नेपाली साहित्यमा डायस्पोराको योगदान

- डा. खगेन्द्रप्रसाद लुइटेल

१. डायस्पोराको प्रारम्भिक अर्थ र ऐतिहासिक सन्दर्भ
ग्रिसेलीबाट आएको डायस्पोरा (diaspora) शब्दलाई हेब्रुमा नबगित (निर्वासन) भनिन्छ । डायस्पोराको खास वा मूल अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु भन्ने हुन्छ । यसका लागि निर्वासन (galut or exile) शब्दभन्दा राम्रो शब्द विकीर्ण अर्थ बुझाउने तभागतशयत (tefutzot -dispersion) लाई मानिन्छ । यस शब्दले बलपूर्वक ननिकालिई आफै“ संसारभर पैmलिनु भन्ने अर्थबोध गराउ“छ । ऐतिहासिक बेबिलोनियाली निर्वासन (५८६ इस्वीपूर्वतिर) पछि यहुदी समुदायका लगभग सबै व्यक्तिहरू निर्वासित भई प्यालेस्टाइन (वर्तमान इजरायल) भन्दा बाहिर छरिन पुगे । यहुदीहरूको यो निर्वासन भौतिक मात्र नभएर धार्मिक, दार्शनिक, राजनैतिक र युगान्तकारी पनि थियो । त्यसैले उनीहरू इजरायल भूमिस“ग आफ्नो सम्बन्ध गाढा रहेको ठानी यस निर्वासनलाई ईश्वरेच्छा मान्न थाले । बेबिलोनियालीहरूले जुडाह नामक अधिराज्यमा विजय प्राप्त गरेपछि यहुदीहरूलाई ठूलो सङ्ख्यामा दास बनाई अन्यत्र निर्वासित गरिएको थियो । पर्सियाली विजेता साइरस महान (Cyrus the Great) ले बेबिलोन विजय गरेपछि इस्वीपूर्व ५३८ मा यहुदीहरूलाई आफ्नो मातृभूमि फर्कने अनुमति दिए तापनि यहुदीहरूको केही अंश स्वतःस्पूmर्त रूपमा विभिन्नतिर छरिएर बाहिरियो ।

यहुदी डायस्पोराको सबैभन्दा ठूलो, महŒवपूर्ण र सांस्कृतिक दृष्टिले सिर्जनात्मक समूह अलेक्जेन्डरियामा इस्वीपूर्व पहिलो शताब्दीमा फलीफुली समृद्धितर्पm लम्किएको देखिन्छ । त्यसपछि यहुदीवाद (judaism) का प्रमुख केन्द्रहरू देशदेशमा सर्दै गए । यस क्रममा यहुदी समुदाय बेबिलोनिया, पर्सिया, स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, रसिया, संयुक्त राज्य अमेरिका आदि विभिन्न देशमा छरि“दै गयो र त्यसरी छरिएकाहरू तत्तत् देशका भाषा, रीतिथिति र संस्कृति अ“गाल्दै यहुदीइतर परिवेशमा समाहित हुन थाले । त्यस क्रममा केहीले शान्तिपूर्वक बस्न पाए भने केही हिंसाका सिकार भए ।

डायस्पोराले आफ्नो राष्ट्रिय पहिचान कायम राख्ने वा नराख्ने भन्ने कुरामा यहुदीहरूका बीच मतभेद उत्पन्न हुनथाल्यो । यसै परिप्रेक्ष्यमा अधिकांश कट्टरपन्थीहरूचाहि“ यहुदी समुदाय फेरि इजरायल फर्किने कुरा (Zionist movement) मा समर्थन गर्छन् भने कतिपय कट्टरपन्थीहरूचाहि“ त्यस कुराको विरोध गर्दै आधुनिक इजरायल राष्ट्रलाई ईश्वरविहीन धर्मनिरपेक्ष राज्य मान्छन् र ईश्वरले त्यसको सुधारका लागि कुनै दिन मसिहा (देवदूत) अवश्यै पठाउ“छन् भन्ने विश्वास गर्छन् । निर्वासनलाई अस्वीकार (shelilat ha-galut) जब(नबगित) गर्नेहरू यहुदी डायस्पोराको जीवन र संस्कृति अन्यस“ग सम्मिलन र संस्कृतीकरणका कारण नष्टभ्रष्ट भएको ठान्छन् भने इजरायलमा पुनरागमन भएर आएकाहरूचाहि“ यहुदीहरूको अस्तित्व निरन्तर रहन्छ भन्ने ठान्छन् । वास्तवमा यहुदीवादको विलयन हुन्छ वा अस्तित्व रहन्छ भन्ने यी दुवै विचार अतिवादी भएकाले समुचित ठानि“दैन ।

सामान्यतः अमेरिका अथवा अन्यत्रका यहुदीहरूले डायस्पोरालाई ईश्वरीय इच्छाको वैधानिक अभिव्यक्ति मानेका छन् तापनि सन् १९३७ मा सम्पन्न अमेरिकाली ¥याबिसको केन्द्रीय सम्मेलन (Central Conference of Amrican Rabbis) ले पिटसबर्ग प्लेटफर्म (Pittsburgh Platform, सन् १८८५) लाई औपचारिक रूपमा रद्द गर्दै अब यहुदीहरूले इजरायल फर्किने कुरा सोच्नु हु“दैन भन्ने घोषणा ग¥यो । यस नया“ नीतिले यहुदीहरूलाई आफ्नै पनि छुट्टै मातृभूमि स्थापित गर्नुपर्छ भन्ने विचारलाई प्रोत्साहित गरेको देखिन्छ । यसका विपरीत यहुदीवादको अमेरिकाली परिषद् (American Council for Judaism, सन् १९४३) ले यहुदीहरू धर्मावलम्बीका दृष्टिले मात्र यहुदी हुन् तसर्थ तिनीहरूले प्यालेस्टाइनमा यहुदी मातृभूमिको स्थापनालाई समर्थन गरे भने त्यो आपूm बसेको देशका विरुद्ध विश्वासघात वा देशद्रोह गरेको ठानिनेछ भन्ने घोषणा ग¥यो । यसको तात्पर्य यहुदी डायस्पोराले आपूm बसेकै देश वा राज्यप्रति बफादार वा निष्ठावान् (loyal) हुनुपर्छ भन्ने हो । यहुदी राष्ट्रिय राज्यको मागचाहि“ दोस्रो विश्वयुद्धमा भएको यहुदीहरूको व्यापक नरसंहारपछि मानवतावादी दृष्टिबाट बढेको देखिन्छ ।

