महिला लेखन र नारीवादी नेपाली उपन्यास

- लीला लुइटेल

१. पृष्ठभूमि: नारीवादको सङ्क्षिप्त परिचय
साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हुँदैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दिँदै आएका छन् ।

अङ्ग्रेजी शब्द feminism को नेपाली रूपान्तर नारीवाद हो । नारीकेन्द्री सन्दर्भबाट नारीका हक, हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । विश्वमा प्राचीन समयदेखि नै प्रबल रहेको पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिहृन खडा गर्ने नारीवादले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको विरोध गरेको पाइन्छ ।

नारीहरूको सामाजिक, आर्थिक एवं सांस्कृतिक स्वतन्त्रता तथा समानताका लागि सञ्चालित राजनैतिक नारीवादी आन्दोलनसाग नारीवादी साहित्य तथा समालोचनाको घनिष्ठ सम्बन्ध छ । नारीहरूका सोचाइ, अनुभव क्रियाकलाप एवं गतिविधिहरूलाई लाई विशेष महत्व दिने नारीवादी समालोचनाले पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्रचित्रण आदिलाई नकार्दै नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्न जोड दिएको छ ।

पश्चिमी मुलुकमा नारीमुक्तिको सङ्घर्ष धेरै अगिदेखि चलेको पाइए तापनि नारीवादी आन्दोलन, नारीवादी साहित्य सिर्जना र समालोचनाको वास्तविक थालनी सन् १९६० को दशक पछि मात्र भएको देखिन्छ । त्यस बेलासम्म समाजमा नारीको अवस्था अत्यन्तै दुखद र प्रतिकूल रहेको पाइन्छ ।

एरिस्टोटलले केही गुणहरूको कमीका कारण नारी नारी भएको हो भनेर नारीलाई कमजोर साबित गर्न खोजेका छन् । सेन्ट टमस एक्विनसले पनि नारीको खोट देखाउँदै नारीलाई अपूर्ण मानिस भनी उल्लेख गरेका छन् । विश्वप्रसिद्ध मनोविश्लेषक फ्रायडले नारीमा शिश्न ईश्र्या हुन्छ भन्ने सन्दर्भबाट नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम मानेका छन् । नारीवाद यस्तैयस्ता नारी विरोधी दृष्टिकोणका विपक्षमा देखिएको छ । प्रायः सबै चिन्तक, दार्शनिक, नेता, भविष्यवक्ता, वैज्ञानिक आदि पुरुष भएका कारण नै नारीलाई हीनतर मानेका हुन् भन्ने धारणा नारीवादीहरूले व्यक्त गरेका छन् । नारीहरूलाई हीन तुल्याउने कार्य प्रकृतिले नभएर सामाजिक व्यवस्थाले गरेको हो भन्ने दृष्टिकोण नारीवादीहरूको रहेको छ । नारीका यिनै विविध पक्षस“ग सम्बद्ध साहित्य एवं समालोचनालाई नारीवादी साहित्य तथा नारीवादी समालोचना भनिन्छ ।

सन् १९२० को दशकमा नारी लेखक तथा नारी साहित्यलाई हेर्ने नया“ र भिन्न दृष्टिकोणको प्रवेश भएको सङ्केत देखिन्छ । यस अवधिमा रिबेका वेस्ट तथा भर्जिनिया उल्फका कृतिहरूमा नारी लेखकहरूले पितृसत्तात्मक समाजबाट भोग्दै गरेको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रतिकूलतालाई स्पष्ट पारिएको छ । यस सन्दर्भमा उल्फको A Room of One's Own (1929) नामक पुस्तक नारीवादी आन्दोलनको शास्त्रीय अभिलेखका रूपमा रहेको छ । यसपछि डोरोथी रिचर्डसनद्वारा चेतनप्रवाह शैलीमा लेखिएको उपन्यास Pilgrimage १२ भागमा प्रकाशित भएको छ । यस बृहत् उपन्यासको विरामचिहृनरहित पोथी गद्यबारे भर्जिनिया उल्फले स्त्रीलिङ्गको मनोवैज्ञानिक वाक्य भन्ने टिप्पणी गरेकी छिन् ।

सन् १९४९ मा प्रकाशित फ्रान्सेली लेखक साइमन ड बुभाको The Second Sex नारीवादी लेखन तथा आन्दोलनको युगान्तकारी कृति हो । समाजमा नारीको स्थिति र भूमिकाबारे विश्लेषण गरिएको यस कृतिमा नारीको पहिचानसम्बन्धी विस्तृत समीक्षा गरिएको छ । यसमा स्टेन्धाल र डी.एच्. लरेन्सजस्ता पुरुषले लेखकहरूबाट गरिने नारीको प्रतिनिधित्वबारे पनि विश्लेषण गरिएको छ । यस ग्रन्थको मुख्य सन्दर्भ राजनैतिक भए पनि यस कृतिमा सर्वप्रथम पुरुषले उपन्यासमा नारीको वर्णन कसरी गर्छ भन्ने कुराको परीक्षण गरिएको छ । यसमा नारीको पहिचान नकारात्मक वस्तु वा अन्यका रूपमा तथा पुरुषको पहिचान प्रभुत्वशाली व्यक्तिका रूपमा विवेचना गर्दै पुरुष लेखकहरूका कृतिहरूमा वर्णित नारीसम्बन्धी महान् सामुदायिक मिथहरूको विश्लेषण पनि गरिएको पाइन्छ । नारीलाई समाजमा निम्न, अधीनस्थ र दोस्रो दर्जाका नागरिक तुल्याइएको छ र पितृसत्तात्मक समाजमा यसै स्थितिलाई कायम राखी नारीमाथि दमन गरिएको छ भन्ने मुख्य निष्कर्ष यस कृतिको रहेको छ । यसरी बुभाद्वारा नारीवादी साहित्य चिन्तनको सूत्रपात र नेतृत्व गरिएपछिसन् १९७० का दशकमा नारीवादी साहित्य तथा समालोचनाको वास्तविक एवं सचेत प्रयास भएको हो । यसै बेलादेखि नारीसम्बन्धी अध्ययन छुट्टै विषयका रूपमा हुन थालेको पाइन्छ । यस अवधिमा नारीवाद अमेरिकामा विशेष लोकप्रिय हु“दै गएको देखिन्छ भने बेलायतमा पनि नारी प्रकाशन गृहहरूको स्थापना भई यसले सव्रिmय रूपमा कार्य गर्न थालेको देखिन्छ । बेलायतमा सन् १९७७ मा स्थापित खष्चबनय नामक प्रकाशनले नारीहरूको स्वतन्त्र पुस्तक प्रकाशनको थालनी गरेको छ भने सन् १९७८ मा त्जभ ध्यmभलुक एचभकक को स्थापना भएको छ । नारीवादी समालोचनाले विगतका नारी लेखकहरूका कृतिहरूको व्यापक खोजी तथा पुनर्मुद्रण गर्नुका अतिरिक्त विद्वतापूर्ण तथा सिर्जनात्मक नारीलेखनलाई प्रोत्साहित गर्दै अगि बढिरहेको छ ।

