नेपाली लोकगीत र मानवीय संवेदना

- तुलसी प्रवास

लोक साहित्यका विभिन्न विधाउपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा "फोक लिटरेचर" (folk literature) को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको साहित्य । लोकजीवनका तीता-मीठा अनुभूतिहरुको त्यो सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन त्यो नै लोकसाहित्य हो । श्रुति परम्परामा बाँच्ने अलिखित विधा भएकोले लोकसाहित्यमा रचयिताको कुनै अस्तित्व हुँदैन । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । 'शिक्षा लोकगीतको शत्रु हो' भन्ने किट्रिचको भनाइअनसार लोकगीत अशिक्षित समाजमा अझ बढी फस्टाउन सक्तछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्तछ ।
लोकका कुनै एक दुई प्रतिभाद्धारा लोकजीवनका हाँसो आँसु दर्दपीडा स्थिति परिस्थितिजन्य भावनाहरुलाई आफ्नो मधुर स्वर लहरीद्धारा अभिव्यक्त गरेपछि त्यही लहरीलाई पछ्याउँदै त्यहाँको लोकजीवन झुम्न थाल्दछ । त्यो लहरी अनेकौं डाँडा-पाखा भाज्याङ चाहार्दै सबैको हृदयलाई आल्हादित तुल्याउँदै जान्छ त्यही नै लोकगीत हो । लोकगीत लोकको साझा सम्पत्ति हो । मौखिक परम्परामा जीवित हुने हुँदा यसका रचनाकारको कुनै अस्तित्व हुँदैन । त्यसैले पनि लोकसाहित्यलाई अपौरुषेय साहित्य मानिने गरिन्छ । वेदलाई पनि तत्कालीन लोकसाहित्यकै नमूना मान्ने गरिन्छ । सामवेद विशुद्ध गीत हो जो विभिन्न यज्ञ उत्सवमा बाजाका साथ गाइन्थ्यो । सुन्ने कण्ठ गर्ने र गाउँने हुनाले यसले ूश्रुतिूनाम पायो । यो परम्परा लोकमा रहिरह्यो । विवाह आदि उत्सवमा गाइने परम्परागत माँगल गीतमा वैदिक कि्रयाकै भावभूमि भेटिन्छ । हुनसक्छ तिनै वैदिककालीन गेयात्मक
कि्रयाकलापहरु जनजिब्रोमा सर्दासर्दै भाषिक परिवर्तनका चक्रमा िपंधिदै आज यस रुपमा आएका छन् । यसैले लोकसाहित्य परम्परालाई दोस्रो वैदिक परम्परा भनिएको हो
लोकगीतमा अन्जानमै भए पनि लय छन्दविम्बअलङ्कार आदि काव्यात्मक गुणहरु भित्रिएका हुन्छन् । लोकगीत रचना गर्ने व्यक्ति अशिक्षित हुने भएकोले उसलाई शास्त्रीय छन्द अलङ्कार आदिको ज्ञान हुँदैन । आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ । वेदनाको तरङ्गले अभिव्यक्तिको बाङ्गो सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ । प्रकृति परिस्थितिले हृदयमा प्रभाव पार्छ तदानुसारको भाव र रसको उदय हुन्छ । यसरी नितान्त नैसर्गिक रुपमा लोकगीतको मूल फुट्छ र झर्ना बनेर झर्दछ । वास्तवमा लोकगीत झरना जस्तै हुन्छ । हजारौं वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य नयाँ हुन्छ न कहिल्यै सुक्छ न कहिल्यै रोकिन्छ बरु उसका जल कल्ल्ााेलमा नयाँ-नयाँ संगीत र नव-नव नृत्यहरु थिपंदै जान्छन् ।
लोकगीतले लोकको आवाज गुाजाउँछ । समाजमा हाँसो र खुसी दुवै छन् । हाँसो उमंग र रमझमले भन्दा पीडा दुःख र आँसुले मानवीय संवेदनालाई छिटो प्रभावित पार्दछ । नेपाली समाज अझै पनि संवेदनामुक्त छैन । यहाँ अनेकौं पीडा छन् । बाध्यता छन् । आँसु यहाँको निरन्तर मुहान जस्तै बनेको छ । कहिले कुन परिस्थिति त कहिले कुन बाध्यताले आँसु बगिरहन्छ नेपाली समाजमा । समाजमा यिनै आँसुका ढिकाहरुलाई टपक्क टिपेर लोकगीतमा उतार्ने गरेका छन् लोक गायकहरुले । यस्ता गीतहरुले समाजका हरेक मानिसको हृदयलाई छुन्छन् । हृदयलाई छुनु भनेको लोकगीतको बजार पनि बढ्नु हो ।
