उत्तरआधुनिकताको सांस्कृतिक शैली

- विष्णु प्रभात

बीसौँ शताब्दीका अनेक धनवादी-भ्रमहरूमध्ये उत्तरआधुनिकता पनि एउटा हो । सुरुमा विश्व-पुँजीवादले अत्याधुनिक प्रविधिका सहारामा 'श्रमको दक्षतालाई अधिकतम सम्मान' भन्दै श्रमिक सङ्ख्यामा कटौती गर्ने र प्रतिस्पर्धात्मक बजार व्यवस्थाको नाममा कमजोर उपभोग्य सामग्री उत्पादन गरी परम्परागत उद्योगहरूलाई समाप्त पार्ने अथवा अधिनस्त गर्ने काम सँगै बुद्धिजीवीहरूलाई निजत्व, पृथक्ता, अस्थिर-अडानी, सतही र आत्मकेन्द्री बनाएर विचारधाराको क्षेत्रमा श्रमपरक चिन्तनको सट्टा पुँजीपरक चिन्तनको वर्चश्व कायम गराउने चालवाजीको रूपमा यो सोच अघि बढाएको थियो । यथार्थको आधारमा तार्किक निष्कर्षमा पुग्नुभन्दा- 'अलिकता अराजकता अलिकता व्यावहारकिता' भन्दै सिद्धान्तहीनताको प्रबर्द्धन गराउने काम पनि धनवादी-संस्कृतिको नयाँ कार्यशैली बन्नपुग्यो । पुँजीवादी निरङ्कुशतालाई लुकाउन, समाजवादको समाप्तिलाई दर्शाउन र वर्गीय विचारधाराको निस्सारता अथ्र्याउनका लागि आधुनिकताभन्दा उन्नत साँस्कृतिक सोच भन्दै उत्तरआधुनिकतावाद अघि आयो । साहित्य र कलामा प्रयोग भइरहेको यथार्थवादलाई भाँचभुँच पारेर ˆयाँक्दै स्वच्छन्दता, अराजकता, विधाभञ्जनसँगै सबै कुरा सतहमा उत्रिनुपर्छ, सूचना बनेर बग्नुपर्छ र ज्ञान कम्प्युटरमा अनुवाद हुन्छ भन्ने विचार बनेर आयो । साहित्य मात्र भाषाको खेल नभएर विज्ञान पनि भाषाकै खेलमा परण्िात भएको तर्क ल्योतारले अघि सारे । माक्र्सवादप्रति अविश्वास जन्माएका प|mान्सेली बुद्धिजीवीहरूले- 'विचारको प्रश्न छाडेर भाषाको खेलमा नै साहित्य रमाउँछ' भन्ने तर्क अघि सारे । 'संरचनावाद होइन विरचनावादतर्फ लम्क ।.अर्थको शृङ्खलामा होइन विखण्डनतर्फ लम्क ।.' भन्ने ज्याक डेरडिाको सोचलाई अँगाल्दै पुराना सबै मान्यताहरू निकम्मा भए त्यसैले इतिहासको अन्त्य भयो भन्ने बिन्दुसम्म उत्तरआधुनिक सोच विस्तार भयो । प|mान्सिस फुकुयामासम्म आइपुग्दा साम्यवादी आदर्शमाथि उदार प्रजातन्त्रवाद विजयी भएको हर्षोल्लास समाप्त भयो र निरङ्कुश पुँजीवादी सर्वसत्तावादको खोल च्यातियो । त्यसपछि उनी स्वयंले उदार लोकतन्त्र अधुरो, अपूर्ण र अपर्याप्त रहेको कुरा गर्न पुगे । साम्राज्यवादी विश्वको नेता बनेर संयुक्तराज्य अमेरकिाले गरेका विश्वव्यापी कर्महरू कुकर्म बनेको देखे । नैतिक आधार गुमाएको र आक्रामक, व्यक्तिवादी र स्वार्थी भएको हुँदा पुँजीवादी लोकतन्त्र विश्व जनताका लागि एकदमै अपर्याप्त रहेको तथ्यलाई स्वयं फुकुयामाले स्वीकारे । इतिहासको अन्त्य होइन, पुनरावृति हुने कुराहरू गर्दै प|mेडरकि जेमसन देखापरे । एउटा इतिहासको अन्त्यसँगै अर्को इतिहासको आरम्भ हुने कुरालाई स्वीकार्नै पर्ने बाध्यात्मक तथ्य उत्तरआधुनिकतावादीहरू सामु देखा पर्‍यो । त्यसैले चाहे बुर्जुवा वर्गको पुँजीवादी लोकतन्त्रको महाआख्यान् होस् अथवा श्रमजीवी वर्गको समाजवादी लोकतन्त्रको महाख्यान् होस् त्यसको निरन्तरतामा नै आजको विश्वचेतना क्रियाशील छ । विचारधारात्मक द्वन्द्व प्रवाहित छ ।