यसपछि नारीवादी लेखन तथा समालोचनाका क्षेत्रमा सम्यारी एल्मन, केट मिलेट, मिसेल बारेट, जर्मिन ग्रियर, सान्ड्रा गिल्बर्ट, सुसान गुबार, टोरिल मोई, एलेन सोवाल्टर, प्याट्रिसिया मेयर स्याक्स, एलेन मुर्स आदि आङ्ल–अमेरिकाली नारीवादी चिन्तक एवं लेखकहरू तथा जुलिया व्रिmस्टिभा, एल्. इरिग्यारी, हेलेन सिकस आदि फ्रान्सेली नारीवादी चिन्तक तथा लेखकहरूको भूमिका उल्लेखनीय र महत्वपूर्ण छ । नारीवादी समालोचनाको महत्तम उपलब्धिमध्ये नारी लेखनबारे लुप्त परम्पराको खोजी, नारी प्रकाशन संस्थाको स्थापना तथा नारीका कृतिको पुनर्मुद्रण रहेको देखिन्छ । विश्वमा अहिले नारीवादी समालोचनाका क्षेत्रमा प्रचुर मात्रामा गहकिला कृतिहरूको लेखन, सम्पादन र प्रकाशन भएको पाइन्छ ।

पितृसत्तात्मकताको विरोध गरी नारीलाई पुरुषको थिचोमिचोबाट मुक्त गराउने मार्ग प्रशस्त गरेको नारीवादी समालोचनाले नारी लेखनमा पुरुष मूल्यमान्यता र सौन्दर्यशास्त्रको अनुकरण नगरी नारीहरूको आफ्नै संसारको निर्माण तथा आफ्नै सवको खोजीमा जोड दिन्छ । नारीका छुट्टै अनुभव, विषय, शिल्पशैली, संरचना, रूप हुन्छ भन्ने दृष्टिकोणका साथ अगि बढेको यस समालोचनाले नारीको आफ्नै शब्द चयन, वाक्यगठन र अभिव्यक्तिप्रकार हुन्छ भन्दै छुट्टै नारीभाषाको सम्भाव्यतातर्पm स्पष्ट सङ्केत गरेको छ । बहुलवादी दृष्टिकोणका साथ अगि बढेको यस समालोचनाले नारी र पुरुषको ध्रुवीयतालाई पन्छाएर लैङ्गिक समानताको दृष्टिकोण प्रस्तुत गर्दै प्रचलित पद्धतिअनुरूप पुरुषद्वारा लेखिएका कृतिमा वर्णित नारीको विश्लेषण गर्छ । नारीमुक्ति र समानताको पक्षमा वकालत गर्ने नारीवादी समालोचनाले समाजमा युगौंदेखि दबिएका, शोषित, प्रताडित नारीलाई पुरुष समान स्थान दिने अभियान पनि चलाएको छ ।
२. नेपालीमा महिला उपन्यासकारको अवस्थिति
समय एक्काईसौं शताब्दीमा पुगिसकेको अवस्थामा जनसङ्ख्याको आधा भागभन्दा बढी ओगट्ने नेपाली महिलाहरू अभैm पनि मध्ययुगीन बर्बरताबाट पीडित छन् र उनीहरूको पारिवारिक, सामाजिक एवं कानुनी स्थिति अत्यन्त दयनीय रहेको छ । यति हुँदाहुँदै पनि शिक्षित, चेतनशील तथा अवसरप्राप्त केही महिलाहरूले आफ्नो पहिचान बनाउने क्रममा लेखनलाई पनि माध्यम बनाएको पाइन्छ । नेपाली कविता र आख्यानका क्षेत्रमा महिलालेखन सक्रिय देखिए पनि निबन्ध, नाटक तथा समालोचनामाचाहिँ अझै पनि सन्तोषजनक स्थिति देखिँदैन ।

