‘सेतो धरती’ उपन्यासको विषय वस्तु र त्यसमा अभिव्यक्त जीवन दृष्टि

- डा. विष्णुप्रसाद पौडेल

सारः प्रस्तुत लेखमा २०६८ सालमा मदन पुरस्कार पाएको अमर न्यौपानेको ‘सेतो धरती’ उपन्यासको विषय वस्तुलाई सङ्क्षेपमा सङ्केत गरी त्यसबाट अभिव्यङ्ग्य भएको नारीवादी जीवन दृष्टिलाई औपन्यासिक तथ्य सहित केही विस्तारमा प्रस्तुत गरिएको छ । यस क्रममा उपन्यासमा परम्परा, धर्म, संस्कृतिका नाममा पितृसत्तात्मक नेपाली समाजका नारीहरूले अनमेल विवाह, बहु विवाह, वाल विवाह जस्ता सामाजिक कुरीतिका कारण बाल्यकालमै व्यहोर्नु परेको चर्काे पराधीनता र थेग्न नसक्ने पारिवारिक बोझ एकातिर देखाइएको छ भने अर्कातिर बाल विधवा भएर आजीवन उजाड र कुण्ठायुक्त जीवन बा“च्नुका पीडा कथन गरिएको छ । अनि त्यस्तो नारी विरोधीे परिस्थितिप्रति पीडितहरूमा मुखर हु“दै आएको तीव्र असन्तोष, बेचैनी र विद्रोही स्वर प्रकट गर्दै वैयक्तिक स्वतन्त्रता सहितको स्वअस्तित्वपूर्ण, जीवनवादी, मानवतावादी र उन्मुक्त नारीवादी स्वरलाई नै उपन्यासको जीवन दृष्टिका रूपमा प्रस्तुत गरिएको पाइन्छ ।

मुख्यशब्दः सेतो धरती, नारी विरोधी परम्परा, बाल विधवा, नारीपीडा, नारी विद्रोह, नारीवादी, तारा, पवित्रा, यमुना ।

१. विषय वस्तु
अमर न्यौपानेको २०६८ सालमा प्रकाशित ‘सेतो धरती’ उपन्यास बाल्यकालमै विधवा भएर जीवनभर व्यथित जीवन जिएकी नारी ताराको करुण कथामा आधारित छ । उपन्यासकी नायिका ताराको ७ वर्षको उमेरमा विवाह गरि दिइएको छ । उसले ९ वर्षको उमेरमै विधवाको जीवन सुरु गर्नु परेको छ । विवाह भनेको के हो, लोग्नेको भूमिका के हो, उसको अनुहार कस्तो थियो, किन चुरा फुटालेर सेतो पहिर गर्नु परेको हो भन्ने राम्ररी थाहा नपाए पनि उसले आप्mना चाहना निमोठेर त्यस्ता अज्ञात र दुखद परिस्थिति आफन्तहरूकै निर्देशनमा व्यहोर्नु परेको छ । जन्म घर र आप्mना साथीस“गी छोड्न मन नभए पनि छाड्नु परेको छ । लोग्ने मरेपछि शोकभन्दा अब त जन्म घर नै फर्किन पाइने भयो, आप्mनो बाल सखा गोविन्दस“ग फेरि भेट हुने भयो र रमाइलो जीवन सुरु हुने भयो भन्ने लागेको छ । तर विधवा भएको एक वर्षसम्म जन्म घर जान नपाउने सामाजिक विधानले उसका खुसी ठिगुरिएका छन् । सासूका बुहारी पीडक चर्तिकलाले ऊ कलिलो उमेरमै निकै आहत बन्नु परेको छ । वर्षदिन पुगेपछि जन्म घर गए पनि उसले पहिलेको जस्तो फुक्का भएर प्रस्तुत हुन पाएकी छैन । फेरि गर्भवती सौतने सासूको स्याहार सुसारका लागि मरेको लोग्नेकै घर जानु परेको छ । सुत्केरी सासूको सेवा टहलमा खट्नु परेको छ । सासूले विधवी बुहारीको शरीर भरिलो र आकर्षक नदेखियोस् भनी मिठो खान र राम्रो लगाउन रोक लगाएकी छ । सासूको चर्को खटनबाट मुक्त हुन बल्लतल्ल तारा माइत आउ“छे तर आएको केही दिनमै आमा एक्कासि कोखो हाल्ने व्यथा लागेर भोलिपल्टै मरेकी हु“दा ९ महिने र ७ वर्षे दुई वटा भाईहरूलाई उसैले हुर्काउनु परेको छ ।
यता आमा मरेको ३ वर्ष नहु“दै ४४ वर्षे बाबुले ११ वर्षे बालिका बिहे गर्छन् । बालिका आमा बाबुस“ग भन्दा आप्mनो उमेर सुहाउ“दो भाइस“ग बढी रत्तिन थालेको देखेर तारालाई पिर पर्छ र भाइको अरूस“ग बिहे गराइ दिन्छे । दोस्री आमाले केही वर्षपछि छोरो पाउ“छे । त्यसलाई अरूले वृद्ध बाबुकै सन्तान ठाने पनि ताराले भने भाइको सम्बन्धबाट जन्मेको ठान्छे । त्यसपछि बालिका आमास“ग पनि ताराको कटाक्ष बढ्दै जान्छ र ऊ त्यहा“ (कास्कीको हंसपुर) बस्न सक्ने परिस्थिति नभई सुटुक्क देवघाटको यात्रा गर्छे । ३३ वर्षको उमेरमा देवघाट हि“डेकी तारा ७८ वर्षसम्म त्यही रहेकी छ । सुरुमा त्यहा“का विभिन्न धार्मिक कार्यमा सघाएर उसले आप्mनो जीवन धानेकी थिई भने पछि अरूको सामान्य सहयोगमा ऊ बा“चेकी छ । उपन्यासमा बाल्यकालमै विधवा भएर पुरूष प्रधान नेपाली समाजमा बा“च्नुका ताराका पीडा एकातिर देखाइएको छ भने अर्कातिर उसभित्र मडारिएका अनेक यौनकुण्ठा र तिनबाट अभिप्रेरित उसका व्यवहारलाई पनि नियालिएको छ । अर्थात् ताराका बाल्य कालीन अबोधता र युवा कालीन यौनकुण्ठा प्रेरित क्रियाकलापका माध्यमबाट उसको बाल र यौन मनोविज्ञान निरूपण गरिएको छ ।
