डायस्पोराको सैद्धान्तिक स्वरुप

- डा. खगेन्द्रप्रसाद लुइटेल

हाल केही समय यतादेखि साहित्यका क्षेत्रमा डायस्पोरा शब्दको प्रयोग हुन थालेको छ । यो कुनै नौलो र नवनिर्मित शब्द नभई उहिलेदेखि विभिन्न सन्दर्भार्थमा प्रयोग हुँदै आएको शब्द हो । डायस्पोरा/डायस्पोरिक शब्दको नेपाली समानार्थी खोज्न त्यति सजिलो छैन तापनि मोटामोटीमा यसलाई विकीर्णन, विस्थापन, निर्वासन, प्रवास/आप्रवास भन्ने शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ । यिनमा पनि आप्रवास/आप्रवासी शब्द बढी उपयुक्त देखिन्छ । वर्तमान सन्दर्भमा यसको अर्थबोध गराउन गैरआवासीय शब्दको पनि प्रयोग गर्न सकिने स्थिति देखापर्न थालिसकेको छ । हाल आएर केहीले अल्पज्ञान वा अनभिज्ञताका कारण यस शब्दको प्रयोग उत्तरआधुनिकताभैmँ जथाभावी प्रयोग थालेको देखिएकाले यसको ऐतिहासिक र वर्तमान दुवै सन्दर्भ केलाई वास्तविक अर्थ ठम्याउनु आवश्यक छ ।

१. डायस्पोराको ऐतिहासिक सन्दर्भ
ग्रिसेली शब्द diaspora(डायस्पोरा) को सम्बन्ध हेब्रुली galut (निर्वासन) तथा अङ्ग्रेजी exile(निर्वासन) सँग छ । डायस्पोराको खास वा मूल अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु भन्ने हुन्छ । उहिले exile वा निर्वासन शब्दले विशेषतः कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्काे मुलुकमा धपाउने भन्ने अर्थबोध गराउने हुँदा र डायस्पोराको सम्बन्ध सोभैm दण्डसँग नगाँसिने भएकाले यसका लागि galut or exile (निर्वासन) भन्दा राम्रो शब्द tefutzot or dispersion (पैmलावट/विकीर्णन) लाई मानिन्छ । यस शब्दले बलपूर्वक ननिकालिई आफैँ संसारभर पैmलिनु भन्ने अर्थबोध गराउँछ । ऐतिहासिक बेबिलोनियाली निर्वासन (५८६ इस्वीपूर्वतिर) पछि यहुदी समुदायका लगभग सबै व्यक्तिहरू निर्वासित भई प्यालेस्टाइन (वर्तमान इजरायल) भन्दा बाहिर छरिन पुगे । यहुदीहरूको यो निर्वासन भौतिक मात्र नभएर धार्मिक, दार्शनिक, राजनैतिक र युगान्तकारी पनि थियो । त्यसैले उनीहरू इजरायल भूमिसँग आफ्नो सम्बन्ध गाढा रहेको ठानी यस निर्वासनलाई ईश्वरेच्छा मान्न थाले । बेबिलोनियालीहरूले जुडाह अधिराज्यमा विजय प्राप्त गरेपछि यहुदीहरूलाई ठूलो सङ्ख्यामा दास बनाई अन्यत्र निर्वासित गरिएको थियो । पर्सियाली विजेता साइरस महान (Cyrus the Great) ले बेबिलोन विजय गरेपछि इस्वीपूर्व ५३८ मा यहुदीहरूलाई आफ्नो मातृभूमि फर्कने अनुमति दिए तापनि यहुदीहरूको केही अंश स्वतःस्पूmर्त रूपमा विभिन्नतिर छरिएर बाहिरियो ।