२. डायस्पोराको वर्तमान अर्थ र सन्दर्भ
वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थमा मात्र सङ्कुचित नभई यसको अर्थविस्तार भएको छ । हाल यसले विकीर्ण हुनु (dispersion), फि“जिनु (spreading) तथा छरिनु वा तितरबितर हुनु (scatteringन) भन्ने अर्थ दिन्छ । यस सन्दर्भमा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा फि“जिएर, पैmलिएर वा छरिएर रहनु भन्ने हुन्छ । यस सन्दर्भबाट हेर्दा प्रत्येक राष्ट्रको आÇनो डायस्पोरा हुन्छ र त्यो डायस्पोरा आÇनो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आÇनो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हु“दा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । यस दृष्टिबाट हेर्दा नेपालबाट निर्वासित भई अन्यत्र मुलुकमा लामो समयदेखि छरिएर रहेकाहरू नेपाली डायस्पोरा हुन् । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्न पुगेको छ ।

डायस्पोरा/डायस्पोरिक शब्दको नेपाली समानार्थी खोज्न त्यति सजिलो छैन तापनि मोटामोटीमा यसलाई विकीर्णन, विस्थापन, निर्वासन, प्रवास/आप्रवास भन्ने शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ । यिनमा पनि आप्रवास/आप्रवासी शब्द बढी उपयुक्त देखिन्छ । वर्तमान सन्दर्भमा यसको अर्थबोध गराउन गैरआवासीय शब्दको पनि प्रयोग गर्न सकिने स्थिति देखापर्न थालिसकेको छ ।

वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट प्रवासी भई विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । जुन ठाउ“बाट जहा“ गएका छन् त्यही“को भाषा, संस्कृतिमा ती सब विलयन हुने क्रम पनि जारी छ । नेपालबाट पनि प्रशस्तै नेपालीहरू संसारका विभिन्न ठाउ“मा विकीर्णन, विस्थापन वा निर्वासन भएका छन् । डायस्पोरामा ‘जहा“ छौ त्यही“का हौ’ भनिए पनि जाति र संस्कृतिका नाममा नेपाली वा आफ्नै राष्ट्रको भन्ने मानसिकता रहिरहन्छ तापनि तिनले रीतिथितिलगायत अरू सबकासब त्यही“को आत्मसात् गर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन निकै लामो समय लाग्छ, छोटो समयमा हु“दैन । यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायस्पोरा मान्नुपर्ने हुन्छ ।

अर्काको देशमा जतिसुकै सम्पन्न भएर बसे पनि आफ्नो मातृभूमि र आफन्तहरूप्रतिको सम्झना र सद्भाव स्मरणमा रहिरहन्छ । यताबाट तिनको नागरिकता वा नागरिकका हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमिसकेको हुन्छ र उतापटि केही मात्रामा त्यस्तो अधिकार प्राप्त भएको वा नभएको स्थिति रहन्छ, तर पनि आत्मपहिचान वा परिचयको सङ्कट (crisis of identity) भने सदैव जीवित रहन्छ । यसरी मातृभूमि सम्झे पनि परिस्थितिवश उतैको भाषा, संस्कृति, अपरिचय आदिस“ग सङ्घर्षरत रही बसोबास गर्दागर्दै त्यतै विलयन भएकालाई डायस्पोरा भनिन्छ ।

साहित्यिक सन्दर्भमा यताबाट उता गएर छोटोदेखि लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरेको पाइए पनि वास्तविक डायस्पोरिक साहित्यचाहि“ लामो समय बसोबास गरी त्यही“को भाषा, संस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मानिन्छ । उदाहरणार्थ प्रवासी नेपाली साहित्य भनिएमा नेपालबाहिरका नेपालीले लेखेका सबै साहित्यलाई लिन सकिन्छ, तर ती सबैलाई डायस्पोरिक साहित्यचाहि“ भन्न मिल्दैन । यताबाट जो जहा“ गयो त्यही“को भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका, तर आफ्नो जातीय धर्मचाहि“ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहि“ डायस्पोरिक साहित्य भन्न मिल्छ ।
यताबाट उता गए पनि फर्केर आउनचाहि“ चाहने, तर सहजै फर्केर आउन नसकी उतै स्थायी रूपमा बसोबास गर्ने बाध्यता भएका मानिसहरू डायस्पोरा हुन् । यिनको आधा मन उता अनि आधा मन यता हुने गर्छ र तिनमा जहिले पनि असुरक्षा, भय, सन्त्रास, मानसिक पीडा, अपरिचय, बिरानोपन वा पराइपन आदिका साथै मातृभूमि र आफन्तजनको सम्झना, कर्मलाई धिक्कार्ने वृत्तिलगायत अनेक प्रकारको पीडाबोध भइरहन्छ । यस्तैयस्ता भावना वा विचारहरू डायस्पोरिक साहित्यमा अभिव्यक्त भएका हुन्छन् । यिनीहरू भौतिक रूपमा पुगेको ठाउ“स“ग र मानसिक रूपमा मूल थलो वा मातृभूमिस“ग गा“सिएको द्वैध मनस्थिति वा दुईतिरको पन वा दोहोरो पीडामा बा“च्न बाध्य हुन्छन् । यसरी हेर्दा यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ ।