नेपाली साहित्यमा महिलालेखन प्रारम्भदेखि नै छिटफुट रूपमा भएको पाइए पनि उपन्यासका क्षेत्रमा भने महिलाको प्रवेश माध्यमिक कालको अन्त्यतिरदेखि मात्र भएको हो । १९८९ मा प्रकाशित अम्बालिकादेवीको राजपुत रमणीलाई नेपाली उपन्यासको इतिहासमा महिलालेखनको पहिलो प्रयासका मान्नसकिन्छ । १९८९ देखि थालिएको महिलालेखनले उपन्यासका क्षेत्रमा सात दशकको समयावधि पार गरिसकेको छ । अम्बालिकादेवीबाट सुरु भएको उपन्यासलेखन पवनकुमारीदेवी, मायादेवी सुब्बा, पारिजात, गीता केशरी, कमला न्यौपाने, भागीरथी श्रेष्ठ, वानीरा गिरी, प्रेमा शाह, सविता श्रेष्ठ ‘बेहोशी, माया ‘निराशी तथा भारती खरेलसम्म आइपुग्दा विभिन्न प्रवृत्ति र मोडहरू पार गर्दै विकसित भएको छ । यसका अतिरिक्त ईशा शाह, शान्ति पराजुली, सङ्गीता ‘स्वेच्छा, रोहिणी शाह, शबनम श्रेष्ठ, नीलम कार्की नीहारिका, सुस्मिता नेपाल, शोभा राना, ईश्वरी खड्का, गायत्री विष्ट, इन्दिरा प्रसाईं, सीता पाण्डे, वेदकुमारी न्यौपाने, टीकाकुमारी याखा, शान्ता श्रेष्ठ, शोभा भट्टराई, सरला जोशी, कमला कुँवर अर्थात सुजात, अप्सरा लावती, इन्दिरा बुढाथोकी (राई), शुभ श्रेष्ठ, पुष्पलता आचार्य, पीताम्बरा उपाध्याय, गौरा रिजाल, बिनिता राई, कविता पौडेल, भाषा भण्डारी, पद्मावती सिंह, सानु, मनिषा गौचन, उन्नती बोहरा ‘शीलाप्रभृति लेखकहरू पनि धेरथोर वस्तुगत नवीनता एवं नवीन शिल्पका साथ उपस्थित भएका छन् ।
नेपालका अतिरिक्त नेपालबाहिर भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने शान्ति प्रधान, सरिता प्रधान, कृष्णकुमारी राई, ललिता देवान, उषा सुन्दास, सावित्री देवसा, विन्द्या सुब्बा, राधा रसाइली, पुष्प राई, गीता शर्मा आदिको योगदान पनि नेपाली उपन्यासको इतिहासमा उल्लेखनीय रहेको पाइन्छ । यिनै महिलाद्वारा लिखित नेपाली उपन्यासमा नारीवादी दृष्टिकोणको चर्चा गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।

३. महिलाद्वारा लिखित नेपाली उपन्यासमा नारीवादी दृष्टिकोण
नेपाली उपन्यासका फाँटमा सक्रिय रूपले कलम चलाइरहेकी गीता केशरीका कसिंगर (२०३४), सौगात (२०४६), आवाज (२०४७), मुक्ति (२०४८), खोज (२०५०), अन्तिम निम्तो (२०५१), विश्वास (२०५२), खुला आकाश (२०५४), नोकरी (२०५५), एवं निष्कर्ष (२०६०) गरी दसवटा उपन्यासहरू प्रकाशित छन् । यिनका उपन्यासको मूल वस्तु विविध क्षेत्रमा व्याप्त नारी समस्या एवं लैङ्गिक समानताको खोजी हो । नारी शिक्षित, आर्थिक रूपमा सबल र चेतनशील भए मात्र परिवार, समाज र राष्ट्रको उन्नति हुन्छ भन्ने भाव अभिव्यक्त यिनका उपन्यासमा नारीवादी अवधारणा प्रबल रूपमा अभिव्यञ्जित छ । सामाजिक अन्धविश्वास, रुढिग्रस्त धार्मिक तथा पारम्परिक मान्यता, पक्षपातपूर्ण कानुनी नियमहरूबाट नारीहरू तिरस्कृत र अपहेलित भएको युगीन सन्दर्भमा नारी स्वतन्त्रता र अस्तित्वको रक्षाका पक्षमा यिनका उपन्यासहरूले आवाज उठाएका छन् । यिनका उपन्यासमा नारीशोषणको जिम्मेवार पुरुषवर्ग मात्र नभएर अशिक्षित तथा चेतनाशून्य नारीहरू पनि अन्जान्मै सहभागी हुन पुगेका छन् भन्ने कुराको अभिव्यञ्जना पनि पाइन्छ । सङ्कीर्ण सामाजिक मानसिकतालाई स्वीकारी नारकीय जीवन जिउनुभन्दा विवेकपूर्ण रूपमा आफ्नो शक्ति पहिल्याएर अगि बढेमा नारीको व्यक्तिगत जीवन सफल हुनाका साथै नारीविरोधी सम्पूर्ण सामाजिक गतिविधिहरू क्रमशः न्यून हुँदै जाने विश्वास पाइने यिनका उपन्यासमा नारी विद्रोेहलाई कोरा सैद्धान्तिक रूपमा नभएर विवेकपूर्ण ढङ्गले समयसापेक्ष रूपमा प्रस्तुत गरिएको पाइन्छ । वैज्ञानिक उपलब्धि टेस्टट्युब बेबीलाई आपसी समझदारीका साथ स्वीकारेर मातृत्वको कदर र सम्मान गर्नु पर्ने धारणाको प्रस्तुति यिनका उपन्यासमा अभिव्यक्त नारीवादी चेतको अर्काे उदाहरण हो । यसरी हेर्दा गीता केशरीका उपन्यासमा नारीमा देखापर्दै गएको अस्तित्वचेत र नारीवादी अवधारणा सफल एवं सटीक रूपमा प्रस्तुत भएको छ ।

