कविता, समय र बहस

- अमर गिरी

कविता सम्भवतः सबैभन्दा धेरै लेखिने विधा हो। नेपाली साहित्यको इतिहास यही भन्छ। वर्तमान पनि यसको साक्षी छ। बजारमा सबैभन्दा धेरै कविताकै पुस्तकहरू छन्, विमोचन, चर्चा, परिचर्चा पनि यससम्बन्धी पुस्तकहरूकै बढी हुन्छ। साहित्यिक, गैरसाहित्यिक पत्रपत्रिकामा कविता नै सबैभन्दा बढी छापिन्छन्।

स्रष्टाले प्रायः आफ्नो लेखन यात्राको प्रारम्भ पनि यसैबाट गर्दछ। समग्र नेपाली साहित्यमा सबैभन्दा समृद्ध विधा यही हो। यो कविता–प्रेम, यस रुपमा यसको सिर्जना र मनुष्यलाई आफूतिर आकर्षित गर्न सक्ने यसको क्षमता सााच्चिकै प्रशंसा गर्न लायक छ। हामीले यसको प्रशंसा पनि प्रचुर गरेका छौं। यो चली नै रहनेछ। तर लाग्छ, अब कवितामाथि गम्भीर बहसको समय आएको छ। कविताको कवितात्मक सामर्थ्यका सन्दर्भमा यो अत्यन्त आवश्यक छ।

कविताका सन्दर्भमा मात्र होइन, सबै विधाहरूका सन्दर्भमा परम्परित ढााचाको विमर्श नै हाम्रो विमर्शको मूल प्रकृति हो। यसभन्दा माथि उठ्न हामी सकेनौा। केही खास मानक, केही खास ढााचा, केही खास पद्धति हाम्रा विमर्शका आधार रहे। खास आग्रह, खास छनोट, खास रुचि, अपरिष्कृत, अपूर्ण ज्ञान क्षितिज र सौन्दर्यबोध सिर्जनाको आन्तरिक र बाह्य दुनियाा छिचोल्ने सन्दर्भमा भयानक खाडलका रूपमा देखिए। इमानदारी कम, निश्चित उद्देश्य र स्वार्थहरू अगाडि आए। समालोचना पाठ्यपुस्तकीय कर्ममा मात्र खुम्चिएन, त्यो नजिक र टाढा, आफ्नो र पराइ, गुट र उपगुटमा पनि विभाजित भयो। कमजोर भए पनि आफ्नो हो भने शिखर चढाउने, होइन भने बहिष्कृत गर्ने डरलाग्दो रोग मौलायो। यसको असर कवितामा मात्र होइन, साहित्यका समग्र विधामा परेको छ। नेपाली साहित्यको सन्दर्भमा यो गम्भीर विषय हो।

