अस्तित्वसङ्कट र आशाबीच भयवाद

- राम्जी तिमल्सिना

१) चिन्तनको तहमा भयवाद
डर, त्रास वा भय र अस्तित्वको बीच के सम्बन्ध छ ? यिनीहरुको बीचमा चाहेर वा नचाहेर उपस्थित रहने आशाको उत्पत्ति कसरी हुन्छ र त्यसले जीवन र जगत्लाई कतातिर डोर्याउ“छ ? यी र यस्तै जीवन ब“चाइका आधारभूत यथार्थहरुलाई सम्बोधन गर्ने युगौ“देखिका कैयौ“ प्रयासहरुको पछिल्लो खुड्किलो बनेर बहसमा उत्रिएको छ भयवाद हालसालै । विदेशमा बसेर देश र पश्चिमी संस्कृतिको प्रवेशद्वार हङकङमा रहेर नेपालको आदिवासी संस्कृतिलाई प्रेम गर्दै देश र संस्कृतिको लोप भएर आफ्नो अस्तित्वको आधारभूत परिचय गुम्ला कि भन्ने अस्तित्ववादी भयबाट प्रेरित भएर देश सुब्बाले रच्नुभएको यो चिन्तन आज सिङ्गो नेपाली संस्कृति र साहित्यको चिन्तन प्रवाह हु“दै अत्याधुनिक प्रविधिको सहायताले विश्वभर प्रवाहित हु“दै छ । नदीमा पुगेको पानी पक्कै फर्केर खहरेमा आउ“दैन । सके नदीको मुल्कामा मिसिन्छ, नभए छेउछेउ नै भएर पनि प्रवाहको निरन्तरतामा संलग्न भइरहन्छ, यो आफू छुट्टै देखियोस् वा नदेखियोस् । यस्तै छ आज भयवादको उपस्थिति हामीमाझ ।

भयको उत्पत्ति, जाति, भाषा, संस्कृति, विचार वा राष्ट्रको अस्तित्व र आशाको कुरा गरिरह“दा पश्चिमेली मिथकको प्यान्डोराको बाकस एक प्रतिनिधि बिम्ब भएर देखापर्दछ । प्राकृतिक शान्ति र बाल सन्तुष्टिको बीचमा आकर्षक बाकसको चहकिलो लोभ्याइले प्यान्डोराले जटिलतम् मानवीय जीवन प्राप्त गरेकी हुन्, उनी आफैं र आफूजस्ताहरुको लािग उत्ुक आकाङ्क्षाको परिपूर्तिको रुपमा । सुरुमा कीरा भएर निस्किएका दुःख र समस्याहरुले तड्पाउ“दा पनि बाकसभित्र थुनिएरै रहेको आशाले बाहिर निस्कन बाटो खोलिदिन गरेको अनुनयले त्यतातिर ध्यान तानि“दा बा“च्न योग्य लागेको हो उनको जीवन । यो मिथकीय प्रस्तुति प्रत्येक जीवन ब“चाइको बिम्ब हो । लाग्छ भयवाद त्यस्तै दर्शनबाट प्रेरित भई जीवनको सोही अनुरुपको व्याख्या गर्न तम्तयार छ आदिवासीय अस्तित्व चेतलाई केन्द्रमा राखेर ।

भयवादको बैचारिक आधारको व्याख्या वा अवधारणा पत्र भनेर २०६६ श्रावण २० गते देश सुब्बाले दिनुभएको चौथो पटक परिमार्जन र विस्तार गरिएको तीस पृष्ठ लामो ए फो. साइजको फोटोकपी लेख, सुब्बाद्वारानै सिर्जित उपन्यास ‘आदिवासी’ २०६४ को विषयवस्तु साथै त्यसमाथिको भूमिका र टिप्पणी, र २०६५ साल श्रावण १८ गते धरानमा सम्पन्न “आदिवासी उपन्यास र भयवाद दर्शनः राष्ट्रीयवहस” मा भयवादको वैचारिक पक्ष र आदिवासी उपन्यास माथिका लिखित टिप्पणीहरुको सङ्कलन रहेको कृति ‘भयवादः वैचारिक चिन्तन’ हेर्दा भयवादका निम्न आधारभूत मान्यताहरु रहेको देख्न सकिन्छ ः