ससाना घटनाका टुक्राहरूलाई जोडेर कथानकको स्वरूप प्रदान गरिएको पुष्प राईको भोलिको प्रतीक्षामा (सन् १९९०) शीर्षक उपन्यासमा पुरुषको स्वेच्छाचारी, ढोंगी, स्वार्थी, सङ्कीर्ण, कामुक तथा भोगवादी मानसिकताको विरोध गर्दै सिङ्गो मानवीय अस्मिताको सुरक्षा तथा नारी अस्मिताको खोजी गरिएको छ । पारिवारिक, सामाजिक तथा सांस्कारिक सन्दर्भबाट कमजोर र अबलाका रूपमा परिभाषित नारीहरू दृढ, सबल र सशक्त छन् भन्ने भाव मुखरित यस उपन्यासमा नारीवादी अवधारणाको स्वाभाविक, सशक्त र जीवन्त प्रस्तुति भएको छ । सामाजिक अवगालको त्रासमा समाजमा अस्वीकृत जैविक तुष्टिबाट उत्पन्न मानवीय स्वरूपलाई परित्याग तथा नष्टसमेत गर्ने प्रवृत्तिको विरोध यस उपन्यासमा गरिएको छ । विसङ्गति र सङ्कटका चेपमा पनि मानवीय मर्यादा र अस्मिताप्रति सचेत हुँदै नारीवादी अवधारणालाई सशक्त ढङ्गले अभिव्यक्त गर्नु यस उपन्यासको उद्देश्य रहेको छ ।

नारीहरू पुरुषका तुलनामा कुनै पक्षमा पनि कमजोर नभई उत्तिकै सबल र सशक्त छन्, उनीहरूलाई अवसरको मात्र खाँचो छ भन्ने धारणा अभिव्यक्त शवनम श्रेष्ठको मनीषा (२०५०) उपन्यासमा जन्मैदेखि गरिने लैङ्गिक विभेदप्रति आक्रोश प्रकट गर्दै समतामूलक समाज निर्माणको चाहना अगि सारिएको छ । समाजमा व्याप्त नारीशोषणको विरोध पाइने यस उपन्यासमा महिला सशक्तीकरणका सन्दर्भहरू प्रस्तुत गर्दै नारी अस्तित्वको खोजी सशक्त एवं प्रभावकारी रूपमा गरिएको पाइन्छ । यस दृष्टिबाट यसलाई नारीवादी अवधारणाको प्रस्तुित भएको कृतिका रूपमा लिन सकिन्छ ।

नीलम कार्की नीहारिकाको तिमी, म र उनी विभिन्न उमेर, वर्ग र परिस्थितिका नेपाली नारीहरू परिवार, समाज तथा राज्य सबै पक्षबाट शोषित एवं पीडित भएको कटु यथार्थलाई वस्तुको रूपमा समेटिएको औपन्यासिक कृति हो । समाजमा जरो गाडिरहेको लैङ्गिक विभेदको अन्त्यको चाहना गर्दै समतामूलक समाजको अपेक्षा गरिएको यस उपन्यासमा वैज्ञानिक आविष्कारको उपलब्धि टेस्टट्युब बेबीलाई मातृत्वको रक्षा र सम्मानका लागि सदुपयोग गर्नुपर्ने धारणा अभिव्यञ्जित छ । दस महिनासम्म गर्भमा राखेर आफश्रनो रगत चुसाएर हुर्काएको सन्तानप्रति आमाकोे कुनै कानुनी हक नभएको युगीन प्रशासनिक व्यवस्थाप्रति आक्रोश प्रकट गरिएको यस उपन्यासमा आमाको कानुनी हकको सुरक्षाका लागि आवाज उठाउ“दै सन्तानले आमाको नामबाट पनि नागरिकताको प्रमाणपत्र पाउनु पर्ने प्रावधान हुनुपर्ने कुरामा जोड दिइएको छ । नारी सहनशील हुन्छन्, तर सहनशीलताको दुरुपयोग भएमा उनीहरू दुर्गा र रणचण्डी पनि हुनसक्छन् भन्ने धारणा मुखरित यस उपन्यासमा नारीवादी अवधारणाको प्रस्तुति सैद्धान्तिक रूपमा नभएर तार्किक र व्यावहारिक रूपमा भएको पाइन्छ ।

विभिन्न स्वभाव र आचरणका व्यक्ति एवं सामाजिक मनोविज्ञानको प्रस्तुति पाइने सीता पाण्डेको अन्तद्र्वन्द्व उपन्यासको मूल कथ्य धर्म, परम्परा र संस्कृतिको नाममा हुने नारी शोषणको विरोेध हो । नारीप्रतिको सङ्कीर्ण सामाजिक दृष्टिकोणहरूलाई सूक्ष्म रूपमा केलाउँदै यस्ता एकाङ्गी तथा पूर्वाग्रही धारणालाई समाप्त पार्न स्वयं नारी नै अग्रसर हुनुपर्ने धारणा अभिव्यक्त यस उपन्यासमा उपन्यासमा नारी शिक्षित मात्र नभई चेतनशील र अस्तित्वप्रति सचेतसमेत हुनुपर्ने दृष्टिकोण अगि सारिएको छ । नारीप्रति विद्यमान कानुन तथा प्रशासनले गरेको एकाङ्गी व्यवस्थाप्रति तीक्ष्ण व्यङ्ग्य प्रहार एवं रोष प्रकट गरिएको यस उपन्यासमा छोरीलाई वस्तुसरह मानी कन्यादान गरिने प्रथाको विरोध गर्दै लोग्नेको दीर्घायुका लागि गरिने कथित व्रत तथा उपवासको खिल्ली उडाइएको छ । महिलाहरू स्वाभिमानी तथा सचेत भएको देख्न नचाहने÷नसक्ने पुरुषको दरिद्री मानसिकताप्रति व्यङ्ग्य प्रहार गर्दै त्यस्ता प्रवृत्तिप्रति आक्रोश अभिव्यक्त यस उपन्यासमा नारीवादी चिन्तनको सशक्त प्रस्तुति भएको छ ।

