फुटाएर भट्टी पसलमा धाएका पियक्कडहरूले भनेका आप्mना जीवनका अराजक कर्महरू र त्यसबाट छुटकारा पाउन गर्नु परेको गरिबीको खर्च, सीमानामा गा“जा ओसार पसार गर्दा पुलिसद्वारा धेरै पटक समातिए पनि पुलिसलाई नै गा“जा चाहिने हु“दा छोडिएको हु“ भन्ने रूपडियाको मजदुरको स्पष्टोक्ति, कुरूप भएर मात्र सुरक्षित बनेकी नत्र असुरक्षित हुने टुहुरीले “बैस त पाए“, सुन्दरता पाइन“” (पृ.४१) भनी गरेको गुनासो वा “सुन्दरी आइमाईहरू वेश्या हुन लायक हु“दा रहेछन्” (पृ.४०) भन्ने कथनको पेचिलोपन, आमाले घा“स काट्दा काट्दै जन्मेकी श्यामवतीले अरू सिप सिके पनि घा“स काट्ने पेसाप्रति देखाएको मोह र जति काट्यो उति पलाउने घा“समा उसले देखेको जीवन बोध जस्ता कुराले सीमान्तकृत समुदायका जीवनका फरक फरक रङ्ग देखाउ“छन् । जीवनको विपन्नता र विद्रूपता अझ राम्रोस“ग ‘का“चको गिलास’ कथामा रिक्सा चालक गोलुवाको करुण कथा मार्फत टिपिएको छ । यसमा एकातिर सुल्फीका माध्यमद्वारा एड्सले समाप्त भएका बदिनीहरूको कथा आएको छ भने अर्कातिर सुल्फीलाई प्रेम गर्ने रिक्सावालको दयनीय घरेलु र आर्थिक परिस्थितिका साथै उसको मृत्युको सन्दर्भ ल्याइएको छ । भट्टी पसल्नी कामिनीका लागि उसको मृत्युभन्दा फुटेको आप्mनो का“चको गिलास बढी महत्त्वको बनेको छ । यसरी समाजले विपन्नकोे जीवनलाई कतिसम्म मूल्यहीन ठान्दछ भन्ने मनोवृत्ति यहा“ उजागर भएको छ । यस्तै विपन्न बाल बालिकाहरूको जीवन सन्दर्भ “स्वीकार अस्वीकार” कथामा बु“दागत रूपमा टिपिएको छ । त्यहा“ मालिकको छोराबाट सताइएकी १३ बर्र्से दीपारु बहेलिया, पढ्ने चाहना भए पनि पढ्न नपाएको टुहुरो ११ बर्र्से रामधनर चिडीमार, सानैमा विवाह गरि दिएका हु“दा पढाइ छाडेकी र गरिवीका कारण लाज ढाक्न पनि मुस्किलमा परेकी अनि लेखकस“ग “सर म के घटना लेखु“ ? गरिबहरूको पनि घटना हुन्छ र ? गरिबको घटना त गरिबीले खाएको हुन्छ” (पृ.५२) भन्ने सुखनी चिडीमार, रक्स्याहा बाबुका कारण आमा आपूm सानै हु“दा पोइला गएकी हु“दा मामा घर हुर्केर नेपालगन्जमा काम गर्न हि“डेको १३ बर्र्से परियाग चौधरी, होटेलमा काम गरेर अघाएसम्म खाना खाने सपना देखेको ११ बर्र्से मधु बाल्मीकि, आमा पोइला हि“डि दि“दा घरको ठेगान नभएकी र अब होटलमा काम गरी उतै बस्ने सोच बनाएकी १३ बर्र्से माया गुरूङ, एउटै चुनावमा पटक पटक भोट हाल्ने र जसले जितेको छ उसैको जुलुसमा हि“ड्ने १२ बर्से अहमद अन्सारी जस्ता विपन्न र सीमान्तकृत समुदायका बाल पात्रहरूको आआप्mनो समाज, संस्कृति, जाति, धर्म, परम्परा र राजनीतिले कुरूप बनाएको जीवन देखाइएको छ । यसबाट कुरूप बनाउने पक्षको अप्रत्यक्षतः आलोचना पनि भएको छ । यस्ता सीमान्तकृतहरूका कतिपय परिदृश्यमा आञ्चलिकताको केही हरक पनि आउ“छ तापनि यो नेपालगन्जको सहर केन्द्रित उपन्यास हो । आञ्चलिक उपन्यास भने होइन ।

२.१.२ नारी जीवनको पीडा कथन ‘पानीको घाम’ मा देखिने जीवनको अर्को रूप हो । यो धेरैतिर छचल्किएको छ । समाजमा सुरूप भएका नारी सुरक्षित छैनन् तर कुरूप भए तिनको सुरक्षा कसैले गर्नु पर्दैन । “बाआमा, दाजुभाइ, लोग्ने, प्रेमी, प्रशासन, सेना, भगवान् कसैले गर्न नसकेको सुरक्षा कुरूपताले गर्दो रहेछ एउटी युवतीलाई” (पृ.३८) भन्ने टिप्पणी कुरूप भएर सुरक्षित बनेकी बैसालु टुहुरीलाई देखेर लेखकले प्रकट गरेका छन् । त्यस्तै पशुलाई सुरक्षा नचाहिने तर पुरूषबाट बच्न नारीलाई सुरक्षा चाहिने पुरूष प्रधान समाजको क्रूर परिस्थितिप्रति नारीको गुनासो पनि छ । “किन त्यति डरलाग्दा हुन्छन् लोग्नेमान्छेहरू (पृ.३६) ?” मुस्लिम नारीहरू जो बुर्काले आप्mनो सर्वाङ्ग ढाकेर हि“ड्नु पर्ने परम्परित सांस्कृतिक बाध्यता छ त्यसप्रतिको असन्तुष्टि र आक्रोश पनि यहा“ प्रकट भएको छ । “सटिएका फुल” कथाका सवनम र शितलको व्यवहारले त्यसलाई देखाइएको छ । शवनमले बुर्का नलगाई सहरमा हि“ड्दा निकै चङ्गा अनुभव त गरेकी छ तर सामाजिक दबाबका कारण त्यसलाई कायम राख्न सकेकी छैन । “स्वीकार अस्वीकार” कथामा अहमद अन्सारीद्वारा त्यागिएकी अन्टीले भने लोग्नेले त्यागेपछि बुर्का पनि त्यागेकी छ । यस कथामा लोग्नेको जड्याहा र पिराहा स्वभावका कारण स्वास्नी टिक्न नसकी पोइला हि“ड्नु परेको नारी वाध्यता पनि देखाइएको छ । साथै बाल विवाहको अस्वीकृति र विधवा विवाहको स्वीकृति पनि यहा“ देख्न सकिन्छ । त्यस्तै रामको चरित्र अभिनय गर्ने भए पनि रावणको व्यवहार देखाउने “हिडि रहेको बाटो र कुरि रहेको रुख” कथाको विरथका कारण उसकी स्वास्नी प्रेमपतले व्यहोरेको नारी पीडा पनि निकै मार्मिक रूपमा कथान्तमा प्रस्तुत गरिएको छ । कथाका यस्ता सन्दर्भको प्रस्तुति सहज र सामान्य जस्तो बनेर आए पनि तीभित्र गहन व्यङ्ग्यको रन्को पछिसम्म सुनिइ रहन्छ ।