१) भय चेतनाको कुरा हो । यो दिमागको बाटो भएर शरीरभरि घुमिरहन्छ । जीवन भएपछि चेतना हुन्छ, चेतना भएपछि ज्ञान हुन्छ, र ज्ञान भएपछि भय हुन थाल्छ । चेतना र अस्तित्वको आधार (समस्या) बीचको सङ्घर्षले भयको सिर्जना गर्दछ । ज्ञान भयको कारण हो । भयले चेतना सक्रिय पार्दछ । चेतनाको सक्रियताले ज्ञान प्राप्त हुन्छ । ज्ञान–भय–चेतना–ज्ञानको यो चक्र जीवनभरि चलिरहन्छ ।
२) भय एउटा फराक गमला हो । सम्पूर्ण विचारहरु यसमा फुलेका सुन्दर फूलहरु हुन् । ‘जीवन र चेतनास“ग सम्बन्धित भएर आउने कर्म भयभन्दा पृथक हुन सक्दैन ।’ (१२)
३) चेतनाको मात्रास“गै भयको मात्रा बढ्दै जान्छ ।
४) विश्वासले भयलाई कम गराउ“छ । साहित्य, कला, सङ्गीत, दर्शन, विज्ञान र धर्महरुको अध्ययनको भूमिका यही छ ।
५) द्वन्द्वात्मक अभौतिकवादः– द्वन्द्व भौतिक वस्तुमा मात्र हु“दैन, अभौतिक वस्तुमा पनि हुन्छ । चेतनाको यात्रा द्वन्द्वात्मक हुन्छ । द्वन्द्वको प्रत्येक अंशमा भय जीवित रहन्छ ।
६) जबसम्म म भन्ने भावना बा“चिरहन्छ तबसम्म भय बा“चिरहन्छ ।
७) सबै प्रकट (कार्यव्यापार) हरु तबसम्म निर्जीव रहन्छन् जबसम्म त्यहा“ भयको प्रवेश हु“दैन । भयले शरीरमा रक्त सञ्चार गर्दछ । भय जीवनको सुचालक हो ।
८) भय कर्म होइन, कर्ता हो ।
९) भयविहीनता आफैं एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो ।
१०) भय मानिसमा हुने एक किसिमको मानसिक चञ्चलता र इन्द्रियहरुको सचेतता पनि हो।
११) भयको रुप, आकार, अवस्थिति र समाधान एउटै किसिमको हु“दैन । भोक्ताको मानसिक स्वरुप अनुसार त्यसको वितरण र विस्थापन हुन्छ ।
१२) जब भय सक्रिय हु्न्छ, प्राणीहरु डराउने, काम्ने, लुक्ने, भाग्ने गर्दछन् । तर यसबाट भागेर, लुकेर, यसलाई जित्ने वा यसबाट मुक्त हुने कुरा भ्रम मात्र हो । यसलाई मान्छेले यसै हो भन्न नसके पनि रोग, मृत्यु, सम्पत्ति, दुर्घटना, स्वर्ग, नरक, ईश्वर, शैतान सबैसबै भन्छन् ।
१३) जीवन के हो बुझ्न भ्रमबाट मुक्ति जरुरी छ । भ्रमबाट मुक्ति लिन भयबाट मुक्ति जरुरी छ ।
१४) इन्द्रियको चेतनाले भय र भ्रमको सिर्जना गर्दछ भने वैचारिक चेतनाले भय र भ्रमबाट मुक्तिको बाटोतिर लान्छ ।
१५) इन्द्रियको चेतना भन्दा वैचारिक चेतना उच्चतर तहको ज्ञानको बाटो भएकाले त्यसले भ्रमबाट मुक्ति प्रदान गर्दै भयबाट समेत विमुक्त पार्ने प्रयास गर्दछ । वैचारिक चेतनाको पूर्णता बुद्धत्व हो जहा“ भ्रम र भय दुवैको अनुपस्थिति रहन्छ ।
