सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा

- चैतन्य

गोष्ठीको विषय महत्वपूर्ण, सामयिक र विशिष्ट प्रकारको रहेको छ । विषयवस्तुबारे छलफलको प्रक्रियामा संस्कृतिसंबन्धी अवधारणा, नेपाली समाजको वर्तमान सांस्कृतिक अवस्था, सांस्कृतिक रूपान्तरणको आवश्यकता, सांस्कृतिक रूपान्तरणको दिशा, सांस्कृतिक आन्दोलनमा रहेका कमी तथा सीमा जस्ता विषयहरूबारे विवेचना गर्न आवश्यक देखिन्छ । यस सन्दर्भमा संक्षिप्त रूपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१– संस्कृति संबन्धी सामान्य अवधारणाः

संस्कृति सम्बन्धी अवधारणाको चर्चा गर्दा सैद्धान्तिकः रूपमा उल्लेख गर्नसकिने र गर्नुपर्ने कुराहरू धेरै छन् । यहा“ यी सबै कुराबारे लामो बहसमा जान अहिले सम्भव छैन । यस सन्दर्भमा हामीले तत्काल ध्यानदिनु पर्ने कुरा मूलतः यी हुन् ः
(क) मानिसद्वारा श्रमप्रक्रियाका बीचबाट प्रकृतिमाथि विजय प्राप्तगर्दै उत्पादन तथा कलामूलक गतिविधिहरूलाई अगाडि बढाउने प्रक्रियामा संस्कृतिको सृष्टि हुन्छ । संस्कृति प्रकृति र जीवनको पुुनःसृजनसंग जोडिएको छ । संस्कृतिलाई मानवीय गतिविधिमा आधारित सामाजिक तथा ऐतिहासिक परिघटनाका रूपमा ग्रहण गर्न सकिन्छ ।

(ख) संस्कृतिको वास्तविक अध्ययन उत्पादक शक्ति र उत्पादन संबन्ध तथा आधार र उपरिसंरचनाका बीच द्वन्द्वात्मक एकत्वको ज्ञानमा आधारित रहेको छ । संस्कृति उपरिसंरचना अन्तर्गत पर्दछ । संस्कृति दुई प्रकारका हुन्छन् – भौतिक र आत्मिक । भौतिक संस्कृति अन्र्तगत उत्पादनका औजार, प्रविधि, मानव निर्मित दैनिक प्रयोग र उपभोगका सामग्री आदि आउ“छन् । आत्मिक संस्कृति भित्र विचार, चेतना, दर्शन , नैतिकता, मूल्य, आचरण, रितिरिवाज, आस्था, प्रथा, चालचलन, कला, विज्ञान आदि पर्दछन् । आत्मिक संस्कृतिको विकासको आधार एवम् स्रोत भौतिक संस्कृति हो र आत्मिक संस्कृतिले पनि भौतिक संस्कृितको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । संस्कृतिलाई भौतिक तथा आत्मिक मूल्यको संश्लिष्ट अवधारणाका रूपमा परिभाषित गर्न सकिन्छ ।

(ग) कुनै वस्तुको उत्पादन, रचना, विन्यास र सजावटमा व्यक्त सिप, योग्यता र ज्ञानमा संस्कृतिको स्तर प्रकट हुने गर्दछ । साथै, संस्कृतिको स्तर मानिसको चिन्तन, आचार र व्यवहारमा पनि अभिव्यक्त हुन्छ । मूलतः समाजको विकासको स्तरसंगै संस्कृतिको स्तरमा पनि विकास हुने गर्दछ ।