विदेसिने चलन नया“ होइन । उहिलेदेखि अहिलेसम्म अनेक कारणबाट थुपै्र मानिसहरू आÇनो जन्मभूमि छाडेर विदेसिने क्रम निरन्तरप्रायः छ । कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् भने कतिपय स्वेच्छाले राजीखुसी विदेसिएका हुन्छन् । व्यापारव्यवसाय, सैन्यकर्म, अध्ययन, वैवाहिक सम्बन्धलगायत शरणार्थी, युद्धपीडित, राजनैतिक अस्तव्यस्तता, धार्मिक हिंसा, प्राकृतिक प्रकोप आदिका साथै सुखसुविधाको खोजीका लागि पनि मानिसहरूमा विदेसिने प्रवृत्ति पाइन्छ । यतिखेर तेस्रो विश्वका शरणार्थीहरूसमेत अमेरिकाली मुलुकतिर हानिने दाउमा छन् । कतिपय स्वदेशबाट विरक्तिएर नफर्किने हिसाबले विदेसिन्छन्, तर त्यहा“ आÇनो अस्मिता नदेखी फेरि मातृभूमिमै फर्केर आउ“छन् । कतिपय आÇनो कमाइधमाइ आदि सकेर फर्किने इरादा बोकी विदेसिन्छन् । तिनका मनमा फर्किने चाहना अवश्य हुन्छ, तर बाध्यात्मक परिस्थितिका कारण तिनीहरू फर्किन सक्तैनन् र त्यतै बस्छन् । यसरी आÇनो मातृभूमिबाट अलगिएर गएकाहरू मिलेर त्यही“ एउटा भावनात्मक समाजको निर्माण गर्छन् । त्यसैलाई डायस्पोरा भनिन्छ । यस्तो क्रम प्रायः तेस्रो विश्वका गरिब, अविकसित र अशान्त मुलुकबाट पहिलो विश्वका धनी, विकसित र सम्पन्न मुलुकमा हुने गर्छ । कतिपय धनी मुलुकले गरिब मुलुकका नागरिकहरूलाई वैधानिक प्रक्रिया पूरा गरेरै आफ्नो मुलुकमा भिœयाउने गरेको पनि पाइन्छ । यस्तैयस्ता ढङ्गबाट निर्मित समाजका सदस्यहरूद्वारा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरिन्छ । कतिपय डायस्पोरिक साहित्यलाई औपनिवेशिक आदि सन्दर्भले पनि प्रत्यक्ष–परोक्ष प्रभाव पार्दछ । यताबाट छुटेका र उतापटि नजोडिएका वा राम्ररी जोडिन नसकेकाहरूबाट त्यस्तैत्यस्ता सन्दर्भहरूलाई लिएर आत्मपहिचानको सङ्कट, गृहविरह (nostalgia), भय, त्रास, असुरक्षा, आपूm र आÇनो सत्व हराएको अनुभूति आदिको अभिव्यक्ति गरिएका साहित्यलाई डायस्पोरिक साहित्यमा दर्न सकिन्छ ।

३. नेपाली डायस्पोराको वर्तमान अवस्था
नेपाली परिप्रेक्ष्यबाट हेर्दा विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पाइन्छ । वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन । जङ्गबहादुर पनि आफ्नो शासनकालमा बेलायत गएका थिए र त्यसै विषयमा केन्द्रित रहेर कसैद्वारा जङ्गबहादुरको बेलायत यात्रा नामक कृति लेखियो । यस्तै लोकसाहित्यतर्पm दृष्टि पु¥याउ“दा चन्द्रशमशेरको कर्खामा पनि उनको बेलायत यात्राकै वर्णन पाइन्छ । यी कतिपय शासकीय सन्दर्भका अतिरिक्त भोटको लडाइ“को सवाइजस्ता सामान्य नागरिकस“ग गा“सिएका साहित्यिक संरचनाहरू पनि केही मात्रामा भेटिन्छन् । यस्ता साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन ।
गैरआवासीय नेपाली (NRN) भन्ने सन्दर्भ कानुनी रूपमै व्याख्यायित छ । यसले नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई जनाउ“छ । आफ्नो देश छोडेर आधा वर्षजति अन्यत्र गई बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपाली मानिन्छ, तर नेपाली डायस्पोराबारे कानुनी त के स्पष्टतः सैद्धान्तिक व्याख्यासमेत भएको पाइ“दैन । हालसाल आएर यताका र उताका केही व्यक्तिहरूद्वारा डायस्पोरा वा डायस्पोरिक साहित्यबारे गरिएका सामान्य चर्चापरिचर्चा त्यसको प्रारम्भिक जानकारीका लागि उपयोगी भए पनि त्यतिलाई नै पर्याप्त मानेर ढुक्क हुने अवस्थाचाहि“ छैन । यसर्थ यसको स्पष्ट सैद्धान्तिक व्याख्या हुन बा“की रहेकाले त्यसतर्पm ध्यान दिनु आवश्यक छ ।

यताकाहरू उता गएर लेखिएका जति जम्मै साहित्यलाई डायस्पोरिक साहित्य भन्न थालिएमा यसबाट कतिपय गम्भीर प्रश्नहरू जन्मिन्छन्, जस्तै—
-सम्बद्ध व्यक्ति उता गएको कति समय हुनुपर्ने ?
-त्यहा“ स्थायी बसोबास गरेको हुनु पर्ने कि नपर्ने ?
-यताको नागरिकता छोडेको र उताको लिएको हुनु पर्ने कि नपर्ने ?
-व्यापार, भ्रमण, अध्ययन, विवाह वा अन्य कुनै पेसा आदि उद्देश्यबाट उता गई उही“ लेखिएका साहित्य मात्र डायस्पोरामा पर्ने कि ? उताबाट फर्केर आई यही“ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य पनि पर्ने ?
-केही दिनका लागि यसो उता गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई के भन्ने ?
-धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यही“ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्ने कि नभन्ने ? अनि तिनका सिर्जनालाई डायस्पोरिक मान्ने कि नमान्ने ?
-उताको कुनै प्रतिष्ठित संस्थाको नाम दिएर यता आफ्नै लगानीमा प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई के नाम दिने ?
-आÇनै मातृभाषामा लेखिनु पर्ने वा आपूm बसोबास गरेकै देशको वा अन्य मान्यताप्राप्त अन्तर्राष्ट्रिय भाषामा लेखिएको भए पनि हुने ? आदि ।

