नेपाली कविताका प्रमुख प्रवृत्ति

- डा. खगेन्द्रप्रसाद लुइटेल

१. विषयप्रवेश
साहित्यका जुनसुकै विधाको इतिहास लेखन निकै जटिल कार्य हो । साहित्यको इतिहास लेखनका क्रममा सम्बद्ध विधाको सिङ्गो इतिहास वा समग्र समयशृङ्खलालाई खण्डखण्डमा विभाजन गरेर ती खण्डखण्डमार्पmत सम्पूर्णताको अध्ययन गरिन्छ । सिङ्गो विश्वसाहित्य वा नेपाली साहित्य वा विधाविशेषको समग्र अध्ययनलाई सुगम तुल्याउनाका लागि पनि त्यसलाई खण्डखण्डमा विभाजन गरिन्छ र त्यसैलाई साहित्यको कालविभाजन भनिन्छ । विश्वसाहित्यमा भ“ैंm नेपाली साहित्य र कवितामा पनि कालविभाजनसम्बन्धी विभिन्न कार्यहरू भएका छन् ।

उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ । यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रमको कालविभाजनमा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्र्रभाव र प्रवृत्ति, राजनैतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ । हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । यसर्थ यी आधारमा गरिएको साहित्यको कालविभाजन बढी विवादास्पद हुनपुग्छ ।

नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनैतिक मोड आदि विभिन्न आधारमा तथा बिना आधारमै पनि साहित्यिक इतिहासको जथाभावी कालविभाजन गर्ने परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको कालविभाजन र त्यसमा पनि विशेषगरी आधुनिक काल वा आधुनिकताको प्रारम्भका बारेमा मतभिन्नताहरू रहेका छन् । खासगरी आधुनिकतासम्बन्धी अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, छिपछिपे र बोक्रे ज्ञान आदिका कारणबाट यस्तो स्थिति पैदा भएको हो । कविताको सिङ्गो इतिहासलाई खण्डखण्डमा विभाजन गरी समय निर्धारण गर्दा खास वैज्ञानिक आधार नलिई जथाभावी गरिएमा त्यो निरर्थक हुनजान्छ । यसर्थ वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको कालविभाजन गर्नु अपरिहार्य छ ।
यी सबै सन्दर्भबाट हेर्दा समयको तीन खण्डे विभाजनसमेत समस्यारहित÷विवादरहित र पूर्ण वैज्ञानिक नभए पनि ऐतिहासिक कालखण्डकै आधारमा साहित्यको कालविभाजन गर्नु अलि बढी व्यावहारिक देखिन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट बढी उपयुक्त र मान्य हुने गरी नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरी देखाइन्छ ः
१. प्राथमिक काल (सुरुदेखि १९४० सम्म)
(१) पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) ः वीर धारा
(२) उत्तरार्ध (१८७२ देखि १९४० सम्म) ः भक्ति धारा
२. माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)
(१) पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) ः शृङ्गारिक धारा
(२) उत्तरार्ध (१९७५ देखि १९९१ सम्म) ः शास्त्रीयतावादी÷परिष्कारवादी धारा
३. आधुनिक काल (१९९१ देखि यता)
(१) स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)
(२) प्रयोगवादी धारा (२०१७ देखि २०३५)
(३) समसामयिक धारा (२०३६ देखि यता)
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्काे काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्काे समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्काे कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति प्रमुखताका साथ देखापरेको भन्ने मात्र हो । यसै आधारमा नेपाली कविताको प्राथमिक कालको पूर्वार्धमा वीरधारा र उत्तरार्धमा भक्तिधारा, माध्यमिक कालको पूर्वार्धमा शृङ्गारिक धारा र उत्तरार्धमा शास्त्रीयतावादी धारा तथा आधुनिक कालमा स्वच्छन्दतावादी, प्रयोगवादी र समसामयिक धारा देखापरेका हुन् । यिनमा वmुनै एउटा प्रवृत्ति प्रधान भएका बखत पहिले प्रधान रहेको वmुनै अर्को धारा वा प्रवृत्ति गौण बन्दै जा“दा नेपाली कवितामा विभिन्न धारा र प्रवृत्तिको विकास भएको हो ।

२. विषयविस्तार
हालसम्म उपलब्ध तथ्याङ्कका आधारमा नेपालीमा कविता लेखनको थालनी पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको हाराहारीदेखि भएको पाइए पनि नेपाली कविता लेखनको सुरुआत एक्कासि भएको होइन, यसको पृष्ठभूमिका रूपमा श्रुतिपरम्परामा जीवित रहेको नेपाली लोकसाहित्यलाई लिन सकिन्छ । नेपाली कविता लिखित स्वरूपमा आउनुभन्दा पहिले लोकमानसमा प्रचलित लोकगीत, लोकगाथा र मनोरञ्जनात्मक लोकभाखाले पनि यसको विकासमा प्रशस्त सहयोग पु¥याएको देखिन्छ । नेपाली कविता लेखनको प्रारम्भ उन्नाईसौं शताब्दीदेखि भएको पाइए पनि त्यसपूर्व मौखिक परम्परामा व्याप्त लोकगीत, लोकगाथा आदिले यसको प्राचीनतालाई इङ्गित गर्छ ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान स“गस“गै विभिन्न कविहरूले नेपालीमा मौलिक कविता सिर्जना गरेको पाइन्छ । यिनीहरूले लोकपरम्परा र तत्कालीन युगीन परिवेशबाट प्रभावित र प्रेरित भएर कविता सिर्जना गरी नेपाली कवितालाई श्रुतिपरम्पराबाट लेख्य स्वरूप प्रदान गरेको देखिन्छ । तत्कालीन प्रारम्भिक कविहरूका कवितामा लोकलय र लोकशैलीको झझल्को पाइने हु“दा तिनीहरू संस्वृmत परम्पराबाट नभई लोकपरम्पराबाटै बढी प्रभावित रहेको वmुरा स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहको पालामा नेपाली भाषा कथ्य रूपबाट लेख्य स्वरूपतर्पm उन्मुख हु“दै राष्ट्रभाषा र साझाभाषाका रूपमा विस्तारित र विकसित हुन थालेपछि तत्कालीन नेपाली कविहरूले युगीन परिवेशअनुरूप वीरभावका कविता लेख्न थाल्छन् र त्यहीं“बाट नेपाली कवितालेखनको इतिहास सुरु भएको मानिन्छ ।

साहित्य सिर्जना वmुनै न वmुनै रूपमा तत्कालीन युगीन परिवेशबाट प्रभावित र उत्प्रेरित हुन्छ । नेपालीमा वीरभाव, भक्तिभाव एवं शृङ्गारभावका कविता लेखिनुमा तत्कालीन युगीन राष्ट्रिय परिवेशकै प्रभाव हो । प्रारम्भमा एकीकरणका बेला युद्ध दुन्दुभिका कारण वीरताका कविता लेखिए भने युद्धमा पराजित भई सुगौली सन्धि गर्न बाध्य भएपछि जीवनको मूल आधार ईश्वरलाई ठानी भक्तिभावका कविता लेखिन थाले । नेपालमा राणाहरूको अभ्युदयपश्चात् उनीहरू मोजमस्तीमा डुब्न थालेपछि कविताले पनि त्यही बाटो अनुसरण ग¥यो र शृङ्गारभावका कविता रचिन थाले । यसरी समयअनुसार विभिन्न भावधाराका कविता लेखिनुमा तत्कालीन युगीन सामाजिक–राजनैतिक परिवेश नै प्रमुख कारक तत्वका रूपमा रहेको स्पष्टै देखिन्छ ।
नेपाली कविताको इतिहासमा देखापरेका कालगत विभिन्न धाराको सङ्क्षिप्त परिचय र तिनका मूलभूत प्रवृत्तिहरू तल क्रमशः प्रस्तुत गरिन्छ ः

१. प्राथमिक काल (सुरुदेखि १९४० सम्म)
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको थालनीदेखि मोतीराम भट्टको आगमनपूर्वसम्मको अवधिलाई नेपाली कविताको प्राथमिक काल मानिन्छ । नेपाली कविता लोकपरम्पराबाट लेख्यपरम्परामा विकसित भएको हु“दा अर्थात् नेपाली कविता लेखनको थालनी र क्रमशः विस्तार भएको हु“दा यस काललाई कविता लेखनको प्रारम्भिक युग ठानिन्छ । यस समयावधिका बीचमा लेखिएका कवितामा पाइने प्रमुख प्रवृत्ति वीरताको वर्णन र ईश्वरीय भक्तिको प्रस्तुति हो । यसर्थ नेपाली कविताको प्राथमिक काललाई वीरकाल र भक्तिकालका रूपमा पनि लिन सकिन्छ । प्रवृत्तिगत आधारमा यस काललाई निम्नलिखित दुई चरण वा मोडहरूमा विभाजन गरिएको छ ः

(१) पूर्वार्ध चरण ः वीरधारा (सुरुदेखि १८७१ सम्म)
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको प्रारम्भदेखि सुगौली सन्धिपूर्वसम्मको समयावधिलाई नेपाली कविताको वीरधारा मानिन्छ । यो समय युद्ध र राज्य विस्तारको अवधि भएकाले वीरतालाई मुख्य भाव बनाई यस चरणमा वीरभावका कविताहरू लेखिएको पाइन्छ । नेपाल एकीकरणका क्रममा भएका वीरतापूर्ण कार्य र साहसी योद्धाहरूको वर्णन यस अवधिका अधिकांश कवितामा पाइने भएकै कारणबाट यस चरणको नाम वीरकाल र मुख्य प्रवृत्ति वीरधारा मानिएको हो । त्यसबेलाका कविहरूले युद्धमा संलग्न सेनाहरूको आत्मबल बढाउने उद्देश्यले वा केही प्राप्तिको अभिलाषाले तत्कालीन शासकहरूको स्तुतिगान गरेको देखिन्छ । जुनसुकै उद्देश्यले भए पनि त्यस समयका अधिकांश कविहरूले वीरभावले ओतप्रोत कविता सिर्जना गरेको पाइन्छ । यस धाराको सुरुआत पृथ्वीनारायण शाहका समकालीन मानिने सुवानन्द दासबाट भएको मानिन्छ । यस समयावधिका सबैजसो कविहरूको जन्म, मृत्यु, कविता लेखन अवधि आदिसम्बन्धी तिथिमिति प्रामाणिक रूपमा अझै टुङ्गो लाग्न सकेको छैन । यसर्थ यसबारे अनुसन्धानका क्रममा केही हेरफेर हुने सम्भावना पनि देखिन्छ ।