२.१.३ नारीहरूको सशक्त विद्रोह र प्रभुत्वको केही झलक पनि प्रस्तुत कृतिमा प्रस्तुत गरिएको पाइन्छ । “अस्तित्वको दावी” कथामा बस यात्राको क्रममा आपूmलाई जिस्क्याउने केटाहरूलाई हायल कायल पार्दै आप्mनो भिन्न अस्तित्व दाबी गर्ने फेसन प्रिय केटीका क्रियाकलाप≤ “रिमिक्स” कथाकी मध्यम वर्गीय विधवा इतबरियाले आप्mनो इच्छा अनुसार चलाउन सक्ने सोझो, विपन्न र बलियो लोग्ने आफै छनोट गरेको काम र एनजीओमा काम गर्ने तथा केटाहरू खेलाउ“दै हि“ड्ने, “छोरा छोरी पाउन बिहे गर्नु पर्दैन” (पृ.१२६) भन्ने एउटी बाबुबिनाको छोरी पनि पाएकी अनि स्वनिर्णयमा चल्न रमाउने जेलिन्दाको उत्तर आधुनिक जीवनले पनि नारीको परम्परित निरीहपनमा परिवर्तन आएको देख्न सकिन्छ तर यसपाटोलाई त्यति सकारात्मक र मुखर ढङ्गमा यहा“ व्यक्त गर्न भने सकिएको छैन जति कृष्ण धारावासीले आप्mनो निबन्ध (नारीमा त्यस्तो के छ हजुर) र उपन्यास (टु“डाल) मा वा न्यौपानेले नै आप्mनो ‘सेतो धरती’ उपन्यासमा व्यक्त गर्न सकेका छन् ।

२.१.४ विगत र वर्तमानका राजनीतिक कुरूपतालाई पनि प्रस्तुत कृतिमा देखाइएको छ । व्यवस्था परिवर्तनस“गै चोकका सालिक परिवर्तन गर्ने नेपाली शासक र शासितहरूको मूर्खतापूर्ण परिस्थितिलाई “सालिक” कथामा देखाइएको छ । राणा कालमा राणाको सालिक राख्न चाकरी बजाउनेहरू प्रजातन्त्र कालमा त्रिभुवनको सालिक राखेर मख्ख थिए तर गणतन्त्र कालमा त्रिभुवनको सालिक विस्थापित गरे पनि कस्को राख्ने भन्ने बारेमा पार्टीपार्टीबिच, जाति जनजातिबिच, पहाडी र मधेसेबिच विवाद चर्किदै गएर रक्तपात समेत भएको परिस्थिति देखाएर समकालीन असहिष्णु, अदूरदर्शी र विखण्डनकारी राजनीतिक परिस्थितिको सङ्केत गरिएको छ । यस्तै “पत्थरको मुटु हुने मालिक ढलेर के भो ?” (पृ.३१) भन्ने राजनीतिक व्यङ्ग्य एकातिर प्रकट गरिएको छ भने अर्कातिर “संसारका सबै निर्माणहरू समयस“गै बिलाउ“छन्” भन्ने अर्को दार्शनिक सत्यस“गै समय समयका राजनीतिक परिवर्तन अस्थायी हुन् भन्ने सङ्केत पनि गरिएको छ ।
वर्तमानको कुरूप राजनीति प्रस्तुत गर्ने क्रममा नेपालगन्जमा बेला बेलामा मच्चाउने सम्प्रदायिक दङ्गाको सन्दर्भलाई पनि “वादल मुनि” कथामा प्रस्तुत गरिएको छ । धर्मले हिन्दू र मुस्लिम परिवारमा जन्मिए पनि बाल्यकालबाटै मित्र बनेर रहेका महेश र असफाक त्यस समाजका प्रतिष्ठित मानिस पनि भएका हु“दा उनीहरूकै प्रयत्नले त्यस्ता धार्मिक दङ्गा नियन्त्रित हु“दै आएका थिए तर एक पटकको दङ्गा अनियन्त्रित बन्दै गएर असफाक पितालाई मार्ने र महेशकी बहिनीलाई सामूहिक बलत्कार गर्ने अवस्थासम्म पुग्यो । त्यस घटनाले उनीहरूको मित्रता पनि चिसि“दै गएको थियो तर कोसी पीडितलाई राहत वितरण गर्न गएका उनीहरूको जहाज अवतरण गर्न नसकी आकाशको बादलमै हराउन थालेपछि आतङ्कित यात्रुमध्ये असफाक बेहोस भएर लड्छ र महेशले नै उसलाई होसमा ल्याउन सहयोग गर्छ । त्यसले उनीहरूबिच पुनः आत्मीयताको विकास भएको छ । एकै जहाजको सङ्कट जस्तै उनीहरूले एकै देशको सङ्कट समान देख्न थालेका छन् । जहाजको अवस्था सुधारोन्मुख भएको स्थितिले देशको अवस्था पनि सुधारोन्मुख हुने आशा गरिएको छ । त्यस्तै ‘त्यसो भए म आउ“दिन“’ कथामा सङ्क्रमण कालीन अराजकता देखाइएकोे छ । यसमा यात्रु बाहक बसमा यात्रुलाई निस्कन नदिई जलाएको खबर सञ्चार माध्यमले दिएका र मृतकका आफन्त मृतकलाई भेट्न जान खोज्दा प्रशासनले कप्mर्यु लगाएर जान नपाएको तनाबपूर्ण परिस्थितिको विषय बयान एकातिर गरिएको छ भने अर्कातिर आफन्त मर्दा मात्रै हिंसाको सन्त्रास देखिने नत्र त्यसलाई सामान्य रूपमा लिने प्रवृत्ति बढ्न थालेको वा मानवीय सामाजिक संवेदनशीलता शून्य हुन थालेको कुरा पनि देखाइएको छ । आप्mनी श्रीमती चढेको बस जलाइयो भन्ने थाहा पाए पछि मात्र देखिएको सम्पादकको संवेदनशीलताबाट त्यो प्रकट भएको छ ।

