गजल

- ऋषि बस्ताकोटी

चेरी फुल्दा परदेशमा, गाउँ सम्झियौ कि,
नासपाती र आरु फुल्ने ठाउँ सम्झियौ कि !
 
गाढा हुन्छ भन्छन माया, टाढा भएपछि,
टाढैबाट बृद्द आमा-बाउ सम्झियौ  कि !
 
अरबको तातो होस् कि, सासकाचुनको चिसो ,
मजबुरीमा सामन्ती र साहु सम्झियौ कि !
 
छिमेकीले साँध-किल्ला मिच्यो अरे भन्छन ,
निर्धो हेप्ने छिमेकीको नाउँ सम्झियौ कि !

देश फेर्न  जानेहरु  फेरिएको  कथा ,
दोहोरिंदा डिकेन्द्रको* घाउ सम्झियौ कि !

(*कम्जोर आर्थिक अवस्था र बेरोजगार छोरालाइ रोजगारी नपाएको पीडामा एमाले मुख्यालय अगाडि  रुखमा झुडिएर आत्माहत्या गर्ने  झापाका एक समाजबादी योध्दा डिकेन्द्र राजबंशी)

भ्यांकुवर, क्यानाडा

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 जेठ, 2067

लेखकका अन्य रचनाहरु