उत्तरआधुनिकता क्लिष्ट अभिव्यक्ति, भ्रान्तदर्शन र अनेकार्थी आभासमा अल्मलिएको मानसिकताबाट निर्देशित विचार बन्न पुगेको छ । साहित्य, सङ्गीत र कलाको क्षेत्रमा यसले वैयक्तिकतामा जोड दिँदै असामाजिक प्रवृत्ति पोषण गर्ने, मानव अधिकारको खोल ओढेर अमानवीय हरकत गर्ने र विश्व व्यवस्थाको नारा दिँदै राष्ट्रिय अव्यवस्था सिर्जना गर्ने काम गर्दछ । समाजमा कुनै विधि-थिति चाहिँदैन, सिर्जनामा कुनै सोच-सन्तुलन आवश्यक छैन र केन्द्रीय सञ्जाल भनेको स्वतन्त्रताको बाधक हो भन्ने धारणा राख्दछ । नेपालमा कतिपय विश्लेषकहरूले 'लीला-लेखन'को भ्रान्तिलाई पनि उत्तरआधुनिकताकै नेपाली संस्करण मानेर विवेचना गर्ने गरेको पाइन्छ । विनिर्माणवाद, महाख्यानप्रतिको अविश्वास, इतिहासको अन्त्य, छलिबिम्ब, भाषिक विचलन, बहुकेन्द्रवाद र लेखकीय मृत्युजस्ता फन्टुस गफमा आधारति उत्तराधुनिकताले पृथक्ता विखण्डन, विकेन्द्रन, वितर्क र विधिहीनतालाई नै अङ्गाल्ने गरेको पाइन्छ । कुनै पनि कुरा समग्रतामा खास बिन्दुमा केन्दि्रत भएर पद्दतिपूर्ण गतिद्वारा परचिालित हुन्छ भन्ने मान्यताको उल्टो सोच हो -उत्तरआधुनिकता । साम्राज्यवादले अङ्गकिार गरेको नीति- 'अरू सबै मर मेरै झोली भर' भन्ने कपटपूर्ण सोचको नयाँ संस्करण बनेर यसप्रकारको अर्थहीन प्रलाप प्रसारति छ । केही धनवादी लेखकहरूले यसलाई मौलिक राजनीतिको आधारशीला भने पनि यो चिन्तन कुनै नयाँ सिर्जना होइन र यसले जुन तर्कमा टेकेर कुरा थालेको थियो त्यो नै निकम्मा ठहर भइसकेको छ । विज्ञानले आˆना कर्महरूलाई समग्रतामा कुनै खास बिन्दुमा अड्याएर पद्दतिपूर्ण ढङ्ले तथ्यहरूको गतिशीलता ठम्याएर सञ्चालन गरअिाएको छ । त्यसकै बलमा पृथ्वीबाट अन्तरक्ष्िाका यन्त्रहरू सञ्चालन गररिहेको छ । यो आफैँमा एउटा महाख्यान हो एउटा इतिहास हो- जसको अन्त्य होइन अविरल यात्रामा नै हाम्रो सभ्यता, संस्कृति र सिर्जनात्मक विकास बढिरहेको छ । परन्तु उत्तरआधुनिकताका गफाडीहरूले यस तथ्यलाई नदेखेभै"m गर्दछन् र पुँजीवादी तानाशाही शासन व्यवस्थाको स्वार्थ अनुकूल साँस्कृतिक साम्राज्यवादको समर्थनमा कलम घुमाउँछन् र इतिहास मरेको घोषणा गर्दछन् ।