कुरा यतिमै सीमित रह“दैन, अहिले आपूmलाई डायस्पोराको साहित्यकार भनाउन रुचाउनेहरूको सङ्ख्या पनि कम छैन । यता छापेर उता अनि उता छापेर यता विमोचन गराउने प्रचारमुखी प्रवृत्ति पनि बढ्दो छ । के यस्तालाई पनि डायस्पोरिक रचना भन्न मिल्छ र ? यस्ता कतिपयलाई सामान्यतः नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य वा प्रवासी नेपाली साहित्य भन्न मिले पनि ती सबैलाई डायस्पोरिक साहित्य भन्नचाहि“ पटक्कै मिल्दैन । साथै विदेशबाट स्वदेश फर्केर यही“ बसोबास गर्न थालेकाहरूबाट सिर्जित साहित्यलाई पनि डायस्पोरिक साहित्य भन्न मिल्दैन । यति हु“दाहु“दै पनि डायस्पोरिक साहित्यको सम्बन्ध खासमा भाषास“ग नभएर कथ्य वा अनुभूतिस“ग हुन्छ । सम्बद्ध मातृभाषा वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अङ्ग्रेजी आदि भाषामा लेखिएका कृतिमा पनि यताको वा उताको मार्मिक भावना मुखरित भएमा वा त्यसको विषयवस्तुचाहि“आफ्नै मुख्य भूमि वा बसोबास गरेको भूमिस“ग सम्बद्ध भएमा पनि तिनलाई डायस्पोरिक कृति मान्नु पर्छ । मातृभाषाकै आधारमा मात्र छुट्ट्याउने हो भने विश्वप्रसिद्ध डायस्पोरिक लेखक भी.एस्. नइपल, सलमान रुस्दी आदिलाई समेत डायस्पोरिक लेखक भन्न नमिल्ने स्थिति उत्पन्न हुन्छ । यसर्थ भाषाका दृष्टिबाट प्रचलित जुनसुकै भाषामा पनि उताका वा यताका वा दुवैतिरका विषयवस्तुमा केन्द्रित रही आफ्नो देश, जाति, धर्म, संस्कृति, अवस्था आदिबारे लेखिएका रचनालाई पनि डायस्पोरिक साहित्य मान्नुपर्छ ।

अहिलेका हाम्रा कतिपय लेखक साहित्यकारहरू आपूmलाई उत्तरआधुनिक भनाउन लालायित देखिन्छन् र त्यसो भनिदि“दा तिनीहरू मख्ख पनि पर्छन् । वास्तवमा त्यो प्रशंसा हो कि निन्दा हो भन्नेसमेत भेउ पाउ“दैनन् । त्यस्तैगरी हालसाल आपूmलाई डायस्पोराको साहित्यकार भन्न–भनाउन रुचाउने प्रचलन पनि बढ्दो छ । अझ भनौं केही दिन विदेश जा“दा लेखिएका यात्रा संस्मरण मात्र होइन तीर्थयात्राबारे लेखिएका गन्थनलाई समेत डायस्पोरा भन्ने र भनिदिनेहरूसमेत भेटिन थालेका छन् । यस्तो प्रक्रियालाई बढावा दिइएमा त्यसबाट सक्कली डायस्पोरा ओझेलिने र नक्कलीहरू उज्यालिने सम्भावना पनि रहन्छ, तर त्यो सैद्धान्तिक स्पष्टता नहुन्जेलका लागि मात्रै हुने भएकाले क्षणिक हुन्छ ।
हामी तथाकथित समालोचकको पगरी गुथेका वा गुथ्ने–गुथाउने तरखरतिर लागेका कतिपय व्यक्तिहरू आपूmले पढेको वा भूमिका लेखेको कृतिलाई नेपालीकै पहिलो डायस्पोरिक कृति भनिदिन पनि बा“की राख्दैनौं । यसरी भनिदि“दा मात्र कृति डायस्पोरिक हुने कि सा“च्चिकैको डायस्पोरिक हुनुपर्ने हो ? यसतर्पm हामी उति ध्यान पु¥याउ“दैनौं । आपूmले पढेका वा भूमिका लेखेका वा अध्ययनको केन्द्रक बनाएका वा मन परेका जतिलाई पहिलो, अद्वितीय आदि विशेषण जडान गर्ने, तर अरू कतिपय महŒवपूर्णलाई समेत बेवास्ता गर्ने लाहुरेवृत्ति पनि हामीकहा“ विद्यमान छ । हु“दाहु“दा कतिसम्म भने फलानो कृति विश्वकै सर्वाेत्कृष्ट कृति हो भन्नसमेत कतिपय समालोचक भन्न रुचाउनेहरूले बा“की राखेका छैनन् । विश्वकै सर्वाेत्कृष्ट कृति भन्नलाई संसारभर प्रकाशित त्यस प्रकृतिका समग्र कृतिहरूको तुलनात्मक अध्ययन आवश्यक हुन्छ । त्यसो गर्ने ≈याउ पटक्कै नभएकाले यस्तो अनावश्यक टिप्पणी गरी सामान्य पाठकलाई दिग्भ्रमित तुल्याउने दुस्प्रयास गर्नु हु“दैन । मुनामदनलाई विश्वसाहित्यकै सर्वाेत्कृष्ट कृति हो भन्नेजस्ता चरम प्रभाववादी टिप्पणी हालसालसमेत गरिएको पाइन्छ ।