(घ) संस्कृति एक सार्वभौम सामाजिक अवधारणा हो । परन्तु प्रत्येक समाज र सामाजिक समूहका विशिष्ट सांस्कृतिक पहिचान पनि हुने गर्दछन् । वर्गसमाजमा संस्कृतिको स्वरूप वर्गीय हुन्छ । जुन समाजमा जुन वर्गको प्रभुत्व छ त्यो समाजमा त्यसै वर्गको संस्कृति प्रभुत्वशाली रहेको हुन्छ । दासयुगदेखि सामन्तवादी युग हु“दै पु“जीवादी युगसम्म आउ“दा हरेक युगमा उत्पीडक र उत्पीडित वर्गका संस्कृतिबीच निरन्तर सघर्ष चल्दै आएको छ । विभिन्न देशमा सम्पन्न समाजवादी क्रान्तिले यो संघर्षलाई उत्कर्षमा पु¥याउने काम गरेको छ । यसै संघर्षका बीचबाट सांस्कृतिक रूपान्तरणको प्रक्रिया अगाडि बढ्दै आएको छ ।
(ङ) पु“जीवादी, साम्राज्यवादी वा आधुनिकतावादी मान्यता अनुसार संस्कृतिलाई दुई भागमा विभाजित गरिएको हुन्छ – उच्च संस्कृति र भीड संस्कृति । उनीहरूका दृष्टिमा उच्च संस्कृति भनेको कुलीन, सम्भ्रान्त तथा उच्च वर्गका व्यक्तिहरूको संस्कृति हो र यो सभ्य, समुन्नत तथा उन्नत स्तरको हुन्छ । उनीहरूका दृष्टिमा भीड संस्कृति भनेको सामान्य तहका तल्लो वर्गका जनताको संस्कृति हो । उनीहरू यस्तो संस्कृतिलाई असभ्य संस्कृति पनि भन्ने गर्दछन् । यो उपभोक्तावादी मान्यतामा आधारित छ । वास्तविक कुरा केहो भने शोषक र उत्पीडक वर्गद्वारा जनतालाई क्रान्ति तथा मुक्तिका आदर्शबाट विमुख तुल्याउन र शोषण उत्पीडनको जालमा फ“साइराख्नका लागि भीड संस्कृतिको अवधारणा ल्याइएको हो ।

संस्कृतिले उद्योगको रूप धारण गरेको, विद्युतीय प्रविधि तथा सूचना संचारका क्षेत्रमा अपूर्व क्रान्ति भएको र भूमण्डलीकरणको प्रक्रिया तीव्र रूपमा बढ्दै गएको वर्तमान विश्वमा सांस्कृतिक साम्राज्यवादको हैकम कायम भएको छ । त्यसको वैचारिक प्रतिनिधिका रूपमा उत्तरआधुनिकतावादले सांस्कृतिक वर्णसंकरता, उपभोक्तावाद र विघटित मूल्यचेतनालाई प्रश्रय दिइरहेको छ ।

(च) हरेक समाजमा मानिसका सांस्कृतिक आवश्यकता, उद्देश्य तथा आदर्श हुने गर्दछन् र तिनको परिपूर्ति वा प्राप्तिका लागि रचनात्मक गतिविधि र आवश्यक कर्म गर्न जरुरी हुन्छ । यी सबै मानवीय जीवन मूल्य वा सांस्कृतिक मूल्यबोधसंग संबन्धित छन् । सत्यम्, शिवम्, सन्दरम् सर्वोच्च सांस्कृतिक मूल्य हुन् । उन्नत सांस्कृतिक आवश्यकता, उद्देश्य वा आदर्श यिनै सर्वोच्च सांस्कृतिक मूल्यमा आधारित रहेका हुन्छन् । सांस्कृतिक रूपान्तरणको प्रक्रिया विभिन्न प्रकारका संघर्ष र नया“ सांस्कृतिक मूल्यबोधका बीचबाट सम्पन्न हुने गर्दछ ।
(छ) सांस्कृतिक रूपान्तरणको कुरा गर्दा एकातिर पुरानोको ध्वंश तथा नया“ को निर्माण गर्ने मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नुपर्दछ भने अर्कोतिर देशको राष्ट्रिय तथा विश्व संस्कृतिद्वारा सिर्जित उत्कृष्ट मूल्य मान्यताहरूलाई अँगाल्न आवश्यक छ । विश्व संस्कृति र सांस्कृतिक आन्दोलनको इतिहासमा रुस, चीन लगायतका देशमा सम्पन्न क्रान्तिहरू र मुख्यतः महान् सर्वहारा सांस्कृतिक क्रान्तिका अनुभवहरूबाट आवश्यक पाठ सिक्दै तथा नेपालको विशिष्ट ऐतिहासिक परिस्थितिमाथि समेत ध्यान दिंदै सांस्कृतिक रूपान्तरणको दिशामा अगाडि बढ्नेबारे गम्भीर बन्न जरुरी छ ।

