गीत

- विनोद रोका

देख्दा देख्दै बाटोमा माया हराईन
देख्दा देख्दै बाटोमा माया हराईन ।
लाजले कतै लुकिन कि म देखि डराईन ॥
देखादेखि धेरै भो चिनजान भा'छैन ।
माया गर्छु भनेर वोल्नै पा छैन ॥
देखेदेखि उन्को तस्वीर मनमा सजीयो ।
सपना देख्दै भविष्यको रातभर बसीयो ।
थाहाछैन उन्ले कस्लाई मन पराउछिन ।
दिलको ढुकढुकीमा कस्को तस्वीर सजाउछीन ॥

न्यूर्योक

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 बैशाख, 2066

लेखकका अन्य रचनाहरु