मुनामदन खतम कृति हो भन्ने होइन, तर त्यो सर्वाेत्तम हो भन्नेले त्यस प्रकृतिका कुनकुन भाषामा सिर्जित कतिवटा रचना पढेर भनेका हुन् त ? हामी नेपालीले अलिअलि जानेको भाषा नेपालीबाहेक कनिकुथी अङ्ग्रेजी र हिन्दी हो, त्यो पनि कृति नै विश्लेषण गर्ने गरी नभएर सामान्य विचार विनिमय गर्ने गरी मात्र हो । राम्ररी कृति विश्लेषण नै गर्ने गरी त नेपाली नै पनि पूरै जानिएको हु“दैन । राम्ररी जानेकै भए यस्ता फेद समाउ“दा टुप्पो फुत्किने र टुप्पो समाउ“दा फेद फुत्किने प्रशस्तिमूलक टिप्पणी÷समालोचनाहरू लेखि“दैनथे । यस्तो चरम प्रभाववादी लेखन अत्यन्तै क्षणिक हुन्छ र त्यसले कृतिकार र समालोचक दुवैलाई फाइदा पु¥याउनाको सट्टा ठूलै क्षति पु¥याउ“छ । हुन त समालोचकलाई मात्र के दोष दिनु, कृतिकारहरू पनि भरसक आपूmलाई हरक्षेत्रको पहिलो नै भन्न रुचाउ“छन् र त्यसो भनिदि“दा मख्ख पर्छन् । थुप्रै कृतिहरूको सिर्जना गरिसकेकाहरू पनि आÇनो पछिल्लो कृतिलाई पहिलो भनी आÇनै इतिहास मारिएको समेत भेउ पाउ“दैनन् । यसतर्पm कृतिकार र समालोचक दुवै सचेत हुनुपर्छ, नत्र दुवैको अस्तित्वमाथि नै प्रश्नचि≈न खडा हुन बेर लाग्दैन ।

डायस्पोरालाई मात्राका रूपमा हेर्नुपर्ने अवस्था पनि रहेको छ । मात्रा निर्धारण गर्न त्यति सजिलो छैन । डायस्पोराको बाछिटाले अलिअलि छोएको वा छिपछिपे स्पर्श गरेको अथवा पूरै भिजेको अवस्थाबारे वस्तुगत जानकारी आवश्यक छ । अहिले निकै चर्चामा रहेको उत्तरआधुनिक सन्दर्भलाई कतिपय अभिलक्षणका आधारमा स्पष्ट पार्न खोजिएभैm“ डायस्पोरालाई पनि स्पष्ट्याउनु जरुरी छ । साथै उतै डायस्पोरा भएरै बसेकाहरूबाट यता वा उताका सन्दर्भमा लेखिएका कृतिलाई मात्र डायस्पोरिक कृति मानी तीमध्येबाट विभिन्न विधाको पहिलो डायस्पोरिक कृति पत्ता लगाउन निकै शोधखोज गर्नु आवश्यक छ ।

यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिने स्थिति नरहन पनि सक्छ । लैनसिंह बाङ्देलको मुलुकबाहिर, ताना सर्माको बेलायततिर बरालि“दा (यात्रानिबन्ध), नेपालदेखि अमेरिकासम्म (उपन्यास) जस्ता कृतिलाई समेत डायस्पोरिक साहित्यमा दर्ता गर्न मिल्ने भए मुनामदन, मुग्लानलगायत त्यस्तैत्यस्ता विषयवस्तुमा लेखिएका सबै कृतिलाई डायस्पोरिक मानेर नेपाली डायस्पोरिक साहित्यको इतिहासलाई जङ्गबहादुरको बेलायत यात्रातिरै पु¥याए भइहाल्यो नि ¤ होइन भने जे पायो त्यसलाई डायस्पोरिक नभनी सैद्धान्तिक स्पष्टताका साथ जिम्मेवारीपूर्वक भन्नु राम्रो हुन्छ । यी सबै भनाइको तात्पर्य के हो भने अब डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्नुपर्ने बेला भइसक्यो, यसतर्पm हामी सबै ढिलो नगरी जिम्मेवारीपूर्वक लाग्नुपर्छ भन्ने हो ।

अन्य मुलुकका भै“m हाम्रा नेपालीहरू पनि विभिन्न सन्दर्भबाट उहिलेदेखि नै विदेसिने क्रम पाइन्छ । विदेसिएकामध्ये कतिपय फर्किए, कतिपय फर्किन चाहेर पनि फर्किन सकेनन् र उतै इहलीला समाप्त पारे भने कतिपयचाहि“ उतै घरजम गरेर बसेका छन् । वास्तवमा क्षणिक आवेशमा बाहेक अब म कहिल्यै नेपाल फर्किन्न भनेर कमै मात्र विदेसिन्छन् । तिनमा स्वदेश फर्कने सोचाइ र चाहना भए पनि परिस्थितिजन्य कारणबाट फर्कन नमिल्ने स्थिति पनि आउनसक्छ । अझ विशेषगरी डेढदुई दशकको हाराहारीदेखि नेपालीहरू विदेसिने क्रम झन् बढ्दो छ । पढेलेखेका होनहार युवाहरूमा विदेशप्रतिको मोह दिनदिनै बढेकोबढ्यै छ । यसको एउटा मुख्य केन्द्रक अमेरिका बन्नपुगेको छ । यतिखेर एकथरी युवाहरूको दैनन्दिन वा सपनाजपना नै अमेरिका जाने तरखर रहेको छ । मिलेसम्म अमेरिका र नमिले अन्यत्र जाने क्रम व्याप्त छ । युवाहरू पढ्ने वा अन्य कुनै निहु“ बनाई नभएको बैंक ब्यालेन्स देखाएर वा उस्तै परे आधा नेपाल नै मेरै हो भन्ने लेखाएर त्यता हानिन लालायित छन् । यसको प्रमुृख कारक तŒव नेपालमा विगत दशकदेखि चलेको सशस्त्र युद्ध पनि एक हो भने अन्य कारणहरूमा पैसा कमाएर सुखसुविधापूर्वक जिउने अभिलाषा, उच्चशिक्षा हासिल गर्ने चाहना, देखासिकी गर्ने मनोवृत्ति आदि पनि रहेका छन् । नेपालीमा यस्तैयस्ता अनेक विषयवस्तुमा आधारित थुप्रै कृतिहरू लेखिएको पाइए पनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न ।