मूल रूपमा प्रगीतात्मक संरचनायुक्त वीरभावका राष्ट्रवादी कविता सिर्जना, मौलिक कविताको रचना, तत्कालीन शासक र सैन्यहरूको स्तुति, शार्दूलविक्रीडित, भुजङ्गप्रयात, मालिनी, इन्द्रवज्रा, स्वागताजस्ता शास्त्रीय छन्द र केही लोकछन्दमा कविता लेखन, कतिपय ठेट नेपाली शब्द र आलङ्कारिक भाषिकविन्यास पाइए पनि प्रायः अपरिष्वृmत, अपरिमार्जित र मिश्रित भाषाको प्रयोग आदि नेपाली कविताको वीरधाराका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

(२) उत्तरार्ध चरण ः भक्तिधारा (१८७२ देखि १९४० सम्म)
सुगौली सन्धिदेखि नेपाली साहित्यमा मोतीराम भट्टको आगमनपूर्वसम्मको अवधिलाई नेपाली कविताको भक्तिधारा मानिन्छ । अङ्ग्रेजस“गको युद्धमा नेपाल पराजित भई १८७२ सालमा सुगौली सन्धि गरिएपछि युद्ध र राज्यविस्तार रोकिएकाले वीरधारा अर्थात् नेपालीहरूको वीरता सेलाउ“दै जान्छ । तत्कालीन कविहरू पनि वीरताको अभिव्यक्ति गर्न छोडी भक्तिमार्गतर्फ उन्मुख हुन्छन् । युद्धको पराजय, आफन्तहरूको बिछोड तथा पुनः युद्ध हुने आशङ्का, भय र सन्त्रासजस्ता कारणबाट नेपाली मानसिकता ईश्वरीय भक्तिमार्गतर्फ अभिमुख हुन्छ । नेपाली मानसिकता वीरस्तुति वा शासक पूजाबाट टाढिएर आस्था र भरोसाका केन्द्र ईश्वरलाई मानी भक्तितर्फ ढल्किएकाले यस चरणमा भक्तिधारा प्रवाहित हुन्छ र वीरवन्दना ईश्वरीय स्तुतितर्फ मोडिन्छ ।

तत्कालीन कविहरू ईश्वरको साकार एवं निराकार रूपको वर्णन गर्न थाल्दछन् । फलतः यो धारा सगुण भक्तिधारा र निर्गुण भक्तिधारामा विकसित हुन थाल्दछ । सगुण भक्तिधाराअन्तर्गत कविता रच्ने कतिपय कविहरूले श्रीवृmष्णलाई र कतिपय कविहरूले श्रीरामलाई आराध्यदेव मान्दै तिनको स्तुति गरी कविता लेख्न थालेपछि यो धारा पनि वृmष्ण भक्तिधारा र राम भक्तिधारामा विभाजित भएको पाइन्छ । यस्तैगरी निर्गुण भक्तिधाराअन्तर्गत रही कविता रच्ने कविहरूले ईश्वरको प्रायः निराकार रूपको वर्णन गरी कविता सिर्जना गरेका छन् । यसरी कविता सिर्जना गर्ने कविहरूमा जोसमनी सन्तहरूको बहुलता रहेकाले निर्गुण भक्तिधारालाई सन्तधारा पनि भन्ने गरिन्छ । यस समयावधिमा नेपाली कविताको भक्तिधाराअन्तर्गत देखापरेका सगुण भक्तिधाराभित्र वृmष्ण भक्तिधारा र राम भक्तिधारा तथा निर्गुण भक्तिधाराभित्र सन्तधारालाई लिइन्छ । यिनको सङ्क्ष्ँिप्त परिचय तल दिइन्छ ः

(क) कृष्ण भक्तिधारा
श्रीकृष्णको जीवनलीलास“ग सम्बद्ध गतिविधिहरूलाई विषयवस्तु बनाई अनूदित रूपमा भए पनि कवितात्मक अभिव्यक्ति दिने कविहरू कृष्ण भक्तिधाराभित्र पर्दछन् । ईश्वरका साकार रूपमध्ये श्रीकृष्णलाई आराध्यदेव मानी त्यसैको कवितात्मक स्तुति गर्ने वा त्यससम्बन्धी आÇना भावनाहरू व्यक्त गर्ने काम यस धाराका कविहरूले गरेका छन् । यी कविहरूको आस्थाको केन्द्रबिन्दु र कविताको मुख्य विषयवस्तु श्रीकृष्ण नै रहेको देखिन्छ ।

(ख) राम भक्तिधारा
श्रीरामको जीवनस“ग सम्बद्ध अनेक गतिविधिहरूलाई विषयवस्तु बनाई कवितात्मक अभिव्यक्ति दिने कविहरू राम भक्तिधाराभित्र पर्दछन् । ईश्वरका साकार रूपमध्ये श्रीरामलाई आधार वा आराध्यदेव मानी त्यसैको कवितात्मक स्तुति गर्ने वा त्यससम्बन्धी आफ्ना भावनाहरू व्यक्त गर्ने काम यस धाराका कविहरूले गरेका छन् । रामभक्तिलाई कवितात्मक अभिव्यक्ति दिने वा रामको स्तुति गर्ने यस धाराका कविहरूले वाल्मीकिको रामायणलाई मुख्य आधार बनाई श्रीरामको स्तुति गरेका छन् ।

(ग) निर्गुण भक्तिधारा
नेपाली कविताको निर्गुण भक्तिधारालाई सन्तधारा पनि भनिन्छ । यस धाराका सबैजसो कविहरू जोसमनी सन्त भएकाले यसको नाम सन्तधारा राखिएको हो । यस सम्प्रदायस“ग सम्बद्ध व्यक्तिहरूमा आफ्नो नामको पछाडि पुरुषहरूले मनबोधक शब्द दिल÷दिलदास तथा महिलाहरूले दिलमाई जोड्ने चलन रहेको देखिन्छ । यिनीहरूले ईश्वरका साकार र निराकार रूपमध्ये विशेषगरी निराकार रूप वा आत्मा पक्ष्ँको वर्णन गरेको पाइन्छ । समाजमा विद्यमान जातीय विभेद, कर्मकाण्डवृत्ति, अन्याय, अत्याचार, दुराचार आदि असत् पक्ष्ँको विरोध र सदाचार, मानवतावादजस्ता सत् पक्ष्ँको समर्थन र मुक्तिको चाहना सन्त कविहरूको मुख्य उद्देश्य रहेको देखिन्छ ।

मुख्य रूपमा भक्तिभावका प्रगीतात्मक र आख्यानात्मक कविताहरूको रचना तथा आंशिक रूपमा इतर भावका कविताहरूको सिर्जना, वृmष्ण, रामजस्ता ईश्वरका साकार रूप तथा आत्माजस्तो निराकार रूपको वर्णनमा आधारित कविता रचना, भक्ति भावमा आधारित अधिकांश कविताहरू पुराण, धर्मशास्त्र र पूर्वीय दर्शनबाट अनुवाद रूपान्तरण, लोकलय र शास्त्रीय छन्दमा कविता सिर्जना, प्रायः मिश्रित र अपरिष्वृmत भाषिकविन्यास आदि समग्र भक्तिधाराका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

२. माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)
नेपाली कवितामा मोतीराम भट्टको आगमनदेखि स्वच्छन्दतावादको प्रारम्भसम्मको अवधिलाई नेपाली कविताको माध्यमिक काल मानिन्छ । १९४१ सालमा नेपाली साहित्यका फा“टमा पहिलेको भन्दा भिन्न र नवीन प्रवृत्ति शृङ्गारिकता लिएर मोतीराम भट्टको आगमन स“गस“गै नेपाली कवितामा पनि माध्यमिक कालको सुरुआत हुन्छ । यसर्थ मोतीराम भट्टलाई नेपाली कविताको माध्यमिक कालका प्रवर्तक मानिन्छ । यिनको आगमन स“गस“गै नेपाली कवितामा मुद्रण र प्रकाशनको युग थालिन्छ । मोतीरामकै सक्रियतामा मोती मण्डली नामक सामूहिक संस्थाको निर्माण गरी सामूहिक रूपमा कविता लेखन कार्यको थालनी र विस्तार भएको देखिन्छ ।

नेपाली साहित्यको माध्यमिक कालको थालनी नेपालमा राणातन्त्रको जगजगी रहेको वेलामा भएको हो । त्यस समयको पूर्वार्धमा राणाहरूको भोगवादी दरबारिया संस्वृmति चरमचुलीमा पुगेको हु“दा नेपाली साहित्य वा कविताको मूल प्रवृत्ति पनि शृङ्गारिकता बन्न पुगेको देखिन्छ । त्यसै समयको उत्तरार्धतिर जहानिया“ राणा शासनको विरोध हुन थाल्छ र साहित्यको धारा पनि शास्त्रीयतावाद, बुद्धिवाद, मानवतावाद आदितर्फ ढल्कन थाल्छ । यसरी प्रवृत्तिगत आधारमा यस काललाई पनि निम्नलिखित दुई चरणमा विभाजन गरिन्छ ः

(१) पूर्वार्ध चरण ः शृङ्गारिक धारा (१९४१–१९७४)
मोतीराम भट्टको आगमनदेखि सूक्तिसिन्धुको प्रकाशनसम्मको समयावधिलाई नेपाली कविताको शृङ्गारिक धारा मानिन्छ । जङ्गबहादुरद्वारा कोतपर्व मच्चाई स्थापना गरिएको एकतन्त्रीय जहानिया“ निरङ्वmुश राणाशासन यस वेला झन् त्रूmर बन्नपुग्छ । अङ्ग्रेजस“गको वैरभाव क्रमशः मैत्रीभावमा परिणत हुन थालेपछि नेपालीहरूका मनबाट भय, त्रास पनि हट्दै जान्छ र नेपाली कविताले पनि नया“ मोड लिन थाल्छ ।

भोगविलास र ऐसआरामका साथ जीवनयापन गर्ने प्रमुख उद्देश्य भएका तत्कालीन शासकहरूले आÇनो मनोरञ्जनका लागि हिन्दी, उर्दू, फारसी थिएटरहरू भित्र्याएको पाइन्छ । युगीन परिवेशको प्रभावबाट तत्कालीन नेपाली जनमानस, कवि, साहित्यकारहरू पनि अछुतो रहन सक्दैनन् । फलस्वरूप कविहरू पनि युगीन परिवेशअनुरूप मनोरञ्जनमूलक शृङ्गारिक कविता सिर्जनातर्फ अभिमुख हुन्छन् । नेपालमा राणाहरूको दरबारिया संस्वृmति, भोगविलासी प्रवृत्ति र मनोरञ्जनतिर ढल्काइका कारण सामाजिक स्थितिमा परिवर्तन आएको हु“दा कविताले पनि भक्तिबाट शृङ्गारतर्फ प्रवेश गरेको देखिन्छ । पहिलेका कतिपय कविका रचनामा गौण प्रवृत्तिका रूपमा रहेको शृङ्गारिकता प्रमुख प्रवृत्तिका रूपमा देखा पर्न थाल्छ । यसरी यस चरणमा युगीन परिस्थितिअनुसार कविताको मुख्य धारा र प्रवृत्ति शृङ्गारिक एवं मनोरञ्जनपूर्ण हुन पुगेको छ । मोतीराम भट्टको सक्रिय नेतृत्वमा एकल तथा सामूहिक दुवै रूपमा शृङ्गारिक धाराको विकास र विस्तार भएको देखिन्छ ।