अनुभवन्यासका रूपमा नवीन वस्तुको प्रस्तुति भएको शोभा भट्टराईको अन्त्यहीन अन्त्य (२०५८) मा प्राकृतिक अपवादका रूपमा देखापर्ने मानव स्वरूप तेस्रो लिङ्गी (नपुंसक÷हिजडा) का दैनिक क्रियाकलाप देखाउँदै उसको मनोविश्लेषण गरिएको छ । अपुरुष व्यक्तिसँग पारम्परिक रूपमा बिहे गराइएकी नारीले भोगेका पीडा र त्रासदीहरू अत्यन्त रोचक र कौतूहलपूर्ण ढङ्गमा यस उपन्यासमा अभिव्यक्त भएका छन् । छोरीलाई स्वावलम्बी तथा अस्तित्वसचेत तुल्याउने उद्देश्यले नभई योग्य वर प्राप्तिका लागि शिक्षा दिइने सङ्कीर्ण सोचाइले नेपाली समाज अभैm पनि ग्रस्त भएको कटु यथार्थको प्रस्तुति पाइने यस उपन्यासमा यस्ता सङ्कीर्ण सोचाइहरू निर्मूल हुनुपर्ने भाव मुखरित छ । विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि बदलिन नसकेको÷नचाहेको पितृसत्तात्मक नेपाली सङ्कीर्ण मानसिकताप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको यस उपन्यासमा वर पक्षकाले वधूपक्ष र बुहारीमाथि गर्ने हैकमवादी वृत्तिको पनि विरोध गरिएको छ । नारीको सहनशील, कर्मशील तथा धैर्यशील रूपलाई देखाइएको यस उपन्यासमा महिला सशत्तीकरणको पक्षमा वकालत गर्दै नारी अस्मिताको खोजी पनि गरिएको छ । नारी विद्रोहलाई अत्यन्त शिष्ट, शालीन, संयमित र विवेकपूर्ण ढङ्गबाट अभिव्यक्त गरिएको यस उपन्यासमा नारीवादी अवधारणालाई बडो सचेततापूर्वक मानवतावादी र व्यावहारिक दृष्टिकोणका साथ प्रस्तुत गरिएको छ ।