यसरी उता गएर लामो समयसम्म बसोबास गरेका वा केही समय बसेर फर्किएकाहरूबाट सिर्जित कृतिका साथैै यता छापेर उता लगिएकासमेत कृतिहरूलाई डायस्पोरिक भनी उल्लेख गरिएको पाइन्छ । यस सन्दर्भमा यस्ता कृतिहरूको उल्लेख गर्नु आवश्यक देखिएकाले तिनको विधागत सङ्क्षिप्त विवरण तल दिइएको छ :

कविता
होमनाथ सुवेदी प्रवासी स्वर (२०५४), आप्रवासका सुसेली (२०६३), सेतो गाजल (२०६४), डायस्पोराको पेन (महाकाव्य, २०६६)
गोपाल रिसाल अध्यात्म यात्रा (नेपाल दर्शन) (२०५६)
डा. शिव गौतम सपनाका रङ्गहरू (२०५६), मुटुनेरीको सिस्नेरी (२०६०)
होमराज आचार्य जीवित कङ्काल (२०५६)
जय छाङ्छा इल तजभ द्यबलप या तजभ एयतयmबअ ९द्दण्ण्ज्ञ०
वामा ढुङ्गाना प्रणय प्रसङ्ग (२०५८)
डा.मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’ मैले खोजेको आकाश धर्ती (२०५९)
गोपाल पराजुली नया“ ईश्वरको घोषणा (२०६०)
ज्ञानेन्द्र गदाल मलाई छुने मन (गीत, २०६०)
मधु शर्मा मान्छे, ढुङ्गा र ईश्वर (२०६०)
रमा पोखरेल इच्छाहरूको मृत्युदिवस (सन् २००३)
रमेश सत्याल प्रेम पराग (२०६०)
शैलेन्द्र साकार कवितामा अमेरिका (२०६०)
नगेन्द्रराज न्यौपाने हराएका कैदीहरू (२०६१)
बुद्धिमाया गुरुङ मायाको साइनो (सन् २००४)
माया थापा मायाको साइनो (२०६१)
विष्णुबहादुर सिंह अनुभूतिका सङ्ला पानाहरू (मुक्तक सङ्ग्रह, सन् २००४)
सागर श्रेष्ठ (सम्पा) चौतारी कविता सङ्ग्रह भाग २ (सन् २००४)
हेमनाथ घिमिरे छातीभित्र देश दुख्दा (सन् २००४)
ओमशङ्कर गुरुङ परदेशीको पत्र (२०६२)
कमला प्रसाईं म विनाको मेरो जीवन (२०६३)
भारती गौतम आकाशमाथिको शहर (२०६३)
मोहन सिटौला नया“ मुलुकको नाद (२०६३)
शिवप्रकाश गोलमाल (२०६३)
आचार्य प्रभा परदेशबाट (२०६४)
तारा बलाल ‘स्टार’ पि“जडाभित्र (गजल, २०६४)
नरजीत राई आकाश खोज्दै जा“दा (गजल, २०६४)
हरिभक्त बुढाथोकी मूलको सङ्लो पानी (२०६४)
हिन्दमैया श्रेष्ठ नारी (२०६४)
कृष्ण बजगाईं हिउ“को तन्ना (२०६५)
गङ्गा लिगल सङ्गीतको आभास (सन् २००८)
चेतन राना प्रवासी कविता सङ्ग्रह भाग २ (सम्पा. २०६६)
वसन्त श्रेष्ठ भावनाका लहरहरु (२०६६)

उपन्यास
होमनाथ सुवेदी न्याउली (२०४३), रत्ना (२०४३), नजर (२०४४), त्रिमूर्ति (२०४४), वीणा (२०४५), द्यौराली (२०५१), अङ्कुर (२०५३), यमपुरीको महल (२०६४)
मुलीवीर राई बिसाइत (२०५२), छाल (२०५६), हरियो पर्खाल(२०५८), मृत सहर (२०६१)
शोभा भट्टराई अन्त्यहीन अन्त्य (२०५८)
निलनकुमार थेच्वमी आज फेरि बेड फेरिन्छ (२०६१)
गणेश राई राइफलको नालबाट जीवन नियाल्दा (२०६२)
सानु अर्धविराम (२०६२)
डा. दीपक खड्का च्यात्न नसकेको चिठी (२०६३)
मञ्जुश्री थापा The Tutor of History (2003)
सम्राट उपाध्याय The Guru of Love (2003)

कथा सङ्ग्रह
होमनाथ सुवेदी नेपाली लोककथा (२०५२), चिरिएको मुटु (२०६४)
सम्राट उपाध्याय Arresting God in Kathmandu (2001), The Royal Ghost (2007)
कमला सरुप सम्झनाका अनुभूतिहरू (२०६०)
प्रमिला शर्मा प्रेमको खोजीमा (सन् २००४)
बाबा बस्नेत उन्यू फुलेपछि (सन् २००४)
जया राई डम्बरी (२०६२)
कृष्ण बजगाईं यन्त्रवत् (सन् २००७)

निबन्ध/प्रबन्ध
मानकाजी श्रेष्ठ चिनको डुलाइ क्यानाडाको बसाइ (यात्रा संस्मरण, २०५९)
वामा ढुङ्गाना मनोद्वेग (२०५९)
खेमनाथ पौडेल मरुभूमिको पीडा (२०६१)
गणेश राई राइफलले फलाकेको जिन्दगी (यात्रा संस्मरण, २०६२)
गोविन्द गिरी ‘प्रेरणा’ गुड बाइ अमेरिका (यात्रा संस्मरण, २०६२)
प्रमिला शर्मा सम्झनाको झरी अमेरिकामा घरीघरी (यात्रा संस्मरण, सन् २००५)
विश्वासदीप तिगेला गृहयुद्धका पीडा (२०६२), देश बोकेको पीडा (यात्रा संस्मरण, २०६४)
कलाधर काÇले बेलायततिरका तीस पाइला (यात्रा संस्मरण, २०६४)