उत्तरआधुनिकता न त बहुसाँस्कृतिक सिद्धान्त हो न बहुजातीय । यो त इतिहास विरोधी चिन्तन हो । वस्तुगत यथार्थ, तात्विक अर्थ र भावको विपर्यासी चिन्तनका रूपमा यो रहेको छ । भाषाको वस्तुसाहचर्य, वाक्यको भाव-विन्यासका रूपमा यो रहेको छ । भाषाको वस्तुसाहचर्यलाई, वाक्यको भाव-विन्यासलाई र विचारको जीवनपरकतालाई विखण्डन गरेर स्वैरकल्पनाको कुम्लो बाँध्दै, तथ्यलाई मिथकले पुरेर हाँस्नु यसको विशेषता रहेको छ । आख्यान महाख्यान दुवै झुट्टा कुरा हुन्, विश्व कुनै बिन्दुमा बाँधिएर चलेको छैन, बरु थुप्रै बिन्दुहरूको स्वतन्त्र चालमा अडिएको छ भन्ने दृष्टिकोण यसले लिएको छ । उत्तरआधुनिकतावादीहरूले यसो भने पनि भाषामा अङ्ग्रेजीकरण, संस्कृतिमा अमेरकिीकरण र नैतिकतामा जीवरञ्जनको पक्षपोषण गररिहेका छन् । स्वयं मान्छेको अस्तित्वलाई उनीहरू नकार्छन् र कला साहित्यलाई मानसबिम्बको क्रीडाभूमि मात्र ठान्दछन् । त्यसमा वस्तुनिष्ठता र यथार्थ भन्ने कुनै तत्त्व रहँदैन भन्दछन् । मिस्सेल फुकोले अनर्थको भुँवरीमा र डारडिाले केन्द्रभञ्जनको मनोरञ्जनमा आफूलाई उडाए पनि उनीहरू स्वैरकल्पनाका आख्यानमा पाइने बज्रठिङ्गा जस्तै कपोलकल्पित छन् र 'कला कलाको लागि' भन्ने पुरानो पुँजीवादी मान्यताको पुनर्लेखन स्वरूप 'कुनै वाद र वर्गको चस्मा नलगाएको कला-साहित्य'को गफ लिएर आएका छन् । भाषाको खेलमा जीवनको अस्तित्व होइन, जीवनको खेलमा भाषाको अस्तित्व निर्माण हुन्छ । मान्छेले आˆनोपन व्यापकतामा नै स्थापित गर्दो छ, सङ्कीर्णतामा होइन । मानव चाहनाको अनन्तता पनि कालक्रमिक सीमाद्वारा बाँधिएको हुन्छ । आज विज्ञान र प्रविधिले जुन उपलब्धि मानिसलाई दिएको छ, त्यो कुनै लीला नभएर भौतिक यथार्थ हो र त्यसको उत्पादक स्वयं मानिस हो, मानिसको बौद्धिक कौशल हो । जे पायो त्यो खायो, लायो, भोग्यो, रमायो, गर्ने गुणलाई मानवीय मान्न सकिँदैन । एउटा बौलाहाले त्यसो गर्न सक्ला तर सज्जनले पटक्कै गर्दैन । ऊ आˆनो सामाजिक साँस्कृतिक अस्तित्वका साथ आˆनो पहिचान कायम राख्छ, व्यक्तित्व निर्माण गर्दछ र आˆनो प्राथमिकता आफैँ निर्धारण गर्दछ । विकल्पहरू छन् भने अवश्यमेव त्यसबाट कुनै एक छानेर मान्छेले ग्रहण गर्छ, छैन भने पनि विकल्प निर्माण गर्दै अघि बढ्छ । जेमसन भन्दछन्- 'बूढो पुँजीवादको साँस्कृतिक तर्क हो-उत्तरआधुनिकता ।' त्यसैले विश्वव्यापी स्तरमा सैद्धान्तिक सङ्कट झेल्दै गरेको वृद्ध पुँजीवादले केही मध्यम वर्गीय बुद्धिजीवीलाई परचिालन गरी बुद्धिविलास गराउँदै समग्र दर्शन, इतिहास, साहित्य र कलाका अतिरत्तिm राजनीतिमा समेत उत्तर आधुनिकताको गफ चलाइरहेको तथ्य त सबैका सामु छर्लङ्ग छ, आवश्यकता छ त्यसलाई ठम्याउनु ।