उपन्यासको विषयमा ताराको जीवनस“ग सम्बद्ध हु“दै पवित्रा, यमुना, स्वामीजी जस्ता अन्य प्रशस्त पात्रहरूको जीवन कथा पनि आएका छन् । ती सबैले ताराको जीवन दृष्टि निर्माणमा सहयोग नै गरेका छन् । उपन्यास महाभूकम्प गएको साल (१९९०) जन्मेकी ताराको जीवन कथाबाट सुरु भएर ऊ ७८ वर्षको उमेरमा लाग्दासम्म (२०६८ साल) को समयमा व्याप्त छ । उपन्यासमा यो लामो समयको ताराको इतिवृत्त उसकै माध्यमबाट संस्मरणात्मक ढङ्गमा प्रस्तुत गरिएको छ । ४.७ह७.९”आकारका जम्मा ३७३ पृ. (भूमिका, मन्तव्य आदि बाहेक) मा फैलिएको यस उपन्यासमा विषयलाई ६८ वटा शीर्षकमा प्रस्तुत गरिएको हु“दा प्रसङ्ग बोधमा सरलता भएको छ । छोटा छोटा जनबोली अनुकुलका वाक्यले पनि त्यसमा सघाएका छन् ।

२. उपन्यासको जीवन दृष्टि
यो परम्परित पितृसत्तात्मक नेपाली समाजमा देखिएको नारी विरोधी सोचप्रति चर्को विमति राख्ने उपन्यास हो । यसको विमति मुख्यतः बाल विवाह, अनमेल विवाह र बहु विवाहप्रति रहेको छ । उपन्यासमा बाल विवाहका कारण धेरै नारीहरूको जीवन कारुणिक बनेको देखाइएको छ । त्यसको टड्कारो रूप त उपन्यासकी केन्द्रीय पात्र वा नायिका ताराकै जीवन छ । त्यस बाहेक उसका साथी पवित्राको विवाह बाबुभन्दा दुई वर्ष जेठो मानिसस“ग भएको छ । ऊ पनि ११ वर्षमै विधवा बनेकी छ । यमुनाकी जेठी सौता पनि यमुनाभन्दा २ वर्षले कान्छी छ । उसलाई ग्रह काट्न मात्रै उसको लोग्नेले विवाह गरेको छ । ताराकै बाबुले आपूm ४४ वर्षको हु“दा ११ वर्षे बालिकास“ग बिहे गरेको छ । ताराकै बहिनीलाई पनि धेरै उमेरको अन्तर पारेर ६ वर्षमै विवाह गरि दिइएको छ । यस्तो बाल विवाह नारीका लागि आफैंमा कहर पूर्ण कार्य बनेको छ । बाल विवाहले उनीहरू बैसमै वृद्ध देखिएका छन् । उनीहरूको वैंस छोरा छोरी र लोग्नेले निखारि सकेका हुन्छन् (पृ.१४३) । ताराकै बहिनीको अवस्था त्यस्तो देखिएको छ । फेरि अर्कातिर यस्ता धेरैजसो नारीले बाल विधवा भएर रहनु परेको छ । त्यसको पीडा उपन्यासमा ताराको जीवन मार्फत सविस्तार प्रस्तुत गरिएको छ । अनुहारै नसम्झने लोग्नेको विधवा भएर बा“च्नुको पीडा कति कहरपूर्ण हुन्छ भन्ने बारेमा ताराले ठाउ“ ठाउ“मा अभिव्यक्त गरेकी पनि छ । जस्तै—
— जीवनको सहयात्री भनिएको मान्छेस“ग न सहयात्रा भयो न सहकार्य । न सहबास भयो न सहभोग । केही भएन (पृ.२०९) ।
— मैले कसरी बा“च्नु पर्छ भनेर उनले स्वर्गबाट मलाई हुकुम गरि रहेछन्, जसको पहरेदार भएको छ समाज । उनले स्वर्गबाट गरेको हुकुम मैले पालना गरे कि गरिन“ भनेर प्रत्येक क्षण निगरानी गरि रहन्छ समाज र संस्कारले ।
मलाई आप्mनो जिन्दगी आप्mनो इच्छा अनुसार बा“च्न पनि टोकि रहे छन् उनले स्वर्गबाट...(पृ.२१०) ।
— एक चिम्टी बिखालु सिन्दुर जसको असर जति धोए पनि जा“दैन । चारै धामका चारै गङ्गाले धोए पनि जा“दैन (२४२) ।
— मलाई लाग्छ पहाडका बाटाभन्दा अक्षरका बाटा अप्ठ्यारा हुन्छन् । अक्षर हि“ड्ने बाटाभन्दा अझ अप्ठ्यारा हुन्छन् जीवन हि“ड्ने बाटाहरू । सबभन्दा अप्ठ्यारा त बाल विधवाले हि“ड्ने बाटाहरू । यी बाटाहरू सधै“ हिउ“ले ढाकिएका हुन्छन् र जीवनभरि हिमालको बाटोमा उसले हिउ“ नै भएर हि“ड्नु पर्दो रहेछ (पृ.३०६) ।