मूलतः शृङ्गारिकता र गौणतः देशभक्ति, ईश्वरभक्ति, नीतिशिक्ष्ाँ, औपदेशिकता, समाजसुधार, शासकस्तुति, शोक आदिको अभिव्यञ्जना, संस्वृmतबाट अनुवाद–रूपान्तरण गर्ने परम्परामा निरन्तरता, प्रगीतात्मक संरचनाका कविता, गीत, गजल तथा आख्यानात्मक संरचनाका काव्यवृmतिको सिर्जना, समस्यापूर्तिका साथै वूmटकविताको रचना, वर्णनात्मकता, विवरणात्मकता, आपसी प्रशंसा एवं निन्दा, वर्ण र शब्दको पुनरावृत्ति तथा तुकबन्दीयुक्त अन्त्यानुप्रासबाट लयोत्पादन, हिन्दी, उर्दू, फारसी, नेवारी, अङ्ग्रेजी आदिका आगन्तुक शब्द मिश्रित नेपाली भाषाको प्रयोग आदि नेपाली कविताको माध्यमिक कालीन शृङ्गारिक धाराका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

(२) उत्तरार्ध चरण ः शास्त्रीयतावादी÷परिष्कारवादी धारा (१९७५–१९९१)
नेपालीको बहुचर्चित शृङ्गारिक कविताको स“गालो सूक्तिसिन्धुमा प्रतिबन्ध लागेदेखि लक्ष्मीप्रसाद देवकोटाको आगमनपूर्वसम्मको अवधिलाई माध्यमिक कालीन नेपाली कविताको शास्त्रीयतावादी÷परिष्कारवादी धारा मानिन्छ । नेपाली कवितामा माध्यमिक कालको उत्तराद्र्धतिर थालिएको यो धारा देवकोटाको आगमनपूर्व प्रमुख धाराका रूपमा र उनको आगमनपछि गौण धाराका रूपमा निकै पछिसम्म प्रवाहित भएको देखिन्छ । यस धाराले स्पष्ट स्वरूप प्राप्त गर्दा नगर्दै स्वच्छन्दतावादी धाराले नेपाली कविताको नेतृत्व लिएकाले यो धारा गौण बन्न पुग्छ । यस धाराको आगमनपछि नेपाली कविता शृङ्गारिक भावलाई छोडेर शास्त्रीयतावाद÷परिष्कारवादलाई अ“गाली आध्यात्मिक, बौद्धिक, परिष्वृmत र नियमबद्ध हुन पुग्छ । व्याकरणसम्मत भाषामा शास्त्रीय नियम र अनुशासनको अनुसरण गरी परिष्वृmत कविताको सिर्जना गरिएकाले यस चरणलाई शास्त्रीयतावादी वा परिष्कारवादी भनिएको हो ।
नेपाली कविताको विकासमा शास्त्रीयतावादी धाराको विशिष्ट भूमिका रहेको छ । यस धाराअन्तर्गत प्रगीतात्मक र आख्यानात्मक संरचनायुक्त फुटकर कवितादेखि महाकाव्यसम्मका स्तरीय र परिष्वृmत प्रशस्त काव्यवृmतिहरू लेखिएका छन् । नेपाली कवितामा शृङ्गारिक प्रवृत्तिको अन्त्य र बौद्धिक, धार्मिक र आध्यात्मिक चेतनाको थालनी यसै धाराबाट भएको हो । यस धाराका कविहरूले लेख्य व्याकरणको अनुशासनभित्र रहेर अर्थात् शास्त्रीय नियम र अनुशासनभित्र आबद्धता, शैल्पिक सचेतताका साथ उपयुक्त काव्य भाषाका माध्यमबाट परिष्वृmत शैलीमा कविता सिर्जना गर्ने, आत्मपरक अभिव्यक्तिभन्दा वस्तुपरकतामा जोड दिने, संयमित रूपमा भावनालाई बौद्धिकताले नियन्त्रण गर्ने, साहित्यिक नियमभित्र रहेर कविताको सिर्जना गर्ने काम गरी नेपाली कवितालाई अभिव्यक्तिगत स्तरीयता प्रदान गरेका छन् ।

शृङ्गारिकताको परित्याग र बौद्धिकताको अनुसरण गरी प्रगीतात्मक संरचना (फुटकर कविता) र आख्यानात्मक संरचना (खण्डकाव्य र महाकाव्य) का प्रशस्त काव्यवृmतिहरूको सिर्जना, आत्मपरकभन्दा वस्तुपरक अभिव्यक्ति, पूर्वीय काव्यशास्त्रको पण्डित्यपूर्ण प्रस्तुति, सामाजिक, सांस्वृmतिक, नौतिक, आध्यात्मिक पुनर्जागरणको अभिव्यञ्जना, वस्तुपरक प्रवृmतिचित्रणमा विशेष झुकाउ, मौलिकता, भाव र शैलीको सन्तुलन, मूलतः शास्त्रीयछन्द तथा अंशतः मुक्तछन्द र लोकछन्दको प्रयोग, परिष्वृmत एवं परिमार्जित मानक भाषाशैलीय विन्यास आदि नेपाली कविताको शास्त्रीयतावादी/परिष्कारवादी धाराका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

३. आधुनिक काल (१९९१ देखि यता)
१९९१ सालमा थालिएको स्वच्छन्दतावादी धारादेखि नेपाली कवितामा आधुनिक काल प्रारम्भ भएको हो । देश, काल र परिवेशको सापेक्षतामा पश्चिमीजगत्को मध्यकालीन प्रवृत्ति स्वच्छन्दतावाद नेपालीमा आधुनिक प्रवृत्ति भएर देखापरेको छ । यो पूर्ववर्ती शास्त्रीयतावाद वा परिष्कारवादको कठोर बन्धनका विरुद्धमा आएको विद्रोहात्मक काव्यप्रवृत्ति हो । यस धाराका कविहरूले परिवर्तित युगीन मूल्य र मान्यता स्वीकार्दै कवितालाई वैज्ञानिक एवं तार्किक धरातलमा उभ्याउनाका साथै विविध प्रयोगका साथ कवितालाई नवीन रूपमा प्रस्तुत गरेका छन् । यस कालमा लेखकीय आत्मचेत र नवीनतम शैलीको प्रयोग आधुनिकताको खास अभिलक्षण भएर देखापरेको छ । नेपाली कवितामा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिको आगमनपछि १९९१ देखि न्यूनाधिक रूपमा थालिएको र अरू थुप्रै कविका कविताहरूस“गै विस्तारित भएकोे आधुनिकताले २००७÷२००८ सालपछि क्रमशः स्पष्ट स्वरूप प्राप्त गर्दै गई २०१७ सालमा पुग्दा परिपक्वता प्राप्त गरेको देखिन्छ ।

नेपाली कविताको आधुनिक कालीन समयावधिलाई प्रवृत्तिगत आधारमा निम्नलिखित तीन चरणमा विभाजन गरिन्छ ः

(१) स्वच्छन्दतावादी धारा (१९९१–२०१६)
स्वच्छन्दतावाद विश्वसाहित्यमा स्वच्छन्द एवं उदारवादी काव्यिक आन्दोलनका रूपमा प्रचलित साहित्यिक मान्यता हो । वैयक्तिकता, आत्मनिष्ठता, काल्पनिकता, भावुकता, विद्रोहात्मकता, सौन्दर्यात्मकता, आद्भुतिकता, सङ्गीतात्मकता, मध्ययुगतर्पmको उन्मुखता, प्रवृmतिप्रेम, वृmत्रिमताबाट मुक्ति, मानवतावादी दृष्टिकोण आदि स्वच्छन्दतावादका खास परिचायक अभिलक्षण हुन् । संसारका विभिन्न भाषामा लेखिएका स्वच्छन्दतावादी साहित्यमा प्रायः मूलभूत प्रवृत्तिगत समानता पाइए पनि सामाजिक, सांस्वृmतिक, प्रावृmतिक चित्रण तथा स्वच्छन्द अभिव्यक्तिका कारण कतिपय भिन्नता पनि पाइन्छ । स्वच्छन्दतावादी प्रवृत्ति आख्यानका क्षेत्रमा केही मात्रामा देखापरे तापनि यसको मुख्य प्रयोगक्षेत्र कविता नै रहेको छ ।
प्रबल वैयक्तिकता, तीव्र कल्पनाशीलता, भावनात्मकता, अद्भुतता, हार्दिकता, कोमलता, भावगत मुक्तता, अनियन्त्रितता र स्वच्छन्दता, सहजता, स्वप्निलता, व्यक्तिवादिता, स्वाभाविकता, अतिशय भावुकता, प्रवृmति चित्रणमा विविधता, प्रावृmतिक सौन्दर्यप्रतिको आकर्षणजस्ता प्रवृत्तिको अनुसरण स्वच्छन्दतावादी रचनाहरूले गर्दछन् । सौन्दर्यप्रतिको आकर्षण एवं कल्पना र भावनाको विशेष प्रयोग पाइने स्वच्छन्दतावादी काव्यमा सामान्यका सट्टा विशिष्ट तथा स्वाभाविकताका सट्टा विलक्षण ढङ्गले प्रवृmतिका विविध रूपको चित्रण गरिन्छ । स्वच्छन्दतावादी कविहरू प्रवृmतिलाई जड रूपमा नभई सहचारी वा सजीव रूपमा मानवीकरणका साथ आÇनो काव्यमा प्रयोग गर्छन् । स्वच्छन्दतावादी काव्यलाई अद्भुतपूर्ण रूपमा चेतनाको पुनर्जागरणका रूपमा लिइन्छ । भावजगत्मा स्वच्छन्द विचरण गर्न रमाउने स्वच्छन्दतावादी कविहरूको भाव पूरै मुक्त, अनियन्त्रित तथा स्वच्छन्द हुन्छ । विद्रोहको भावना तथा स्वतन्त्रताको कामना गर्ने स्वच्छन्दतावादी कविहरू यथार्थ जीवनबाट टाढा कल्पना लोकमा विचरण गरी सौन्दर्यको अपेक्षा गर्दछन् ।