२.१.५ यौन मनोविज्ञानको सन्दर्भ पनि ‘पानीको घाम’ कृतिमा देखिने अर्को पक्ष हो । कुरूप भए पनि बैसले छोए पछि मानिस यौन सुख भोग गर्न खोज्छ भन्ने कुरा “ऊ असुरक्षा माग्छे” कथामा बैसालु कुरूप केटीका चाहना मार्फत प्रकट गरिएको छ । कुरूप वैसालु नारीप्रति पुरूषको बेवास्ता देखेर भनिएको छ— “प्रत्येक पुरूषहरू सद्दे आइमाई खोज्दै हि“ड्छन् तर कुरूप आइमाईलाई कहिल्यै सद्दे देख्दैनन् । उनीहरू सुन्दरीहरूलाई सद्दे देख्छन् । कुमारी देख्छन् । गङ्गा देख्छन् । दुनिया“ले उसको सौन्दर्यमा पौडी खेलेको देख्दैनन्” (पृ.४०) । “सबैभन्दा बढी पवित्रता, सबैभन्दा बढी कुमारित्व त कुरूपतामा हुने रहेछ” (पृ.३८) । “सुन्दरी आइमाईहरू वेश्या हुन लायक हु“दा रहेछन् । कुरूप आइमाईहरू वेश्या हुन पनि लायक हु“दा रहेनछन्” (पृ.४०) । आख्यानकारका यस्ता प्रासङ्गिक टिप्पणी सुन्दरी नारीहरूका निम्ति आपत्ति मूलक पनि हुन सक्लान् तर “बैस त पाए“ सुन्दरता पाइन“” (पृ.४१) भन्ने यौन अतृप्तिको कुण्ठाबाट पीडित कुरूप नारीको कोणलाई अथ्र्याउने क्रममा यस्ता प्रसङ्ग आएका हुन् । यहाकी कुरूप नारी भुस्याहा कुकुरस“गको न्यानोपन पाएर सपनामा सुन्दर पुरूषको अ“गालोमा बेरिएको अनुभव गरेर बा“चेकी छ । त्यसैले कुरूप भएर पुरूषहरूबाट सुरक्षित हुनुभन्दा सुरूप भएर पुरूषहरूबाट असुरक्षित हुन चाहेकी छ । कथाको अन्त्यमा कुकुर कुकुर्नीको कमकलाले पनि यौनको रन्को थप्न खोजिएको छ । यस्तै “चुकुल”, “रिमिक्स” र “नदीको गति र किनारका नियति” कथाहरूमा पनि यौन मनोविज्ञानको सन्दर्भहरू टड्कारो नै बनेर आएको देखिन्छन् । पछिल्ला दुईमा यौन मात्रै नभई गतिशील समाजका प्रतिबिम्बहरू पनि रामै्र देखिएका छन् ।