कविताको एउटा सुनौलो समय थियो। रिमाल, देवकोटा, भूपी, पारिजात, मोहन कोइराला, वैरागी काइाला– धेरै नामहरू छन्, जसले नेपाली कवितालाई आ–आफ्नो किसिमले उाचाइ प्रदान गरे। म मोहन कोइराला, वैरागी काइाला आदिका जीवनदृष्टि, तिनका रचनामान्यता आदिसाग विमति राखुाला तर म उनीहरूको रचनात्मक सामर्थ्यलाई चुनौती दिन सक्तिना। मैले त्यसलाई स्वीकार गर्नुपर्छ, यही नै मेरो इमानदारी हो। धेरैको गुनासो सुनिन्छ– कविता लेखिनुपर्ने गरी लेखिएकै छैन, स्वयम् कविहरू यही भन्छन्, चिन्तनक, विचारकहरूका राय पनि म यस्तै यस्तै पाउाछु, म आफैंलाई पनि यस्तै लाग्छ। किन अत्यन्त थोरै कविताहरू म्ात्र कविता जस्ता छन्? कविताको सघन सिर्जनाका बीच किन हामीलाई कविताजस्तो कविता पाउन हम्मेहम्मे परिरहेछ? किन असफल छ स्रष्टाहरूको ठूलो समूह भनेजस्तो कविता लेख्न? यो धारा होस या त्यो धारा भूपी र मोहन कोइरालाभन्दा, रिमाल र वैरागी काइालाभनदा हामी किन अगाडि बढ्न सकेनौा? यी प्रश्नहरू नै यस्ता प्रश्नहरू हुन्, जसको गर्भमा हामीले चाहेका, खोजेका उत्तरहरू विद्यमान छन् भन्ने लाग्दछ। स्रष्टा निश्चित दिग्–कालमा बााच्छ। ऊ समाजको खास चरित्रका बीच हुन्छ र यात्रारत रहन्छ। यससाग जोडिएर आउाछन्, उसको जीवनदर्शन, अनुभूतिको संसार, प्रतिबद्धता, ज्ञान र सौन्दर्यबोधको क्षितिज। समाजको सिङ्गो चिन्तनधारा, त्यसको गहिराइ या सतहीपन, आत्मिक मूल्य र त्यसका अभिव्यक्तिहरू पनि जोडिन्छन् यससाग। साहित्य र सौन्दर्यको विमर्शको दुनियाा त यससाग झन् गाासिन्छ नै। सिंगो समयको बौद्धिक र आत्मिक धारा कसरी, कुन रूपमा, कुन उाचाइमा, कुन बेगमा प्रवाहित भइरहेछ, त्यसले धेरै कुरालाई प्रभावित गर्दछ। हाम्रो रचनात्मक सामर्थ्यको छिपछिपेपन वा गहिराइलाई हामीले हेर्ने, व्यख्या गर्ने आधार यही हो। हाम्रो सामर्थ्यलाई कमजोर र सतही हाम्रा आफ्ना काजोरीहरूले मात्र बनाउादैनन्। सबैको कमबेसी यसमा भूमिका रहन्छ। आज स्रष्टाहरूको आभ्यान्तिरक जगत् नै अनेकौ विपर्यासहरूले क्षतिग्रस्त छ। उपभोक्तावादको प्रभाव, आत्मिक मूल्यहरूको क्षय, असीम महत्वाकांक्षा, चरम आग्रह, समूहगत संकीर्णता, अनुभूति र अध्ययनको उपरीपन, परिस्कारमा शिथिलता हाम्रा समस्या हुन् आज। यसलाई चुल्याउन मद्दत गरेका छन् बौद्धिक र आलोचनात्मक विमर्शका स–साना र छक्क लाग्दा केन्द्रहरूले। अहिले मात्र होइन, अलि लामै समयदेखि यसप्रकारको परिदृश्यका बीचबाट गुजि्ररहेका छौा हामी। आत्मघाती परिदृश्य हो यो। जुन मुलुकको चिन्तन निकृष्ट स्वार्थका गणितहरूबाट डोरिन्छ, जुन मुलुक द्वैधचरित्र र पाखण्डको अजीव दुनियाामा रम्छ, त्यस भूगोलको हाल यस्तै हुन्छ। चाहेर पनि गुणात्मक फड्को मार्न गाह्रो, सधै औसत, विशिष्ट हुन असम्भव जस्तै।

कविताका निम्ति मात्र होइन, समग्र साहित्यको उचाइका निम्ति गहन सिंहावलोकन यतिबेलाको आवश्यकता हो। हामीले त्यो प्रेतको मूलोच्छेदन गर्न जरुरी छ, जसले हामीलाई डसिरहेछ। इमानदार बौद्धिक र आत्मिक विमर्शको हामीकहा भन्दा धेरै राम्रो परम्परा छ नजिकैको भारतमा। आग्रह, संकीर्णता र छिपछिपेपनबाट त्यो धेरै मुक्त छ। कोही कसैका निम्ति विजातीय जस्ता छैनन् ती। हामीले धेरै कमजोरीहरू हुर्कायौ अनेकन कारणले। हाम्रो रचनात्मक सामर्थ्यको क्षितिजलाई यसले फराकिलो बनाएन, खुम्चायो। धेरै लेखियो, भनेजस्तो लेखिएन। चर्चा यति सस्तो भयो, राम्रो लेख्नै परेन। प्रायोजित चर्चा र त्यस चर्चाको अहंकारी दुनियामा सामर्थ्य मर्योण।

हामी यस्तो समयखण्डमा छौ, पण्डित नपढेरै पण्डित भइरहेछ, ग्रन्थको रचयिता बनिरहेछ, त्यसका कुरा सुन्न अभिशप्त छौ हामी। हामी सम्भावनाको महान् समयमा छौ तर सम्पूर्ण प्रदूषणहरूसहित। प्रदूषणबीच भनेजस्तो कविता लेखिन्न, खोजेजस्तो, चाहेजस्तो साहित्य आउन्न। भूमि उर्वर छ तर हामी बञ्जर छौा। यो बञ्जरपन सबैभन्दा बेसी छ अहिले। भइरहेको छ तर भनेजस्तो भइरहेको छैन, चलिरहेछ तर भनेजस्तो गरी चलिरहेको छैन। सायद मेरो यस्तो टिप्पणी एकाङ्गी अनुभूत होला तर लाग्छ वास्तविकता यही हो। कविताको आत्मा आज धेरै कमजोर छ, कविता यसमा दुःखी छ। कवि पनि दुःखी छ, अरू पनि दुःखी छन् तर यसको उपचार के हो? प्रश्न यही हो। स्रष्टामा मात्र खोजिने उत्तर अपर्याप्त हुनेछ, बिलकुल एकाङ्गी। हामीले यसको उत्तर हाम्रो समग्र बौद्धिक र आत्मिक संसार तथा त्यसका क्रियाकलापहरूमा खोज्नुपर्नेछ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 माघ, 2066

लेखकका अन्य रचनाहरु