14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

ड्रीम क्याचर

कथा शिव गौतम June 16, 2021, 4:06 pm

शिव गौतम मैले ढोकामा रहेको घन्टिको स्विच थिचें र ढोकाकै अघाडि उभिई रहें। अवन्तिकाले तुरुन्तै ढोका खोलिन् । अड्कल काट्न गाह्रो थिएन, उनि मलाई नै पर्खेर बसिरहेकी थिइन्। एअरपोर्टको काम सकिए पछि मैले उनलाई फोनबाट म सकुसल आईपुगेको र आधा घण्टा जतिमा ट्याक्सी लिएर घर आईपुग्ने कुरा भनेको थिएँ। बेलुकाको सात बजीसकेको थियो


परेवाको प्वाँख कवितामा ध्वनिसौन्दर्य

कृति/समीक्षा उषा आचार्य June 16, 2021, 4:04 pm

उषा आचार्य १. विषयपरिचय
नवराज लम्सालले रचना गरेको ‘परेवाको प्वाँख’ कविता क्रमश ः एक्लै–एक्लै कवितासङ्ग्रहमा सङ्कलित छ । मानिसले हृदयमा झङ्कृत भावलाई साहित्यका विभिन्न माध्यमबाट प्रस्तुत गर्दछ, त्यसमध्ये कविता पनि एक हो । कवितामा वर्तमान समयका विदु्रप चित्र खिचिन्छ । ‘परेवाको प्वाँख’ कवितामा पनि परेवाको प्वाँखलाई बिम्ब बनाएर युद्धले देशलाई भग्नावेशमा पु¥याएको, युद्धका कारण देशका युवा देश छोडेर विदेशिएको र देशमा सोचेजस्तो परिवर्तन आउन नसकेको विषयलाई व्यङ्ग्यार्थमा प्रस्तुत गरिएको छ


मुट्ठीभाषकाव्य

हास्यव्यङ्ग्य कृष्ण प्रधान June 16, 2021, 3:57 pm

कृष्ण प्रधान ट्रक, पिजु, बसगाड़ीको पछिल्तिर सुन्दर अनि बान्किलो पाराले लेखिएका लहर वा काव्यहरू ज्यादै आकर्षित र घतपर्दो हुन्छन्। यसै विषयलाई लिएर मैले 'वाहनकाव्य' लेखिसकेको छु। द्रूतगतिमा विकसित भएको सञ्चार प्रविधिले गर्दा हिजोआज मुट्ठीभाष (Mobile) मा पनि यस्ता काव्यहरू लेखिएको पाइन्छ। आफूले जानेकालाई वाटस्एप वा मेसेञ्जरमा म्यासेज पठाउँदा हुँदी बड़ो रोचक एवम् घोचक पाराको काव्य नै पठाइएको देखिन्छ


संवैधानिक पत्नी

कृति/समीक्षा छविरमण सिलवाल June 14, 2021, 4:58 pm

छविरमण सिलवाल ‘लघुकथाले संक्षिप्त रुपमा समाजका विसङ्गति, विडम्वना, राजनीतिक एवम् प्रशासनिक भ्रष्टाचार, घातप्रतिघात, शोषण, अन्याय, अत्याचार र असमानतामाथि प्रहार गर्ने गर्दछ । तिनैमाथिको कथात्मक प्रहार र विरोधको कला नै लघुकथा हो ।’ यस्तै विचारहरु संम्प्रेषण गर्दै लघुकथा लेखनको क्षेत्रमा एउटा अलग्गै पहिचान बनाउँन सफल कृष्ण बजगाईँले भर्खरै ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याएका छन्


विगत र बाडुली पढ्दा

कृति/समीक्षा अतुल पोखरेल June 14, 2021, 4:56 pm

अतुल पोखरेल भारती गौतमको संस्मरणहरूको संगालो ‘विगत र बाडुली’ पढ्न भाग्यले जुरायो । पढें । हरफ–हरफ, वाक्य–वाक्य पढें । पढिसिध्याएँ।

हुन त म कुनै पनि पुस्तक छिटोछिटो पढ्ने मान्छे होइन। एकै रातमा वा एकै बसाइमा एउटा सिङ्गै किताब पढिसकेको अरे भन्ने अरूका कुरा सुन्दा ईष्र्या लाग्न समेत छोडिसकेको लाचार पाठकलाई यो पुस्तकले दुई हप्ता मजाले अल्मल्यायो


बाहुनी बज्यैको हातै लच्छिनको

निबन्ध रमेश भट्टराई ‘सहृदयी’ June 14, 2021, 4:29 pm

रमेश भट्टराई ‘सहृदयी’ घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । भेडाको उनको राडी र ओछ्याउने पाएपछि दिनभरि थाकेका भरियाहरू बिहान उज्यालो हुन्जेलसम्म सुत्थे

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित