भाषिक हस्तक्षेपको चुनौती

- रामहरी ओझा

सपिङ गर्न बजार गएको थिए ' बोरिङ फिल भयो, रिटर्न भए।' यो यस्तै वाक्यहरू नेपालीहरूले वोल्ने गरेका छन आजकल सवै मान्छेले यस्तै भाषा प्रयोग गर्ने प्रयास पनि गरिरहेका छन। अंग्रेजहरूको भाषा अन्तराष्ट्रिय भाषा भएका कारण पनि होला लगभग ६२ प्रतिसत मात्र साक्षर भएको देश नेपालमा पनि मान्छेले सकि नसकि अंग्रेजी शव्द प्रयोग गर्ने प्रयास गरिरहेका छन। शव्द प्रयोग गर्दा त्यसको उपयुक्तता र सान्दर्भिकता हेरिन्न। अझ आफुलाई एनजिओकर्मी भन्नेहरू त भरसक आफ्नो ६० वर्षीया बृद्ध आमाले पनि भररर अंग्रेजीमा कुरा गरेको देख्न चाहान्छन।
रातदिन इटिङ, मिटिङ, ड्रिकिङ, प्लान, रिपोर्ट भिजिटजस्ता शव्दहरूवाटै सेता कागज भर्नु पर्ने वाध्यता भएपछि अरु केही नआएपनि आएका शव्द त अभ्यासमा ल्यनु नै पर्‍ाये। यो पनि उनीहरूको वाध्यता नै वनेको छ। कतातिर भनेर कसैले सोधे फिल्ड जानलागेको भन्ने उत्तर आउछ तर ति बिचराहरूले फिल्ड भन्ने शव्दको ठेट नेपाली के हो भन्ने सम्म पनि खोजी गर्ने प्रयास गरेका छैनन्। उनीहरू खोजी गरुन पो किन आफुलाई डोनर भन्नेहरूले उनीहरूलाई जे जे गर भन्यो त्यतिमात्र गर्नु उनीहरूको वाध्यता हो।
निरक्षरहरूका बिचमा जनचेतना फैलाउन जाने एनजिओकर्मीहरूको भाषामा जिल्ला सदरमुकामहरूमा वोलिने शव्दहरूभन्दा केही वढी अंग्रेजी शव्दहरू घुसेका हुन्छन। अनि केही छिन पछि फेरी आफै भन्छन् सरी है मैले इङ्लिस वर्ड प्रयोग गरेछु। हाम्रो संस्थाको नीति अनुसार त टोटल्ली लोकल भाषा प्रयोग गर्नु भन्ने छ तर वोलिराखेको वानी भएर मिस्टेक भइहाल्छ। बिचरा निरक्षर वा अर्ध साक्षर जनताले सरी वा मिस्टेक भन्ने शव्दको अर्थ थाहा पाए कि पाएनन् त्यसको ति कर्मीहरूलाई वास्ता हुदैन।
साास्कृतिक रुपमा उहिले देखि नै हाम्रो देशमा बिदेशी हस्तक्षम भईरहेको छ। नाईटो र तिघ्रा देखाएर घुम्नमै रम्ने हाम्रो देशका दिदिवहिनीहरूले आफुलाई अल्लारे केटाले जिस्कायो भनेर गुनासो गर्नु र यो पंक्तिकारले अरुले अंग्रेजी शव्द प्रयोग गर्यो भनेर गुनासो गर्नुमा तात्विक भिन्नता नहोला तर पनि अधिकाधिक रुमा भाषिक हस्तक्षम यिनै एनजीओकर्मीहरूले गर्ने गरेका छन। नेपालको भाषिक स्वतन्त्रताको मात्रै पनि कुरा होईन जुन लक्षित समुदायका लागि हामी काम गरिरहेका छौं ति समुदायले हाम्रो भाषा मन पराएका छन कि छैनन् भन्नेतिर पनि ध्यान जानु जरुरी छ। प्रसंगवस एक घटना याद आयो। एकपटक एनजीओकै नुन खान अनुगमनको वहानामा यो पंक्तिकार एक गाउामा पगेका वेला एकजना समाजसेवीसंग छलफल भयो। ति समाजसेवीले धेरै कुराको जानकारी दिने क्रममा हाम्रो गाउामा फलानो संस्थाले काम गर्न थालेपछि चर्पी ट्वाईलेट वनेको छ, यहााका महिलाहरूको क्यापासिटी क्षेमता बिकसा भएको छ, अहिले हामीहरू सेविङ्ग वचत गरिरहेका छौं भन्ने कुरा ल्याए। यो पंक्तिकारले चर्पी र टवाईलेटम के फरक छ भनेर सोध्ने साहस गरेन। आफैलाई लाग्यो पक्कै पनि क्यापिसिटी वढेकै रहेछ।
यहाा भाषाको अपमान एनजीओकर्मीहरूले गरेका हुन भनेर एनजीओकर्मीहरूलाई मात्रै दोष लगाउनु खोजिएको होईन तर तुलनात्मक रुपमा एनजीओकर्मीहरू वढी जिम्मेवार छन। अर्को जिम्मेवारी नेताहरूले लिनु पर्छ। सर्वहारा वर्गको लागि राजनीति गर्ने नेताहरूले पनि ग्राइन्ड डिजाइन फ्युजनजस्ता शव्दहरू साधारण जनतको बिचमा गएर प्रयोग गर्दछन। दुई चार जना अन्धभक्तहरूले गररर ताली वजाउछन। तालीको ताल छोप्नका लागि आम समुदायले पनि हात पिट्छन तर उनीहरूले शव्दको अर्थ वुझेका हुदैनन्। नेताहरू तालि पाएपछि थप नअंग्रेजी शव्दको प्रयोगमा लाग्छन। त्यसपछि जनताले क्याप टोपी लगाएर रात्रीको नाइट बसमा, अगाडीको फ्रन्ट सिटमा वसेर काठमायडौं जाने।” भन्ने भाषा प्रयोग गर्नु वाहेक अर्को बिकल्प रहदैन।
भाषिक रुपमा सवैभन्दा पुरानो भाषा संस्कृत हो भन्ने उहिले सुनिन्थ्यो तर अहिले संस्कृत भाषाको कहि कतै पनि व्याख्या हुादैन। औपचारिक रुपमा अध्यापन गराईने भषामा ग्रिक भाषाका शव्दहरूको व्याख्या र परिभाषा पाईन्छ। त्यसपछि अंग्रेजी शव्दकोषको उदाहरण पाईन्छ। संस्कृत भाषालाई अहिले नेपालभित्रै पनि धेरै व्यक्तिहरूले घृणा गर्न थालेका छन। यदि यस्तै अवस्था हो भने भोलीका दिनमा संस्कृत भाषा जस्तै नेपाली भाषाको पनि नामो निसान रहने छैन। तराईवासीहरूको कठालो हिन्दी भाषाले च्याप्दै ल्याएको छ भने सहरमा वस्नेहरू अंग्रेजी भाषालाई जवरजस्ती आफ्नो मातृभाषा वनाउने प्रयासमा लागेका छन। अव बाबा होइन ड्याडी, आमा होईन ममी यी शव्दहरू आफ्ना सन्तानहरूलाई हामी आफै सिकाईरहेका छौं। यस्तै परिस्थिति रहेमा एक दिन हाजिरीजवाफ प्रतियोगितामा ड्याडीलाई नेपालीका के भनिन्छ? भनेर प्रश्न तयार गर्नु पर्नेछ। त्यो प्रश्न पनि फेरी पासमा जानेछ।
आजकल गुन्युचोलो लगाउने महिलालाई, भोटो लगाउने किसोरीहरूलाई सहर वजारमा वस्ने उन्नत जातका लुगा लगाउनेहरूले “पाखे” भन्न थालेका छन। त्यो नेपाली महिलाहरूको राष्ट्रिय पोशााक हो। यि उन्नत जातको लुगा लगाएर अंग्रेजी भाषाको अभ्यास गर्नेहरूले भोली आफ्नो राष्ट्रिय भाषा वोल्नेलाई पनि “पाखे” वा त्यसको समकक्षी अंग्रेजी शव्दको प्रयोग नगर्लान भन्ने के तर्क छ? डोटेली भाषामा ईजा भन्ने शव्दलाई धेरै सम्मानित मानिन्थ्यो। ईजा आमाका लागि प्रयोग हुने चर्चित शव्द पनि हो तर अहिले ईजा भन्ने शव्दको उत्तर खोज्न उहिलेका कितावका पाना पल्टाउनु वा वुढापाकालाई सोध्नु वाहेक तेश्रो बिकल्प छैन। भोली आमा भन्ने शव्दको पनि त्यही हालत हुने छ। आमा 'ह्वाट इज आमा ?' भन्ने छन हाम्रा भावी पुस्ताहरूले।
त्यसकारण समयमै नेपाली भाषीहरूले भाषा संरक्षणका लागि पहल गर्नु जरुरी छ। गैससकर्मीहरूले पनि अव एबिल होईन योजना वनाउन जान्नु पर्छ, इटिङ होइन, खाना खान जान्नु पर्छ। राजनीति गर्नेहरूले पनि ग्राइन्ड डिजाइन फ्युजनको नेपाली अर्थ बुझ्न सक्ने नेपाली उत्पादन गर्न सक्नु पर्छ होइन भने चुनौतीका रुपमा रहेको भाषिक हस्तक्षेपले नेपाली भाषालाई निल्ने छ।

डोटी


प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 भाद्र, 2066

लेखकका अन्य रचनाहरु