उपन्यासको शीर्षकले पनि विधवा नारीकै पीडा सङ्केत गरेको छ । “सेतो” विधवाको रङ्ग हो जो उसको लोग्ने मरे पछि रातो रङ्ग सेतोमा साटिएको छ । “धरती”ले सहनशीलतालाई सङ्केत गरिएको हो । अर्थात् धरतीले जस्तै आपूmमाथि जति नै अत्याचार भए पनि मौन भएर विधवाले सहनु पर्छ भन्ने सङ्केत हो । बाल विधवा छोरीलाई सम्झाउ“दै ताराकी आमाले पनि धरती जस्तै सहनशील बन्नु पर्छ भन्ने उपदेश दिएकी छ (पृ.१०४) । बाबु आमाले भनेको मान्नु पर्छ भन्ने संस्कारकी आप्mनै आमाको भनाइमा पनि “सारै सोझी” भएकी हु“दा ताराले आपूmलाई आफन्त भनाउ“दाहरूकै निर्देशानुसार अत्यन्त पीडा सहने नारी रूपमा ढाल्दै लगेकी छ । ऊ सामाजिक परम्परा र संस्कृति अनुरूपको सेतो धरती नै बनेकी छ । तर उपन्यास नारीको सेतो धरती बनेको रूप देखाउन मात्रै सीमित छैन बरु सेतो धरती बन्नुको औचित्य परीक्षणमा केन्द्रित छ । त्यही भएर आमाको सङ्गतमा रह“दासम्म “सारै सोझी” भए पनि आमाको सङ्गत टुटेपछि वा आफै समाज र जीवन देखे भोगे पछि तारामा आपूmले बा“चेको जीवनप्रति असन्तुष्टि, बेचैनी र निरर्थकताको अनुभूति बढ्दै गएको पाइन्छ । ऊ भन्छे— “सेतो फुलको सृृष्टि कहा“ रोकेका छन् र भगवान्ले, प्रकृतिले । तर कृत्रिम सेतो बनाएर किन रोकियो एउटी स्त्रीको सृष्टिलाई (पृ.२७१) ?”
नेपाली समाजमा विधवाका बारेमा अलछिना, लोग्ने टोकुवी, शुभकार्यमा देखिन नहुने, साइतको बेलामा देखिए साइत बिग्रने जस्ता अनेकन नकारात्मक दृष्टिकोण रहेका छन् । तीप्रति पनि ताराको ठाउ“ ठाउ“मा असन्तुष्टि र आक्रोश देखिएको छ । ऊ न आपूmपूर्वको सती प्रथालाई उचित ठान्छे (पृ.१३६) न आपूmले अनुसरण गर्नु परेको विधवा प्रथालाई नै । आप्mनो र आप्mना साथीस“गीको जीवन भोगाइका आधारमा ताराले आपूmले बा“चेको परम्परा, समाज र संस्कृतिद्वारा निर्देशित विधवा जीवन अर्थहीन ठहर गरेकी छ । विशेषतः युवा कालमा ताराका अन्तर मनमा मडारिएका यौन कुण्ठा र तिनैका अभिप्रेरणाद्वारा उसले कल्पना गरेका अनेक पुरूषस“गको मनोगत सहवासलाई सम्झे पछि उसले शारीरिक रूपमा आपूmलाई पवित्र राख्नुको खासै अर्थ देख्दिन“ । बरु त्यो भन्दा त बैसमा शारीरिक भोगमा निशङ्कोच सक्रिय रहेका यमुना र पवित्रा मानसिक रूपले पछि स्वस्थ र पवित्र रहेको देख्छे । बैंसमा यमुनाले आप्mनो लोग्नेस“ग गरेका रतिरागका कुरा सुनेर तारालाई चरम सन्तुष्टिको अनुभूति भएको छ । “कति पटक त म थाहै नपाई चरम विन्दुमा पुगेर स्खलित भएकी छु” (पृ.१९४) समेत भनेकी छ । ताराको मनोवैज्ञानिक आकर्षण आप्mनै माइतको बाल साथी गोविन्दस“ग पनि रहेको छ । दाजुस“ग पढ्न गोविन्द बनारस गएपछि पनि ताराको सम्झनामा ऊ आइ रहन्छ । यज्ञमा बनारसबाट आएका लोर्के पण्डितमा पनि ताराले गोविन्दकै अनुहार खोजेकी छ । तर पछि गोविन्दले सहरमा सरकारी जागिर खाई दोस्रो बिहे गरी बसेको छ भनेको सुन्दा ताराले दुखको अनुभूति गरेकी छ । देवघाट जाने बेलामा आप्mनो पनि अरूको जस्तै लोग्ने भएको भए चितवनमा बसाइ सर्न जान्थे होला भन्ने कल्पना गरेकी छ (तुलनीय “मधेशतिर” कथाकी विधवास“ग) । स्त्री भएर पनि जननी बन्न सकिन“, आपूm भित्रको मातृत्व त्यसै खिया लागेर थोत्रिने भयो भन्ने पिर यसमा देखिएको छ (पृ.२४३) । आश्रमका स्वामीजीस“ग पनि ताराको मनोवैज्ञानिक आकर्षण बढ्दै गएको छ । विषयको भाव मनमा आए नरोक भन्ने स्वामीजी पनि ताराप्रति गहिरोस“ग आकर्षित भएका छन् । कसैले ढोका नढक्ढकाएका भए ताराको हात समातेका स्वामीले के गर्थे अनुमान लगाउन सकिन्छ (पृ.२५५) । पछि “हामी कता कता रागमा डुबे जस्ता भकाथ्यौ“” (पृ.२६१) भन्ने टिप्पणी स्वामीकै देखिएको छ । तारा पनि “लोग्ने मान्छेको गन्धले मलाई भगवान् पनि बिर्साइ दिन्छ” (पृ.२६८) भन्ने अवस्थामा पुगेकी छ । स्वप्नमा ऊ द्रौपदी बनेको सकार्छे नै । भनेकै पनि छ—
आजसम्म सपनामा मेरा दुलाहा कति भए होलान् ? तर विपनामा मेरा एउटै पनि छैनन् । सपनाको हिसाब गर्ने हो भने त म पनि द्रौपदी भएकी छु । स्वप्न द्रौपदी ।