१६) सामान्य जीवन इन्द्रियको चेतनामा आधारित भएकाले भ्रमको कुहिरोमा भयको ओडार भित्र उकुसमुकुुस भइरहन्छ ।
१७) भयको अस्तित्व छ भन्ने ज्ञान वैचारिक चेतनाद्वारा मात्र प्राप्त हुने भएकाले यसले भयबाट मुक्तिको प्रयास गराउ“दै कमसेकम यसको मात्रा घटाउन सहयोग पुर्याउ“छ । यही“नेर भयको सैद्धान्तिक अध्ययन वा भयवाद अनि यसको दृष्टिकोणले जीवन हेर्ने कुराको महत्व झल्किन्छ ।
१८) भयको कारणले प्रत्येक आनन्द, सुख, सहजताबाट हामी बञ्चित भइरहेका हुन्छौं ।
१९) प्रत्येक कर्म भयबाट छुटकारा पाउने प्रयास हो । अनि परिचयको सङ्घर्ष पनि । अस्तित्वको खोजी अनस्तित्वको भयले निम्त्याउने परिणाम हो ।
२०) भयबाट मुक्तिको खोजीमा मात्र मानिस सिर्जनशील बन्दछ । त्यसैले यसले प्रगति र सभ्यताको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
२१) मान्छेहरु भयरहित हुँदा सामान्य अवस्थामा गर्न नसक्ने काम पनि गर्न सक्छन् । त्यसैले मानवीय विकासका लागि संसारलाई सके भयमुक्त पार्न र नभए पनि यसमा भयको मात्रा घटाउन जरुरी छ ।
२२) पातहरुको बीचबाट कोपिलालाई फक्रने मौका दिएर फूल बनाएजस्तै भयको बीचबाट हुर्कन दिएर जीवनको सुन्दरता सिर्जनामा देखिनुपर्दछ ।
२३) चेतना, ज्ञान र भयको समान मिश्रण रहेको जीवनको बिन्दू पूर्ण जीवनको अवस्था हो ।
२४) भयमुक्त जीवन अराजक बचाइ होइन, प्राकृतिकताहरुको अनुशासित बाचय हो ।
२५) प्रत्येक आन्दोलन र वादको प्रमुख उद्देश्य जीवनलाई सरल, सरस र ग्राह्य पार्नु हो । भयको व्यवस्थित अध्ययन गर्न सिर्जित वाद भयवाद पनि त्यही उद्देश्यबाट प्रेरित छ ।
२६) भयवाद साँस्कृतिक विषयवस्तुको खोजीको माध्यमले मानसिक समस्याहरुको निदानको लागि सक्रिय रहन्छ ।
२७) भयवाद जनजातिय समालोचनाको प्रमुख आधार पनि हुन सक्छ । नयाँ सिर्जनाहरुको व्याख्या र सम्पूर्ण पुराना कृतिहरुको भयवादीय पठन (भयालोचना) आवश्यक छ ।
२८) सिर्जनशील अराजकता र विशेष रङ्गवाद भयवादका आयाम भित्रकै साहित्यिक चिन्तनहरु हुनसक्छन् ।
२९) मान्छे छ र नै विश्व छ । त्यसैले मान्छेको अस्तित्व वा जीवन सबभन्दा महत्वपूर्ण विषय हो जान्नका लागि त्यसैले भयवादले पनि अन्य वादहरुका झै आफ्नो वैचारिक सिद्धान्त भित्र व्याख्या, विश्लेषण, प्रयोग, अनुसन्धान र खोजलाई विशेष स्थान दिन्छ जीवन बुझ्नका लागि ।