२– वर्तमान सांस्कृतिक अवस्था

नेपाल अद्र्धसामान्ती तथा अर्धऔपनिवेशिक अवस्थामा आधारित बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । नेपालमा लामो समयदेखि एकातिर जनविरोधी, अराष्ट्रिय तथा अवैज्ञानिक संस्कृति र अर्कोतिर जनवादी, राष्ट्रिय तथा वैज्ञानिक संस्कृतिका बीचमा निरन्तर संघर्ष चल्दै आएको छ । राज्यसत्तामा सामन्त, नोकरशाह एवम् दलाल पु“जीपति वर्गको हैकम चल्दै आएकोले नेपाली जनता वर्गीय, जातीय, क्षेत्रीय, लै¨िक तथा जातव्यवस्थामा आधारित आर्थिक, राजनीेतिक र सांस्कृतिक उत्पीडनको शिकार हु“दैआएका छन् । साथै, नेपाल यस प्रकारका उत्पीडनका विरुद्ध जनसंघर्ष, जनआन्दोलन र वर्गसंघर्षका साथै सशस्त्र संघर्षको प्रक्रियाका बीचबाट पनि अगाडि बढ्दै आएको छ । यस सन्दर्भमा दशवर्षको महान् जनयुद्ध र उन्नीस दिने ऐतिहासिक जनआन्दोलन विशेष उल्लेखनीय रहेका छन् ।
विभिन्न प्रकारका जनसंघर्ष, वर्गसंघर्ष र जनयुद्धको प्रक्रियामा साहित्य र कलाको क्षेत्रमा एकातिर आभिजात्यवाद तथा आधुनिकतावाद विस्थापित हु“दै गएको र अर्कोतिर प्रगतिशील, जनवादी तथा प्रगतिवादी धारा स्थापित हु“दै आएको पाइन्छ ।
महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप अहिले देशमा राजतन्त्रको अन्त भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नेपाल हिन्दुराज्यबाट धर्मनिरपेक्ष राज्यमा रूपान्तरित भएको छ । संविधानसभाको निर्वाचन पश्चात् अहिले नेकपा(माओवादी)को नेतृत्वमा संयुक्त सरकार बनेको छ । देश यो बेला शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, नया“ आधारमा राज्यको पुनःसंरचना गर्ने र नया“ जनसंविधान निर्माण गर्ने प्रक्रियामा अगाडि बढिरहेको छ ।
विभिन्न प्रकारका ऐतिहासिक संघर्षका बीचबाट आज देशमा उत्पीडित वर्ग, जात, जाति, लि¨ र तप्काका जनतामा नया“ जागृति र चेतनाका लहरहरू तुफानी वेगमा विकसित ह“ुदै आएका छन् । पुराना सांस्कृतिक मूल्यहरूको विघटन र नया“ सांस्कृतिक मूल्यहरूको संघटनको प्रक्रिया तीव्र गतिमा विकसित हु“दै गैरहेकोछ ।
निरंकुश पञ्चायतकालीन नेपालमा एक भाषा , एक धर्म र एक भेषको सामन्तवादी मान्यताले उत्कर्ष प्राप्त ग¥यो र २०४७ सालमा बहुदलको पुनःस्थापना भएयता पनि त्यो मान्यता कायमै र≈यो । परन्तु , नेकपा(माओवादी)द्वारा संचालित महान् जनयुद्धले त्यसप्रकारको मान्यतामाथि भीषण आक्रमण गरिदियो । अहिले राज्यको पुनःसंरचना हुन गैरहेको छ र एक भाषा , एक धर्म र एक भेषको मान्यता पनि ध्वस्त बन्न गएको छ । तर पनि नया“ मान्यता अझै स्थापित र सस्थागत बनिसकेको छैन ।
देश अद्र्धऔपनिबेशिक अवस्थामा रहनु , बा≈य हस्तक्षेप तथा सांस्कृतिक प्रदूषण बढ्दै जानु र विद्युतीय सूचना÷सञ्चारको क्षेत्रमा अपूर्व प्रगति हुनुको कारण यहा“ शिक्षा , साहित्य , कला , पत्रकारिता , सिनेमा , रेडियो , टिभी आदि मार्फत् साम्राज्यवाद तथा विस्तारवादले सांस्कृतिक क्षेत्रमा हैकम जमाउ“दै आएको कुरा पनि स्पष्ट नै छ ।
परन्तु , नेपालमा अहिले पनि एकातिर सामन्तवाद तथा साम्राज्यवादसंग संबन्धित जनविरोधी, अराष्ट्रिय एवम् अवैज्ञानिक संस्कृति र अर्कोतिर जनवादी क्रान्तिसँग सम्बन्धित जनवादी, राष्ट्रिय एवम् वैज्ञानिक सँस्कृतिका बीचमा आधारभूत अन्तरविरोध कायमै छ । साँस्कतिक आन्दोलनको आजको मूल समस्या संसदीय यथास्थितिवादमा अल्झिएर बस्ने कि लोकतन्त्रलाई नया“ उ“चाइमा विकसित तुल्याउने, देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कि वैदेशिक प्रतिक्रियावादका सामु घुँडा टेक्ने, आन्दोलन तथा वैज्ञानिक चेतनामा आधारित नया“ संस्कृतिले समृद्ध बन्ने कि पुरानै संस्कृतिमा टा“सिइरहने जस्ता विषयसँग जोडिएको छ । नया“ जनसंविधानको निर्माण गर्ने महान् ऐतिहासिक प्रक्रियामा सि¨ो देश अगाडि बढिरहेको बेला सांस्कृतिक रूपान्तरणको प्रश्नले विशेष महत्व राख्दछ ।