स्वच्छन्दतावादी कविहरू परम्परित शास्त्रीय नियमको अस्वीकार र त्यसप्रति विद्रोह गर्दै वैयक्तिक इच्छा, आकाङ्क्ष्ाँ, वmुण्ठा, निराशा, विषाद, वेदना, पीडा, व्यथा आदिको स्वतःस्पूmर्त अभिव्यक्ति गर्दछन् । व्यक्तिवादी, विद्रोही र रहस्यवादी चेतना तथा स्वतन्त्रताको कामनाका साथ कविता सिर्जना गर्ने स्वच्छन्दतावादी कविहरू वैयक्तिक विद्रोहात्मक चेतना र स्वतन्त्रतामा विशेष जोड दि“दै यथार्थ जीवनभन्दा टाढाको कल्पना लोकमा स्वच्छन्द विचरण गरी सौन्दर्यको अपेक्षा राख्छन् । यिनीहरूका कवितामा भावगत उन्मुक्तता, अनियन्त्रितता र स्वच्छन्दता पाइन्छ । व्यक्तिवादी, रहस्यवादी एवं भावोन्माद देखिने स्वच्छन्दतावादी कविहरू परम्परित नियमको अस्वीकार र विद्रोह गर्दै जड शास्त्रीयताका सट्टामा नवीनताको आग्रह राखी रागात्मक पाराले प्रवृmति र मानवको तादात्म्य स्थापित गराउनेतर्फ प्रवृत्त हुन्छन् ।

युरोपेली मुलुक जर्मनीबाट थालिएर बेलायत, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकहरू चाहार्दै विकसित र विस्तारित भएको स्वच्छन्दतावादी साहित्यिक मान्यता हिन्दी, बङ्गाली साहित्य हु“दै नेपाली साहित्यमा आइपुगेको हो । नेपाली कवितामा देवकोटाको आगमन अर्थात् १९९१ देखि २०१७ सालको राजनैतिक सत्ता परिवर्तनपूर्वसम्मको अवधिलाई नेपाली कविताको स्वच्छन्दतावादी धारा मानिन्छ । नेपाली कवितामा यस धाराको प्रवर्तन लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिबाट भएको देखिए पनि यस धाराका केन्द्रीय प्रतिभा देवकोटा हुन् । शास्त्रीयतावादी धाराका विरुद्धमा आएको यस धाराका कविहरूले कवितालाई शास्त्रीय परिपाटीबद्ध नियमबाट मुक्त पारी स्वतन्त्रता प्रदान गरेर अनगिन्ती कविता वृmतिको सिर्जना गरेका छन् ।

पश्चिमीजगत्बाट थालिएर अङ्ग्रेजी, हिन्दी, बङ्गाली हु“दै नेपाली साहित्यमा भित्रिएको स्वच्छन्दतावादी धारा नेपालीमा एक्कासि प्रवेश गरेको होइन, यसका लागि स्पष्टतः खास पृष्ठभूमि रहेको छ । दरबार हाई स्वmुल रानीपोखरीमा सारिनु र सर्वसाधारणका लागि पनि खुला गरिनु (१९४५), त्रिचन्द्र कलेजको स्थापना हुनु (१९७६) र त्यहा“ पढाइने पटना विश्वविद्यालयद्वारा निर्दिष्ट पाठ्यक्रममा अङ्ग्रेजी स्वच्छन्दतावादी कविहरूका कविता समाविष्ट गरिनुजस्ता कारणहरू तत्कालीन नेपाली कविहरूलाई स्वच्छन्दतावादतर्फ आकर्षित तुल्याउने प्रेरक तŒव मानिन्छन् । तत्कालीन नेपाली युवाहरू उच्च शिक्ष्ाँ आर्जनार्थ भारतका विभिन्न ठाउ“मा जानु र त्यहा“ अध्ययनका क्रममा हिन्दी, बङ्गाली छायावाद र रहस्यवाद तथा अङ्ग्रेजी स्वच्छन्दतावादस“ग परिचित हुनु अनि त्यसको प्रभावबाट नेपालीमा कविता लेख्न थाल्नु पनि स्वच्छन्दतावाद थालिने कारक हुन् । १९९१ सालको शारदा पत्रिकाका माध्यमबाट प्रस्फुटित स्वच्छन्दतावादी धाराले नेपाली जनमानसमा भित्रभित्रै सल्किएको राणाविरोधी अभियान, नेपाल प्रजा परिषद्को स्थापना, १९९७ सालको सहिद काण्ड, २००४ सालको राजनैतिक घटना, देवकोटाको बनारसप्रवास तथा युगवाणी पत्रिकाको सम्पादन र अनेक राजनैतिक क्रान्तिकारी कविता प्रकाशनजस्ता घटना र गतिविधिबाट अझ विस्तारका साथ अग्रगति लिन्छ ।
२००७ सालको राजनैतिक परिवर्तनले यस धारालाई अझ बढी प्रभावित तुल्याउ“छ र तत्कालीन कविहरूको सक्रियतामा यस धाराले अझ विकसित र विस्तारित हुने अवसर पाउ“छ । यसरी १९९१ सालमा प्रारम्भ भएको स्वच्छन्दतावादी धारा २००३÷२००४ सालसम्म शुद्ध स्वच्छन्दतावादी धाराका रूपमा र त्यसपछि प्रगतिवादी धाराका रूपमा विकसित हु“दै जान्छ र २०१६ सालसम्म नेपाली कविताको मूल प्रवाहका रूपमा रहन्छ । त्यसपछि गौण धाराका रूपमा रहेको यस धारालाई विशिष्टता प्रदान गर्नमा देवकोटाका अतिरिक्त अन्य थुप्रै कविहरूको महत्वपूर्ण भूमिका रहेको छ । १९९१ सालमा देवकोटास“गै थालिएको स्वच्छन्दतावाद २०१६ सालमा देवकोटाको मृत्युस“गै अवसान भयो भन्ने गरेको पाइए पनि त्यो पूरै समाप्त नभएर प्रमुखता गौणतामा परिवर्तन भएको हो र अद्यावधिसमेत कतिपय कविहरू स्वच्छन्दतावादी कविता लेखिरहेका छन् ।

यसै क्रममा स्वच्छन्दतावादको मूल समयावधिभित्रै प्रगतिवादी कविता लेखिन थाल्दछन् । स्वच्छन्दतावाद र प्रगतिवाद परस्पर विरोधी भएकाले ती दुवै एकै ठाउ“मा आएको नभई स्वच्छन्दतावादी वा अन्य कविहरूका कतिपय कवितामा छुट्टै तथा स्वच्छन्द ढङ्गले प्रगतिको कामना गरिएको पाइन्छ । यसै सन्दर्भबाट नेपालीमा प्रगतिवादलाई स्वच्छन्दतावादस“गै जोडेर स्वच्छन्दतावादी–प्रगतिवादी भन्ने गरेको पनि पाइन्छ, तर यी दुई एकीवृmत रूपमा आउने वाद होइनन् । स्वच्छन्दतावादी विद्रोहात्मकताभित्र प्रगतिशीलता खोज्न सकिन्छ, तर त्यो नै प्रगतिवादचाहि“ होइन । यसै समयावधिमा विभिन्न कविहरूका प्रगतिवादी दृष्टिकोणले ओतप्रोत थुप्रै कविताहरू प्रकाशित भएका देखिन्छन् ।

विभिन्न कविहरूले स्वच्छन्दतावादी तथा कतिपयले प्रगतिवादी प्रवृत्तिका प्रशस्त कविता सिर्जना गरी नेपाली कवितालाई निकै समृद्ध तुल्याएको देखिन्छ । नेपालीमा प्रगीतात्मक संरचनाका फुटकर कविता तथा आख्यानात्मक संरचनाका खण्डकाव्य र महाकाव्यको अत्यधिक सिर्जना यसै अवधिमा भएको हो । नेपाली कविताको इतिहासमा स्वच्छन्दतावादी धारा निकै समृद्ध र सशक्त भएकाले यस धाराले नेपाली कविताको विकासमा विशिष्ट भूमिका खेलेको हु“दा यसलाई नेपाली कविताको स्वर्र्णयुग/स्वर्णकाल पनि भन्ने गरिन्छ ।

परिष्कारवादी कठोर शास्त्रीय नियम पालनका विपरीत स्वच्छन्द र स्वतन्त्र प्रवृत्तिको अनुसरण, राष्ट्रिय एवं आञ्चलिक प्रवृmतिका बहुविध रूपको बा≈यान्तरिक चित्रण, क्रान्तिकारी र विद्रोही चेतना, युगीन विसङ्गति र विवृmतिप्रति आक्रोश र व्यङ्ग्य, राजनैतिक जागरण, स्वच्छन्दतावादी–प्रगतिवादी–मानवतावादी चेतना, प्रेमसम्बन्धी नवीन दृष्टिकोण, नारीवादी चिन्तन, राष्ट्रियता, देशप्रेम, प्रवृmतिप्रेम, समानता, स्वतन्त्रता, भ्रातृता, निरङ्वmुशताबाट मुक्ति र सामाजिक उन्नतिको चाहना, निम्नवर्गप्रति सद्भाव र सहानुभूति प्रकट, भावानुवूmल अनेकानेक बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, सहज, सरस, स्वतःस्पूmर्त भाषाशैलीय विन्यास, लयात्मक, आनुप्रासिक र सङ्गीतात्मक कविता सिर्जना आदि नेपाली कविताको स्वच्छन्दतावादी धाराका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

(२) प्रयोगवादी धारा (२०१७–२०३५)
वास्तवमा साहित्यिक वादविशेषका रूपमा प्रयोगवाद कतै पनि स्थापित नदेखिए पनि यथास्थिति वा परम्परित प्रचलनभन्दा भिन्न प्रकारको प्रयोग गरिएका रचनालाई प्रयोगवादी रचना र प्रवृत्तिका रूपमा त्यसलाई प्रयोगवादी धारा भन्ने गरेको देखिन्छ । प्रयोग वmुनै वाद होइन नत यो स्वयंमा वmुनै साध्य हो न साधन नै भन्ने गरेको पनि पाइन्छ । वस्तुतः यसमा प्रयोगधर्मिताको प्राधान्य रहने हु“दा यस्ता रचनालाई प्रयोगशील रचना र धाराका रूपमा यसलाई प्रयोगशील धारा मान्नु उपयुक्त हुन्छ । यति हु“दाहु“दै पनि अहिले नेपाली साहित्यका क्षेत्रमा प्रयोगवादी धारा भन्ने नाम नै बढी प्रचलनमा रहेको हु“दा यसमा पनि यही नामको प्रयोग गरिएको छ ।

अहिले नेपालीमा प्रयोगवाद पनि स्वच्छन्दतावाद, परिष्कारवाद आदिभै“m एउटा धारा, प्रवृत्ति वा आन्दोलनका रूपमा प्रयुक्त भएको पाइन्छ । नया“ परिस्थितिमा जीवनका विषमताको कारण कविमा सम्प्रेषणको सङ्कट सबभन्दा ठूलो समस्या बन्न पुगी त्यही कारणबाट कवि प्रयोगशीलतातर्पm अभिप्रेरित हुन्छ । प्रयोगशीलताले अरूले नछोएको वा नबिटुल्याएको नया“ क्षेत्रको अन्वेषणमूलक प्रयोग गर्छ र गर्नु पर्छ । प्रयोगलाई क्रिया र प्रयोगशीलतालाई कविकर्म भन्ने गरेको पनि पाइन्छ । यसको तात्पर्य शब्दमा नया“ अर्थ दिई वा नया“ अर्थ दिने शब्द चयन गरी युगअनुरूप नया“ बिम्ब, प्रतीक, अलङ्कार, छन्द आदिको विन्यास भन्ने जनाउ“छ ।