यिनै आधारहरुमा भयवादलाई नवचिन्तनको रुपमा विकास गर्न खोजिएको देखिन्छ ।


२) भयवादः सीमा र परिमार्जन
भयवादको व्याख्या गर्दै डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छः

यो धेरै विषयबाट अलिअलि पैंचो लिएर निर्माण गरिएको विचार हो। .......... यसमा केवल साहित्य सिद्धान्तको कुरा नभएकाले साहित्यको प्रसङ्गमा मात्रै यसको चिन्तन सीमित गर्न सकिँदैन। धेरै कुरा जोडिएर आएकाले, यसको पूर्ण विकास र सम्पादन भईनसकेकाले यो अलि जटिल र कतै अस्पष्ट पनि लाग्दछ। (थाम्सुहाङ २०६६ः५८)
डा. भट्टराईले भन्नुभएजस्तै भयवाद सैद्धान्तिक विकासको प्रारम्भिक चरणमा कावा खाइरहेको देखिन्छ। जीवनका सम्पूर्णतालाई समेट्ने सिद्धान्त निर्माण गर्न खोजेर वृहत्त् आयामको सिर्जना गरिएकाले सिद्धान्तकार ठाउँठाउँमा अलमलिएजस्ता लाग्नुहुन्छ। भ्रम, विश्वास र अलमल्याइ जीवनका अभिन्न यथार्थहरु भएकाले यो स्वाभाविक पनि छ। अनि यस्तै अर्को स्वाभाविक कुरा हो। भाषाको प्रयोगको असर। सबै अवस्थामा भाषाले विचारलाई सम्पूर्णरुपमा सम्पे्रषण गर्न सक्दैन। भन्न खोजिन्छ। भन्नेलाई सबैथोक भने जस्तो लाग्छ, तर भन्नुपर्ने कुरा भनिएकै हुदैन। लेखक र पाठक बीचको भाषासिर्जित यो ग्यापले लेखकले बुझेको कुरा पाठकसम्म पुग्दैन। कहिलेकाही लेखकले बुझेभन्दा फरक भएर पनि विषयवस्तु पाठकसमक्ष पुग्न सक्दछ। त्यसैले भाषाको प्रयोगमा प्रत्येक लेखक पूर्ण सचेत हुन जरुरी छ। भयवादसँग सम्बन्धित कृतिहरु पढ्दा वाद प्रणेताले स्पष्ट विचार बोक्नुभएको आभाष हुन्छ। तर तीसपृष्ठ लामो अवधारणा पत्रमा कैयौँ विरोधाभाषहरु पाइन्छन्ः विचार र प्रस्तुति दुवैमा।
प्रस्तावनाको सुरुमा भनिएको छ, “चेतनशील प्राणीहरुमा चेतना र ज्ञानको मात्रा अनुसार भय निर्भर गर्दछ। .........कुनै घटना, समस्या, भूल, रोग थाहा पाइएन, शङ्का, भ्रम भएन भने मान्छेलाई भय हुँदैन” (१)। तर त्यही अनुच्छेदमा नै फेरि भनिएको छः “त्यसैले थाहा नभएको अवस्था नै एक किसिमको भयवादको अवस्था हो” (१)। त्यसपछिको ठीक अर्को वाक्यमा लेखिएको छ। “घटना, समस्या, भूल, जीवन, मृत्यु, आफन्त, रोग, भोक, सम्पत्ति, इज्जत, अनुशासन, कानुन नियम सबै थाहा नभएको अवस्थामा मान्छेलाई भय हुँदैन”(१)। लाग्दछ यहाँ सिद्धान्तकारले इन्द्रियचेत र वैचारिक चेतको भिन्नताको आधारमा भयको प्राप्ति र ज्ञानको कुरा गर्न लाग्नुभएको हो। तर यो कतै स्पष्ट छैन।
यस्तै विरोधाभाष पाइन्छ भयको सापेक्षता र निरपेक्षताको बहसमा पनि। हेरौँ निम्न वाक्यहरुः
जीवनको निमित्त भय निरपेक्ष छ र जगत्को निमित्त जीवन। (३)
जगत् जीवनसित सापेक्ष भएको छ र जीवन भयसित। (१२)