३– सांस्कृतिक रूपान्तरणको आवश्यकता
विषयवस्तुको शीर्षकका रूपमा राखिएको सांस्कृतिक रूपान्तरणको आवश्यकता जस्तो पदावलीले राजनीतिक तथा आर्थिक रूपान्तरण पूरा भैसकेको र अब सांस्कृतिक रूपान्तरण मात्र बा“की रहेको भन्ने कुराको छनक दिन खोजेको प्रतीत हुन्छ । यदि कुरा त्यसो हो भने त्यस प्रकारको आशयप्रति सहमत हुन सकिन्न । यदि गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष राज्यघोषणाको पृष्ठभूमिमा अग्रगामी राजनीतिक तथा आर्थिक रूपान्तरणको प्रक्रियामाथि ध्यान दिंदै सांस्कृतिक रूपान्तरणको आवश्यकता औंल्याइएको हो भने त्यो सही छ ।

सांस्कृतिक रूपान्तरणको आवश्यकताको प्रश्न समाजको भौतिक संस्कृति र आत्मिक संस्कृतिको विकासको एक निश्चित अवस्था र स्तरसँग सम्बन्धित रहेको हुन्छ । यो प्रक्रिया र स्तर नेपाली जनवादी क्रान्तिको ऐतिहासिक चरणसँग जोडिएको छ । यो प्रक्रियामा हाम्रालागि सांस्कृतिक रूपान्तरण त स्वतः आवश्यक छ, तर गुणात्मक प्रकारको राजनीतिक तथा आर्थिक रूपान्तरण विना सांस्कृतिक रूपान्तरण हुन सक्तैन । साथै, अर्कोतिर राजनीतिक तथा आर्थिक क्षेत्रमा गुणात्मक रूपान्तरणका लागि पनि सांस्कृतिक रूपान्तरण आवश्यक हुन्छ । आत्मिक संस्कृतिको विकासका लागि भौतिक संस्कृतिको विकास हुन जरुरी छ । यो काममा उत्पादनका साधनहरूमाथि कायम रहिआएको सामन्तवादी स्वामित्व तथा वैदेशिक प्रतिक्रियावादी प्रभुत्व प्रमुख बाधक रहिआएका छन् । भौतिक संस्कृतिको विकासका लागि प्राकृतिक र मानवीय ऊर्जाको सदुपयोग र विकास अनिवार्य शर्त हुन् । संक्षिप्तमा भन्नु पर्दा भौतिक तथा सांस्कृतिक रूपमा नया“ नेपालको निर्माणका लागि पुरानो उत्पादन संबन्ध र सामाजिक संबन्धमाथि आमूल क्रान्ति गर्न अनिवार्य रूपमा आवश्यक छ ।