यहुदी डायस्पोराको सबैभन्दा ठूलो, महत्वपूर्ण र सांस्कृतिक दृष्टिले सिर्जनात्मक समूह अलेक्जेन्डरियामा इस्वीपूर्व पहिलो शताब्दीमा फलीफुली समृद्धितर्पm लम्किएको देखिन्छ । त्यसपछि यहुदीवाद (judaism) का प्रमुख केन्द्रहरू देशदेशमा सर्दै गए । यस क्रममा यहुदी समुदाय बेबिलोनिया, पर्सिया, स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, रसिया, संयुक्त राज्य अमेरिका आदि विभिन्न देशमा छरि“दै गयो र त्यसरी छरिएकाहरू तत्तत् देशका भाषा, रीतिथिति र संस्कृति अँगाल्दै यहुदीइतर परिवेशमा समाहित हुन थाले । त्यस क्रममा केहीले शान्तिपूर्वक बस्न पाए भने केही हिंसाका सिकार भए ।
डायस्पोराले आफ्नो राष्ट्रिय पहिचान कायम राख्ने वा नराख्ने भन्ने कुरामा यहुदीहरूका बीच मतभेद उत्पन्न हुनथाल्यो । यसै परिप्रेक्ष्यमा अधिकांश कट्टरपन्थीहरूचाहि“ यहुदी समुदाय फेरि इजरायल फर्किने कुरा (Zionist movement) मा समर्थन गर्छन् भने कतिपय कट्टरपन्थीहरूचाहि“ त्यस कुराको विरोध गर्दै आधुनिक इजरायल राष्ट्रलाई ईश्वरविहीन धर्मनिरपेक्ष राज्य मान्छन् र ईश्वरले त्यसको सुधारका लागि कुनै दिन मसिहा (देवदूत) अवश्यै पठाउ“छन् भन्ने विश्वास गर्छन् । निर्वासनलाई अस्वीकार (shelilat ha-galut) गर्नेहरू यहुदी डायस्पोराको जीवन र संस्कृति अन्यस“ग सम्मिलन र संस्कृतीकरणका कारण नष्टभ्रष्ट भएको ठान्छन् भने इजरायलमा पुनरागमन भएर आएकाहरूचाहि“ यहुदीहरूको अस्तित्व निरन्तर रहन्छ भन्ने ठान्छन् । वास्तवमा यहुदीवादको विलयन हुन्छ वा अस्तित्व रहन्छ भन्ने यी दुवै विचार अतिवादी भएकाले समुचित ठानि“दैन ।

सामान्यतः अमेरिका अथवा अन्यत्रका यहुदीहरूले डायस्पोरालाई ईश्वरीय इच्छाको वैधानिक अभिव्यक्ति मानेका छन् तापनि सन् १९३७ मा सम्पन्न अमेरिकाली र् -याबिसको केन्द्रीय सम्मेलन (-Central Conference of Amrican Rabbis) ले पिटसबर्ग प्लेटफर्म (Pittsburgh Platform), सन् १८८५) लाई औपचारिक रूपमा रद्द गर्दै अब यहुदीहरूले इजरायल फर्किने कुरा सोच्नु हुदैन भन्ने घोषणा ग¥यो । यस नया नीतिले यहुदीहरूलाई आफ्नै पनि छुट्टै मातृभूमि स्थापित गर्नुपर्छ भन्ने विचारलाई प्रोत्साहित गरेको देखिन्छ । यसका विपरीत यहुदीवादको अमेरिकाली परिषद् (American Council for Judaism सन् १९४३) ले यहुदीहरू धर्मावलम्बीका दृष्टिले मात्र यहुदी हुन् तसर्थ तिनीहरूले प्यालेस्टाइनमा यहुदी मातृभूमिको स्थापनालाई समर्थन गरे भने त्यो आपूm बसेको देशका विरुद्ध विश्वासघात वा देशद्रोह गरेको ठानिनेछ भन्ने घोषणा ग¥यो । यसको तात्पर्य यहुदी डायस्पोराले आपूm बसेकै देश वा राज्यप्रति बफादार वा निष्ठावान् (loyal) हुनुपर्छ भन्ने हो । यहुदी राष्ट्रिय राज्यको मागचाहि“ दोस्रो विश्वयुद्धमा भएको यहुदीहरूको व्यापक नरसंहारपछि मानवतावादी दृष्टिबाट बढेको देखिन्छ ।