वैयक्तिक अनुभूतिको महत्ता वा शक्तिलाई स्वीकारी सम्पूर्णतामा पुग्ने प्रयासतर्फ उन्मुुख प्रयोगवादले व्यक्ति सत्य वा व्यक्ति अनुभूति तथा व्यापक÷शाश्वत सत्य वा समष्टि अनुभूतिलाई एउटै सत्यका दुई रूप मान्छ । वैयक्तिक अनुभूतिलाई समष्टि अनुभूतिसम्म पु¥याउने मान्यता राख्ने प्रयोगवादले परम्परित रूढिको विरोध तथा नवअन्वेषणको समर्थन गर्छ । प्रयोगवादी स्रष्टाहरू व्यक्ति सत्यका माध्यमबाट व्यापक÷शाश्वत सत्यको खोजीतर्पm अभिमुख हुन्छन् । प्रयोगवादको मुख्य अभीष्ट सम्पूर्ण परम्पराको अस्वीकार नभई निर्जीवता वा जडताको सट्टा नया“ जीवन्त तत्वको खोजी गर्नु रहेको देखिन्छ । यसप्रकारको खोजी सर्वत्र एकै रूपमा नभई देशकाल परिस्थितिअनुरूप हुन्छ । सचेत कविलेखकहरूमा परम्परित रूढिका सट्टा नवीनताको बौद्धिक जिज्ञासा उत्पन्न हुन थालेपछि प्रयोगशीलताको दरकार पर्छ ।

अतिशय सरल अभिव्यक्तिका कारण प्रगतिवादी सिर्जनाको कलापक्ष एवं भावपक्ष अत्यन्त कमजोर हुन थालेपछि तथा सरल, सहज र सुबोध रूपमा भावाभिव्यक्ति गर्न प्रतिबन्धित राजनैतिक सामाजिक–परिस्थिति उत्पन्न भएपछि वा यस्तै अन्य वmुनै कारणबाट परम्परित रूढिका विरुद्ध नवीन प्रयोगको आवश्यकता पर्छ र प्रयोगवादी धारा जन्मन्छ । यसले अनुभूतिको विस्तारमा बौद्धिकतालाई महत्व दिने हु“दा त्यसमा संशोधन परिमार्जनतर्पm रुचि राख्दैन । यसले यथार्थलाई जीवनका सापेक्षतामा व्यापक ढङ्गले व्याख्या गर्ने प्रयास गर्छ । विषयवस्तु र शिल्प अविभाज्य भएकाले दुवैको विकास एकसाथ हुन्छ र वृmति जुन रूपमा प्रस्तुत हुन्छ त्यही नै त्यसको वास्तविक शिल्प हो भन्ने मान्यता राख्ने प्रयोगवादी स्रष्टाहरू विषयवस्तु र शिल्प दुवैमा नवीनता हुनुपर्छ र शिल्पसज्जामा वmुनै बन्देज हुनुहु“दैन भन्ने दृष्टिकोणमा प्रतिबद्ध देखिन्छन् । कतिपयले प्रयोगवादलाई शिल्पचमत्कार मात्र मानेको पाइए पनि यसले भावना र शिल्प दुवैलाई उत्तिकै महत्व दिएको देखिन्छ । वैयक्तिक स्वतन्त्रता र शिल्पगत विविधताको स्वीकार गर्ने प्रयोगवादीहरू अनुभूतिको प्रस्तुति इमानदारीपूर्वक गरिएमा सम्प्रेषणीयताको सङ्कट नआउने धारणा राख्छन् । यसको तात्पर्य वृmत्रिम साजसज्जापूर्ण अभिव्यक्तिको खारेजी हो । नया“ भाव र शिल्पको बढीभन्दा बढी खोजीतर्पm अग्रसर आधुनिक चिन्तन मानिने प्रयोगवादको खास प्रवृत्ति सौन्दर्यबोध र सम्प्रेषण अभिरुचिका साथ नया“ आयामको अन्वेषण गर्नु नै हो ।

प्रगतिवादी सूत्रबद्धता र सरलताको स्पष्ट पक्षधरताभन्दा प्रायः पृथव्m देखिने प्रयोगवादको प्रयोगक्षेत्र अत्यन्तै फराकिलो छ । विशिष्ट वाग्वैचित्र्यपूर्ण सिर्जनाका रूपमा रहेको प्रयोगवाद कला कलाका लागि भन्ने मान्यताअनुरूपको देखिन्छ । प्रयोगवाद शिल्पमा रूपवादको पक्षधर तथा भावमा व्यक्तिसत्यको पक्षधर रहेको मानिन्छ । प्रयोग प्रयोगका लागि भन्ने र त्यसैअनुरूपको प्रयोग गर्ने परिपाटी पनि यदाकदा पाइन्छ, तर वmुनै पनि प्रकारको प्रयोग जथाभावी नभएर सोद्देश्यमूलक, साभिप्राय, सार्थक र उपयोगी हुनु अपेक्षित छ । नवीन प्रयोगका नाममा वृmत्रिमतापूर्वक जबर्जस्ती जटिल, दुरुह र दुर्बोध बनाउनुलाई प्रयोग वा प्रयोगवादी सिर्जना भन्न मिल्दैन । सरलता र सुबोधताकै सीमाभित्र रहेर पनि सर्वग्राहृय ढङ्गले नवीननवीन प्रयोग गर्न सकिन्छ र त्यस्तो प्रयोग मात्र चिरस्थायी हुन्छ ।

परम्परित मूल्य र मान्यतालाई परीक्षित रूपमा अनावश्यक ठानिएका सन्दर्भको तर्कपूर्ण खण्डन गरी त्यसका सट्टामा प्रयोगात्मक नवीनताको स्थापनालाई प्रयोगवाद भन्न सकिन्छ । यसले रूढिग्रस्त परम्पराको खण्डन मात्र नगरी त्यसका ठाउ“मा नवीन तथ्यको अन्वेषण र प्रयोग पनि गर्दछ । परम्परित स्थापनाका ठाउ“मा प्रयोगात्मक र खोजमूलक ढङ्गले नवीन परिपाटीको स्थापना र निर्माण प्रयोगवाद हो । विस्तृत र व्यापक क्षेत्र ओगटेको प्रयोगवाद जहिले पनि तथ्यको खोजी र परीक्षण गरी निष्कर्ष निकाल्नेतर्˚ अभिमुख हुन्छ । विद्यमान प्रचलनभन्दा भिन्न, नवीन र विशिष्ट प्रवृत्ति अवलम्बन गरी सिर्जिएका रचनालाई प्रयोगवादी रचना भनिन्छ । प्रयोगवादी रचनामा तथ्यपूर्ण व्याख्या र विश्लेषण मात्र नभई नवीन आयाम र धरातलको प्रस्तुति पनि हुन्छ ।

कथ्य र शिल्प दुवैका दृष्टिले नवीनतम साहित्यिक आन्दोलनका रूपमा लिइने प्रयोगवाद पश्चिमी साहित्यजगत्मा प्रचलित स्वच्छन्दतावादी प्रवृत्तिलाई अस्वीकार गरी वस्तुपरक ढङ्गले अगि सारिएको साहित्यिक प्रयोगको नया“ अवधारणा हो । यसले परम्परित विधा सिद्धान्तसम्बन्धी मान्यतालाई चुनौती दि“दै त्यसलाई भत्काएर त्यसका सट्टामा नवीननवीन खोजी, व्याख्या र प्रस्तुति गर्छ । यसमा डार्विनवाद, माक्र्सवाद, फ्रायडवादका साथै अनेक क्षेत्रमा भएका वैज्ञानिक आविष्कार तथा भौतिक उन्नतिको पनि प्रशस्त प्रभाव पाइन्छ । कविताका सन्दर्भमा प्रथम विश्वयुद्धपछिको सङ्कटग्रस्त मानसिक अवस्थाबाट उत्पन्न युगीन जटिलता, निराशा, वmुण्ठा, अकर्मण्यता, अस्तव्यस्तता तथा अमूर्त चिन्तनलाई काव्यका माध्यमबाट गरिएको अभिव्यक्तिलाई नै प्रयोगवादी काव्य ठानिन्छ । सङ्कटग्रस्त मानसिकतालाई स्थूल रूपमा मात्र नभई मानव जीवनका रिक्तता, जर्जरता एवं शुष्कताप्रति इङ्गित गर्दै भय, सन्त्रास, अनास्था आदिको काव्यात्मक अभिव्यक्ति गर्दा प्रयोगवादी कविताको सिर्जना हुन्छ ।

प्रयोगवादी कविहरू प्रतीकवादी, बिम्बवादी, विसङ्गतिवादी, अतियथार्थवादी प्रवृत्तिका अनुयायी हुन्छन् । उनीहरू कवितामा चित्रात्मक, बिम्बात्मक तथा कलात्मक भाषाको प्रयोग गर्दछन् । पूर्ववर्ती भाषाप्रति विद्रोह गर्दै नवीन भाषिक स्वरूपको अन्वेषण, अमूर्त चेतनप्रवाह पद्धतिको प्रयोग, पहिले नछोइएका क्षेत्रको खोजी आदि प्रयोगवादी कविहरूका प्रमुख वैशिष्ट्य हुन् । प्रयोगवादी कवितामा ज्ञातबाट अज्ञात वा विदितबाट अविदिततर्फको अग्रसरताको बौद्धिक अभिव्यक्ति पाइन्छ । युगीन मानवीय सङ्कट, भय, निराशा, एकाङ्गीपन, सन्त्रास, संशय आदिको अभिव्यक्ति, निर्वैयक्तिक अनुभूतिको जीवन्त प्रस्तुति, विदितबाट अविदितको खोजी आदि प्रयोगवादी कविताका भावगत वैशिष्ट्य हुन् भने नवीन भाषाको निरन्तर अन्वेषण, परम्परित भाषाशिल्पप्रतिको विद्रोह तथा नवीन भाषाशिल्पको छनौट, बोलचालको भाषामा लय र सङ्गीत दिने प्रयास, दुरुह, दुर्बोध्य भाषाशैली, बिम्ब, प्रतीक र मिथकको प्रयोग, विशृङ्खलित भाव र भाषाशैलीका बीच सन्तुलन आदि शिल्पगत विशेषता हुन् ।