सुजातका बन्धन (२०५८) र अन्त्यहीन पीडा (२०६१) नारीवादी भावनाको अभिव्यक्तिका सन्दर्भबाट हेर्दा उल्लेखयोग्य छन् । धार्मिक, पारम्परिक, सांस्कृतिक, प्रशासनिक क्षेत्रमा व्याप्त नारीप्रतिको एकाङ्गी दृष्टिकोण र नारी उत्पीडनका कारक तत्वहरूको सूक्ष्मातिसूक्ष्म विश्लेषण गरिएका यिनका उपन्यासमा अत्यन्त बौद्धिक तथा तार्किक ढङ्गले तिनको विरोध गरिएको छ । आप्mनै जन्मदाताबाट जन्मैदेखि हुने लैङ्गिक विभेदको विरोधात्मक प्रस्तुति पाइने यिनका उपन्यासमा छोरीलाई बोझका रूपमा लिइने नेपाली मानसिकताप्रति व्यङ्ग्य प्रहार गरिएको छ । युगीन सन्दर्भमा चलिरहेको छोरीको अंशसम्बन्धी बहसमा अंशको सदुपयोगका लागि पनि नारीलाई शिक्षा दिएर आत्मनिर्भर तथा चेतनशील बनाउन जरुरी हुन्छ भन्ने धारणा अभिव्यक्त यिनका उपन्यासमा छोरी आत्मनिर्भर भएपछि मात्र विवाह गर्नु पर्ने दृष्टिकोण अगि सारिएको छ । छोरीका इच्छा, आकङ्क्षा तथा रहरहरूको कदर नगरी त्यसै निमोठिदिने मानसिकताप्रति असन्तुष्टि प्रकट गरिएका यिनका उपन्यासमा छोराछोरी दुवैलाई समान रूपले चारित्रिक शिक्षा प्रदान गरिनुपर्ने भावना मुखरित छ । नीति निर्माताहरू पुरुष भएकै कारण पितृसत्तात्मक मानसिकताका आधारमा तयार गरिएका विधानहरू विरुद्ध आवाज उठाइएका यिनका उपन्यासमा आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्नसक्ने प्रावधानको कानुनी व्यवस्थाका लागि जोडदार माग गरिएको छ । वेश्यालाई घृणा गर्ने, तर वेश्योचाहि“ सम्मानित जीवन यापन गर्नसक्ने एकाङ्गी मानसिकताप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका उपन्यासमा नारीदेह भोग्नुलाई नै पुरुषत्व ठान्ने मानसिकताप्रति रोष प्रकट गरिएको छ । सिद्धान्तमा समाजरूपी रथका दुई पाङ्ग्रा भनेर व्याख्या गरिने, तर व्यवहारमा देखिने पूर्वाग्रही दृष्टिकोणको खिल्ली उडाइएका सुजातका उपन्यासमा धर्मका नाममा हुने नारीशोषण र दमनका विरुद्ध पनि स्वर उरालिएको छ । स्वास्नीले लोग्नेको दीर्घायुका लागि व्रतउपवास गर्नेे चलन भएको, तर स्वास्नीका दीर्घायु तथा कल्याणका लागि कुनै प्रकारको व्रतउपवासको व्यवस्था नभएको धार्मिक–सांस्कारिक सन्दर्भमा देखापर्ने एकाङ्गी दृष्टिकोणको विरोधमूलक चिन्तनको प्रस्तुति यिनका उपन्यासमा तार्किक ढङ्गले गरिएको छ । प्राकृतिक अपवादको रूपमा देखापर्ने तेस्रो लिङ्गीको मनोवैज्ञानिक चित्रण गर्दै कथित इज्जत ढाक्ने निहु“मा यस्ता हिजडाको बिहे गरिदिने सन्दर्भले नेपाली समाजमा व्याप्त पुरुषपक्षको हैकमवादी प्रवृत्ति र सङ्कीर्ण मानसिकतालाई पनि यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । नारीलाई बलिको बोको बनाएर उसमाथि गरिने शारीरिक र मानसिक यातनाको विरुद्ध विद्रोह गरिएका यिनका उपन्यासमा समाजमा व्याप्त पुरुषकेन्द्री सङ्कीर्ण मानसिकतालाई चुनौती दिंँदै नारी समानता र स्वतन्त्रताको पक्षमा आवाज उठाइएको छ । आपूmमाथि थोपरिएका विभिन्न प्रकारका शोषण एवं उत्पीडनका विरुद्ध लड्दै नारी स्वतन्त्रता तथा समानताका लागि सम्पूर्ण शोषित पीडित नारीहरूलाई एक हुन आहृवान गरिएका यिनका उपन्यासमा यस्ता समस्याको समाधान डर र लाजबाट नभएर डटेर सामना गरेमात्र सफल हुने भाव मुखरित छ । शारीरिक भिन्नताबाहेक अन्य आधारमा लैङ्गिक विभेद गरिन नहुने धारणा प्रस्तुत गर्दै नारी पुरुषले एकअर्कालाई पूर्वाग्रही तथा एकाङ्गी दृष्टिले नहेरी सम्मान र आदरका दृष्टिकोणका साथ समान रूपले अगि बढेमा स्वस्थ, समतामूलक तथा युगानुकूल प्रगतिशील समाजको निर्माण हुने दृष्टिकोणको प्रस्तुति यिनका उपन्यासमा भएको पाइन्छ । युगौंदेखि हुने गरेका नारीविरोधी गतिविधि विरुद्धमा भएको सङ्ग्राममा नारी शक्तिको विजयलाई देखाइएका यिनका उपन्यासमा नारीवादी धारणाको सशक्त प्रस्तुति भएको छ ।
विविध प्रकारका नारीशोषण एवं उत्पीडनलाई मूल विषय बनाइएको गौरा रिजालको अघोषित द्वन्द्व (२०६०) मा महिला सशक्तीकरण एवं नारीवादी अवधारणालाई प्रस्तुत गरिएको छ । परापूर्वकालदेखि नै शोषणको चपेटामा परिरहेका नेपाली नारीहरूको दयनीय एवं निरीह अवस्था तथा उनीहरूको सहनशीलताको दुरुपयोग गरी पुरुषले गर्ने स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको यस उपन्यासमा जुनसुकै वर्ग, उमेर र परिवेशका नारीहरू शोषण÷उत्पीडनमा पिल्सिन बाध्य यथार्थलाई प्रस्तुत गरिएको छ । यसप्रकारका उत्पीडनका लागि विवाहलगायत विविध सन्दर्भका संस्कृतिका नाममा लादिएका थुप्रै कुसंस्कारहरू जिम्मेवार रहेको भावना अभिव्यञ्जित यस उपन्यासमा विवाह संस्कारमा उल्लेख गरिएका एवं प्रतिज्ञा गराइने आदर्श तथा व्यवहारहरूलाई लत्याएर नारीलाई केवल इमान्दार दासी र वासनाको पुतलीका रूपमा हेर्ने पुरुषको सङ्कीर्ण दृष्टिकोण एवं व्यवहारको विरोध गर्दै यस्ता प्रवृत्तिको खिल्ली उडाइएको छ । यस उपन्यासमा व्यवहार र भाषणमा पृथक् दृष्टिकोण राख्ने पुरुषको ढोंगी प्रवृत्तिप्रति पनि व्यङ्ग्य गरिएको छ । आजका शिक्षित तथा चेतनशील नारीहरूले निर्वाह गर्नु पर्ने दोहोरो दायित्व तथा यसले उनीहरूमा पर्ने शारीरिक एवं मानसिक असरहरूको मार्मिक प्रस्तुति पाइने यस उपन्यासमा नारीमुक्तिका लागि सशक्तीकरण आवश्यक भएको र यसका लागि उनीहरू आर्थिक रूपले सबल एवं आत्मनिर्भर हुनुपर्ने धारणा अभिव्यक्त गरिएको छ । नारीहरूले अधिकार मागेर होइन, खोसेर लिनुपर्ने धारणा अभिव्यञ्जित यस उपन्यासमा युगको जिम्मेवारी शिक्षित र चेतनशील नारीको का“धमा भावना मुखरित भएको छ ।