२.१.६ स्थानीय कोलाजमय शब्द चित्र वा खण्डखण्ड चित्र पनि ‘घामको पानी’ मा झल्किने अर्को पक्ष हो । यसलाई विशेषतः “हेराइ” कथामा बु“दागत रूपमा शब्दबद्ध गरिएको पाइन्छ । त्रिभुवनको सालिक हटाई ‘कमल मधेसी’ चोक लेखिएको भए पनि मानिसहरू त्यसलाई त्रिभुवन चोक नै भन्दछन् । त्यहा“ चटपट बेच्ने र खाने, बेलुन बेच्ने र उडाउने, नालीमा आची गर्ने (बालक) र खाने (कुकुर), टा“गामा चढ्ने र चढाउने, सुर्ती खाने र दिने, आइसक्रिम साट्ने जोडी, जोडिएका कुकुर कुकुर्नी देखाइ प्रेमिकालाई जिस्काउने प्रेमी, घा“स बेच्न हि“ड्ने नारीहरू, ठेला धकेल्दै हि“ड्ने ठेलेहरू, सेक्स ओसिन डटकममा रल्लिएका युवाहरू, सडकमा प्mयाकेको टिपेर खाने पागलहरू, माखा भन्किएको रोटी टोक्दै गरेका बालिकाहरू, गरिबीले नग्न तथा अर्धनग्न भएर काम गरेका ससाना केटीहरू, फोटो खिचाउन रहराएका बालिकाहरू, जुत्ता चप्पल मर्मत गराउ“दै गरेका केटीहरू, बुर्का लगाएकाहरूको फोटो खिच्ने टुरिस्टहरू, टागा र रिक्साहरूका बिचमा देखिने भारतीय नम्बर ल्पेटका जीपहरू, सिलौटा बोकेर हि“डेका पत्थर कट्टाहरू, रिक्सामा जा“दै गरेका समाजसेवी र दानवीरहरू, आपूm शाकाहारी भए पनि मासु बेच्ने व्यवसायी जस्ता अनेक खण्डखण्ड परिदृश्य देखिएका छन् । ती सबैका जीवन आप्mना व्यथा कथाले भरिएकै छन् । ती सबैका आआप्mना समस्या छन् । समस्या मुक्त कोही छैनन् । कति त तिनको समस्या समाधानका लागि भनेर हिंडि रहेका छन् । उनीहरूको खेती नै त्यही बनेको छ । तर समस्याग्रस्त र समाधान कर्ताको कहिल्यै भेट हुन नसक्नु नै यस देशको विडम्वना बनेको छ । यो कुरा कथान्तमा एउटा अर्ध पागल जस्तो चरित्रका माध्यमबाट व्यङ्ग्यात्मक रूपमा कथामा सङ्केत गरिएको पाइन्छ ।
‘दृष्टिकोण’ कथामा विभिन्न पात्रहरूको नेपालगन्जप्रतिको आप्mनो दृष्टिकोण प्रस्तुत गरिएको छ । यसमा कतिपय अघिल्ला कथाका पात्र आएका छन् भने कतिपय नया“ छन् । सबैको नेपालगन्जप्रति आआप्mनै किसिमका फरक फरक राय देखिएका छन् । त्यस्तो रायमा कतिको आआप्mनै किसिमको स्वार्थ लुकेको छ भने कतिको स्वार्थ रहित स्वतन्त्र राय पनि रहेको छ । यस्ता रायले एकातिर मानिसले आप्mनो दृष्टिकोण कसरी निर्माण गर्छ भन्ने बुझिन्छ भने अर्कातिर ती दृष्टिकोणका साक्षीका आधारमा नेपालगन्ज के हो भन्ने बुभ्mन समेत सहयोग पुगेको छ । यस्ता दृष्टिकोणका आधारमा नेपालगन्ज जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुने, मान्छे पनि केही धेरै राम्रा र केही धेरै नराम्रा स्वभावका हुने, बादल लागि रहने, डुबानमा पर्ने हो कि भन्ने पिर परि रहने, साम्प्रदायिक दङ्गा भड्किने हो कि भइ रहने, नया“ नया“ समाचार जन्मि रहने, एनजीओका लागि उर्वर भूमि, भन्सार छलेर पनि कमाउन सकिने, व्यापार फस्टाउने, टाट पल्टेका व्यापारीहरू पनि त्यहा“ पुगेर मौलाउने, अनेक कथाहरू उम्रि रहने जस्ता अनेक विशेषताले युक्त पाइन्छ । भनिएको पनि छ “प्रत्येक मान्छेभित्र एउटै नेपालगन्ज फरक फरक भएर बा“चेको रहेछ” (पृ.१८०) । यस भनाइमा लीलावादीहरूले भनेको एकै कृष्ण फरक फरक पक्षका लागि फरक फरक भएर वा लीलामय भएर देखिन्छ भन्ने भनाइको झल्को आउ“छ । यस्ता सन्दर्भबाट लीलावादी कोणबाट पनि प्रस्तुत कृतिलाई हेर्न सकिने आधार देखिएका छन् । पूर्वीय अध्यात्मको एक छु तर धेरै रूपमा देखिन्छु (एकोहं बहुस्याम) भन्ने धारणाको व्याप्ति यहा“ पनि छ । उत्तर आधुनिक बहुलवादी दृष्टिकोणको जग खोजे त्यहा“ पनि पुग्न सकिन्छ ।

२.१.७ नेपालगन्जको जीवनका अनेक रूप र रङ्गहरूलाई यसरी ‘पानीको घाम’ आख्यानमा नियालिएको छ । नियाल्ने क्रममा ठाउ“ ठाउ“मा उत्तर आधुनिक वा लीलावादी दृष्टिकोण देखिएको छ । वस्तु एकै भए पनि त्यसलँई हेर्ने र बुभ्mने फरक फरक कोणहरू वा बहुलवादी दृष्टिहरू यहा“ अभिव्यक्त छन् । प्रत्येक मान्छेभित्र एउटै नेपालगन्ज फरक फरक भएर बा“चे झै प्रत्येक मान्छे प्रत्येकका लागि फरक फरक बनि पनि रहेको छ । उदाहरणका रूपमा पहिलो कथामा देखिने झलक आचार्यका बारेमा कतिपयको एकदमै सकारात्मक सोच देखिन्छ भने कतिपयले उसलाई एकदमै नकारात्मक चरित्रका रूपमा पनि चित्रण गरेका छन् । उसका गतिविधि हेर्दा न ऊ पूरै सज्जन न अरूले भने जस्तो दुर्जन नै देखिन्छ । त्यसैले सत्य भ्रमित छ । अहिलेका दुनिया“मा ईश्वर त निर्विवाद छैन भने मान्छे निर्विवाद कसरी बन्न सक्छ । अन्तिम निर्णय यो नै हो भन्न सक्ने अवस्था छैन । सत्य सापेक्षित बनेको छ । लेखकले पात्रहरूको, घटनाहरूको, स्थलगत स्थितिहरूको दलिल दिएर सत्य कुरा बक्दै छु भने पनि त्यसलाई विश्लेषण गरेर अर्थ निर्धारण गर्ने कोण त उसको आप्mनै हुन्छ । त्यो तार्किक बनाए पनि उसको आत्मगत धारणामै मुछिएर आएको हुन्छ । त्यही भएर भनिएको छ “मुख्य र धेरै कुराहरू बाहिरी आ“खाले देख्नै सकि“दो रहेनछ” (पृ.१९४) । अन्तर्दृष्टिले भाषामा सोचेर लेखिने कति तथ्याख्यान हुने ? प्mयाक्ट फिक्सनको जिरिह गर्नेहरूले सोच्ने कुरा छ । त्यस्तो जिरिह गर्नेहरूले ‘पानीको घाम’ ले सङ्केत गर्न खोजेको जीवनको बहुरूपता, अनिश्चितता, तरलशीलता वा गतिमयताले भरिएको अमूर्तपनलाई कसरी आत्मसात गर्लान् ?
जीवन यति धेरै विविधता र रहस्यले भरिएको छ भने यस्ता अनेक जीवनले भरिएको भूक्षेत्रको समग्र चित्रण गर्छु भन्ने दुस्साध्य चेष्टा नै हो । त्यो अनुभूति कृतिको अन्त्यमा कृतिकारलाई भएकै छ । नेपालगन्ज पुरै लेख्छु भनेर पसेको लेखक फर्किदा केही लेखेकै रहेनछु (पृ.१९४) भन्ने अनुभूति लिएर फर्केको छ ।