आधुनिकता, अत्याधुनिकता वा उत्तरआधुनिकता कुनै वाद नभएर लेखनको एउटा विशेष प्रवृत्ति हो भन्ने धारणा पनि छ । उत्तरआधुनिकता युग परविर्तनलाई सतही विकेन्दि्रत, कृत्रिमता र खेलाँचीपूर्ण सारसङ्ग्रहवादी सोचलाई प्रतिबिम्बित गर्ने साँस्कृतिक शैली बन्न पुगेको छ । यसले आˆनै रचनालाई मूल्यहीन ठान्दछ र प्रत्येक वस्तु वा विधि, भाव वा रचना केवल पूर्वप्राप्तिको पुनर्लेखन मान्दछ । न ज्ञान न कर्म फगत सत्यको ध्वंस नै उत्तरआधुनिक धर्म भइदिन्छ । ऐतिहासिकताको विनाश, सामाजिक सन्तुलनको सर्वनाश र अराजक मनको विन्यास उत्तरआधुनिक चिन्तन, मान्यता र कर्म बन्न पुगेको हुँदा नै अमेरकिी भाषाशास्त्री नोमचम्स्कीले त्यसलाई 'अर्थहीन प्रलाप' भनी टिप्पणी गरेका हुन् ।

इतिहासको अन्त्य यदि सामाजिक बोध र संस्कारको अन्त्य हो भने आर्थिक उपार्जनको ज्ञान, शिल्प र साधनको पनि अन्त्य हुनुपर्‍यो । सामाजिक कार्यकलापको मात्र हैन, निजी व्यवहारको पनि अन्त्य हुनुपर्‍यो । के त्यो सम्भव छ ? के कुनै उत्तरआधुनिक गफाडीहरूले आˆनो अस्तित्व समाप्त भएको घोषणा गर्न सक्छन् ? मानव जीवन वस्तुसापेक्ष, समयसापेक्ष र स्थानको सीमाभित्र नै गतिशील छ र हाम्रा सोचहरू यिनै आधारको सापेक्षतामा थिंगि्रएका छन् । जीवनका अनेक विविधतामा समरूपता पनि साथै छन् । के यस तथ्यलाई विज्ञानले निरन्तर सिद्ध गरेको छैन ? आजको परपि्रेक्ष्यमा कुरा गर्दा त झन् रहस्यवादसमेत मनोगत मिथकीय मञ्चबाट ओर्लेर भाग्दो छ । वस्तुगत रहस्यवाद विज्ञानमा विराट, सोधखोजका मैदान र पहाड बनिरहेको छ । भूमण्डलमा के कति खजाना छन् ? वनस्पति छन् ? तिनीहरूको गुणधर्म के के हुन् ? परस्पर सम्मिलनबाट कुनकुन नयाँ गुणधर्म निर्मित हुन्छन् ? प्रकृतिको द्वन्द्वमय विकास जस्तै सन्तुलित द्वन्द्वात्मक विकासको सामाजिक चिन्तनलाई कसरी केन्द्रीभूत गरी विकेन्दि्रत गति प्रदान गर्ने ? भन्नेजस्ता विषयमा ज्ञानशास्त्रीहरूको ध्यान निरन्तर खिचिँदो छ । यस स्थितिमा इतिहासको अन्त्य होइन, अनन्तयात्रा जारी छ व्यापक जनताको अवाज, पौरख र आकाङ्क्षा लिएर निरन्तर अग्रचालित छ । व्यापकताको विखण्डन र अतीतको पुनर्लेखन होइन, सघन समग्रतामा एकदमै नवीन विकल्प हाम्राबीच प्रस्तुत भइरहेछ । आजको केन्द्रीय सोच भनेको विकल्पवाद हो र यो प्रत्येक क्षेत्र, विषय, मुद्दा र मूल्यसँग जोडिएर मानिसका माझ फैलिँदो छ । विकल्प-चिन्तन मानिसका समग्र सिद्धान्त, खोज र प्रयोगमा व्याप्त छ ।