नेपाली समाज अझै पनि अद्र्धसामन्ती तथा अद्र्धऔपनिवेसिक अवस्थामा रहेको स्थितिमा सांस्कृतिक रूपान्तरणको आवश्यकता भन्नाले आर्थिक , राजनीतिक, नैतिक, कानुनी, दार्शनिक तथा सौन्दर्यबोधीय रूपमा विद्यमान पुरानो सामाजिक संबन्धमा क्रान्ति गरी नया“ सामाजिक संबन्ध स्थापित गर्ने जनसमुदायको आत्मिक आकांक्षालाई बुझ्न पर्दछ । तदनुसार सांस्कृतिक रूपान्तरणको आवश्यकताका सन्दर्भमा ध्यान दिनु पर्ने विषयहरू मूलतः यी हुन्ः

(क) जनवादको प्रश्न ः
ड्ड किसान, दस्तकार, मजदुर लगायतका आम जनसमुदायको मुक्तिको लागि सामन्तवादी उत्पीडन तथा भेदभावको अन्त्य र वास्तविक स्वतन्त्रता, जनताको लोकतान्त्रिक अधिकारको स्थापना तथा त्यसको अभ्यासका लागि उपयुक्त वातावरणको निर्माण ।
ड्ड महिला समुदायको मुक्तिको लागि पितृसत्तावादी हैकम तथा भेदभावको अन्त्य र सबै क्षेत्रमा पुरुष सरह समानता तथा विशेषाधिकारको व्यवस्था ।
ड्ड जनजाति समुदायको मुक्तिका लागि खस–हिन्दुवादी उच्च राष्ट्राहंकारवादको अन्त्य र जातीय आत्मनिर्णयको अधिकारको स्वीकृतिसहित जातीय स्वशासनको स्थापना ।
ड्ड दलित समुदायको मुक्तिको लागि सामन्ती ब्राह्मणवादी उत्पीडन तथा भेदभावको अन्त्य, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा समानता तथा विशेषाधिकारको व्यवस्था ।
ड्ड जनताका बीचमा पारस्परिक मैत्री, सद्भाव तथा भ्रातृत्व भावना स्थापित गर्ने एवम् त्यसलाई विकसित तुल्याउने काममा जोड ।
यी सबै कुराका निम्ति अहिले सामन्तवादी सामाजिक संबन्ध तथा त्यसप्रकारको मानसिकता, संसदीय यथास्थितिवाद र सुधारवाद बाधक रहेका छन् । हामीले यी बाधकहरूका विरुद्ध संघर्षगर्दै लोकतन्त्रलाई अर्को नया“ उ“चाइ प्रदानगर्न जरुरी छ ।
(ख) राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नः
ड्ड साम्राज्यवादी श्रेष्ठता र हीनताबोधी मानसिकताको अन्त्य ।
ड्ड साम्राज्यवादी–विस्तारवादी आर्थिक–सांस्कृतिक घुसपैठ र वर्चस्वको अन्त्य ।
ड्ड देशभक्तिको भावधारामा दृढ रहने तथा त्यसलाई विकसित तुल्याउने र सर्वहारा अन्तराष्ट्रियतावादी भावनाको कदर गर्ने काममा विशेष जोड ।
यी कुराका निम्ति वैदेशिक प्रतिक्रियावादको दलाली तथा राष्ट्रीय आत्मसमर्पणवादी प्रवृत्ति, उपभोक्तावादी चिन्तन र सांस्कृतिक साम्राज्यवाद बाधक रहिआएका छन् । हामीले यिनका विरुद्ध संघषर््ा चलाउन जरुरी छ ।


(ग) आर्थिक क्षेत्र ः
ड्ड सामन्ती तथा दलाल पु“जीवादी उत्पादन सम्बन्धको अन्त्य गर्ने ।
ड्ड भौतिक संस्कृतिको विकासका लागि आर्थिक रूपान्तरण र निर्माणका काममा जोड दिने ।
ड्ड भ्रष्टाचार, कमिशनतन्त्र, अपारदर्शिता, उपभोक्तावाद लगायतका गलत प्रवृत्तिलाई दुरुत्साहित तुल्याउने ।
ड्ड सांस्कृतिक उद्योग र सूचना प्रौद्योगिकीको प्रभाव तथा साम्राज्यवादी–विस्तारवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने ।
ड्ड डान्सबार, क्यासिनो, अश्लील विज्ञापन लगायतका विकृति तथा विसंगतिमा आधारित संस्कृतिमाथि नियन्त्रण कायम गर्ने ।