२.१.८ जीवन चिन्तन ‘पानीको घाममा’ पाइने अझ महत्त्वपूर्ण पक्ष हो । यसको शीर्षकले नै जीवनको अमूर्त अकर्षण वा बहुरङ्ग वा बहुरङ्ग मिश्रित विशिष्ट स्वरूपलाई सङ्केत गरेको छ । त्यो कुरा कृतिका अनेक घटना, प्रसङ्ग र पात्रहरूको चरित्र तथा स्वरूपबाट पनि अभिव्यक्त भएको छ । त्यस बाहेक ठाउ“ ठाउ“मा जीवनका सम्बन्धमा विभिन्न पात्रका कथन वा लेखकीय टिप्पणी पनि आएका छन् । जस्तै—
— जीवन नसोचेको घटनाहरूको सङ्गालो रहेछ । त्यो बुझेर पनि सोच्न छाडि“दो रहेनछ । त्यसैले सोच्नु पनि जीवन हो । सोच्न छाडेपछि जीवन पनि छाडिन्छ (पृ.१४) ।
— रूप पहिलो पत्र हो कि जीवनको ? उसको रूप उधिनेर देखिने जीवनस“ग परिचय साट्ने मन भयो (पृ.४४) ।
— जीवन पुरै देखाउन सकिंदो रहेनछ । उनीहरू (कक्षा ४ र ५ का सीमान्तकृत समुदायका विद्यार्थीहरू) लाई भेटेपछि, कुरा गरेपछि, उनीहरूले लेखेको अध्ययन गरेपछि लाग्यो यिनीहरू संसारले पढ्न बिर्सेका सुन्दर पुस्तकहरू हुन् । सबैभन्दा बढी यिनीहरू आप्mनो समाज, संस्कृति, जाति, धर्म, परम्परा, राजनीतिले लेखि“दै गरेका पुस्तकहरू (पृ.५६) ।
— उत्तर आधुनिक जीवनले भन्दैन मात्र प्रस्तुत गर्छ (पृ.१२२) ।
— हाइब्रिड पूmल र बाह्रमासे फुल एउटै आ“गनको डिलमा कसरी मिलेर बसेका होलान् ? मिलेर बस्ने युग बा“चेको रहेछ अहिले (पृ.१२४) ।
— जीवन बाहिरबाट देखिएको होइन नदेखिएको हो रे (पृ.१२६) ।
— पृथ्वीले सूर्यलाई घुमि रहे जस्तै विभिन्न जीवित भूमिकाहरूले जीवनलाई घुमि रहदा रहेछन् । ऋतुचक्र जस्तो तर बाटो कति फरक÷जीवन हि“ड्दै जा“दा बाटाहरू फराकिला र सजिला बन्दै जालान् भनेको त झन् सा“गुरा र असजिला पो हु“दै जा“दा रहेछन् । अझ के के बाध्यताले जीवन हि“ड्ने बाटो एकतर्फी बन्दो रहेछ । बेलाबेलामा आफैले हि“डेको चक्रीय बाटो फर्केर हर्न त सकिने, कस्तो घुमेको असङ्ख्य ठाउ“मा । तर फर्केर हि“ड्न नसकिने । एकतर्फी बाटो रहेछ जीवन । फेरि हि“ड्न पाए नया“ शैलीमा हि“डाउन हुन्थ्यो जीवन भन्ने तृष्णा मनमा उठेर आयो (पृ.१३५) ।
— यो तलाउमा दिनभरि देखिने घामको चक्रीय रूप नै मानिसलाई जीवन बुझाउन प्रर्याप्त छैन र ? हामी सबै पानीको घामका मानवीय रूप बा“चि रहेछौ“ जस्तो भइ रहेछ (पृ.१९०) ।
— हामी पनि त आपूm खुसी जन्मेका होइनौ“ र आपूm खुसी मर्न पनि सक्तैनौ“ । जीवनका प्रायः कामहरू के हामीले आपूm खुसी गर्न पाएका छौं र ? गरे जस्तो लाग्छ तर आइ परेका के के परिस्थिति र मनस्थितिले ल्याएका बाध्यताले गर्न पाएका हु“दैनौ“ (पृ.१९१) ।
यसरी जीवनका अनेक रूप र पाटालाई देखाउ“दा देखाउ“दै पनि यसको अनिर्वचयनीयतालाई एकातिर सङ्केत गरिएको छ भने अर्कातिर जीवनका क्रियाहरूको अर्थहीनता वा परिस्थितिको चापमा पेलिएर निस्कने निरीह जीवनलाई पनि देखाइएको छ । जीवन आधुनिकतावादीहरूले भने जस्तो विसङ्गति नै विसङ्गतिले भरिएको र उत्तर आधुनिकतावादीहरूले भने जस्तो बहुवैविध्यले युक्त छ । यो बुझेरै पनि बुभ्mन बा“कि रहि रहने (वा रहस्य खोलेर रहस्य बा“की ÷ पूर्णस्य पूर्णमादाय पूर्णमेववसिस्यते जस्तो) वा अस्थिर, विविध, अमूर्त र क्षणिक भएर नै यसलाई लीलामय ठानिएको हुन सक्छ । “पानीको घाम” मा अभिव्यक्त जीवनको सूक्ष्मता त्यतैतिर अभिलक्षित देखिन्छ ।