भगवान् ∕ तिमी नै भन त म कुमारी रहे त अब (पृ.२७४) ¤
यसरी ताराले आपूm बाल विधवा भएर शारीरिक रूपमा आजीवन कुमारी भएको देखिए पनि मानसिक रूपमा आपूm कुमारी नरहेको कुरा सहजता साथ सकारेको देखिन्छ । त्यति मात्र होइन आप्mनो नछुने हुने बेला कट्दा कुन्तीलाई सूर्यले गर्भिणी बनाए झैं आपूmलाई पनि बनाएकी भन्ने आशङ्का पनि गरेकी छ तर केही दिन पछि नछुने भएर रगत नरोकिएर पाठेघरको अप्रेसन गर्नु परेको छ । बाल विधवाको पनि पाठेघरको अप्रेसन गर्न पर्नु सबैका लागि एउटा आश्चर्यको विषय बनेको छ । त्यति हु“दा पनि तारा विषय वासनाबाट पुरै विरत भएर ध्यान मग्न हुन सकेकी छैन । मैथुनरत बादरका क्रियाले उसलाई चञ्चल तुल्याइ दिएका छन् तर सबै कुरा भोगेर आएकी ताराकी साथी यमुना एकाग्र भएर प्रस्तुत हुन सकेकी छ । यमुनालाई देखेपछि तारालाई लागेको पनि छ—
यमुना भोगाइबाट तृप्त भइन् र छोड्न सकिन् । मनबाटै छोड्न सकिन् । सबैकुरा भोगेकाले त्याग गर्न सजिलो भयो उनलाई । तृप्तिले छोड्न सघायो । म अतृप्तता भोग्नै नपाई त्याग गर्नु पर्ने बाध्यात्मक जीवन बा“चेकी कुण्ठित आइमाई । यमुनाको यौवन भोगेर रित्तियो मेरो नभोगेर (पृ.२९४) ।
यसरी सांसारिक विषय वासनाको भोगपछि व्यक्तिमा त्यसप्रतिको आशक्ति हराउ“दै जान्छ भन्ने जीवन दृष्टि उपन्यासमा केन्द्रीय पात्र तारा मार्फत प्रस्तुत गरिएको छ । यो यौन मनोवैज्ञानिक दर्शन पश्चिमा सिङ्गमन्ड फ्रायडले प्रतिपादन गरेका हुन् र त्यसलाई हिन्दू संस्कृतिस“ग सम्बद्ध तुल्याएर व्याख्या गर्ने काम विशेषतः रजनिस वा ओसोले गरेको पाइन्छ । उनको ‘सेक्स से समाधि की ओर’ कृतिमा अभिव्यक्त जीवन दृष्टिको प्रभाव ताराका उक्त कथनमा देख्न सकिन्छ ।
उपन्यासमा ताराका बाल्य कालीन अर्की साथी पवित्रास“ग भेट भएर उसको जीवनका अनेक मोडहरू देखे सुनेपछि उसमा थप वैचारिक द्वन्द्व मच्चिएको छ । बाबुभन्दा दुई वर्षले जेठो पुरूषस“ग विवाह गरि दिएर ११ वर्षमै विधवा बनेकी पवित्रा सानैदेखि अलि खुला मिजासकी र आप्mना यौन कुण्ठा दबाएर नराख्ने प्रकृतिकी थिई (पृ.१४६–४८) । बनारसबाट आएका पण्डितस“गै लागेर बनारस पुगेकी पवित्रा पहिला आश्रममा भजन गाउने मीरा बन्छे । त्यसपछि त्यहा“बाट भागेर १५ वर्षसम्म गीत गाउने अभिसारिका वा वेश्या बनेर धेरै सम्पत्ति कमाउ“छे । “त्यसै पनि रित्तिएर जाने बैंस बेचे“” (पृ.३३२) भन्ने उसको स्पष्ट उक्ति छ । उसको बैसस“ग खेल्न आउने ठुला व्यापारी, नेता, स्वामीहरू पनि हुन्थे । ३५ वर्षको उमेरपछि उसले त्यो वेश्या पेसा छाडी टाढा गएर विना बाबुको सन्तान जन्माई र सन्तानको स्याहार सुसार र अध्ययन मननमा लागीे । त्यतिखेर ऊ वत्सला बनी । छोरीले पनि राम्रो शिक्षा हासिल गरी । जीवन साथी पनि आफै छानी र विश्व विद्यालयमा प्राध्यापनको पेसामा लागी । त्यसपछि पवित्रा आध्यात्मिक चिन्तन मननमा गहिरोस“ग लाग्दै जान्छे । उसका धार्मिक प्रवचनको प्रभाव समाजमा बढ्दै जान्छ । ऊ वत्सलाबाट गङ्गेश्वरीमा परिवर्तित हुन्छे । आर्थिक दृष्टिले समेत सम्पन्न हु“दा ऊ सबल दाताका रूपमा पनि चिनिन्छे र आप्mनो देशको देवघाट पुण्य भूमिमा ठुली दाताका रूपमा ऊ आएकी हुन्छे । ताराले उसलाई नचिने पनि उसले चिनेर आप्mना अतीतका जीवनका मोडहरू सबै खोलि दिन्छे । त्यो सुनेर तारा दङ्ग पर्छे । तारामा पवित्राको चरित्रलाई लिएर द्वन्द्व मच्चिन्छ । पवित्राले देवघाट पवित्र भूमि नै अपवित्र पारी भन्ने भावना तारामा बलशाली हु“दै जान्छ र त्यो कुरा आश्रमका प्रमुख स्वामीजीलाई भनेर बेलैमा नियन्त्रण गर्न लगाउने उद्देश्यले स्वामी समक्ष पनि पुग्छे तर स्वामीजीका सामु पवित्राप्रतिको घृणा भाव व्यक्त गर्न सक्तिन । बरु उल्टो “तिनले त मोक्ष प्राप्त गरि सकेकी रइचन्......” (पृ.३५१) भन्न पुग्छे । पछि तारालाई लाग्छ— “वास्तवमा भोगेर नै जिन्दगीका दागहरू मेटिने रहेछन् क्यारे (पृ.३५३) ।” यसरी निवृत्ति मार्गमा नभई प्रवृत्ति मार्गमा लाग्नु बेस हो भन्ने कुरा आफू र उसको जीवनको तुलना गरेर पनि स्पष्ट पारेकी छ । जस्तै—