माथि प्रस्तुत विभिन्न विधाको छोटो कृतिसूची मूलतः दक्षिणपूर्वी एसियाभन्दा बाहिरका भनी विभिन्नले विभिन्न ठाउ“मा डायस्पोरिक आदि साहित्यका रूपमा उल्लेख गरेका र कतिपय कसैले कतै उल्लेख नगरेका विवरणको एकीकृत प्रस्तुति हो । यिनमा विशेषगरी होमनाथ सुवेदीद्वारा लिखित नेपालबाहिरको नेपाली साहित्य (फ्रि नेपाल डट कम, २०६२) शीर्षक लेखमा अमेरिका, रुस, बेलायत, साउदी अरबका साथै जापान, क्यानडा, हङकङ, जर्मन, पोर्चुगल आदि देशमा बसोबास गरेका नेपालीहरूद्वारा लिखित कृतिहरूको विवरण दिइएको छ भने सात समुद्रपारका नेपाली पद्यपुस्तकको इतिहास (फ्रि नेपाल डट कम, २०६२) शीर्षक लेखमा विदेश र नेपालमा समेत रहेका कविहरूका कृतिहरूको संक्षिप्त विवरणात्मक विश्लेषण गरिएको छ । सुवेदीका यी दुवै लेख सूचनामूलक छन् र यिनमा डायस्पोराका साहित्यिक कृति/डायस्पोरिक साहित्य भनी स्पष्ट उल्लेख नगरिएकाले शीर्षकअनुकूल उपयुक्त नै छन्, तर यिनै कृतिहरूसहितलाई छिपछिपे ज्ञानमा रुमलिएर नया“ विषयको लेखक भन्न रुचाउने अन्य कतिपयले डायस्पोरिक साहित्य भनी बढाइचढाइका साथ उल्लेख गरेको पनि पाइन्छ । माथि उल्लिखित सूचीमा समाविष्ट कतिपय साहित्यकारहरू विदेशतिरै बसेर सिर्जनरत देखिन्छन् भने कतिपय त यसो प्रसङ्गवश अमेरिका आदि देशमा टेक्नेबाहेक स्वदेशमै बसेर साहित्य सिर्जना गरिरहेका छन् । कतिपयले स्वदेशमै बसेर साहित्य सिर्जना गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका नामबाट आफ्नै लगानीमा यही“ नै कृति प्रकाशन गरेका छन् । माथिको विवरणमा परेका गोपाल पराजुली, विष्णुबहादुर सिंह, मोहन सिटौला, हरिभक्त बुढाथोकी आदिका कविताकृति† कमला सरुप, बाबा बस्नेत आदिका कथाकृति गोविन्द गिरी ‘प्रेरणा’ आदिका निबन्धात्मक कृतिहरूमध्ये कतिपय नेपाली साहित्यमा विशेष उल्लेखनीय रहे तापनि तिनलाई डायस्पोरिक कृति भन्न मिल्दैन र यस्ता कृतिहरूलाई डायस्पोरिक नेपाली साहित्यको उदाहरणका रूपमा प्रस्तुत गर्नु उपयुक्त पनि हु“दैन । यसर्थ अहिलेका लेखकहरूले आपूmलाई जबर्जस्ती डायस्पोरिक लेखक भन्न–भनाउन लगाउने र समालोचकहरूले पनि विना हिचकिचाहट भनिदिने परिपाटीलाई त्यागेर डायस्पोरिक नेपाली साहित्य, प्रवासी नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य र नेपालभित्रकै नेपाली साहित्यका बीचमा स्पष्टतः विभेदक रेखा कोर्नुपर्छ । यीमध्ये कुनै नामले मात्र साहित्यकार उत्कृष्ट हुने होइन, त्यसको उत्कृष्टताको कसी उसको साहित्यिक कृति नै हुन्छ । सर्जकले मात्र होइन समालोचकले पनि एकाध प्रवासी लाहुरे साहित्यको विश्लेषण गरेकै भरमा आपूmलाई ठूलै डायस्पोरिक समालोचक ठान्नु हु“दैन । कसैले ठानेमा त्यसको फुरफुर पनि बेमौसमी वर्षाको बाछिटाभन्दा दीर्घकालिक हु“दैन, अत्यन्तै क्षणिक हुन्छ ।