आधुनिक नेपाली कविताको इतिहासमा देवकोटाको अवसान र २०१७ सालको राजनैतिक घटनापछि प्रारम्भ भएको मानिने प्रयोगवादी धाराको सुरुआतका लागि एक दशक लामो पृष्ठभूमि रहेको देखिन्छ । २००७ सालको राजनैतिक परिवर्तनपछि समाजमा देखापरेको असुरक्ष्ाँ, भयावह र अन्योलग्रस्त परिवेशमा प्रत्येक टोलटोलमा गठित सुरक्ष्ाँ समितिमार्˚त गरिने विभिन्न सभा, समारोह तथा विद्यालय, महाविद्यालय र पुस्तकालयहरूबाट गरिने वार्षिकोत्सव समारोहमा कविता वाचन गरिन्थ्यो । रोदीघर (२०१२) र पूmलवारी गोष्ठी (२०१३–२०१७) बाट पनि अनेक कवि गोष्ठीहरू सञ्चालन भइरहन्थे । तत्कालीन युवा कविहरूले युगीन अनिश्चितता, असुरक्ष्ाँ र अस्तव्यस्तताप्रति आक्रोश र विद्रोह व्यक्त गर्दै उनीहरू परम्पराभन्दा भिन्न पाराका कविता लेखनतर्फ सक्रिय हुन्छन् र प्रगति (२०१०), इन्द्रेणी (२०१३), धरती (२०१३), उजेली (२०१५) जस्ता पत्रपत्रिकामा तिनका कविताहरू प्रकाशित हु“दै जान्छन् । २००८ सालपछि देवकोटाका लेखनको तीव्र ज्वार क्रमशः मन्द हु“दै जान्छ र अरू कविहरूको आगमन हुन्छ । २०१६ सालमा देवकोटाको अवसानपश्चात्को रिक्तता र अन्योलग्रस्त परिवेशमा ती युवाकविहरू अगाडि बढी प्रयोगवादी धाराको उत्थान र विकास गर्न थाल्छन् । यसरी हेर्दा प्रयोगवादी धारा एक्कासि २०१७ सालमै सुरु भएको नभई यसको प्रारम्भका लागि २००७ तथा २०१७ सालको राजनैतिक परिवर्तन र विविधताजन्य युगीन परिवेशले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यस धाराले स्पष्ट स्वरूप २०१७ सालपछि प्राप्त गरेको भए पनि २००७÷२००८ सालतिरदेखि नै यसको पृष्ठभूमि तयार हु“दै गरेको पाइन्छ ।

२०१७ सालको राजनैतिक परिवर्तनबाट उत्पन्न हीनता, वmुण्ठा, र उवmुसमुवmुसको भावलाई प्रयोगवादी कविहरूले कवितामार्फत आफ्ना असन्तुष्टिहरू अभिव्यक्त गरेका छन् । यस समयका कविहरू दुरुह, असम्प्रेषणीय तथा बौद्धिक पाराका कविता सिर्जनातर्फ प्रवृत्त भएकाले पाठक र कविताको सम्बन्ध क्रमशः क्षीण हु“दै जान्छ । प्रतीकवादी, अतियथार्थवादी, विसङ्गतिवादी अमूर्त लेखन प्रक्रियाले गर्दा प्रयोगवादी कविता क्लिष्ट, दुर्बोध्य भएको पाइन्छ । प्रयोगवादी लेखन अमूर्त चित्रकलाको प्रेरणा स्वरूप अवचेतन मनका तात्क्षणिक अनुभूतिलाई विशृङ्खलित र विसङ्गतिपूर्ण ढङ्गले प्रस्तुत गर्दा कविहरूले परम्परित भाषिक क्रमलाई भा“चवmु“च गरी नअर्थिने र नबुझिने रूपमा व्यक्त गरेका छन् । जीवशास्त्रीय दृष्टिले मानव जीवनलाई हेर्ने यस धाराका कविहरूले जीवनलाई वीभत्स, व्यर्थ, निस्सार, शून्य, विसङ्गत आदि रूपमा प्रस्तुत गरेको पाइन्छ । शिथिल, विशृङ्खलित र अव्यवस्थित संरचना, नवीन बिम्ब, प्रतीक र मिथको आधिक्य, चेतन प्रवाह पद्धतिको प्रयोगजस्ता कारणबाट प्रयोगवादी कविहरू जटिल र दुरुह भएका हुन् ।

नेपाली कविताको प्रयोगवादी धाराकै समयावधिभित्र विभिन्न अभियान एवं आन्दोलनहरू देखापरेका छन् । यस्ता अभियानहरूमा संलग्न साहित्यकारहरू पद्यलेखक र गद्यलेखक दुवैथरी भएकाले ती अभियान कविताविशेषमा केन्द्रित नभएर सिङ्गो साहित्यस“ग सम्बद्ध छन् । यीमध्ये धेरैजसो तात्कालिक क्षणिक असन्तुष्टिका परिणामस्वरूप देखापरेका र तत्काल समाप्त भएका हु“दा यिनको खास साहित्यिक मूल्य देखिंदैन तापनि यिनलाई यस समयावधिमा देखापरेका अभियानका रूपमा भने लिन सकिन्छ । यस अवधिमा देखापरेका विभिन्न अभियानहरूमध्ये नेपाली कविताको प्रयोगवादी धाराकै समयावधिभित्र २०२० सालमा दार्जिलिङबाट थालिएको तेस्रो आयाम वा आयामेली आन्दोलन नामक साहित्यिक अभियान विशेष उल्लेख्य छ । नेपालबाहिरबाट थालिएको भए पनि यसस“ग सम्बद्ध दुईजना कविस्रष्टा ईश्वरबल्लभ र बैरागी काइ“ला नेपाली रहेका छन् । तेस्रो आयाम (सन् १९६३) पत्रिकामार्पmत घोषणापत्र जारी गरी यस अभियानलाई व्यापकता प्रदान गरिएको देखिन्छ । यसको घोषित नीतिअनुरूपका कतिपय रचनाहरू पूmलपात पतकर नामक पत्रिकामा छापिएका छन् ।
तत्कालीन स्रष्टाहरू इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइ“लाद्वारा घोषित यो आन्दोलन विदेशी साहित्य र कलाका क्षेत्रमा भएका चिन्तन, मनन र अन्वेषण गरी प्रस्तुत गरिएको साहित्यिक अवधारणा हो । यिनीहरूमध्ये ईश्वरबल्लभ र बैरागी काइ“ला कवितामा केन्द्रित छन् । परम्परागत लेखन प्रक्रियाभन्दा भिन्न अत्यन्त नौलो दृष्टिकोण प्रस्तुत गर्ने आयामेली चिन्तकहरूले परम्परागत आयतनले चेप्टिएको नेपाली साहित्यलाई नया“ मोड दिने प्रयास गरेका छन् । यिनीहरूले नवीन भाषाशैलीमा नौलो पाराले आÇना विचाराभिव्यक्ति गरेको पाइन्छ । परम्परागत लेखन प्रक्रियालाई च्याप्टो भएको आरोप लगाउ“दै लम्बाइ र चौडाइबाट मात्र नभई मोटाइ÷गहिराइका आयतनमा समेत काव्य सिर्जना गर्ने आयामेली कविहरूले युगीन परिवेशजन्य उवmुसमुवmुस र निस्सासिं“दो वातावरणमा छट्पटाइरहेको मानसिकतालाई अभिव्यक्त गर्न अनेक जटिल मिथ, बिम्ब र प्रतीकहरूको बौद्धिक प्रयोग गरेका छन् । यिनीहरू साहित्यमा प्रयुक्त भाषालाई चित्रकलाको सोझो साम्य भाषा ठान्छन् । परम्परित चेप्टो साहित्यका विरुद्धमा देखापरेका आयामेली कविहरूले वस्तुको गहिराइ र मोटाइलाई समेत देखाउने नाममा अमूर्त र बौद्धिक खालका कविता सिर्जना गरेका छन् । वस्तुता, सम्पूर्णता, अमूर्तता तथा बौद्धिकता आयामेली कविहरूका प्रमुख मान्यता एवं विशेषता हुन् ।

कवितालाई जटिल बनाउने अभिप्राय नै राखेर गरिने राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका अनेक अप्रासङ्गिक सन्दर्भ र प्रसङ्गको जथाभावी प्रयोगलाई नभई सार्थक र साभिप्राय प्रयोगलाई मात्र प्रयोगशीलताको धर्मका रूपमा लिनुु पर्छ । यसप्रकारको अप्रासङ्गिक प्रयोगका कारण नेपालीका कतिपय पुराना एवं नया“ प्रयोगशील कविका कविता ह्रासोन्मुखी बन्नपुगेका देखिन्छन् ।

प्रगीतात्मक र सूक्ष्म आख्यानात्मक संरचनायुक्त लामा कविताकोे सिर्जना, प्रतीकात्मक, अमूर्त, बौद्धिक, क्लिष्ट, दुर्बोध्य, दुरुह र जटिल अभिव्यक्ति, अतियथार्थवादी, प्रतीकवादी, अस्तित्ववादी, विसङ्गतिवादी चिन्तनको केन्द्रीयतामा स्वचालित उन्मुक्त र स्वतःपूmर्त लेखनतर्˚ अभिमुख, युगीन जनजीवनमा व्याप्त निस्सारता, अर्थहीनता, निराशा, सन्त्रास, संशय, वmुण्ठा, विसङ्गति, विवृmति आदिको चित्रण, कथ्य र शिल्पगत नवीनता र विशिष्टता, वैयक्तिक अवचेतन मनका क्षणक्षणका उन्मुक्त र विशृङ्खलित भावलाई चेतन प्रवाह पद्धतिबाट प्रस्तुत, विशृङ्खल अनुभूतिको विस्तार गरी प्रायः आख्यान निरपेक्ष लामा कविताको सिर्जना, सहज पठनीयभन्दा विशृङ्खलित संरचना भएका विशेष व्याख्येय कविताको रचना, परम्परित विधासिद्धान्तसम्बन्धी मान्यताको विघटन, जीवनलाई वस्तुता र सम्पूर्णताबाट अथ्र्याउन खोज्ने अमूर्त र बौद्धिक खालका आयामेली अवधारणाको सूत्रपात, आनुप्रासिक र गद्यलयात्मक शिथिलता एवं शुष्कता, अपरम्परित र दुर्बोध बिम्ब, प्रतीक र मिथकको अत्यधिक प्रयोग, अर्थहीन ध्वनि समूहतर्˚को अभिव्यक्तिगत अग्रसरता, परम्पराभन्दा नितान्त भिन्न खालको नवीन भाषिक सम्भावनाहरूको खोजी तथा विशृङ्खल, दुर्बोध, चित्रात्मक र बढी विचलनयुक्त भाषाशैलीको प्रयोग आदि नेपाली कविताको प्रयोगवादी धाराका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