– उनी वेश्या भए पनि मभन्दा धेरै पवित्र छन् । आपूm भित्रका फोहरहरूलाई उनले वेश्या भएरै सफा गरिन् र पवित्र बनाइन् । ती यौवनका विषहरू मेरो शरीरमा जमेर बसे । बसि रहेछन्, महादेवको घा“टीमा हलाहल विष जस्तै, जसले मलाई अपवित्र बनाइ रहेछ ।
तिनै रागहरूबाट मुक्त भएकाले तिनको जीवनले मोक्ष प्राप्त ग¥यो । तर म मोक्ष प्राप्त नगरी मर्ने भए“ । उनले जति पुरूषहरूस“ग सम्बन्ध राखिन् यौवनमा त्यति नै पुरूषहरूस“ग सम्बन्ध राखे होला मैले पनि । फरक यत्ति छ— उनले शरीरले सम्बन्ध राख्यो, मनले राखेन । मेरो मनले सम्बन्ध राख्यो, शरीरले राखेन (पृ.३५३) ।
– पवित्रा ∕ तिमी तनकी वेश्या हौ तर मनकी कुमारी ....∕ म तनकी कुमारी हु“ तर मनकी वेश्या (पृ.३५४) ।
– तिमी पवित्र गङ्गा हौ, म गन्ध नाली हु“ (पृ.३५४) ।
निश्चय नै उपन्यासकी केन्द्रीय पात्र ताराका यी दृष्टिकोण उसको चारित्रिक पृष्ठभूमिका सन्दर्भमा निकै क्रान्तिकारी देखिएका छन् । स्थलगत अध्ययन गरी निर्माण गरिएको यस उपन्यासका कतिपय पात्रको चरित्र (विशेषतः पवित्रा र ताराका पछिल्ला धारणा) मा वस्तु तथ्य भन्दा लेखकीय क्रान्ति चेतनायुक्त वैचारिकता बढी आरोपित देख्न सकिन्छ । हुन त तनको शुद्धता महत्त्वपूर्ण होइन मनको शुद्धता महत्त्वको हो भन्ने कथ्य नेपाली उपन्यासमा धेरै पहिला देखिएकै हो । रूप नारायण सिंहको ‘भ्रमर’ की माया, विश्वेश्वर प्रसाद कोइरालाको ‘तिन घुम्ती’ की इन्द्रमाया, मदन मणि दीक्षितको ‘माधवी’ उपन्यासकी माधवी जस्ता पात्रकै चरित्रले त्यसको पुष्टि गरेका छन् र ती पात्रको त्यस्तो चरित्र ताराको भन्दा बढी विश्वसनीय आधार सहित अँएका पनि छन् । तर यहा“ प्रस्तुत पवित्राको चरित्रलाई सुनाएर देवघाटका कति बाल विधवा नारीहरूले ताराले जस्तै पवित्रालाई गङ्गा र आपूmलाई गन्दगीयुक्त नालीका रूपमा मूल्याङ्कन गर्लान् ? यो यसको चरित्र निर्माणमा देखिने विचारणीय पक्ष हो तर औपन्यासिक जीवन दृष्टिका कोणबाट हेर्दा भने समकालीन युग जीवन अनुकूलको जीवन दृष्टि यसले प्रक्षेपित गरेको छ । खुला र मुक्त समाजको अपेक्षा यसमा छ । परम्परा, समाज र संस्कृतिका नाममा कुण्ठित जीवन होइन कुण्ठामुक्त जीवनको यसले वकालत गरेको छ । नारीमुक्तिको स्वर यसमा चर्को छ । परम्परा, समाज र संस्कृतिका नाममा पितृसत्तात्मक हाम्रो व्यवस्थाले सतीप्रथा, विधवा प्रथा, बाल, बहु र अनमेल विवाह प्रथा जस्ता अनेक नाममा गर्दै आएको नारी शोषणप्रति यसमा गहिरो वितृष्णा र विद्रोह देखिएको छ ।
नारीले मानव समाजमा पशुको जति पनि अधिकार पाउन नसकेको स्वर यसमा ठाउ“ ठाउ“मा अभिव्यक्त भएको छ । ताराले आफैले पालेको सेती गाईलाई पटक पटक बहर लगाएर बियाए पनि त्यो अपवित्र नभएको, साधुसन्त सबैका लागि पवित्र नै ठानिएको (पृ.२०७), तिनीहरूमा विवाह गर्ने, विधवा हुने, यौन कुण्ठा व्यहोरेर बस्नु पर्ने परम्परा नरहेको, जीवनलाई कृत्रिम नबनाई प्राकृत रूपमै जिएर जीवनको वास्तविक स्वाद लिने गरेका, सन्तानमा पनि छोरा छोरीको विभेद देख्ने नगरका (पृ.२११), पोथीको इच्छा बेगर भालेले सताउने वा चढ्ने नगरेको तर मानव समाजमा नारीलाई त्यत्ति अधिकार पनि प्राप्त नभएको भन्ने गुनासो ताराको छ । तारा आप्mनो अन्तर मनमा चराका भाले पोथीको जस्तो गरी बा“च्न चाहन्छे । उसले भनेकै छ—