४. उपसंहार
विदेसिएका नेपाली साहित्यकारहरूको सक्रियतामा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (सन् १९९१) नामक संस्थाका विश्वभर अनेक शाखाप्रशाखाहरू पनि पैmलिएका छन् । यसै संस्थाका माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली डायस्पोराहरूद्वारा सिर्जित साहित्यलाई विधागत रूपमा छुट्ट्याएर सूचीबद्ध गर्न अत्यावश्यक देखिन्छ । यसो गरिसकेपछि कुनचाहि“ विदेशमा नेपाली साहित्य र कुनचाहि“ डायस्पोरिक नेपाली साहित्य हो भनी छुट्ट्याउन सकिन्छ । हुन त आज कतिपय सन्दर्भमा विधाभञ्जनका प्रसङ्गहरू पनि नआएका होइनन्, तर साहित्यको आÇनो निजी पहिचान विधा सिद्धान्तबाटै हुने तथ्य पनि पुरानिएर गलत साबित भइसकेको छैन ।
विदेशी भूमिमा बसेर साहित्यका प्रमुख चारै विधा (आख्यान, कविता, नाटक र निबन्ध) मा लेखिएका कृतिहरूको व्यापक खोजतलास गरी वेबसाइटमा राख्ने वा पुस्तकाकार रूपमा त्यसको इतिहास तयार गर्ने काम गर्नुपर्छ र तिनको वस्तुवादी मूल्याङ्कन गरिनुपर्छ । यसका लागि समालोचक मात्र नभएर लेखक पनि उत्तिकै सचेत र जिम्मेवार हुनुपर्छ । सम्बद्ध लेखकले विश्वको जुनसुकै कुनाबाट प्रकाशित आÇना सिर्जनाहरूको स्पष्ट विवरण (कृति र कृतिकारको नाम, प्रकाशन वर्ष, विधा आदि) खुलाएर विद्युतीय सञ्चार माध्यमबाटै भए पनि स्वदेशतर्पm जानकारी गराउनु पर्छ । कसैले भन्लान् यो मेरो काम होइन, मेरो काम त लेख्ने मात्र हो, खोजेर इतिहासबद्ध गर्ने काम समालोचकको हो । कुरा सारै बेठीक पनि होइन, तर लेखक र समालोचकले आपूmलाई एकअर्काका परिपूरक ठानी मिलेर काम गरियो भने पाठकलाई छिटो र यथार्थमूलक जानकारी दिन सकिन्छ, होइन यो काम समालोचककै मात्र हो भनेर बस्दा लामो समय त्यत्तिकै भिड्किन्छ र समालोचकका हातमा परेको पछिल्लो कृतिलाई नै पहिलो डायस्पोरिक कृति हो भन्ने स्थिति आउनसक्छ । यस्तो स्थिति आउन नदिनाका लागि पनि लेखक र समालोचक दुवै थरीमा समन्वय स्थापित हुनु अत्यावश्यक देखिन्छ । यही समन्वय र सम्पर्कको अभावका कारण ‘वर्तमान समयमा डायस्पोरिक विशेषताले युक्त सिर्जनाको सङ्ख्या नेपाली साहित्यमा तीन सय नाघ्यो होला विविध देशका डायस्पोराबाट विविध विधामा रचित । एक वर्षभित्र प्रकाशित यस्ता कृति पनि तीन दर्जन पुग्नै आ“टे’ भनी अड्कल गरेझैं अन्य समालोचकका माझ पनि अड्कलमै भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति जीवितै रहन्छ । चालु वर्षभित्र प्रकाशित कृतिबारेसमेत अन्दाजमै भर पर्नुपर्ने अवस्था छ भने अगिअगिको त के कुरा भो र ? यसरी अन्दाज गर्नुपर्ने समालोचकको पनि बाध्यता हो ।

अहिले उताका त के यतैका पनि सबै कृति खोज्न सहज छैन । कम्प्युटर र अफसेट छापाखाना प्रविधिको अत्यधिक विकासले गर्दा दिनानुदिन अनेक विधाका अनेक कृतिहरू छापिने र विमोचन गरिने क्रम निरन्तर छ । तिनको सङ्ख्या यकिन गर्न कठिन भएकाले पनि अड्कलमा भर पर्नुपर्ने स्थिति रहेको छ । यसमा पनि खासगरी कठोर साधकहरू नै पछि पर्छन् । केही टाठाबाठा, सम्पन्न र पहु“चवालाहरूले विमोचन आदिका नामबाट सञ्चारको व्यापक उपयोग गरी कुनाकुनासम्म प्रचार गर्छन् र समालोचकको आ“खा पनि त्यस्तै कृतिमा पर्न जान्छ अनि त्यसैलाई त्यस विधाको पहिलो कृति भनिदिने स्थिति आउनसक्छ । विगत केही समयदेखि गरिमा पत्रिकाले डायस्पोरा शीर्षक स्तम्भ राख्न थालेपछि त्यसतर्पm पाठकहरूको ध्यान आकृष्ट हुन थालेको देखिन्छ ।
जे होस्, डायस्पोरिक साहित्यमा वर्णित यताका प्रसङ्गले उताकालाई र उताका प्रसङ्गले यताकालाई विशेष प्रभाव पार्दछ । हाल सिङ्गो नेपाली साहित्यको श्रीवृद्धिमा नेपाली डायस्पोरिक साहित्यले महŒवपूर्ण योगदान पु¥याई आÇनो स्थान सुरक्षित गरिसकेको छ तापनि कुन कृति वास्तविक डायस्पोरिक हो र कुन होइन भनी निक्र्याैल गरेर छुट्ट्याउने कामचाहि“ अभैm बा“की नै छ । यसरी छुट्ट्याउने काम तत्काल नगरिएका खण्डमा यसले भविष्यमा निकै गन्जागोल उत्पन्न गर्ने कुरा निश्चित भएकाले यसतर्पm सम्बद्ध सबै सचेत हुनु जरुरी छ ।

प्रमुख सन्दर्भसामग्री
इन्कार्टा रेफरेन्स लाइब्रेरी, सन् २००४ ।
एड्वार्ड्स, बेन्टहेज, द प्राक्टिस अफ डायस्पोरा : लिटरेचर, ट्रान्स्लेसन एन्ड राइज अफ ब्ल्याक इन्टरनेस्नालिज्म, हार्भर्ड: क्याम्बिज युनिभर्सिटी प्रेस, सन् २००३ ।
द इन्साइक्लोपेडिया ब्रिटानिका, भोलुम ३, लन्डन : विलियम बेन्टन पब्लिसर्स, सन् १९९० ।
द इन्साइक्लोपेडिया ब्रिटानिका, अल्टिमेट रेफरेन्स, सन् २००३ ।
भट्टराई, डा. गोविन्दराज, स्वतन्त्रताको खोजीमा निस्केका बन्दीहरूप्रति, कान्तिपुर, (२०६४ साउन १२) ।
भ्यानहियर, निकोलस, न्यु डायस्पोराज, लन्डन : यु.सि.एल्. प्रेस, सन् १९९८ ।
लुइटेल, डा. खगेन्द्रप्रसाद, एक्काईसौं शताब्दीको कविता एक्काईसौं शताब्दीजस्तै हुनुपर्छ, अक्ष्ँर, (२/१, २०६२ भदौ–मङ्सिर) ।
सुवेदी, होमनाथ, सात समुद्रपारका नेपाली पद्यपुस्तकको इतिहास, फ्रि नेपाल डट कम, नेपालबाहिर नेपाली साहित्य, २०६२ ।
नेपालबाहिरको नेपाली साहित्य, फ्रि नेपाल डट कम, शुभविजयादशमी, २०६२ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 कार्तिक, 2066

लेखकका अन्य रचनाहरु