जीवन र जगतको सम्बन्ध सापेक्ष कि निरपेक्ष? अनि जीवन र भयको सम्बन्ध नि? विचार अलमलिएको छ। “जीवनलाई डोर्याउँदै हिड्ने दर्शन, सिद्धान्त, विज्ञान, अध्यात्म सबैको आमा भय हो। भय निरपेक्ष छ” (३) भन्ने सिद्धान्तकार एकैछिनमा “भयवादीय चिन्तन ब्रहमाण्डको भय र शरीरको भयलाई न्यून गर्दै जानु हो” (४) भन्नुहुन्छ। निरपेक्ष कुरा कसरी न्यून हुन्छ? आमाको अस्तित्व न्यून गरेर कसरी नवजीवनको परिकल्पना गर्न र यसको मूल्य उकास्न सकिन्छ?
“जीवन चारैतिर भयले ढाकिएको छ । भयमण्डल भित्र वख्तर बन्द छ हाम्रो जीवन । यस्तो मुख्य विषयलाई वाद नै भनेर महत्व दिनुपर्दछ” (५) भन्ने विचारमा मुख्य विषय भएर वाद भयो भन्ने तर्क सही देखिँदैन । मुख्य विषय भएकाले त्यसका आधारमा वादको निर्माण गरेर त्यसको अध्ययन जरुरी छ भन्नु उपयुक्त हुन्छ । यसैगरी अवधारणा पत्रमा भनिएको छ “भय कमगर्न गरिने क्रिया नै भयवाद हो” (६) । कुनै क्रिया वा काम वाद हुँदैन । वादको सहायताले क्रियाको व्याख्या मात्र हुन्छ । यसैगरी पटकपटक “वाद गरिरहेछौं” भन्ने वाक्यांश प्रयोग गरिएको छ । यसो भन्दा ‘वाद’लाई गफ वा कुराकानीसँग समानान्तर मानेको पाइन्छ । साहित्यको वाद गफ होइन, सैद्धान्तिक आधार हो ।
डोरीलाई सर्प देखेर भयभीत हुने भ्रम जीवनको भ्रम हो । भय भ्रमको परिणाम हो । चेत फिरेपछि वा थाहा पाएपछि वा भ्रम सकिएपछि यथार्थ बोध हुन्छ र भय समाप्त हुन्छ भन्ने तर्क पनि चेतनाले भय सिर्जना गर्दछ भन्ने तर्कसँग पटक्कै मेल खाँदैन ।
यी र यस्तै वैचारिक अस्पष्टता र विरोधाभाषहरुको बीचमा हुर्कने सिद्धान्त कति जीवन्त, विश्वासिलो र दीर्घकालीन हुनसक्छ विचारणीय छ । हुनसक्छ सिद्धान्तकार आफूमा स्पष्ट हुनुहोला, तर त्यो लेखनमा आएको सैद्धान्तिक बहसमा पनि देखिन जरुरी छ ।
अन्य सम्पूर्ण वादमा प्रचलित शब्द ९त्भचm० हरुलाई धड्कन र जीवन नभएका शब्द मानेर ‘भय’ शब्दमा मात्र यी दुवै भएकाले यो शब्द र यसको आधारमा बनेको सिद्धान्त ‘भयवाद’ अरु शब्द भन्दा उच्च छ भन्ने सिद्धान्तकारको मनोगत तर्क भाषाशास्त्रको कुनैपनि विमर्शले पुष्टि गर्दैन । यस्तो मनोगत कुरा वादको आधार बन्न सक्दैन, वाद स्थापित हुने त निकै परको कुरा ।
भयवादीय साहित्य भएन भने तमाम साहित्यहरुको आधार ढल्न सक्छ भन्ने भनाइ मात्र बालहठ हो । के भर्खर जन्मेर वामेसर्ने तरखरमा लागेको भयवाद भन्दा पहिलेका सम्पूर्ण सिर्जनात्मक प्राप्तिहरु आधारहीन र अर्थहीन छन् त ? यस्तो फितलो तर्कको आडमा कसरी वाद स्थापित हुन्छ ? गम्भीर चिन्तनका साथ अगाडि बढ्दा राम्रा हुन्छ । आफूलाई सही र जीवनोपयोगि प्रमाणित गरेपछि मात्र अरु माथि आक्रमण गर्दा सफलता हात लाग्ने हो । हतार गरे जस्तो लाग्छ ।