भाषा भण्डारीका सम्झौता (२०६०) र परिवर्तनको पृष्ठभूमि (२०६१) गरी दुई उपन्यास प्रकाशित छन् । वैयक्तिक, पारिवारिक र सामाजिक सन्दर्भहरूमा देखापर्ने विविध प्रकारका कुण्ठा तथा विसङ्गतिका बीचमा चेपिएर रहन बाध्य प्रतिभाशाली, स्वाभिमानी र अस्तित्व सचेत नारी मानसिकतालाई प्रस्तुत गरिएको सम्झौता उपन्यासमा नारी विद्रोहलाई सशक्त रूपमा अभिव्यक्त गरिएको छ । यस उपन्यासमा आफ्नो सीमित स्वार्थपूर्तिका लागि छोरीको प्रतिभा तथा इच्छाहरूलाई निमोठ्दै अग्निकुण्डमा होमेर सन्तोषको सास फेर्ने आडम्बरी बाबु, स्वास्नीलाई वस्तुतुल्य सम्झेर अमानवीय व्यवहार गर्नु आफ्नो जन्मसिद्ध अधिकार र पौरख सम्झने नपुंसक, नामर्द र हुतिहारा लोग्नेलाई व्यक्तिगत तथा सामाजिक रूपमा वहिष्कार गरेर समाजमा विद्यमान लैङ्गिक असमानता र सङ्कीर्ण सामाजिक सोचाइप्रति आक्रोश प्रकट गर्नुका साथै व्यङ्ग्य पनि प्रहार गरिएको छ । यसका अतिरिक्त आफ्ना बाबु र भाइको पुरुषोचित पौरखका कारण उत्पन्न हुनपुगेकी सहोदर बहिनी अर्थात् बुहारीको जिम्मा लिएर उनीहरूलाई सामाजिक चुनौती दि“दै पुरुष भएकै नाताले छुट पाएका स्वेच्छाचारी प्रवृत्तिको विरोध यस उपन्यासमा शिष्ट र शालीन ढङ्गमा गरिएको छ । महिला सशक्तीकरण एवं नारी विद्रोहजस्ता विविध दृष्टिकोणबाट यस उपन्यासमा नारीवादी अवधारणा सशक्त रूपमा अभिव्यक्त भएको छ ।
भाषा भण्डारीको परिवर्तनको पृष्ठभूमिमा पनि नारीवादी धारणाहरू मुखरित भएका छन् । समय एक्काईसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि नारीप्रति हाम्रा सामाजिक दृष्टिकोण अभैm मध्ययुगीन ढा“चाबाट परिवर्तन हुनसकेको छैन । नारीलाई व्यक्तिका रूपमा नभएर उपभोग्य वस्तुका रूपमा हेरिने दृष्टिकोणप्रति यस उपन्यासमा तीखो व्यङ्ग्य प्रहार गर्दै समतामूलक समाजको अपेक्षा गरिएको छ । नारी स्वतन्त्रता तथा सशक्तीकरणको पक्षमा आवाज उठाइएको प्रस्तुत उपन्यासमा मातृत्वको रक्षाका लागि कानुनी हक प्रदान गरिनु पर्ने धारणा अभिव्यञ्जित छ । युगीन परिवेशमा बा“चेका नारीहरूको दयनीय अवस्थाको चित्रण गरी यस्ता अवस्थाको अन्त्य हुनुपर्ने भाव अभिव्यक्त यस उपन्यासमा प्रत्यक्ष र परोक्ष दुवै ढङ्गमा नारीवादी अवधारणा लाई सशक्त रूपमा अभिव्यक्त गरिएको छ ।

पद्मावती सिंहको समान्तर आकाश (२०६२) उपन्यासको मूल कथ्य महिला सशक्तीकरण हो । स्वस्थ, सभ्य तथा समतामूलक समाजको चाहना अभिव्यञ्जित प्रस्तुत उपन्यासमा महिला सशक्तीकरणका लागि नारी शिक्षित मात्र नभई स्वावलम्बी, चेतनशील र अस्तित्वप्रति सचेत पनि हुनुपर्ने दृष्टिकोण अगि सारिएको छ । महिलाहरूले यथास्थितिको विरोध गर्दै पुरुषद्वारा महिलाप्रति गरिेने दुव्र्यवहार, भोगविलासको साधनका रूपमा हेरिने सङ्कीर्ण मानसिकता, विद्यमान परम्परागत मूल्य र मान्यताहरूलाई तोड्न सक्नुपर्ने भाव अभिव्यञ्जित यस उपन्यासमा यसका लागि महिलाहरू स्वयं अगि बढ्नुपर्ने भाव मुखरित छ । पुरुषहरू स्वयंमा खराब हुने तथा सबै पुरुषहरूले महिलाप्रति दुर्भावना राख्ने नभई परम्परागत सोचाइ र मूल्यमान्यताकै कारण पुरुष र महिलाबीच असमानताको पर्खाल खडा भएको धारण यस उपन्यासमा अभिव्यञ्जित छ । पुरुषहरू उच्चताभासका कारण महिलाहरूलाई हीन भावनाले हेर्ने र व्यवहार गर्ने हु“दा लैङ्गिक विभेद उत्पन्न हुन गई सामाजिक असन्तुलनको स्थिति पैदा भएको हो भन्ने भावनाको प्रस्तुति पाइने यस उपन्यासमा महिलाहरूलाई समान दृष्टिले नहेरेसम्म लैङ्गिक समानता भाषणमा मात्र सीमित रहन्छ भन्ने दृष्टिकोण अगि सारिएको छ । सन्तानप्रति आमाको कुनै कानुनी हक नहुने विद्यमान प्रशासनले राखेको एकाङ्गी व्यवस्थाप्रति तीक्ष्ण व्यङ्ग्य प्रहारका साथै रोष प्रकट गरिएको यस उपन्यासमा वर्तमानमा चलिरहेको पैतृक सम्पत्तिमा महिलाको अधिकारसम्बन्धी सामाजिक तथा प्रशासनिक बहसमा महिलालाई छोरासरह शिक्षा दिई आत्मनिर्भर तथा चेतनशील बनाउनु पर्ने धारणा प्रस्तुत भएको छ । पुरुषको शारीरिक कमजोरीका कारण महिलालाई मातृत्व सुखबाट बञ्चित राख्न नहुने धारणा अभिव्यक्त यस उपन्यासमा वैज्ञानिक आविष्कारको उपलब्धि टेस्ट ट्युब बेबीलाई खुसी साथ स्वीकार्न आग्रह गरिएको छ । यसका साथै घरेलु हिंसा, जातीय सङ्कीर्णता तथा चेलीबेटी बेचबिखनजस्ता अन्य महिला समस्याले पनि यस उपन्यासमा स्थान पाएका छन् । यस उपन्यासमा नारीवादी अवधारणालाई सैद्धान्तिक नाराका रूपमा नभएर सचेततापूर्वक मानवतावादी र व्यावहारिक दृष्टिकोणका साथ प्रस्तुत गरिएको छ ।