२. डायस्पोराको वर्तमान सन्दर्भ
वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थमा मात्र सङ्कुचित नभई यसको अर्थविस्तार भएको छ । हाल यसले पैmलिनु/विकीर्ण हुनु (dispersion), फि“जिनु (spreading), छरिनु वा तितरबितर हुनु (scatering), बसाइ“सराइ (migration) निर्वासन/प्रवास/आप्रवास (galut or exile) भन्ने अर्थ दिन थालेको छ । यस सन्दर्भमा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा पैmलिएर, फि“जिएर, छरिएर वा तितरबितर भएर, बसाइ“ सरेर, निवार्सित भएर वा प्रवासिएर बस्नु भन्ने हुन्छ । यस सन्दर्भबाट हेर्दा प्रत्येक राष्ट्रको आफ्नो डायस्पोरा हुन्छ र त्यो डायस्पोरा आफ्नो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आफ्नो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हु“दा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । एउटा मुलुकबाट अर्को मुलुकमा प्रवासि“दा, बसाइ“ सर्दा वा छरिएर बस्दा सम्बद्ध मुलुकको सामाजिक–सांस्कृतिक परिवेशजन्य भिन्नताले जीवनभोगाइमा सङ्कट उत्पन्न हु“दाहु“दै पनि त्यही सङ्कटका बीच बा“चिरहेका वा बा“च्न बाध्य भइरहेका मानिसहरू नै डायस्पोरा हुन् । अझ भनौ“ मातृभूमि छोडेर अर्कै मुलुकमा गई आप्mनो र आफन्तको वियोगको पीडा खपेर पनि त्यही“ जीवन धान्न बाध्य व्यक्तिहरू नै डायस्पोरा हुन् । यस्तो स्थिति जुनसुकै मुलुक वा जातिमा हुनसक्छ । यस दृष्टिबाट हेर्दा नेपालबाट निर्वासित भई अन्यत्र मुलुकमा लामो समयदेखि छरिएर रहेकाहरू नेपाली डायस्पोरा हुन् । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्नपुगेको छ ।

वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट प्रवासी भई विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । जुन ठाउ“बाट जहा“ गएका छन् त्यही“को भाषा, संस्कृतिमा ती सब विलयन हुने क्रम पनि जारी छ । नेपालबाट पनि प्रशस्तै नेपालीहरू संसारका विभिन्न ठाउ“मा विकीर्णन, विस्थापन वा निर्वासन भएका छन् वा प्रवासिएका छन् । डायस्पोरामा ‘‘जहा“ छौ त्यही“का हौ ’ भनिए पनि जाति र संस्कृतिका नाममा नेपाली वा आफ्नै राष्ट्रको भन्ने मानसिकता रहिरहन्छ तापनि तिनले रीतिथितिलगायत अरू सबकासब त्यही“को आत्मसात् गर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन निकै लामो समय लाग्छ, छोटो समयमा हु“दैन । यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायस्पोरा मान्नुपर्ने हुन्छ ।

अर्काको देशमा जतिसुकै सम्पन्न भएर अनेकौ“ सुखसुविधाका साथ बसे पनि आफ्नो मातृभूमि र आफन्तहरूप्रतिको सम्झना र सद्भाव स्मरणमा रहिरहन्छ । यताबाट तिनको नागरिकता वा नागरिकका हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमिसकेको हुन्छ र उतापटि केही मात्रामा त्यस्तो अधिकार प्राप्त भएको वा नभएको स्थिति रहन्छ, तर पनि आत्मपहिचान वा परिचयको सङ्कट (crisis of identity) भने सदैव जीवित रहन्छ । यसरी प्रवासिएकाहरूले मातृभूमि सम्झे पनि परिस्थितिवश उतैको भाषा, संस्कृति, अपरिचय आदिस“ग सङ्घर्षरत रही बसोबास गर्दागर्दै त्यतै विलयन भएकालाई डायस्पोरा भनिन्छ ।

साहित्यिक सन्दर्भमा यताबाट उता गएर छोटोदेखि लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक÷आप्रवासी साहित्य भन्ने गरेको पाइए पनि वास्तविक डायस्पोरिक साहित्यचाहि“ लामो समय बसोबास गरी त्यही“को भाषा, संस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मानिन्छ । उदाहरणार्थ विदेशी नेपाली साहित्य भनिएमा नेपालबाहिरका जोसुकैले लेखेका सबै साहित्यलाई लिन सकिन्छ, तर ती सबैलाई डायस्पोरिक साहित्यचाहि“ भन्न मिल्दैन । यताबाट जो जहा“ गयो त्यही“को भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका, तर आफ्नो जातीय धर्मचाहि“ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहि“ डायस्पोरिक साहित्य भन्न मिल्छ ।