(घ) वैचारिक क्षेत्रः
ड्ड धार्मिक अन्धविश्वास, महिलाप्रतिको हेपाइ, जातपात–छुवाछुत, धामीझ“ँक्री लगायतका सामन्तवादी तथा रुढिवादी परम्परालाई दुरुत्साहित गर्ने ।
ड्ड जन्म–विवाह–मृत्युका समयमा गरिने संस्कारलाई नया“ ढंगले संगठित तथा रूपान्तरित गर्दै जाने ।
ड्ड चाडवाड, मेलापर्व आदिमा सन्निहित रुढिवादी परम्पराको अन्त गर्ने ।
ड्ड जनताको धार्मिक स्वतन्त्रताको कदर गर्ने र धार्मिक उत्पीडनका विरुद्ध संघर्ष चलाउने ।
ड्ड श्रम तथा श्रमिक जनताको सम्मान गर्ने र जनतालाई इतिहासको निर्माताको रूपमा लिने ।
ड्ड जनताप्रति प्रेम र वर्गदुश्मनप्रति घृणा जाहेर गर्ने ।
ड्ड समग्र विश्व, जीवन र समाजलाई हेर्ने आदर्शवादी तथा आधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको प्रचार–प्रसार गर्ने ।

(ङ) शैक्षिक क्षेत्र ः
ड्ड सामन्तवाद र साम्राज्यवादद्वारा नियन्त्रित शैक्षिक क्षेत्रलाई जनवादी तथा वैज्ञानिक रूपान्तरणको दिशामा विकसित तुल्याउने ।
ड्ड नेपाल र नेपाली जनताको हित र प्रगतिमाथि ध्यान दिँदै परिवर्तित स्थितिअनुसार शैक्षिक नीति, योजना र पाठ्क्रममा परिवर्तन ल्याउने ।
ड्ड शिक्षामा व्यापारीकरणको अन्त्य गर्ने ।

(च) साहित्य र कलाको क्षेत्र ः
ड्ड सामन्तवादी विचारधारा, राजतन्त्र आदिको गुणगानमा आधारित आभिजात्यवादी साहित्य, कला र संस्कृतिलाई दुरुत्साहित गर्ने ।
ड्ड निराशावाद, शून्यवाद, बहुलवाद, पलायनवाद, साम्राज्यवादी विस्तारवादी विकृति, विसंगति, हीनतावोध, अश्लीलता, छाडावाद, आपराधिक मनोवृत्ति आदिलाई प्रश्रय दिने आधुनिकतावादी तथा उत्तरआधुनिकतावादी साहित्य, कला र संस्कृतिलाई दुरुत्साहित गर्ने ।
ड्ड वर्गसंघर्ष, जनआन्दोलन र महान् जनयुद्धको भावधारामा आधारित कलाकृतिहरूकलाई प्रोत्साहित गर्ने ।
ड्ड प्रगतिशील साहित्य र कलाको विकासमा आवश्यक ध्यानदिने ।
ड्ड प्रगतिशील लेखक तथा कलाकारहरूलाई प्रोत्साहित गर्ने ।
ड्ड माक्र्सवादी सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादलाई अवलम्बन गर्दै त्यसको महत्वबारे व्यापक प्रचार प्रसार गर्ने ।