यस्तै भयवाद स्वतन्त्र चिन्त हुन सकेको देखिँदैन । अरिस्टोटलदेखि फ्रायड र डेरिडा हुँदै फुकोसम्मका विचारहरुलाई दोहो¥याएर यो तर्क संसारमा पहिलो पटक आएको हो जस्तो गरिएको पाइन्छ सिद्धान्तको व्याख्यामा । वाद स्वतन्त्र चिन्तनबाट आउने विषय हो । चिन्तनमा अध्ययनको बढी प्रभाव र मनन अपुग रह्यो भने यस्तो हुन्छ र हुनु स्वाभाविक पनि छ । यस्तै भएजस्तो लाग्छ भयवादमा पनि । तथापि ‘भयवाद’ शब्दको प्रयोग शायद पहिलोचोटी भएको हो साहित्य र जीवनको विमर्शमा ।
कुनै पनि सिद्धान्त सटीक र स्पष्ट हुन जरुरी छ । अस्पष्ट र घुमाउरो दर्शन भन्दा जीवन्त उदाहरणको सिद्धान्तलाई परिपक्व बनाउँछ । अवधारणा पत्रमा भएको एकोहोरी पुनरावृत्तिपूर्ण व्याख्यान भन्दा उदाहरण सहितको बुँदागत प्रस्तुति बढी प्रभावकारी हुनसक्छ ।
यी र यस्तै विचार र तर्कहरुका बाबजुद भयवाद आफैभित्र शक्ति राख्ने सिद्धान्त हो । जहाँ भय छ त्यहाँ त्यसको निदानको उपाय पनि हुन्छ भन्ने विचार एकदमै सही छ । प्रत्येक समस्या समाधान लिएरै जन्मन्छ । सचेत भएर पत्ता लगाउने जिम्मेवारी हाम्रो हो । प्रत्येक वाद आफ्नो दृष्टिले संसारलाई हेर्छ र त्यस्तै देख्छ । फरकफरक वादहरुको संसारको फरकफरक बुझाइ विभिन्न रङका चस्माहरुले प्रकृतिको रङ फरक देखाए जस्तै हो । “जीवन प्रकाश हो, भय अन्धकार” भनिरहँदा जीवन अन्धकारबाटै सुरु भए पनि उज्यालोतिर अगाडि बढ्छ र अन्धकारलाई विस्तारै परास्त गर्दै वैचारिक चेतनाको सहयोगले अन्धकारबाट पूर्ण मुक्ति पाउन सकिन्छ भन्ने विचारले जीवनलाई सहज पार्दै आशावादी भएर बाँच्न सहयोग पु¥याउन सक्दछ । जीवनभरि प्रत्येक मान्छे अस्तित्वको सङ्कट झेलिरहन्छ, तथापि आशाको उज्यालोले जीवन धानिरहन्छ । यसै क्रममा कुनै दिन भयबाट छुटकारा समेत पाउन सकिन्छ भन्ने भयवादीय चिन्त वर्तमान मानवसमाजले बुझ्नै पर्ने एक महत्वपूर्ण विचार हो । यसरी अस्तित्वसङ्कट र आशाबीच भयवाद जीवनमा जीवनकै व्याख्या गर्न सहयोगीसिद्ध हुन सक्दछ।
प्रत्येक वाद सुरु हुन्छ एकल चिन्तनबाट। विस्तारै विमर्शको बाटो भएर खारिदै जाँदा कि त पूर्ण परिमार्जित अर्कै वादजस्तो बन्छ, कि त सामान्य परिवर्तनबाट कमजोरीहरु हटाएर परिष्कृत स्वतन्त्र वाद बन्दछ। आशा गर्न सकिन्छ निरन्तरका बहस र विमर्शहरुका सहयोगले भयवादले दोस्रो बाटो समात्नेछ ।