मायाप्रेम र विछोडका गीतहरु भन्दा पनि बाध्यतावश घर छाडी िहंड्नुपर्दाका पीडाले सिर्जित लोकगीतहरुले अझै समाजलाई चित्रित गरेको प्रतीत हुन्छ । जस्तै एउटा उदाहरण हेरौः-
सररर पानी घट्टामा म त प्यारी फर्कन्छु फर्कन्न
नाम सारे है पेन्सन पट्टामा
१.पिरमा छौ कि घाँस काट्दै भीरमा
रुँदै छौ कि हेरेर तस्वीरमा
(सररर पानी घट्टामा …………………
२.सपनीमा देख्छु घर जलेको
घरमाथिको वरको रुख ढलेको
(सरर पानी घट्टामा……………………
(पुरुषोत्तम न्यौपाने र अन्य लोकएल्बम पानीघट्टामा)
केही समय पहिलेको कुरा हो स्याङ्जाको गल्याङमा प्रगतिशील राष्ट्रिय युवा संघले राष्ट्रव्यापी दोहोरी गीत प्रतियोगिताको आयोजना गरेको थियो । राष्ट्रका चर्चित दोहोरी गायकहरुको उपस्थितिमा साचालित उक्त कार्यक्रममा म पनि निर्णायकको रुपमा जाने अवसर पाएको थिएँ । म विशेष गरी लोकगीतमा शब्द र त्यसले समाजमा पारेको प्रभावबारे अध्ययन गर्दै थिएँ । उक्त कार्यक्रममा चर्चित दोहोरी गायक पुरुषोतम न्यौपाने र चर्चित दोहोरी शब्द संकलक रमेश बि.जी. लगायत अन्य धेरै कलाकारको उपस्थिति थियो । पुरुषोत्तम न्यौपानेको पालो आएपछि सारा दर्शकदीर्घा उत्साहित र उमङ्गित भयो तालीको गड्गडाहट र सिठीका आवाजले माचमा उनलाई स्वागत गरियो । न्यौपाने स्याङ्जाली माटोकै उपज थिए । त्यतिबेला उनको पानीघट्टामा एल्बम चर्चाको शिखरमा थियो । आशा थियो सबैलाई उनले त्यही गीत गाउनेछन् । नभन्दै त्यही भयो । वाद्यवादकहरुलाई उनले पानी घट्टामा गीतको संगीत बजाउने अनुरोध गरे । सारा दर्शक शान्त भयो । बुढाबूढी केटाकेटीयुवायुवती सबै सास पनि बिस्तारै लिएर शान्त हुन थाले । मैले माचतिर भन्दा पनि दर्शकतिर ध्यान दिएको थिएँ । उनी गीत गाउँदै थिएः-
बाँचे त ज्यान हाजिर छ परानी
मरे आउला अस्तु र खरानी
(सररर पानी घट्टामा…………
(पुरुषोत्तम न्यौपाने र अन्य लोकएल्बम पानीघट्टामा)
गीत सुन्दा सुन्दै दर्शकहरु रुन थाले । अगाडिको लाइनमा बसेकी एउटी बूढी आमै त डाँकै छोडेर रुन थालिन् । जसले गर्दा उनलाई त्यहाँबाट हटाएर पछाडि लगेर बसाल्नु पर्यो । एक-एक गर्दै सबका आँखा रसाए । रुमाल निकालेर दर्शकहरुले आँखा पुछेको स्पष्टै देखिन्थ्यो । वाह ! लोक साहित्य ! म हर्षले पुलकित भएँ । सबै रुँदा मेरा पनि आँखा रसाए हर्षका । किनभने हाम्रो लोकसाहित्य कति महान् छ । कति छिटो यसले मान्छेको मन छुन्छ । त्यतिबेलै मैले सल्योट गरेँ नेपाली लोकसाहित्य र लोकगीतलाई ।
पछि कुरा बुभ्दा त ती बूढी आमैको छोरा केही समय पहिले भारतको काष्मिरमा विष्फोटमा परेर मारिएको रहेछ । घरको कमजोर अवस्थाका कारण स्कुल पढ्दा पढ्दै छाडेर भर्ती हुन पुगेको छोराको अचानक मृत्युको खबर पाएपछि उनको घरमा रुवाबासी मच्चिएको रहेछ । ती आमालाई गाउँलेले लिएर त्यस रमाइलोमा लगेका रहेछन् पुरुषोत्तम न्यौपानेले त्यो घरको घटना थाहा पाएका त थिएनन् तर उनको गीतले यति यथार्थ बोकेको थियो कि ती आमैले पछि भनिन् -बाबु ! यिनीले कसरी थाहा पाएमेरो घरको व्यथा ?
यथार्थ साहित्य त्यो हो जसले समाजको सत्यलाई उदाङ्गो पार्दछ । त्यसैले भनिएको पनि छ -साहित्य समाजको दर्पण ऐना हो । लोकगीत जति यथार्थ साहित्य त छँदै छैन । यसले समाजको चित्र यति राम्रोसँग उतार्छ कि जसको व्याख्या नै गर्न सकिन्न । नेपाली समाजमा 'गाइने'जाति र सारङ्गी बाजा पर्पाय जस्तै बनेका थिए । हिजोका दिनहरुमा गाउँगाउँका कथा र व्यथालाई गीतका थुङ्गामा उनेर सारङ्गी रेट्दै गाउने उनका गीतहरु सुन्दा सारा गाउँलेहरुमा रुवाबासी मच्चिन्थ्यो :