४–सांस्कृतिक रूपान्तरणको दिशा ः
सांस्कृतिक रूपान्तरणको दिशा भनेको सारमा सांस्कृतिक आन्दोलनको दिशा नै हो । सांस्कृतिक रूपान्तरणको दिशा राजनैतिक आन्दोलनको दिशासाग घनिष्टरूपमा जोडिएको हुन्छ । सांस्कृतिक आन्दोलनको परिधि व्यापक र त्यसको तुलनामा राजनीतिक आन्दोलनको परिधि सीमित हुने गर्दछ । यी दुवैले एकअर्कोलाई प्रभावित पार्ने गर्दछन् । सांस्कृतिक रूपान्तरणको दिशा संबन्धित समाज विशेषको ऐतिहासिक विकासको चरणसँग सम्बन्धित हुन्छ । सांस्कृतिक आन्दोलनलाई सही ढङ्गले अगाडि बढाउनका लागि सांस्कृतिक आन्दोलनको सम्बन्धित चरणमाथि ध्यानदिँदै आवश्यक नीति र कार्यक्रमको निर्माण गर्नु पर्दछ । अद्र्धसामान्ती तथा अद्र्धऔपनिवेसिक अवस्थामा रहिआएको नेपाली समाज पु“जीवादी जनवादी क्रान्तिको ऐतिहासिक चरणका बीचबाट अगाडि बढिरहेको छ । सांस्कृतिक रूपान्तरणको दिशालाई मार्गदर्शन गर्नकालागि माक्र्सवादको सैद्धान्तिक आलोकको आवश्यता पर्दछ । मार्गदर्शक सिद्धान्तबारे नेपाली वामपन्थी तथा सांस्कृतिक आन्दोलनमा विवाद तथा मतभेदहरू रहिआएका छन् । हाम्रो पार्टी नेकपा(माओवादी)ले माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।
सांस्कृतिक रूपान्तरणको दिशाबारे कुरा गर्दा निम्न विषयहरू ध्यानदिन योग्य छन् ः
(क) उद्देश्य
ड्ड जनवादी, राष्ट्रिय र वैज्ञानिक संस्कृतिको स्थापना गर्नु ।
ड्ड नया“ जनवाद हु“दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु ।
ड्ड व्यक्तिमा सन्निहित सृजनात्मक ऊर्जाको उद्घाटन तथा सदगुणहरूको विकास गर्नु । समग्र सामाजिक जीवनका साथै उत्पीडित मानिसहरूलाई मुक्तगर्दै उनीहरूको सर्वतोमुखी तथा सामञ्जस्यपूर्ण विकासको प्रक्रियालाई अगाडि बढाउनु ।
(ख) प्रहारको निशाना
ड्ड सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादी, साम्राज्यवादी तथा विस्तारवादी सबैखाले शोषण, उत्पीडन, हस्तक्षेप र प्रभुत्वको विरोध गर्नु ।
ड्ड साहित्य, कला र संस्कृतिको क्षेत्रमा आभिजात्यवाद, आधुनिकतावाद र उत्तरआधुनिकतावादको विरोध गर्नु ।
(ग) संयुक्त मोर्चा
ड्ड सांस्कृतिक आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न प्रगतिशील शक्ति तथा संगठनहरूसँग संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माण गर्ने ।
ड्ड यो क्षेत्रमा एकता र संघर्षको विधिलाई स्थापित गर्न प्रयत्नशील रहने ।
(घ) नेतृत्व
ड्ड सांस्कृतिक रूपान्तरणका लागि गरिने आन्दोलनको नेतृत्व पुरानो विचार र वर्गबाट हुन सक्तैन भन्ने कुरा जनताको बीचमा पु¥याउने ।
ड्ड सांस्कृतिक रूपान्तरणको नेतृत्व श्रमिक वर्ग र उसको विचारबाट मात्र हुन सक्तछ भन्ने कुरालाई स्थापित गर्ने ।
(ङ) कार्यक्रम
ड्ड आन्दोलनलाई अगाडि बढाउन केन्द्रीय र स्थानीय रूपमा , वेग्ला वेग्लै र संयुक्त रूपमा समेत विभिन्न ढङ्गका कार्यक्रमहरूको सञ्चालन गर्नु पर्दछ ।
ड्ड सांस्कृतिक आन्दोलन वा रूपान्तरणका कार्यक्रमहरूमा वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लै¨िक तथा सांस्कृतिक विविधतालाई समेटनु पर्दछ ।