मेरो मन पनि चरा भएर त्यसरी नै रुखको हा“गामा नया“ भालेस“ग मिलेर गुड“ बनाउ“छ, सहभोग गर्छ, चल्ला काढ्छ, उडाउ“छ र फेरि अर्को भालेस“ग नया“ घरबार बसाउ“छ । कत्ति धेरै भालेहरूको पोथी हुन्छु म (पृ.२६९) ।
बरु म चरा भएको भए कमसेकम मैले विधवा हुनु पर्थेन । आप्mनै जीवनको रङ्गलाई जलाएर धु“वा र कोइला झैं श्यामश्वेत बा“च्नु पर्थेन (पृ.२७०) ।
ताराका उक्त कथनमा नारीवादीहरूको पशु अधिकार सम्बन्धी माग (पौडेल,२०६९ः७७) को कुरा एकातिर देखिन्छ भने अर्कातिर यौन कुण्ठाबाट मुक्त हुने ताराको चाहना पनि व्यक्त भएको छ । नारीले मानव समाजमा मानव अधिकार त छाडौ“ पशुको जत्तिको अधिकार पनि नपाइ बा“च्नु परेको तथ्यद्वारा यहा“ समाज आलोचित छ । परम्परा, धर्म,संस्कृतिले जीवनलाई नै कुरूप पार्छ भने किन त्यसको अनुसरण गर्ने, जीवनलाई प्राकृत रूपमै किन चल्न नदिने भन्ने अभिप्राय ठाउ“ ठाउ“मा रहेको छ । जस्तै–
– जब प्रकृतिलाई धर्म, संस्कृति, समाजद्वारा बनाइएको ठुलो फलामे भा“डामा पकाइन्छ अनि त्यसबाट निस्किएको तरलले जीवनको गरल नियम लेखिन्छ । त्यो गरल नियममा का“चो जिन्दगी पकाइन्छ । पकाउ“दा प्रकृतिका थुप्रै थोकहरू नासिइ सकेका हु“दा रहेछन् (पृ.२१०) ।
यस्तै न्यौपानेकै अघिल्लो कृति ‘पानीको घाम’ का बुर्काधारी नारीको बुर्काप्रतिको आक्रोश जस्तै यहा“ विधवा ताराको सेतो पहिरनप्रति तीव्र आक्रोश देखिएको छ । उसले भनेकी छ– “बरु उडाओस् मेरो शरीरको सेतो वस्त्र र पारोस् मलाई निर्वस्त्र ......... त्यसपछि सारा दुनिया“ले देख्ने छन् म पनि उस्तै छु, अरू सधवा जस्तै ¤ धरती जस्तै ¤ सेती गाई जस्तै (पृ.२१२) ¤” परम्परा, धर्म, संस्कृतिले आपूmलाई कुज्याएकोमा उसको अन्तर आक्रोश ठाउ“ ठाउ“मा व्यक्त भएको छ । जस्तै– “नियतिले सधै मलाई आ“खामा पट्टी, मुखमा लगाम र खुट्टामा टाप लगाइ दिएर चाबुकले मेरो पिठ्यु“मा पिट्दै खेदि रह्यो । जति खेदे पनि म कतै पुगिन“ । एक दिन म अवश्य उड्ने छु । त्यसपछि मलाई कसैले खेद्न सक्ने छैन (पृ.२२८) ।” परम्पराप्रतिको यसको विद्रोही चेतना यसले अपनाएको सन्यास जीवनमा पनि अभिव्यक्त छ । चिन्नु न जान्नुको लोग्नेको थर र गोत्र लिएर यो मर्न चाहेकी छैन । त्यसैबाट मुक्तिका लागि यो सन्यासी भएकी हु“ भन्ने यसको स्पष्ट कथन छ (पृ.३०९) । त्यस्तै मानिस अरूको नभई आप्mनै आत्म निर्णयमा बा“च्न पाउनु पर्छ भन्ने स्पष्ट आग्रह पनि यसको रहेको छ (पृ.३०८) ।
यस्तै सभ्य भनाउ“दो परम्परित नारी पीडक समाजको आलोचना पवित्राका कथनमा पनि प्रशस्त पाइन्छन् । पहिला ब्रह्मचारी भनाउ“दो साधुले नै उसस“ग गोप्य सम्बन्ध राथ्यो (पृ.३२६–२७) भने उसले वेश्यावृत्ति अनुसरण गर्दा ऊसकहा“ धाउनेहरू समाजका ठुला ठुला साहु, महाजन, नेता र विद्यार्थीहरू हुन्थे भन्ने उसका भनाइ (पृ.३३२) ले पनि समाजको सभ्य ठानिएको पुरूष नैतिकताको खोल उघारिएको छ । त्यस्तै देश स्वतन्त्र भएपनि व्यक्ति स्वतन्त्र हुन नपाउने, अझ नारी स्वतन्त्र हुन त धेरै परिस्थितिले नदिने, व्यक्ति “आप्mनै जीवनको अस्वतन्त्रता भोग्न मात्र स्वतन्त्र” (पृ.३४३) हुने अथवा सास पनि नारीले आप्mनो इच्छा अनुसार फेर्न नपाउने (पृ.३४३) जस्ता पेचिला गुनासा पवित्राका छन् । त्यस्तै विपन्नताले विद्रूप बनेकी नारी आप्mना काखा र पाखाका सन्तान सहित दयाको भिख माग्दै हि“ड्नु परेको, अरूले दिएको जुठो पुरो वा बासी खाना खाएर बा“च्नु परेको टिठ लाग्दो परिस्थिति देखाएर तीप्रति पाठकीय सहानुभूति सिर्जना गर्ने प्रयत्न पनि यहा“ रहेको छ (पृ.१८४) ।