वस्तु साहचर्यका माध्यमबाट शब्द निर्माण र शब्दार्थ बोध गरनिे हुँदा नै भाषालाई सामाजिक एवं साँस्कृतिक माध्यम मानिन्छ । त्यसले बहन गर्ने भावलाई केन्द्रबिन्दुमा राखेर नै साहित्यका विधाहरूमा अभिव्यक्ति प्रदान गरन्िछ । सिर्जना जति सानो होस्, शब्दहरूको समुचित चयन र भावको केन्द्रीयतामाथि निर्भर गर्दछ । सन्दर्भ र भावार्थको मेलमा नै शब्द सञ्चयनद्वारा निर्मित वाक्यहरू अर्थपूर्ण हुन्छन् । निश्चित भावार्थ नलिई आउने विशृङ्खलित एवं असान्दर्भिक शब्दहरूलाई साहित्य भन्न सकिँदैन । त्यसैले साहित्य फगत् शब्दको खेल होइन । विधाशिल्पको विकेन्दि्रत प्रयोग हुँदा समेत विचारको केन्द्रीकरण रचनाको मियो बनेको हुन्छ । त्यस स्थितिमा सिर्जनामा केन्द्रभञ्जनको नारा सामाजिक अराजकताकै प्रतिबिम्ब मात्र बन्न पुग्दछ । फुकुयामा मिस्सेल-जो आफूलाई हेगेलवादी भन्न रुचाउँछन्-उनी स्वयं हेगेलीय-धारणा विपरीत छन् । हेगेलले कहीँ कतै इतिहास अन्त्यको कुरा गर्दैनन् बरु निर्धारति लक्ष्यमा निरन्तर गतिशील भएर इतिहास अघि बढ्दछ भन्दछन् । फुकुयामा माक्र्सवाद विरोधी हुन् त्यसैले उनी पुँजीवादको उदारीकरणबाटै विश्वसभ्यता समृद्ध बन्दछ भन्ने धारणा राख्दछन् । उत्तरआधुनिक हुनुको अर्थ यदि एसियाली र अपि|mकी संस्कृतिको उन्नयनका निम्ति युरोप-अमेरकिी श्रेष्ठताको धारणा माथि प्रहार गर्दै कलम चलाउनु हो भने त्यसलाई कसले रोक्छ ? परन्तु पुँजीवादपन्थी लेखकहरूले जुन गफ चलाएर आˆनो वर्चश्व कायम गर्न खोजेका छन् त्यो त पश्चिममै कुहिसकेको निकम्मा विचारमा आधारति छ र त्यसको अभिप्रायः सोभियत सङ्घमा प्रयोग गरएिको समाजवादी राज्य प्रणालीको विफलतालाई देखाएर सिङ्गो संसार नै पुँजीवादी चिन्तनद्वारा शासित छ भन्ने कुचेष्टा मात्र हो ।

कथानकमा विश्रृङ्खलता, प्रस्तुतिमा निरुद्देश्यता र वैचारकितामा दिशाहीन विरोधाभास नै उत्तरआधुनिक साहित्य सोच बनेको छ । नभएको कुरा गरेर उल्याउने, नवीनताको नाममा पुराना मान्यता खुइल्याउने र अर्थहीनतामा रमाउने विशेषताले गर्दा त्यो ध्वंसात्मक चिन्तनको रूपमा पनि देखापरेको छ । हरेक कुरालाई फुटाएर टुक्र्याएर र भत्काएर हेर्नुपर्छ भन्ने मान्यता उत्तरआधुनिकतावादीहरूको मात्र होइन उग्रवामपन्थीहरूको पनि सोच हो । स्यामुयल हन्टिङटन-'सभ्यताको द्वन्द्वबारे' विवेचना गर्दा सामाजिक द्वन्द्वको कारण वर्गविषमता होइन, साँस्कृतिक भिन्नता, वर्चश्वद्वन्द्व र साम्प्रदायिक भावना हो र त्यसकै आधारमा साँस्कृतिक समूहहरूले आˆनो अस्तित्व र पहिचानका लागि सङ्घर्ष गर्दछन् भन्ने व्याख्या गर्दछन् । उनको त्यो व्याख्या नै माक्र्सवाद विरोधी छ आर्थिक शोषणालाई ढाकछोप गर्ने दूराशययुक्त छ । त्यसैले वास्तविकता उत्तरआधुनिकता अमेरकिी सुट-टाईभित्र रहेको नियाल्दा आखेटक युगको मत्स्यन्यायकै पुनरावृत्ति बन्न पुगेको छ ।