२.१.९ वैचारिकता ‘पानीको घाम’ को अर्को आकर्षण हो । कृतिका विभिन्न प्रसङ्ग निरूपणमा र जीवन चिन्तनका सन्दर्भमा पनि यो रहेको छ । त्यस बाहेक समाजका विविध पक्षमा प्रकट भएका कथनमा पनि देख्न सकिन्छ । जस्तै—
— फरक फरक शासन व्यवस्थामा यो चोक फरक फरक सालिक भएर उभिन्छ र भीडलाई मौन पत्थरको अमूक आदेशले नियन्त्रण गर्न खोज्छ (पृ.२३) ।
— समयलाई कसैले मार्न सक्तैन । समयको नियम कसैले तोड्न सक्तैन । संसारका सबै निर्माणहरू समयस“गै बिलाउ“छन् (पृ.३१) ।
— सबैभन्दा बढी पवित्रता, सबैभन्दा बढी कुमारित्व त कुरूपतामा हुने रहेछ (पृ.३८) ।
— विशिष्ट बदमासलाई त दुनिया“ले बदमास भनेर नै चिन्दैन (पृ.४६) ।
— धेरै बुद्धि भएको लोग्ने भयो भने फेरि उसले सबै हडप्न खोज्छ (पृ.१२०) ।
— दाइ ∕ हत्केला चाट्दा भाग्य रेखा पनि मेटियो कि भनेर हेर्नु भएको हो (पृ.१७०) ।
— यो ठाउ“ पत्रकारका लागि उर्वर भूमि हो किनभने यहा“ समाचार फल्ने रुखहरू धेरै छन् तर राजधानी वास्ता गर्दैन (पृ.१७५) ।
— नेपालगन्जमा ठुलै हुरी आइ दिए हुन्थ्यो । मान्छे र घर नउडुन् । मात्र नकाब उडुन् (पृ.१७६) ।
— नेपालगन्ज कथा उम्रने, बढ्ने, फुल्ने, फल्ने उर्वर भूमि रहेछ । कथाको फसल टिप्न भ्याइ नभ्याइ भयो ..... सबै स्वादका कथाहरू लटरम्म फलेका (पृ.१७९) ।
— समय वित्तै जा“दा लेखकभन्दा पनि पात्र यो धेरै बाच्तै जा“दो रहेछ । प्रत्येक पाठकको कल्पनामा तिनको अनुहार फरक फरक भएर आउ“छ । आफैभित्र हुन्छन् ती पात्रहरू (पृ.१८७) ।
— भौतिकताबिना भावना पनि अपुरो हु“दो रहेछ (पृ.१८८) ।
— मान्छेले पाएको देख्तो रहेनछ । नपाएको कुरालाई ठुलो बनाएर आप्mनो कमजोरी ढाक्तो रहेछ (पृ.१८९) ।
कृतिमा यस्ता प्रशस्त कथन घटना, प्रसङ्ग र पात्रहरूको प्रस्तुतिका क्रममा सान्दर्भिक भएर आएका हु“दा तिनले थप अर्थ घनत्व बोकेका छन् । यस्ता धेरै जसो कथनमा हाम्रो समाज व्यवस्था वा राजनीति आलोचित पाइन्छ भने कतिपयमा अन्य विषय र जीवन सन्दर्भ निरूपित देखिन्छ ।

२.१.११ निबन्धात्मकता वा लेखकीय विश्लेषण यसको प्रस्तुतिमा ठाउ“ ठाउ“मा पाइन्छ । लेखक आफै बाह्य भौतिक चेतना प्रेरित र आन्तरिक अवचेतन प्रेरित संवादमा लागेको पनि पाइन्छ । आप्mनै मनका पत्रलाई आफैले केलाएका मनोसंवाद, आपूmले गर्न चाहेर पनि गर्न नसकेका आत्मपीडाहरू एकदमै सहजता साथ यहा“ राखिएको छ । पाठकलाई मित्रवत् ठानी कथिएका पीडमय समय र जीवनका स्थानीय परिदृश्य, तिनकै आडमा आएका लेखकीय आत्मालाप र त्यसभित्र अनुस्युत मानवतावादी, बहुलवादी, उदारवादी, जीवन दृष्टि अनि तिनलाई प्रस्तुत गर्ने प्रयोगपरक तर सुबोध्य शैलीले ‘पानीको घाम’ समकालीन नेपाली आख्यान साहित्यको एउटा उल्लेख्य रचना बनेर रहेको छ । यो सुबोध्य शैलीको प्रयोगशीलता भने कृष्ण धरावासीको ‘शरणार्थी’ मै महनीय बनेर आएको हो । उनले त्यसलाई ‘तपाईं’ मा त्यति व्यवस्थित गर्न नसके पनि अरू उपन्यासमा भने धेरै हदसम्म कायमै राखेका छन् । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ लगायत अरूका पनि उपन्यासहरू यस सन्दर्भमा स्मरणीय छन् ।

२.१.१२ कथनको साहित्यिक सरसता पनि यस कृतिको अर्को महत्त्व पूर्ण पक्ष बनेर रहेको छ । यस अगाडि विभिन्न प्रसङ्ग पुष्टिका निम्ति उद्धरण गरिएका कतिपय कथनमा यस्तो स्थिति देख्न सकिन्छ । त्यस्तै विषयको प्रस्तुति तथा समाज र जीवनको निरूपणका हरेक जसो सन्दर्भमा पनि यो पक्ष भेट्न सकिन्छ । त्यस बाहेकका कथनमा पनि यस्तो सरसता प्रशस्तै देखिन्छ । जस्तै—
— फोहरकै कारण कहिले सुकेलुतो, कहिले पाकेलुतो कहिल्यै छुट्तैन यो सहरलाई र पनि यो ठाउ“ले निरन्तर कहिल्यै नटुङ्गिने कथा बा“चि रहेछ । असङ्ख्य मानिसहरूको कथा बोकेर समय हि“डि रहेछ (पृ.२३) ।
— उसलाई आप्mनै शरीर निचोर्न मन लाग्यो कागती निचोरे झै“ । पेल्न मन लाग्यो उखु पेले झै“ कोलमा र लोग्नेमान्छेको जातलाई पिलाउन मन लाग्यो । घटघटी पिओस् ठाडो घा“टी लगाएर र तृप्त होस् । उसलाई पनि तृप्त बनाओस् (पृ.४१)।
— आ“खा जुध्यो । जुधाइ हिउ“दका दुई खोला मिसिए जस्तो । मनको किनरमा काउकुती लागेर आयो (पृ.४४)।
— उसको जीवन नदी बगि रह्यो । नदीका आ“खाहरू भने सम्झनाको किनारै किनार मुहानतिर लागे (पृ.११८)।
— फुल बोकेर दौड झैं दौड्यो घोडा । आइमाईहरू हा“स्न थाले फुल नै भएर (पृ.१७१) ।
— सबै घा“स पीपल जस्तो हु“दैनन् पत्थर तोडेर उम्रने (पृ.१७५) ।
— मन असङ्ख्य पटक गएको ठाउ“मा पनि फेरि म जान सकिन“ । मेरो इच्छा पहराको फुल भयो, हिमालको शिखर भयो, बगेको नदी भयो । म विपरीत तिर घचेटिए“ (पृ.१९४)ं ।
कतिपय ठाउ“मा प्रसङ्ग मिलाएर गीत, गजल पनि राखिएको छ । कृतिको भाषामा कवितात्मकताको आस्वादन ठाउ“ ठाउ“मा मनग्ये भेटिन्छन् । यस्ता प्रशस्त कथनले कृतिको भाषामा साहित्यिक सौन्दर्य थपेका छन् ।

२.१.१३ लेखकका दम्भ रहित सरलता वा अनौपचारिक प्रस्तुतिले ‘पानीको घाम’ मा साच्चिकै नया“ चमक थपि दिएको छ । समाज र जीवनका धेरै थोक भएर पनि लेखकको इमान्दार आत्म स्वीकृति यसमा बढी महत्त्वको बनेर रहेको छ । यस्तो प्रयत्न ध्रुवचन्द्र गौतम, कृष्ण धरावासीहरूले धेरै पहिला गरेका हुन् र पनि यति सहज र स्वाभाविक तिनमा देखिएको थिएन । सूत्र कथाहरूमा उनेर उपन्यास तयार पार्ने प्रयत्न पनि ध्रुवचन्द्र गौतमको ‘फुलको आतङ्क’ मा रहेको हो तर त्यो त्यति सहज संवेद्य बनि दिन सकेन । धरावासीले ‘तपाईं’ मा अनौपचारिकताको प्रयत्न बढी नै गरेका थिए तर त्यो पनि त्यति आकर्षक कला बनेन तर न्यौपानेले एकै धरातलका विविध कथा जोडेर कथा र उपन्यास दुबैको आस्वादन गराउने यहा“ सार्थक प्रयत्न गरेका छन् । कतिपय कथाका पात्रहरू अर्को कथामा पनि देखिनु र ती सबैले नेपालगन्जकै परिदृश्यलाई बयान गर्नु, नेपालगन्ज नै यस कृतिको आधारभूमि बन्नु, त्यो स्थान नै कतिपय ठाउ“मा मूल पात्र जस्तो बनेर रहनु अझ भनौ“ नेपालगन्जको त्रिभुवन चोक नै मानवीकृत हुनु, त्यही सेरोफेरोका परिदृश्य र ती परिदृश्यका चरित्रहरूको कथाले यस कृतिमा बढी महत्त्व पाउनु जस्ता कुराले कृतिका कथाहरूबिच एउटा स्पष्ट सङ्गति सूत्र कायम भएर यो कथा हु“दै उपन्यास समेत बनेको छ र पनि उपन्यासमा रहने पूर्वापरक्रम त्यति सुदृढ र सुविन्यस्त भने बन्न सकेको छैन । उत्तर आधुनिक विधा भञ्जन, विधा मिश्रण र नव विधाको निर्माणका कोणबाट समेत यसलाई व्याख्या गर्न सकिने पर्याप्त आधार रहेका छन् । नव नव प्रयोग यसमा धेरै सहजता साथ भित्रिएका छन् ।