यसरी नारी जीवनप्रति नेपाली समाजमा भएको अन्याय, अत्याचार, शोषण, दमन देखाएर तीप्रति असन्तोष, विमति र विद्रोहको भाव सिर्जना गर्दै नारीप्रति न्याय र समनाताको स्वर यहा“ अभिव्यक्त गरिएको भए पनि कतिपय चारित्रिक प्रस्तुतिमा केही कमी कमजोरी पनि पाइन्छन् । त्यसको सङ्केत माथि पनि गरियो । त्यस बाहेक उपन्यासको अन्त्यमा ताराको गोविन्दस“ग भेट भएपछि उपन्यासकारले जति गहकिला कुरा उनीहरूका माध्यमबाट दिन सक्ने ठाउ“ थियो त्यति दिन सकेको देखि“दैन । दुई दुई वटा श्रीमती ल्याएर लामो गृहस्थी जीवन बिताएको, नाती समेत केटी साथी लिएर हि“ड्ने भइ सकेपनि जीवनको अन्तिम घडीमा झन् पीडादायी एक्लोपनले घेरिएको रोगी गोविन्दलाई ताराले देख्दा आपूmले कल्पना गरको गोविन्दभन्दा धेरै नै अनाकर्षक पाउ“छे (पृ.३७२) । उसलाई आफूभन्दा पनि दुखी देख्छे । गोविन्दले कुटीमा एक्लै छौ ? भनी सोद्धा भगवान् हुनु हुन्छ नि भनी कुरो टार्छे । अगाडि गोविन्द नभेटि“दाका क्षणमा ताराको उसप्रतिको तीव्र रुचि र पछि भेटि“दा देखिएको अनाशक्त वा रुचिहीन व्यवहारले कस्तो कथ्य सञ्चार गर्न खोजेको हो त्यति स्पष्ट हु“दैन । अभावमा मात्रै कुनै पनि वस्तुको बढी मूल्य हुने हो । विधवा हु“दा तारालाई लोग्ने बढी महत्त्वको बने पनि सधवालाई त्यस्तो हुन्न । गृहस्थीको जीवन झन् गोविन्दको जस्तो ताराको भन्दा पनि कष्टकर हुन्छ भन्ने अर्थ पनि यसमा निस्कन सक्छ । तर यस्तो अर्थले उपन्यासमा अगाडि अभिव्यङ्ग्य भएको प्रवृत्ति मार्गलाई वा जीवनवादी स्वरलाई निषेध गरी निवृत्ति मार्ग वा जीवनबाट पलायनको सन्देश दिन पुग्छ । कथ्यमै यस्तो अन्तर विरोध हुन सक्ने प्रसङ्ग पस्कनु पनि उपन्यासकारको कमजोडी ठहरिन आउ“छ । यस्तै लोग्नेको वार्षिकी नभ्याई बिहानै विधवा तारा बाबुस“ग माइत फिर्नु (पृ.१११–१२), आमा मरेकी टुहुरो ताराको भाइलाई छाउरा मरेकी कुकुर्नीले आप्mनो दुध खुवाउनु र उसले खानु (पृ.१६८), ताराको टुहुरो भाइले माली गाईलाई आमा भनेर बोलाउनु र गाईले पनि बुझे झै“ गर्नु (पृ.१७६) अनि ताराले सम्भोगरत बादरलाई ढुङ्गाले हान्दा पछि बादरले पनि कसेर तारालाई तिन थप्पड हान्नु (पृ.२८४) जस्ता कतिपय उपन्यासका प्रसङ्ग बढी काल्पनिक वा भावुक प्रसङ्ग बनेका छन् । यस्ता कतिपय कुरा तथ्य सङ्गत नरहे पनि ती कथ्य पोषक बनाउन लेखकले गरेको आत्मपरक पुनर्सिजन वा स्वैर कल्पना जस्ता बनेर रहेका छन् ।

३. उपसंहार
अमर न्यौपानेको ‘सेतो धरती’ उपन्यास ‘पानीको घाम’ पछि देखिएको अर्को उल्लेखनीय कृति हो । यो ‘पानीको घाम’ जस्तो प्रयोगशील नवीन कलाले भरिएको आख्यान भने होइन । विषय वस्तुका दृष्टिले हेर्दा यसमा आएका बाल, अनमेल र बहु विवाह अनि बाल विधवा जस्ता समस्यालाई यस पूर्वका नेपाली आख्यानमा प्रशस्त प्रस्तुत गरिदै आइएको छ । साथै त्यस्ता प्रवृत्तिप्रति आलोचना, निषेध र विधवा विवाहको स्वीकृति पनि यसपूर्वका उपन्यासहरूमा प्रशस्तै देख्न सकिन्छ । त्यस बाहेक यौनकुण्ठा पालेर बा“च्न हुन्न, शारीरिक शुद्धीभन्दा मनको शुद्धी बढी महत्त्वको कुरा हो । व्यक्ति आप्mनो स्वविवेकमा चल्न पाउनु पर्छ । परम्परा, समाज र संस्कृतिका जटिल विधि विधानले व्यक्ति जीवनलाई निरस तुल्याउन हुन्न । पितृसत्तात्मक समाजमा हुने अनेक किसिमका नारी शोषणको अन्त्य गरिनु पर्छ । पोथी पशुलाई उपलब्ध भए जति अधिकार पनि नारीलाई उपलब्ध नहुनु विडम्बनाकै कुरा हो भन्ने जस्ता कथ्य सन्दर्भ पनि नेपाली उपन्यासमा नभएका कुरा चाहि“ होइनन् । अतः तासका पत्ती उनै हुन् र खेल पनि लगभग उही हो । तर खेल्ने वा विषय वस्तु प्रस्तुत गर्ने तरिका यसको नया“ छ ।