हे बरै ! आमैले सोध्लिन् नि खै छोरा भन्लिन्.....
रण जित्दै छ भन्दिए !
(तीर्थबहादुर गन्धर्ब)
साहित्यमा रस निष्पत्तिको सिद्धान्तका अनुसार साधारणीकरणको महत्वपूर्ण स्थान छ । साहित्य पढेर सुनेर वा हेरेर त्यसका घटना वा पात्रसँग आफूलाई समाहित गरेपछि मात्र रस निष्पत्ति हुन्छ भन्ने पूर्वीय मान्यता छ । लोकगीत सुनिसकेपछि सर्वसाधारण मानिसले गीतको कथानकसँग आफ्ना जीवनका घटनाहरु साधारणीकरण गर्छ र रसानुभूति गर्दछ । विरही लोकगीत सुनेर मानिसहरु रुने कारण पनि त्यही हो । कारुणिक विषयवस्तु भएका लोकगीतले मानिसमा छिटो संवेदना जगाउँछन् र कोमल मन भएकाहरु धरधरी रुने गर्दछन् ।
विदेशमा जाने लाहुरे बन्ने बुढीआमैलाई वर्षमा एकपटक नयाँ धोती र चोली फेरिदिने आफ्नी श्रीमतीलाई झपक्क गहनाले सजाएर दशैंमा संगसंगै हात समाउँदै टिका थाप्न जाने रहर नेपाली समाजका अधिकांश युवाहरुमा थियो र अझैे पनि छ । यो हाम्रो बाध्यता र रहर दुवै हो । देशमा रोजगारीका कुनै अवसर नहुनु र विहान बेलुकी छाक टार्न सधैंभरि धौ धौ हुने कारणले पनि उनीहरुमा लाहुरे हुने रहर जाग्नु स्वाभाविकै थियो । जब लाहुरे बनेर छोरो श्रीमान् आउने आशामा थालभरि अक्षेता मुछेर आँगनीको डिलमा बसेर हेरेका घर परिवारले उसकॊ मृत्युको खबर सुन्छन् तब उनीहरुको दशैं आँसुको भेलसँगै बगेर कता हराउँछ कता । त्यसपछि त्यही यथार्थलाई टिपेर लोक गायकहरु गुाजन्छन् ः-
नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।
झोलुङ्गाबाट उठेर छोरी खोइ बाबा भन्नेछिन्
ब्युझेर मेरी मुर्छिँदै फेरी दाँतै पो बान्नेछिन् ।
नफोरे पि्रया नारीका चुरा झर्याम्म पारेर
जाँदैन दुःख आँसुका धारा बर्बरी झरेर
(नारायण रायमाझी र अन्य)
आशा र विश्वास अनि विश्वासमाथिको तुषारापात यी सबै नेपाली लोकगीतका विषयवस्तु हुन् । जीवनमा मृत्यु अनिवार्य छ । तर त्यो असहज मृत्युले उसका आफन्तको संवेदनामा पुर्याउने चोट नेपाली लोकगीतको एउटा पाटो नै बनेको छ । नेपाली संस्कारले नेपाली लोकगीतलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । लोकजीवनकै उपज लोकसाहित्य भएकोले यसमा नेपाली समाजका पीडा हर्षसंस्कार चाडपर्व आदि सबै अटाएका छन् । त्यसैले सच्चा र यथार्थ साहित्य खोज्ने हो भने लोकसाहित्य र त्यसमा पनि लोकगीत सुन्ने गरौंः