यताबाट उता गए पनि फर्केर आउनचाहि“ चाहने, तर सहजै फर्केर आउन नसकी उतै स्थायी रूपमा बसोबास गर्ने बाध्यता भएका मानिसहरू डायस्पोरा हुन् । यिनको तन उता र मन यता वा आधा मन उता अनि आधा मन यता हुने गर्छ र तिनमा जहिले पनि असुरक्षा, भय, सन्त्रास, मानसिक पीडा, अपरिचय, बिरानोपन वा पराइपन आदिका साथै मातृभूमि र आफन्तजनको सम्झना, कर्मलाई धिक्कार्ने वृत्तिलगायत अनेक प्रकारको पीडाबोध भइरहन्छ । यस्तैयस्ता भावना वा विचारहरू डायस्पोरिक साहित्यमा अभिव्यक्त भएका हुन्छन् । यिनीहरू भौतिक रूपमा पुगेको ठाउ“स“ग र मानसिक रूपमा मूल थलो वा मातृभूमिस“ग गा“सिएको द्वैध मनस्थिति वा दुईतिरको पन वा दोहोरो पीडामा बा“च्न बाध्य हुन्छन् । यसरी हेर्दा यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ । अझ भनौ“ मूलभूमिबाट पराइभूमिमा पुगेका व्यक्ति वा समुदायका समस्याहरू चित्रित साहित्य नै डायस्पोरिक साहित्य हो ।

३. उपसंहार
विदेसिने चलन नया“ नभएकाले यसैसँग सन्दर्भित शब्द डायस्पोरा पनि नयाँ हुने कुरै भएन । उहिलेदेखि अहिलेसम्म अनेक कारणबाट थुपै्र मानिसहरू आफ्नो जन्मभूमि छाडेर विदेसिने क्रम निरन्तरप्रायः छ । कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् भने कतिपय स्वेच्छाले राजीखुसी विदेसिएका हुन्छन् । व्यापारव्यवसाय, सैन्यकर्म, अध्ययन, वैवाहिक सम्बन्धलगायत राजनैतिक अस्तव्यस्तता, धार्मिक हिंसा, प्राकृतिक प्रकोप आदिका साथै शरणार्थी र युद्धपीडित भएर अनि सुखसुविधाको खोजीका लागि पनि मानिसहरूमा विदेसिने प्रवृत्ति पाइन्छ । यतिखेर तेस्रो विश्वका शरणार्थीहरूसमेत अमेरिकाली मुलुकतिर हानिने दाउमा छन् । कतिपय स्वदेशबाट विरक्तिएर नफर्किने हिसाबले विदेसिन्छन्, तर त्यहा“ आफ्नो अस्मिता नदेखी फेरि मातृभूमिमै फर्केर आउ“छन् । कतिपय आफ्नो कमाइधमाइ आदि सकेर फर्किने इरादा बोकी विदेसिन्छन् । तिनका मनमा फर्किने चाहना अवश्य हुन्छ, तर बाध्यात्मक परिस्थितिका कारण तिनीहरू फर्किन सक्तैनन् र त्यतै बस्छन् । यसरी आफ्नो मातृभूमिबाट अलगिएर गएकाहरू मिलेर त्यही“ एउटा भावनात्मक समाजको निर्माण गर्छन्, त्यसैलाई डायस्पोरा भनिन्छ । यस्तो क्रम प्रायः तेस्रो विश्वका गरिब, अविकसित र अशान्त मुलुकबाट पहिलो विश्वका धनी, विकसित र सम्पन्न मुलुकमा हुने गर्छ । कतिपय धनी मुलुकले गरिब मुलुकका नागरिकहरूलाई वैधानिक प्रक्रिया पूरा गरेरै आफ्नो मुलुकमा भित्र्याउने गरेको पनि पाइन्छ । यस्तैयस्ता ढङ्गबाट निर्मित समाजका सदस्यहरूद्वारा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरिन्छ । कतिपय डायस्पोरिक साहित्यलाई औपनिवेशिक आदि सन्दर्भले पनि प्रत्यक्ष–परोक्ष प्रभाव पार्दछ । यताबाट छुटेका र उतापटि नजोडिएका वा राम्ररी जोडिन नसकेकाहरूबाट त्यस्तैत्यस्ता सन्दर्भहरूलाई लिएर आत्मपहिचानको सङ्कट, गृहस्मृति÷गृहविरह (nostalgia), भय, पीडा, त्रास, असुरक्षा, अनिश्चितता, अपरिचय, बिरानोपन, आपूm र आफ्नो सत्व हराएको औपनिवेशिक अनुभूति र त्यसको खोजी, द्वैध मनस्थिति आदिको अभिव्यक्ति गरिएका साहित्यलाई डायस्पोरिक साहित्यमा दर्न सकिन्छ र यिनैलाई डायस्पोरिक साहित्यका विशेषता मान्न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 जेठ, 2067

लेखकका अन्य रचनाहरु