५–सांस्कृतिक आन्दोलनभित्रका समस्या ः
सांस्कृतिक आन्दोलन वा रूपान्तरणको प्रक्रियालाई सही दिशा प्रदान गर्नकालागि यो क्षेत्रमा विद्यमान कतिपय गलत चिन्तन र प्रवृत्तिहरू बाधक रहिआएका छन् । ती मुख्यतः यी हुन् ः ः
(क) व्यवहारवादको समस्या–
यो सिद्धान्तको महत्वलाई सदाका लागि गौण बनाई व्यावहारिक उपयोगितालाई प्राथमिकता दिने चिन्तन र प्रवृत्तिको समस्या हो । यो चिन्तन अनुभववाद, बहुलवाद र उपभोक्तावादमा आधारित छ ।
(ख) वर्गसमन्वयवादको समस्या–
नेपाली सांस्कृतिक आन्दोलनमा वर्गसंघर्ष र वर्गीय पक्षधरताको प्रश्नलाई ओझेलमा पार्दै वर्गसमन्वयवादको भासमा फ“स्ने खतरा हामीकहा“ लामो समयदेखि कायम रहिआएको छ । यो सम्झौतावादको समस्या हो ।
(ग) द्वैतवादको समस्या–
भनाइ र गराइ तथा शब्द र कर्मका बीच विद्यमान द्वैतवादको समस्याले पनि नेपाली सांस्कृतिक आन्दोलन ग्रसित रहिआएको छ । नेपाली जनवादी तथा कम्युनिष्ट आन्दोलनमा यो समस्या अत्यन्तै गम्भीर बन्दै आएको छ ।
(घ) विशुद्धतावादको समस्या–
सांस्कृतिक आन्दोलन र रूपान्तरणको क्षेत्रमा राजनीतिको महत्वलाई इन्कार गर्ने र बैद्धिक कसरतमा जोडदिने विशुद्धतावादको समस्याले पनि हामी पीडित बन्दै आएका छौँ । यो कम्युनिष्ट आन्दोलनभित्रको शास्त्रीयतावादको समस्या हो ।
(ङ) सुधारवादको समस्या–
सांस्कृतिक रूपान्तरणको प्रक्रियामा क्रमिकता तथा सुधारमा मात्र अल्झने र गुणात्मक फड्को हान्न तयार नहुने चिन्तन र प्रवृत्तिबाट पनि हामी ग्रसित रहेका छौं । यो कम्युनिष्ट आन्दोलन भित्रको संसदवादको समस्या पनि हो ।
च) व्यक्तिवादको समस्या– व्यक्तिगत हित तथा स्वार्थप्रति लिप्त रहने र सामाजिक हित तथा समाजवादी मान्यताअनुरूप अगाडि बढ्न नचाहने प्रवृत्ति पनि हामीकहा“ अत्यन्तै प्रवल रहिआएको छ ।
यस अतिरिक्त सांस्कृतिक आन्दोलनमा अकर्मण्यतावाद, संकीर्णतावाद, जडसूत्रवाद लगायतका गलत चिन्तनबाट पनि अनेकौं समस्याहरू देखापर्दै आएका छन् । यी सबै समस्याहरूको समाधानका लागि हामी गम्भीर बन्नु पर्दछ । पुराना आदत, संस्कार, वानी वेहोराहरू फेर्ने, रुचि तथा भावनाको परिष्कार गर्ने, श्रम तथा सृजनात्मक कार्यमा संलग्न रहने, माक्र्सवादको अध्ययनप्रति अभिरुचि जगाउने, देश, जनता, क्रान्ति र समाजवादका उदात्त आदर्शप्रति निष्ठावान हुने, लाभ होइन त्यागलाई प्राथमिकता दिने आदि कुरामा विशेष ध्यान दिनु पर्दछ । यो प्रक्रियामा सांस्कृतिक आन्दोलन र समाजको रूपान्तरणमा संलग्न हुने सांस्कृतिक कर्मीहरू स्वयम् रूपान्तरित हुन र माक्र्सवाद तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्न जरुरी छ ।
६– उपसंहारः
गोष्ठीको विषयबारे प्रस्तुत गर्नुपर्ने मूल कुरा यिनै हुन् । अहिले सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशाबारे गम्भीर बहस र छलफल चलाउने मात्र होइन कि कार्यान्वयनको क्षेत्रमा जाने कुरामा पनि विशेष ध्यानदिन आवश्यक छ । सांस्कृतिक रूपान्तरणको प्रश्न जनवादी तथा समाजवादी क्रान्तिको प्रश्नसँग अभिन्न रूपमा गा“सिएको छ । तसर्थ, यसबारे गम्भीर बन्न जरुरी छ ।
(२७ मंसीर २०६५ मा प्रलेसद्वारा ललितपुरमा आयोजित विचार गोष्ठीमा प्रस्तुत कार्यपत्र)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 कार्तिक, 2066

लेखकका अन्य रचनाहरु