स्थलगत निरीक्षणलाई गहिरो लेखकीय संवेदनाले टिप्नु र त्यसलाई सरल शब्द र छोटा छोटा कथ्य लबज अनुकूलका वाक्यमा सहज संवेद्य बनाएर व्यक्त गर्न सक्नु यसको एउटा खुबी हो भने सहज कथन भित्र समकालीन वैचारिक आधारभूमि पनि निर्माण गर्दै लान सक्नु यसको अर्काे खुबी हो । त्यस्तै नारीको बाल्य कालीन अबोधता र युवा कालीन अवचेतनको यौन कुण्ठालाई स्वाभाविक यथार्थता साथ देखाउनु पनि यसको अर्काे सबल पक्ष हो । यति भएर पनि यसले निर्माण गरेको वैचारिकता वा जीवन दृष्टि यसको विषयका सापेक्षतामा बढी नै क्रान्तिकारी देखिएको छ । विशेषतः समाजमा पुरूषलाई जस्तै नारीहरूलाई पनि यौनभोगको विषयमा स्वतन्त्रता दिइनु पर्छ† परम्परित समाज, धर्म र संस्कृतिका नाममा नारीमाथि लगाउने अनेक प्रतिबन्धको कुनै अर्थ छैन† त्यस्तो प्रतिबन्धले कुण्ठित जीवन झन् भित्रभित्रै बढी नै कुरूप बनि रहेको हुन्छ† जीवन शोकका लागि नभई भोगका लागि हो† आप्mनो जीवन कसरी भोग्ने भन्ने स्वतन्त्रता सम्बन्धित व्यक्तिलाई नै दिइनु पर्छ जस्ता वर्तमान युग जीवनका परिवर्तित वैचारिक स्वर यहा“ प्रस्तुत गरिएको छ । परम्पराकी अनुयायी तारामै यस किसिमको विचारको सङ्क्रमण हु“दै आएको देखाइएको छ । तर ताराको चरित्रमा त्यस स्तरको वैचारिक सङ्क्रमणका लागि पर्याप्त पृष्ठभूमि बुन्न भने सकिएको छैन । यस्तो अभाव पवित्राको चरित्रमा अझ बढी देखिएको छ । चरित्र निर्माणमा यस्ता परिसीमा रहे पनि तिनकोे वैचारिक बुनोट औपन्यासिक कथ्यका दृष्टिले महत्त्वको बनेको छ । यस्तै उपन्यासमा पवित्राकी छोरीले आफै जीवन साथी छनोट गरी बिहा गरेकी र गोविन्दका नातिले केटी साथी लिएर आएको प्रसङ्गले पनि नया“ पुस्तामा त्यस किसिमको खुला र उदार सोच व्यवहारमा लागु पनि हु“दै आएको देखाइएको छ । त्यही खुला, उदार र कुण्ठा मुक्त समाजको वा शारीरिक शुद्धताभन्दा मानसिक शुद्धतामा जोड दिने लेखकीय वैचारिक अपेक्षा नै यस उपन्यासको जीवन दृष्टि बनेको छ । यसका माध्यमबाट हिन्दू समाजमा हुर्काइएको पितृसत्तात्मक व्यवस्था अन्तर्गतको घोर नारी विरोधी परम्परित मूल्य मान्यताप्रति यस उपन्यासले दरिलो वैचारिक प्रहार गरेको छ । एक पटक पाएको जिन्दगीलाई भगवान्का नाममा सौन्दर्य विहीन, सृष्टि विहीन भएर बा“च्नुको अर्थहीन भुल किन गरेछु भन्ने विधवा ताराको अनुभूतिले (पृ.३७३) अनि यमुना र पवित्राका जीवन सन्दर्भले त्यसैको पुष्टि गरेका छन् । समग्रमा भन्दा परम्परा, धर्म र संस्कृतिका नाममा नारीले व्यहोर्नु परेको कहरपूर्ण जीवन देखाएर त्यसप्रति विमति, अनास्था र विद्रोहको स्वर प्रकट गर्दै वैयक्तिक स्वतन्त्रता सहितको स्वअस्तित्वपूर्ण जीवनवादी, मानवतावादी र उदार नारीवादी जीवन दृष्टि सञ्चार गर्ने काम यस उपन्यासमा सरल र सरस ढङ्गमा गरिएको छ । यो नै यस उपन्यासको महत्त्वपूर्ण पक्ष पनि हो ।

पृथ्वी नारायण क्याम्पस, पोखरा

प्रमुख सन्दर्भ ग्रन्थ:-
ओशो, (२०६७). नारी र क्रान्ति. अनु. उद्धव उपाध्याय, काठमाडौ“ ः मधुवन प्रकाशन ।
कस्तवार, रेखा (२००९). स्त्री चिन्तनकी चुनौतिया“. प्रथम आवृत्ति, नयी दिल्ली ः राज कमल प्रकाशन प्रा.लि. ।
गौतम, कृष्ण (२०६४). उत्तर आधुनिक जिज्ञासा. काठमाडौ“ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।
न्यौपाने, अमर (२०६८). सेतो धरती. काठमाडौ“ ः फाइन प्रिन्ट आइएनसी ।
पौडेल, विष्णु प्रसाद (२०६८). उपन्यास समालोचना (प्रवृत्ति र विश्लेषण). काठमाडौ“ ः भु“डी पुराण प्रकाशन ।
———————————————— (२०६९). नारीवादी सिद्धान्त र नेपाली उपन्यासमा यसको प्रारम्भिक रूप. पोखरा ः सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान ।
राय, गोपाल (सन् १९७३). उपन्यासका शिल्प. पटना ः विहार हिन्दी ग्रन्थ अकादमी ।
स्पेन्सर, सारोन (१९९१). “फेमिनिस्ट क्रिटिसिज्म एन्ड लिट्रेचर” अमेरिकन राइटिङ टुडे. सम्पा. रिचर्ड केस्टिनजेट, न्युयोर्क ः द हिस्टन पब्लिसिङ कम्पनी ।
विमल, कुमार (सन् १९८९). सौन्दर्य शास्त्र के तत्त्व. तेस्रा सं., नयी दिल्ली ः राजकमल ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 बैशाख, 2070

लेखकका अन्य रचनाहरु