(३) समसामयिक धारा (२०३६ देखि यता)
समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । समसामयिक र समकालीन शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । सन्दर्भ र प्रसङ्गअनुसार समसामयिक शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउ“छ । साहित्यिक इतिहास र समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समसामयिक÷समकालीन रचना भन्ने गरिए पनि यसले वर्तमानकालीन वmुनै विषयवस्तु, व्यक्ति, वृmति, प्रवृत्ति, समयावधि आदिलाई समेत बुझाउ“छ । समसामयिकले चालु वर्तमानकालीन अर्थात् अहिलेका प्रवृत्तिहरू अभिव्यञ्जित रचना भन्नेसमेत बुझाउने हु“दा समसामयिक भनेको विशुद्ध समय मात्र नभएर त्यस अवधिमा देखापर्ने प्रवृत्ति पनि भएकाले त्यो प्रवृत्ति कायम रहुञ्जेलसम्म यस शब्दको प्रयोग गर्न पनि सकिन्छ । यसर्थ समसामयिकताले वर्तमान समय र प्रवृत्ति दुवैलाई द्योतन गर्छ । कतिपयले समकालीनता र आधुनिकतालाई एउटै अर्थमा प्रयोग गर्ने गरेको पनि पाइन्छ, तर यी दुई शब्द समानार्थी नभएर भिन्नार्थबोधक शब्द हुन् । आधुनिकता भनेको समकालीनता होइन, तर समकालीनताभित्र आधुनिकता पनि आउन सक्छ । प्रवृत्तिगत आधारमा समकालीनता परिवर्तनशील, अस्थिर, एतत्कालीन हुनाका साथै निश्चित र सीमित समयावधिमा आबद्ध हुन्छ भने आधुनिकताचाहि“ अपरिवर्तनशील, स्थिर र असीमित समयावधिसम्म विस्तारित हुनसक्छ ।

वर्तमान छिटै भूतमा परिणत हुनेहु“दा समसामयिक शब्दले पूर्वनिर्धारित समयका सन्दर्भबाट चिरस्थायी अर्थ ग्रहण गर्दैन । साहित्यको इतिहासमा चालु वर्तमानको तीन–चार दशकजतिको समयावधिलाई समसामयिकभित्र समेट्न सकिन्छ । निश्चित समयको समाप्ति र प्रवृत्तिगत परिवर्तनपछि पुनः नामकरणमा समस्या पैदा हुन सक्ने स्थिति पनि टड्कारै छ । अहिलेको समसामयिकता निश्चित अवधि पार गरिसकेपछि समाप्त भई अर्कै समसामयिकता सुरु हुन्छ र पहिलेकोलाई अर्कै नामले पुकार्नु पर्ने हुन्छ । समसामयिकका लागि निर्धारित समयावधिलाई पनि खण्डखण्डमा विभाजन गरेर हेर्नु पर्ने पनि हुनसक्छ । समसामयिकता भन्ने वmुरा चिरस्थायी नभएर परिवर्तनशील हुने हु“दा यसलाई समयानुसार पहिचान गरी ठम्याउनु पर्ने हुन्छ । समसामयिक शब्दले धेरै समयावधिलाई नसमेटे पनि र यो परिवर्तनशील भए पनि अहिले बहुप्रचलित यही शब्दलाई यसमा पनि प्रयोग गरिएको छ । नेपाली कविताको समसामयिक धारा र नेपाली कविताको समकालीन धारा भनेको एउटै वmुरा हो ।

जनमत सङ्ग्रहको घोषणा हुनु, कविताले दुर्बाेध मार्ग पन्छाउ“दै सुबोध मार्गको अनुसरण गर्नु, राजनैतिक स्वतन्त्रताको पक्षमा जनचेतना जागृत हुनु र त्यसैअनुरूपका कविता सिर्जना गर्न थालिनुजस्ता गतिविधिले २०३५–२०३६ सालमा पहिलेको कविता धारा विच्छेदित भई नया“ धाराको प्रादुर्भाव हुन्छ र त्यसैलाई समसामयिक धारा नामकरण गरिएको छ । आधुनिक नेपाली कविताको पछिल्लो चरण मानिने र अहिले निरन्तर रहेको समसामयिक धारा वास्तवमा २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणादेखि प्रारम्भ भई अद्यावधि निरन्तर रहेको धारा हो । प्रयोगवादी धाराको दुर्बाेध र जटिल अभिव्यक्तिका कारण कविता र पाठकका बीच प्रायः विच्छेदित सम्बन्धलाई पुनस्र्थापित गर्ने अभिप्रायबाट सरल र सुबोध कवितासिर्जनास“गै नेपाली कवितामा समसामयिक धारा थालिएको हो । जटिल संरचना, दुर्बोध अभिव्यक्ति, विशृङ्खलित भाषाशैलीका विरुद्धमा सरल संरचना, सुबोध अभिव्यक्ति र शृङ्खलित भाषाशैलीमा कविता सिर्जना गर्ने अभिप्रायबाटै यस धाराको सूत्रपात भएको हो ।

नेपाली कविताको समसामयिक÷समकालीन धाराकै समयावधिमा नेपाली कवितामा विभिन्न अभियानहरू देखापरेका छन् । यस्ता अभियानहरूमध्ये सडक कविता क्रान्ति, तरलवाद, जनआन्दोलन कविता, छन्द बचाउ“m अभियान, संरक्षण कविता आन्दोलन, छन्द जागरण अभियान, गणतान्त्रिक कविता आदि उल्लेख्य छन् । यस्ता विभिन्न आन्दोलन र अभियानका साथ अगि बढिरहेको यस धारालाई हुर्काउन अनगिन्ती नेपाली कविहरूको विशिष्ट योगदान रहेको छ । पुराना एवं नया“ दुवै पुस्ताका थुप्रै कविहरू यस धारालाई अझ नवीन दिशा प्रदान गर्दै कविता सिर्जना गरिरहेका छन् । नेपाली कविताको समसामयिक÷समकालीन धाराको थालनी खासमा २०३५÷२०३६ सालदेखि भएको पाइए पनि यसको पृष्ठभूमि प्रयोगवादी कालमै निर्माण भएको हो । २०२० को दशकदेखि नै कवितालेखनतर्पm उन्मुख भएका कतिपय कविहरू २०३० का दशकको मध्यदेखि अर्थात् समसामयिक धाराको थालनीदेखि मात्र स्वपहिचानका साथ विशेष रूपमा सक्रिय रहेकाले केही पहिलेदेखि कवितालेखनतर्पm लागेका कविहरूलाई पनि समसामयिक धाराभित्रै पर्दछन् ।

यस अवधिका कविहरूले कल्पना, अतिशय भावुकता र अमूर्ततालाई त्यागेर वर्तमान मान्छेले भोगिरहेको जीवनलाई वस्तुपरक ढङ्गले यथार्थ चित्रण गरेका छन् । उनीहरूले देशको गिर्दो स्थिति, विवृmत सामाजिक मूल्य र मान्यता, पतनोन्मुख अर्थव्यवस्था, बढ्दो मह“गी, विसङ्गत हु“दै गएका परम्परागत सामाजिक–सांस्वृmतिक मूल्यहरू, ह्रास हु“दै गएका प्रावृmतिक सम्पदाहरू, प्रशासनिक भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार आदि विषयलाई इमानदारीपूर्वक कवितात्मक अभिव्यक्ति दिएका छन् । देशमा व्याप्त शोषण, गरिबी, अशिक्षा, पछौटेपन आदि विभिन्न पक्षलाई फोटोग्राफरले जस्तै यथार्थ रूपले प्रस्तुत गर्दै यी कविहरूले कवितालाई जीवन र युगसापेक्ष बनाएका छन् । यसका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका समस्या, विवृmति र विसङ्गतिलाई पनि समसामयिक कविताले आÇनो विषयवस्तु बनाएको देखिन्छ । सङ्कटग्रस्त मानवाधिकार र ह्रासोन्मुख मानवीय अस्तित्वको चित्रण गर्दै मानवीय मूल्य र अस्मिताको खोजी पनि गरिएको पाइन्छ । प्रयोगवादी धाराले आत्मसात् गरेको असहज, जटिल संरचना, दुर्बोध्य अभिव्यक्ति तथा विशृङ्खलित भाषाशैलीलाई पन्छाएर सहज, सरल संरचना, सरल अभिव्यक्ति, सहज र शृङ्खलित भाषाको माध्यमबाट कवितालाई सरल, सम्प्रेष्य र प्रभावशाली बनाउने प्रयास यस अवधिका कविताको उल्लेखनीय वैशिष्ट्य हो । मूलतः मुक्तछन्दको प्रयोग गरिएका यस अवधिका कवितामा अंशतः शास्त्रीयछन्दको पनि प्रयोग पाइन्छ । सरल, सुबोध्य र युगीन जनजीवनस“ग सम्बद्ध बिम्ब र प्रतीकहरूको प्रयोगबाट पनि यस अवधिका कविताहरू सुबोध्य बन्न पुगेका छन् । वृmत्रिम र आलाङ्कारिक भाषाको प्रयोग नगरेर कविताको कथ्य र भावअनुरूपको भाषा प्रयोग गरिएका यस अवधिका कविताहरूमा कविहरूले व्यक्तिगत नभएर समष्टिगत अभिव्यक्तिलाई प्रस्तुत गर्दै भावना, कथ्य, विचार र शिल्पलाई एकैसाथ अगाडि बढाएको पाइन्छ । सरलताका नाममा बेलाबखत कवितात्मक स्तरीयता खस्केको पनि देखिन्छ ।

नेपाली कवितामा प्रयोगवादी जटिलताका विरुद्धमा देखापरेको समसामयिक धारामा पनि २०४६ सालको जनआन्दोलनपछि कतिपय प्रवृत्तिगत भिन्नतासमेत देखापर्न थालिसकेका छन् । यसर्थ यस धारालाई पनि २०४६ सालपूर्व र २०४६ सालउत्तर गरी दुई भागमा विभाजन गरेर हेर्नु पर्ने स्थिति देखिएको छ । नेपाली कविताको समसामयिक धाराको पूर्वार्ध (२०३६–२०४६) र उत्तरार्ध (२०४६ देखि यता) का कविताहरूमा कतिपय प्रवृत्तिगत भिन्नता देखापरेका छन् । २०४६ पछिका कवितामा पनि खासगरी २०५२÷२०५३ तथा २०६२÷२०६३ पछिका कवितामा समेत भिन्न स्वर र प्रवृत्तिहरू मुखरित भएका देखिए पनि २०६२÷२०६३ पछिका कविताको प्रवृत्ति भने निरूपण गर्ने बेला अलि भइसकेको छैन ।