वेश्यो (पुरुष वेश्या) का आन्तरिक एवं बाहृय क्रियालापहरूलाई प्रस्तुत गरिएको मनीषा गौचन वल्लीको डायरी (२०६३) मा नितान्त नवीन एवं पृथक् ढङ्गले नारीवादी दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । वेश्योसँग अन्जानमा बिहे गर्न पुगेकी एउटी नारीले भोगेका पीडा र त्रासदीहरू अत्यन्त रोचक र कौतूहलपूर्ण ढङ्गमा यस उपन्यासमा अभिव्यञ्जित छन् । नेपाली नारीहरूले यौनका सम्बन्धमा अभैm पनि खुलेर आफ्ना भावना प्रकट गर्न सक्ने स्थितिको सिर्जना भइनसकेको परिस्थितिमा यौनजन्य अनुभवलाई प्रस्तुत गरिएको यस उपन्यासमा नारीलाई निरीह सम्झी पैसाले किन्न सकिने वस्तु सम्झने सङ्कीर्ण मानसिकताप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको छ । नारीको सहनशील तथा धैर्यशील रूपलाई देखाइएको यस उपन्यासमा परिस्थितिका कारण उत्पन्न नारीका नकारात्मक पाटाहरूलाई पनि देखाइएको छ । यसैगरी पुरुषहरू सबै कठोर नभई अत्यन्त कोमल, मायालु, भावुक र संवेदनशील पनि हुन्छन् भन्ने धारणाको प्रस्तुतिका साथ नारी अस्मिताको खोजी गर्दै नारीवादी अवधारणालाई यसमा अत्यन्त शिष्ट, शालीन, संयमित र विवेकपूर्ण ढङ्गबाट अभिव्यक्त गरिएको छ ।

४. उपसंहार
समग्रमा भन्नुपर्दा नारीवादी चिन्तन र नारीसमस्याको प्रस्तुति माथि उल्लेखित उपन्यासकारका प्रमुख वैशिष्ट्य हुन् । यी उपन्यासकारहरूले नारीहरूका पारिवारिक र सामाजिक पक्षसँग सम्बद्ध अनेक रूपहरूलाई प्रस्तुत गर्दै विभिन्न उमेर, स्थान, परिस्थिति र वर्गका नारीहरूले भोग्नुपरेका शारीरिक, मानसिक, पारिवारिक र सामाजिक यातना तथा यौनगत शोषणहरूलाई प्रत्यक्ष÷परोक्ष ढङ्गमा वस्तुको रूपमा समेटेर मार्मिक ढङ्गमा उपन्यासको सिर्जना गरेका छन् । यिनीहरूका उपन्यासमा नारीको सहनशील, उदार, विवेकी, मायालु आदि रूपका अतिरिक्त विद्रोही रूपको पनि प्रस्तुति पाइन्छ । सामाजिकता तथा ऐतिहासिकताका माध्यमबाट लैङ्गिक समानताको लागि आग्रह गर्दै नारी अस्मिताको खोजी गरिएका यी उपन्यासकारका उपन्यासमा नारी स्वतन्त्रता र समानताको पक्षधरता देखाउँदै नारीवादी अवधारणा मुखरित भएको छ । कसैसँग विवाह गरेपछि जस्तोसुकै अवस्था र जुनसुकै मूल्यमा त्यो सम्बन्धलाई जीवनभरि डो¥याउनु पर्छ मान्यता नेपाली समाजमा क्रमशः कमजोर हुँदै गएको स्थिति पनि यी उपन्यासमा अभिव्यक्त भएका छन् । यसबाट पति भक्ति मर्दैन पापी पति भए पनि, पति नारीको शृङ्गार हो, परमेश्वर हो, सर्वस्व हो भन्ने परम्परागत हिन्दू आदर्श पनि परिवर्तित भई समानता र स्वतन्त्रताको खोजी गर्दै एकअर्कामा सहयोग, सद्भाव एवं सम्मानको वातावरण सिर्जना हुनुपर्ने युगानुकूल धारणातर्पm नेपाली मानसिकता उन्मुख भएको देखिन्छ ।

समाजमा प्रचलित बालविवाह तथा अनमेल विवाहको विरोध, अन्तर्जातीय विवाह तथा विधवाविवाहको समर्थन, नेपाली संस्कार, मूल्यमान्यता तथा मानसिकतामा परिवर्तन हुँदै गएका सङ्केत हुन् । यस्ता सन्दर्भहरूलाई सकारात्मक परिवर्तनको सूचकका रूपमा लिइनुपर्ने दृष्टिकोण पनि यी उपन्यासमा अभिव्यक्त भएका छन् । आमाको कानुनी हकको सुरक्षाका लागि आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिइनु पर्ने पक्षमा पनि महिला उपन्यासकारहरूले आवाज उठाएका छन् । यसरी विभिन्न सन्दर्भबाट हेर्दा पछिल्लो समयमा देखापरेका अधिकांश महिला उपन्यासकारका उपन्यासमा नारीवादी स्वरको प्रबलता पाइन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 चैत्र, 2066

लेखकका अन्य रचनाहरु