२.१.१४ केही परिसीमाहरू पनि यसमा छन् । निश्चय नै ‘पानीको घाम’ नेपाली आख्यान साहित्यको महत्त्वपूर्ण कृति हो र पनि यो सबैतिरबाट सुन्दर र त्रुटि रहित भने छैन । यसमा कतिपय प्रसङ्गहरूको अनावश्यक विस्तार गरेर कथात्मक आस्वादनमा शिथिलता निम्तिएको छ भने कतिपयमा कथ्य नै विरोधाभासमा परेको पनि छ । हुन त जीवनका स्वरूप नै त्यस्तो छ भने सर्वाङ्ग चुस्त, दुरुस्त र सुन्दर कहा“ पाइन्छ भनेर यसको त्रुटि ढाक्ने प्रयत्न पनि हुन सक्छ । त्यस्तै पाठकीय रुचि भिन्नताको तर्क दिएर पनि त्यसलाई तर्काउने काम पनि हुन सक्छ तर पनि कतिपय यहा“ हुन नहुने त्रुटि पनि भएका छन् । जस्तै— ‘ऊ असुरक्षा मान्छे’ कथामा कुरूप तर वैसालु नारी पृ. ३३ मा “छयालिस सालको अन्तिम महिनाको अन्तिम गते” जन्मेको जनाइएको छ भने पृ. ३८ मा “अठार वर्ष पुरा भएर उन्नाइस पनि लागी छयालिस सालले” भनिएको छ । समयान्विति यहा“ मिलेको छैन । त्यस्तै स्थान र प्रसङ्गको आन्वितिमा कतिपय ठाउ“मा त्यति धेरै सचेतता नरहेको देख्न सकिन्छ । यस बाहेक कतिपय कथाले प्रभावशाली कथ्य प्रक्षेपण गरि सकेपछि पनि त्यसको थप विस्तार गरेर अन्य कथ्य प्रक्षेपण गर्न खोज्दा कथाको प्रभाव एकदमै शिथिल भएको छ । जस्तै ‘ऊ सुरक्षा माग्छे’ कथामा कुरूप र सुरूप नारीप्रतिको पुरूष प्रधान समाजको संवेदना देखाउ“दासम्म कृति कथ्यका दृष्टिले जति अर्थपूर्ण बनेको थियो त्यति उसमा सल्बलाएको बैस वा फ्रायडीय दृष्टिकोणयुक्त नारी यौन मनोविज्ञान र त्यसैबाट प्रेरित असुरक्षाका चाहनाले कथाको कथ्य बजारुपनले वा सस्तो यौनले बेरिए जस्तो बनेको छ । यस्तो सीमा ‘अस्तित्व दाबी’, ‘चुकुल’, ‘ईश्वरस“ग मुड्दा’ जस्ता कतिपय कथाको उत्तराद्र्धको विस्तारमा देख्न सकिन्छ । यस्तै कृतिमा देखिने कतिपय कथनहरूमा अन्तर विरोधपूर्ण दृष्टिकोण पनि देखिन्छ । जस्तै— कृतिमा कतै पात्रको चरित्र निर्माण मूलतः लेखककै अन्तर मनले गरेको हुन्छ, त्यो आत्मपरक सत्य नै मानिएको छ (पृ.१९३) भने कतै लेखक निर्वैयक्तिक प्रस्तोता हो भन्ने भाव (जस्तै “मैले लेखे भनेको कथा त मैले लेखेको होइन रहेछु । पात्रको आप्mनै पाइलाले लेखेका कथाहरू रहेछन्” (पृ.१९४) भनिएको छ । कृतिलाई यसरी कतै आत्मपरक सत्य र कतै निर्वैयक्तिक तथ्यका रूपमा देखाउने विरोधाभासलाई उत्तर आधुनिक अनिर्णित स्थिति भनेर टालटुल पार्न सकिने स्थिति पनि छैन किनभने अनिर्णय र विरोधाभास फरक फरक कुरा हुन् । यस्तै तथ्यलाई फरक फरक कोणबाट हेर्दा देखिने विरोधाभास जस्तो पनि यो देखि“दैन । त्यसैले यो लेखकीय परिसीमा जस्तो नै बनेर रहेको छ । यस्तै कतिपय कथामा नारीवादी कोणको राम्रो स्थिति देखिए पनि अवस्था विशेषका लेखकीय टिप्पणी वा थप घटना प्रसङ्गमा लेखकको पुरुषवादी हैकम चिहाएको हु“दा नारीवादी कोण गौण बनेको पाइन्छ । अनि केहीमा पत्रकारले रिपोटिङ्का लागि टिपेको कलाशून्य टिपोट जस्ता स्थिति पनि रहेका छन् । यस्ता परिसीमाबाट बच्न सकेको भए यो कृति अझ निसन्देह मूल्यवान बन्ने थियो ।

३.उपसंहार
समग्रमा भन्दा मानव सिर्जनाका केही परिसीमा रहने भए पनि माथि चर्चित धेरै कुराले प्रस्तुत कृति सौन्दर्य समुच्चयका रूपमा निर्मित भएको स्पष्ट देखिन्छ । यसको सौन्दर्य नेपाली आख्यान परम्परामा एकदमै नवीन र ताजा रहेको छ । त्यसैले यसले प्रयोगशीलतामा रुचि राख्ने बौद्धिक पाठकको अपेक्षा राख्दछ ।

मुख्य सन्दर्भ ग्रन्थ :-
अधिकारी, इन्द्र विलास (२०६१). पश्चिमी साहित्य सिद्धान्त. ललित पुर ः साझा प्रकाशन ।
गौतम, कृष्ण (२०६४). उत्तर आधुनिक जिज्ञासा. काठमाडौ“ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।
तामाङ, बुद्धि (२०६६). उत्तर आधुनिक आयाम र प्रशंसनीय दृष्टिकोण. काठमाडौ“ ः इम्याजिन नेपाल ।
नारंग, गोपीचन्द (सन् २०००). संरचनावाद उत्तर संरचनावाद एवं प्राच्य काव्यशास्त्र. अनु.देवेश, दिल्ली ः साहित्य अकादेमी ।
न्यौपाने. अमर (२०६६). पानीको घाम. काठमाडौ ः पैरवी बुक हाउस ।
पचौरी, सुधीश (सन्२०००). उत्तर आधुनिक साहित्यिक विमर्श. दो.सं., दिल्ली ः वाणी प्रकाशन ।
पाण्डेय, मैनेजर (सन् १९८९). साहित्यके समाज शास्त्र की भूमिका. चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।
पौडेल, विष्णु प्रसाद (२०६८). उपन्यास समालोचना (प्रवृत्ति र विश्लेषण). काठमाडौ“ ः भु“डी पुराण प्रकाशन ।
——————————————— (२०६९). नारीवादी सिद्धान्त र नेपाली उपन्यासमा यसको प्रारम्भिक रूप. पोखरा ः सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान ।
फागो, शङ्कर (२०३७). “अन्तर्वार्ता श्री इन्द्र बहादुर राईस“ग” रूपरेखा. २१ ः ४, (भदौ), पृ. ९–२२ ।
राय, गोपाल (सन् १९७३). उपन्यासका शिल्प. पटना ः विहार हिन्दी ग्रन्थ अकादमी ।
विमल, कुमार (सन् १९८९). सौन्दर्य शास्त्र के तत्त्व. तेस्रा सं., नयी दिल्ली ः राजकमल ।
Abrams, M.H. (1993). A Glossary of Literary Terms. Indian Edition, Bangalore : Prism Books Pvt. Ltd.
Cuddon, J.A. (1991). Dictionary of Literary Terms and Literary Theory, 3rd edn., London: Penguin Group.
Shipley, Joseph T. (ed. 1970). Dictionary of World Literary Terms. London : George Allen and Unwin Ltd..

पृथ्वी नारायण क्याम्पस, पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 बैशाख, 2070

लेखकका अन्य रचनाहरु