तत्कालीन राजनैतिक अवस्था, प्रयोगवादी दुर्बाेधता र जटिलताका विरुद्धमा विभिन्न आन्दोलन र अभियानहरूमार्पmत कवितालाई सडकमा उतारी लेखक र पाठकका बीच सम्बन्ध पुनस्र्थापन गर्ने प्रयास, अमूर्त लेखनबाट मूर्त लेखनतर्पmको उन्मुखता, अतिशय काल्पनिकता, भावुकता र अमूर्तताको परिहार गरी विविधतायुक्त युगीन जीवन भोगाइको यथार्थमूलक चित्रण, विसङ्गत र विवृmत सामाजिक–सांस्वृmतिक मूल्यमान्यता, मह“गी, भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार, शोषण, गरिबी अशिक्षा, पछौटेपन, देशको गिर्दोे सामाजिक–राजनैतिक अवस्थाका साथै व्यक्ति, समाज, राष्ट्र आदि अनेक सन्दर्भको कवितात्मक अभिव्यक्ति, राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्का अनेक क्षेत्रमा व्याप्त विवृmति र विसङ्गतिको आक्रोशपूर्ण चित्रण, सङ्कटग्रस्त मानवाधिकार तथा ह्रासोन्मुख मानवीय अस्तित्वको वर्णनका साथै मानवीय मूल्य र अस्तित्वको खोजी, सरल संरचना, सुबोध अभिव्यक्ति र शृङ्खलित भाषाशैलीय विन्यास गरी कवितालाई सहज, सम्प्रेष्य र प्रभावकारी तुल्याउने प्रयास, अंशतः छन्दोबद्ध कविता लेखिए पनि मूलतः विविधतायुक्त मुक्तछन्दका गद्यकविता सिर्जना, सरल सुबोध र युगीन जनजीवनस“ग सम्बद्ध बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग आदि समसामयिक धाराको पूर्वार्धका प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

२०४६ सालपछिका कविता यसपूर्वकै निरन्तरता भएकाले यिनमा कतिपय प्रवृत्तिहरू पहिलेकास“ग मिल्दाजुल्दा पाइए पनि कतिपय प्रवृत्तिहरू भने भिन्न खालका पनि छन् । अंशतः आशाका र अधिकांशतः निराशाका स्वरहरू मुखरित यस समयका कवितामा विध्वस्त प्रजातान्त्रिक मूल्यमान्यताको चित्रणका साथै तीव्र वैचारिकताको अभिव्यञ्जना पाइन्छ । युद्धको विरोध र शान्तिको अपेक्षाका साथसाथै क्रान्तिचेतनाका स्वरहरूको पनि तीव्र अभिव्यक्ति पाइने यस अवधिका कवितामा आत्मभोगाइका स्वरहरूले नै बढी मात्रामा अभिव्यक्ति पाएको देखिन्छ । यस अवधिमा निर्माणमूलक भौतिकवादी दृष्टिकोण तथा जीवनवादी एवं विश्वमानवतावादी चिन्तनका साथै समानता, स्वतन्त्रता र मानवाधिकारको रक्षाका स्वरहरू पनि गुञ्जायमान भएका देखिन्छन् । यस समयावधिमा स्वच्छन्दतावादी, नवस्वच्छन्दतावादी, प्रगतिवादी, प्रयोगवादी आदि विभिन्न भावधाराका कविताहरूको सिर्जना भएको देखिए पनि तीमध्ये कतिपयमा कथ्य र शिल्पगत पुनरावृत्तीय प्रयोग पनि भेटिन्छ ।

युगीन विसङ्गति, विवृmति, अभाव, पीडा, असन्तुष्टि, चिन्ता, वmुण्ठा, निराशा, विवशता, बाध्यता, जटिलता, अमानवीयता, संवेदनहीनता, अशान्ति, हत्या, हिंसा, आतङ्क, भय, सन्त्रास, युद्धविभीषिका आदिको कवितात्मक अभिव्यक्ति, राजनैतिक अस्तव्यस्तता, विवृmति, विसङ्गति र त्रासद परिस्थितिको चित्रण, प्रजातन्त्रका नाममा हुने गरेका अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचारका साथै अनास्था, अविश्वास आदिको वर्णन, नेताहरूका मनोमानीपूर्ण दुष्वृत्तिको अभिव्यञ्जना, विघटित मानवीय मूल्यको चित्रण, मानवीय अस्तित्वको खोजी एवं जगेर्ना, विद्रोही–क्रान्तिकारी भावना, प्रेमप्रणयभन्दा आक्रोशका कविताको आधिक्य, समस्याग्रस्त राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको चित्रण, राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रमा व्याप्त विवृmति र विसङ्गतिप्रति आक्रोशपूर्ण व्यङ्ग्य, नारीलाई गरिमा र महिमा प्रदान गर्दै नारीवादी स्वरको अभिव्यञ्जना, युगीन यथार्थको प्रकटीकरण, वैचारिक एवं प्रस्तुतिगत विविधता, निजत्वतर्पm उन्मुख विविधतामय एवं विचलनयुक्त भाषाशैलीय विन्यास, नवीन शिल्पसौन्दर्यप्रतिको जागरुकता, सङ्केतात्मक एवं प्रतीकात्मक प्रस्तुति, छन्दयुक्त कविताको न्यूनता र छन्दमुक्त कविताको आधिक्य, जटिल र अजटिल दुवै खाले प्रयोग, जथाभावी प्रयोगका नाममा कवितालाई दुरुह बनाउने चेष्टा, महिला कविहरूको अभिवृद्धि आदि समसामयिक युगको पछिल्लो समयका कवितामा पाइने प्रमुख प्रवृत्ति र विशेषता हुन् ।

समग्रमा भन्नुपर्दा युगीन राजनीतिक, सामाजिक, आर्थिक आदिका साथै जीवनका विविध क्षेत्रमा व्याप्त अव्यवस्था र विसङ्गतिको चित्रण, युगीन राजनीतिक अस्तव्यस्तताको चित्रण उपेक्षित मानवीय मूल्यको चित्रणका साथै मानवताको खोजी, पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा, विद्रोही क्रान्तिकारी चेतना र राजनैतिक परिवर्तनको चाहना, समानता र स्वतन्त्रताको पक्षधरता, नेताहरुका दुष्चरित्रता, सत्तालोलुपता, भ्रष्टाचार, दुराचार, मह“गी, शोषण, दमन, सुविधाभोगीवृत्ति, विदेश पलायन, सामाजिक असमानता आदिको विरोध, विश्ववन्धुत्व, मानवअधिकार तथा शान्तिको कामना, सशस्त्र द्वन्द्वको समर्थन एवं विरोध, नारीवादी दृष्टिकोण, प्रथम र तृतीय पुरुष दृष्टिविन्दुमा युगीन यथार्थको प्रकटीकरण, भाषिक सरलता, समानान्तरता र विचलनयुक्त भाषिक विन्यास, बिम्ब, प्रतीक र अलङ्कारको स्वाभाविक प्रयोग, अधिकांशतः गद्यकविताको सिर्जना आदि समसामयिक नेपाली कविताका मूलभूत प्रवृत्तिहरु हुन् ।
नेपाली कविताको समसामयिक धाराअन्तर्गत २०४६ सालअगिका कवितामा मूलतः तत्कालीन पञ्चायती व्यवस्थाका विवृmति र विसङ्गतिको चित्रण पाइन्छ भने २०४६ सालपछिका कवितामा प्रजातान्त्रिक व्यवस्थाभित्रका अव्यवस्था, विवृmति–विसङ्गति र खासगरी नेताहरूका दुष्वृत्तिहरूको चित्रण, २०५२ सालपछिका कवितामा तत्कालीन सशस्त्र सङ्घर्षको समर्थन–विरोध एवं शान्तिको कामना तथा २०६२÷२०६३ सालका कवितामा तत्कालीन निरङ्कुशतन्त्रको विरोध र गणतन्त्र स्थापनाको चाहना अभिव्यक्त गरिएको पाइन्छ । अति संक्षेपमा भन्नुपर्दा सिङ्गो समसामयिक धाराको मूल प्रवृत्ति वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण रहेको देखिन्छ । विभिन्नखाले राजनीतिक आन्दोलन भएका वर्षहरू २०३६, २०४६ तथा २०६२÷२०६३ मा जनतालाई आन्दोलनमा सक्रिय सहभागी गराउने र आन्दोलनलाई अगाडि बढाउने हेतुले जागरणमूलक प्रशस्त कविताहरू सिर्जना गरिएका पाइन्छन् । यी अवधिका कविताहरू ऐतिहासिकताका दृष्टिले निकै महŒवपूर्ण भए पनि कवित्वका दृष्टिले चाहि“ त्यति सशक्त देखिन्नन् ।

३. विषयान्त
अहिले जापानी हाइवmुको अनुकरण गरी नेपालीमा हाइवmु कविता लेख्ने लहर चलेको देखिन्छ र तीन पङ्क्तिमा लेखिएका जस्तासुकै रचनालाई पनि हाइवmु भन्ने गरिएको पाइन्छ, तर तीन पङ्क्तिमा जे पायो त्यही लेख्नेबित्तिकै हाइवmु नहुने हु“दा यसलाई सुव्यवस्थित तुल्याउनेतर्पm सचेष्ट रहनु आवश्यक छ । यस्तैगरी अहिले प्रकाशनगत सुविधा र सहजताका कारण देशभरका थुप्रै व्यक्तिहरू विभिन्न उपनामका फु“दा जोड्दै कवि बन्ने धुनमा जथाभावी शीर्षक राखी निजी लगानीमा अत्यधिक कविता सङ्ग्रहहरू प्रकाशन गर्नेतर्पm सक्रिय देखिन्छन् । गद्यलाई पङ्क्तिविच्छेद गर्नेबित्तिकै कविता बन्छ वा जबर्जस्ती पद्यबद्ध गर्दैमा कविता भइहाल्छ भन्ने भ्रम तथा जस्तासुकै कविता पनि विनापरिष्कार जथाभावी छाप्ने होडबाजीले गर्दा कविताको गुणात्मकता क्रमशः ह्रास हु“दै गई अहिले कविको सङ्ख्या अत्यधिक र कविताको सङ्ख्या न्यून हुने स्थिति पनि सिर्जना भएको देखिन्छ । यसर्थ हतारिएर उम्र“दै कवि बन्ने ध्याउन्नतर्पm लाग्नुभन्दा आफ्नो निजी पहिचान दिनसक्ने कवित्वपूर्ण र गुणात्मक मूल्यका कवितासिर्जना गरी कविताको उन्नयनतर्पm कविहरू प्रवृत्त हुनु वाञ्छनीय छ । हालसाल हास्यव्यङ्ग्य कविताका नाममा कतिपय रचनाहरू प्रचारमूलक भाषण तथा आक्रोशपूर्ण गालीगलौजजस्ता बन्नपुगेको देखिएकाले यसतर्पm पनि कविहरू सचेत हुनु आवश्यक देखिन्छ । समसामयिक नेपाली कविताका फा“टमा देखापरेका यी कतिपय सीमाहरूको निराकरणतर्पm ध्यान पु¥याएमा नेपाली कविताको भविष्य अन्य विधाका सापेक्षतामा निकै उन्नत र समृद्ध हुने वmुरामा वmुनै सन्देह छैन ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 32 आसाढ, 2067

लेखकका अन्य रचनाहरु