३) टिप्पणीमाथिको टिप्पणी
“भयवादः वैचारिक चिन्तन २०६६ ” मा सङ्कलित भयवाद र ‘आदिवासी’ उपन्यास माथिका टिप्पणीहरु हेर्दा अधिकांश टिप्पणीकारहरुले भयवादको सैद्धान्तिक पक्षमाथिको बहसलाई भन्दा वादप्रणेता वा सिद्धान्तकार देश सुब्बाले आदिवासी भाषा, लिपि र धर्मसंस्कृतिलाई गर्नुभएको माया र नयाँ वादको घोषणा गरेर साहित्य विमर्शमा पु¥याउनु भएको योगदानलाई बढी माया गर्नुभएको देखिन्छ। सैद्धान्तिक बहसमा कुन बढी महत्वपूर्ण हुन्छ कुन्नि? लाग्छ भयवाद विकासको चरणमा भएकाले यस भित्रका द्विविधा, अस्पष्टता र विरोधाभाषहरुको स्पष्ट सङ्केत गरिदिनु भयवादमाथि सही अर्थमा न्याय गर्नु हो र देश सुब्बालाई असली पे्रम। अनि मात्र भयवादको भविष्य सुखद बन्नेछ र प्रशंसाको दीर्घकालीनता स्थापित हुनेछ। सायद टिप्पणीहरु पनि भयवादीय दृष्टिकोणले अध्ययन गर्न सकिने विषय बनेका छन्।
औपन्यासिक कृति ‘आदिवासी’ माथिका टिप्पणीहरु पनि भयवादको आधारमा भन्दा पनि नेपालको समसामयिक वस्तुस्थितिको मनोवैज्ञानिक पक्षसँग उपन्यासका पात्र र घटनाहरुको समानीकरणमा जोड दिन प्रयोग गरिएका छन्। उपन्यासकारले आफ्नो कृतिलाई उपन्यास भयवाद भनेबाट भयवादको व्याख्या र उपन्यास दुवै एउटै कृति कसरी भयो भनेर टिप्पणी अगाडि सारेर यस अर्थमा सफल वा असफल कस्तो रह्यो भनेर हेर्दा मात्र सही अर्थमा कृतिमाथि टिप्पणीकारहरुले न्याय गरेको ठहरिने हो ।
भयवाद आदिवासी साहित्यको समालोचनाको आधार हुन सक्छ। यो उपन्यास आदिवासीहरुको इतिहासको आख्यानीकरण समेत भएको छ। भयवाद पढेर उपन्यास पढ्दा भन्दा उपन्यास पढेर भयवाद पढ्दा वाद बढी बुझिने भएकाले देश सुब्बाको वादको लामो प्रस्तावना वा अवधारणा पत्र भन्दा उपन्यास बढी सुन्दर छ वादकै लागि पनि। आदिवासीको वास्तविकता थाहा नपाएकाहरु आदिवासी आन्दोलनका अगुवा बनेको स्थितिप्रतिको चोटिलो व्यङ्ग्य बनेको छ यो उपन्यास। यसले सरलता, आत्मीयता र मानवतातर्पm फर्कदै भाषा, लिपि र धर्मसंस्कृतिको रक्षामा तल्लीन रहनु भयबाट मुक्त हुने वा भयलाई कमगर्दै जीवनलाई सकारात्मक बाटोमा हिँडाउने सबभन्दा असल उपाय हो भन्ने प्रमुख पात्र निसामको जीवनको उदाहरणबाट प्रस्ट पारेको छ। यसरी यो भयवादको सफल प्रयोग भएको कुरा आगामी दिनका विमर्शहरुमा आउनसक्ने सम्भावना बाँकी नै छ ।
डा. गोविन्दराज भट्टराईको व्याख्यात्मक टिप्पणीले भयवादको बोधमा प्रशस्त सहयोग पु¥याउँदै साहित्य सिद्धान्तको महत्व र भावी सम्भावनाको चित्र उतारेको छ । ‘आदिवासी’ उपन्यास भित्रैबाट भयवाद बुझ्नु चाहिँ प्रासङ्गिक नै हुन्छ र लेखकलाई आदिवासीमाथि भएको अतिक्रमण र आदिवासी स्वयम्मा बढ्दै गएको विकृतिले गर्दा भय पलाएको छ भन्ने डा. टङ्क न्यौपानेको टिप्पणी गहन र सटीक छ । भयवादलाई इतिहाससँग जोडेर न्यौपानेले वादका व्याख्याताहरुलाई समेत सही कुरा के हो भन्ने बोध गराउनु भएको छ । भयवाद अझै अस्पष्ट रहेको र ‘आदिवासी’ खोजमूलक रहेको डा. खेम दाहालको टिप्पणी, भयवादको अवधारणा पत्र भन्दा बढी स्पष्ट व्याख्या सहितको शिव प्रणतको सिद्धान्त माथिको समीक्षा सहितको उपन्यासमाथिको विश्लेषणात्मक टिप्पणी, वाद निर्माण र सहरिया राजनीति गरेर भन्दा आदिवासीहरुको साँस्कृतिक संरक्षण र उन्नयन गरेर भयलाई कम गर्न सकिन्छ भन्ने मनु मन्जिलको तर्कका साथै सम्पूर्ण टिप्पणीहरुका आ–आफ्नै सबलता र सीमाहरु देखिन्छन् । अवधारणा पत्र स्पष्ट भएपछि मात्र कुनै नवीन वादमाथि र यसको आधारमा कृतिको विश्लेषण गर्नु उपयुक्त हुन्छ भन्ने यो प्रयोगले प्रमाणित गरेको छ ।