पछिल्लो समयमा अमेरकिी विवेचक टफलरले पनि 'द्वन्द्वको लहर सिद्धान्त'बारे चर्चा गर्दै नयाँ सभ्यताको निर्माणमा पहिले जमिनको आधार, त्यसपछि उद्योगको आधार रहेको र अब सूचनाको आधारमा द्वन्द्वको लहर गतिशील छ, चलायमान छ भन्दै समग्र ज्ञानलाई सूचनामा रूपान्तरण गरेर वर्ग सङ्घर्षको मुद्दालाई अदृश्य कुनामा ˆयाँक्ने चेष्टा गरेका छन् । उनले भूमि, उद्योग र ज्ञान वा सूचनाको शक्तिद्वन्द्व प्राप्ति, प्रभुत्त्व र प्रसारणको द्वन्द्व लहर बनेको व्याख्या गर्दछन् । टफलरले सामाजिक श्रम, पुँजीको प्रभुत्त्व, अतिरत्तिm श्रमको शोषण र वर्ग अन्तरविरोधलाई अस्वीकार गर्दछन् । यी सबै कुराहरूले विचारधाराको क्षेत्रमा रहेको द्वन्द्व र विश्वव्यापी होडहरूलाई नै औँल्याउँछन् । वास्तवमा आजको विश्व आर्थिक, सामाजिक र साँस्कृतिक द्वन्द्वको महासङ्ग्राममा छ भूगोल, खगोल दुवैतिर शक्ति राष्ट्रको प्रभुत्त्व प्राप्तिको अभियान छ र विपन्न राष्ट्रका जनतालाई भ्रान्तिको महाजालमा भुलाएर साँस्कृतिक साम्राज्य कायम गर्ने छली-महापुराण वाचन भइरहेको छ ।

भ्रान्तिमा बाँचेर भ्रान्तिमै मर्नुलाई कुनै अर्थमा आधुनिक, अत्याधुनिक वा उत्तरआधुनिक चिन्तन भन्न-मान्न सकिँदैन किनभने भ्रान्तिसत्ता आध्यात्मिक प्रत्ययवादी चिन्तनको मियो हो । ईश्वरको परकिल्पनादेखि अवतारवादसम्म, महा-मानवदेखि महा-नायकसम्म र महा-सृष्टिदेखि महा-प्रलयसम्म नै त्यो भ्रम-भ्रान्तिचेत, व्याप्त छ । मायावादी, शङ्कराचार्यलाई साक्षी राखेर लीला-रासलीला जे रचौँ, त्यो भ्रमकै पुनःउत्पादन हो, सत्यको होइन । सत्यको अन्वेषण कलाको कमानी हो । साहित्य, सङ्गीत र कलाकारतिामा जीवन, जगत् र संस्कृतिको बिम्ब भ्रमको रूपमा होइन, यथार्थको सारमा अभिव्यक्त हुन्छ । सत्यको झझल्को, बाहृयरूपको वैकल्पिकता मात्र हो र त्यो आभास स्वयं नै वस्तुगत यथार्थको आन्तरकि पक्ष बनेर प्रकट हुन्छ । हो कि-होमा होइन, हो हो यही हो को निष्कर्षमा नै सत्य प्रकट हुन्छ । त्यसर्थ साहित्य, सङ्गीत र कलामा आभास आफैँ नै सारको अभिव्यञ्जना बनेर प्रकट हुनु पर्दछ, उत्तराधुनिक गफमा झैँ विभ्रममा होइन ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 बैशाख, 2067

लेखकका अन्य रचनाहरु