केटा: गालाभरि आँसुको रेखी सानु तिम्लाई छोडेको दिनदेखि
कर्मै खोटो छ मै मरे नि सोल्टिनी सम्झना झ्यालमा फोटो छ ।
केटी: झर्नै मन लाग्दैन बेँसी सोल्टी हजुर राम्दी पुल तरेसी
खोटी कर्मले तलमाथि क्यै हुन्न हजुरलाई मेरो धर्मले
केटा: बिसाएर घाँसको भारी आँसु झारी हेर्दी हौ पुल पारी
कर्मै खोटो छ…………………
केटी: झस्किरन्छु आएर झल्को जो देखे नि हजुरकै जीउडालको
खोटी कर्मले…………………
(पुरुषोत्तम न्यौपाने र अन्य लोक एल्बम पानीघट्टामा)

सन्दर्भ सामग्री
१.अधिकारी नारायणप्रसाद स्याङ्जाली लोकगीतको अध्ययनसङ्कलन र वर्गीकरण (ज्याग्दी खोलामा केन्द्रित स्नातकोत्तर शोधपत्र त्रि.वि.वि;२०४३ )
२.अधिकारीबिश्वप्रेम आँधीखोले लोकसंस्कृति र लोकगीत स्याङ्जा विजयकुमार अधिकारी २०५७
३. खनाल तुलसीराम आँधीखोले लोकगीतको सङ्कलन वर्गीकरण र अध्ययन स्नातकोत्तर शोधपत्र त्रि.वि.वि. २०६०
४. थापा धर्मराज र सुबेदी हंसपुरेनेपाली लोकगीतको विवेचना काठमाडौँ पा.वि.के.त्रि.वि.२०४१

[email protected]
पोखरा, नेपाल


प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 आसाढ, 2066

लेखकका अन्य रचनाहरु