४)निष्कर्ष
साहित्यिक सिद्धान्तको विश्वइतिहासको पछिल्लो खुड्किलो ‘भयवाद’ विकास, विस्तार र बहसको चरणमा छ । संसारको अस्तित्वको एक मात्र आधारशीला र उत्प्रेरक भय हो भन्ने क्रान्तिकारी विचारका साथ अगाडि आएको यो वादमा आधारित उपन्यास पनि तयार भइसकेको छ । संरचनावाद ९क्तचगअतगचबष्किm० जस्ता प्रसिद्ध वाद पनि समयक्रममा खण्डहर हुँदै विस्मृतिमा पुगेका छन् । प्रायः प्रत्येक वादको नियति हो यो । होसियारीपूर्ण र गम्भीर चिन्तन, विश्वासिलो व्याख्यान, तर्कपूर्ण विश्लेषण, गम्भीर र बौद्धिक तहको बहस, सिर्जनात्मक प्रयोग र समयानुकूल परिमार्जन गरियो भने मात्र वादको आयु लामो हुन्छ । वादप्रणेताको विषयवस्तुको गहिरो अध्ययनले सबभन्दा महत्वपूर्ण स्थान ओगट्दछ । आशा गरौँ भयवादको स्थापना र बहसको अहिलेको चरणको उत्साह लामो समय कायम रहनेछ । अनि यसको आयु पनि । राष्ट्रिय साँस्कृतिक मौलिकताको खोजी गर्ने, तर जीविकाको लागि विदेशिएका देश सुब्बाको यो अथक प्रयासलाई साधुवाद । उनलाई चेतनाको वनझाँक्रीले लगेर भयवाद पढाएकाले उनी बिस्तारै भयले काम्दै छन् । निश्चित छ उनी कुनै दिन साहित्यसिर्जना र साहित्यसिद्धान्तको धामी भएर निस्कनेछन् यस्तै प्रयास जारी राखेमा ।

सन्दर्भग्रन्थ सूची
थाम्सुहाङ्, प्रकाश (प्र.) २०६६, भयवाद ः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
सुब्बा, देश २०६४ आदिवासी, सिर्जनशील साहित्य समाज, हङकङ ।

२०६६ श्रावण, २९

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 भाद्र, 2066

लेखकका अन्य रचनाहरु