भाषाको प्रगतिशील पक्ष

- शशिधर भण्डारी

कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ । यसै पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ । नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्त्व रहेको छ । त्यसका लागि डा. तारानाथ शर्मा कम्ती स्तुत्य हुनुहुन्न । उहाँको पातलो "सर्मावाद" नेपालको प्रगतिवादी आन्दोलनमा समेत चर्चाको शिखरमा रहिरह्यो ।

केही भाषाशास्त्रीहरूको तर्कका आधारमा मूल्यांकन गर्दा विश्वमा संस्कृतमात्र त्यस्तो एउटा भाषा हो, जुन भाषा महषिर् पाणिनीको व्याकरणलाई नाघेर वा परिमार्जन गरेर अगाडि गएको छैन । हजारौं वर्षदेखि संस्कृत व्याकरण अटल र स्थिर देखिन्छ । तर आर्यव्रतमा बोलिने भाषामात्र होइन, युरोपमा बोलिने रूसी, जर्मनी, प|mेन्च लगायतका भाषाहरूको जननी भाषा संस्कृत हो । तसर्थ संस्कृत भाषा स्थिर भए पनि त्यसका सन्तानहरू गतिशील छन् । नेपाली भाषा त संस्कृतको धेरै नजिकको भाषामात्र होइन, सजिलो, गतिशील र इतिहासमा असाध्य दु्रतगतिमा विकास भएको भाषा हो, यो विकासको प्रवाहमा इतिहासको एउटा खण्डहरमा आउँदा झर्रोवादी आन्दोलनको महत्त्वपूर्ण योगदान रहेको तथ्यलाई नर्कान सकिँदैन । तर यो द्रुतगतिमा विकास भएको भाषा हुनाले झर्रोवादको परिकल्पनाको घेरामा मात्र अड्न सकेन ।

भाषा मानवजातिको विचार विनिमय गर्ने साधन हो । भाषा र चिन्तनको गहिरो सम्बन्ध छ । चिन्तनको गतिशीलताको वेगमा मानवको प्रत्यक्ष ज्ञानलाई बौद्धिक ज्ञानको स्तरसम्म उठाउन भाषाको गतिशीलता अनिवार्य बन्न जान्छ । महषिर् पाणिनीको संस्कृत व्याकरण बदलिएन, संस्कृतका सन्तान भाषाहरू गतिशील भए । तसर्थ जननी भाषा स्थिरमात्र रहेन, विकास पनि त भएन । माक्र्सवादले सबै कुरालाई वर्गीय रूपमा हेर्छ । तर भाषालाई विकासको सिद्धान्तमा हेर्छ, किनभने समाजमा वर्गको उत्पत्ति हुनुभन्दा पहिले भाषाको उत्पत्ति भएको थियो । भाषाले प्रकृतिका विरुद्धको संघर्षमा एउटा औजारको भूमिका निर्वाह गरेको थियो ।

भाषा एंगेल्सको निषेधको निषेध भन्ने सिद्धान्तको बाटोबाट अगाडि बढ्दैन । क्रमबद्ध विकास यसको तरिका भएको परिवेशमा झर्रोवाद पनि त्यही क्रमबद्ध विकासको एउटा आयाम हो । रोक्दा विकासको गतिमा अवरोध हुन्छ, बिर्संदा भाषिक आधार र अपनत्व गुम्छ । त्यसकारण अपनत्वको पक्षमा उठेको झर्रोवादको झण्डालाई विकासवादको उत्ताउलो उन्मादले ढाल्न हुँदैन । क्रमिक विकाससँग भाषालाई साँगुरो बनाउने होइन, शब्दभण्डार बढाउँदै समृद्ध बनाउनुपर्छ । भाषाका प्रगतिवादी पक्षधरहरूले भावी विश्व समाजमा एउटै मानवीय भाषाको परिकल्पना गरेका छन् । त्यो परिकल्पना विभिन्न भाषाबीचको शाब्दिक आदान-प्रदान र भाषालाई फल्न-फुल्न दिने सिद्धान्तबाट मात्र पूरा हुनसक्छ । अहिलेसम्मको भाषाको इतिहास एउटाले अर्कोलाई विस्थापित गर्ने संघर्षबाट गुज्रँदै आएको छ । अन्तरभाषिक समृद्धिका स्थानमा जटिल भाषा प्रतिस्थापन हुँदै त्यो ठाउँ सरल भाषाले लिने गरेको छ ।

भाषाशास्त्रमा आधार र अधिरचना ऐतिहासिक भौतिकवादका महत्त्वपूर्ण अवधारणा हुन् । आधारले समाजको आर्थिक संरचनालाई जनाउँछ भने अधिरचनाले राजनीतिक, धार्मिक, नैतिक, दार्शनिक, कानुनी, राजनीतिक आदि विचार संस्थान तथा संगठनलाई जनाउँछ । कैयौं माक्र्सवादीले भाषालाई अधिरचना मान्दछन् । भाषालाई अधिरचना मान्ने हो भने त सामाजिक व्यवस्थाजस्तै एउटा चरणमा त्यो ध्वस्त हुनपथ्र्यो, तर भाषाशास्त्रको इतिहासमा त्यस्तो दृष्टान्त देखिँदैन ।

वर्गस्थितिसित भाषाको सम्बन्ध हुँदैन भन्ने होइन । वर्गस्तर अनुसार भाषामा विशिष्ट शब्द, वाक्यांश वा औपचारिक, अति औपचारिक प्रस्तुतांश मिलाउने प्रचलन विश्वका अधिकांश भाषाहरूमा पाइन्छ । नेपाली भाषामा झन् "आइबक्सियोस्" "खाइबक्सियोस्" जस्ता शाही भाषाका प्रस्तुतिहरू एउटा वर्गस्तरबाट अन्य वर्गस्तरतिर पनि सर्दै गइरहेका छन् । तर त्यसमा भाषिक व्याकरण भिन्न हुँदैन । त्यसैले स्टालिनले यसलाई भाषिक वर्गीयता नबताएर सीमित घेरामा रहेको एक प्रतिशतको भिन्नता बताएका छन् । एकथरी विद्वानहरूले भाषालाई चिन्तनबाट अलग गराउन बहिरा र संकेत भाषासँग तुलना गरेर व्याख्या गर्ने गरेका छन् ।

भाषिक घृणा एउटा पिछडिएको चिन्तन हो । एक भाषाले अर्को भाषालाई घृणा होइन, सम्मान गर्न सिक्नुपर्छ । भाषिक सम्मान सभ्यताको परिचय हो । भिन्न भाषाप्रतिको असहिष्णुता र भाषामा रहेको अवैज्ञानिकताका कारण विश्वमा अस्तित्वमा रहेका ६ हजार भाषामध्ये अहिले ३ हजारमात्र अस्तित्वमा छन् । भाषिक सम्मानको इतिहासमा भारतमात्र एउटा उदाहरण होइन, स्वीट्जरल्यान्डको संसदमा केही सांसदहरू प|mेन्च भाषामा बोल्छन्, तर त्यसको अर्थ स्वीस भाषाको घृणाका रूपमा त्यहाँ बुझिँदैन । भाषिक अपनत्वमा मात्र जोड दिने चिन्तन प्रणाली पनि चेतनाको विकासमा पछाडि परेका प्रशस्त उदाहरण छन् । उदाहरणका लागि केन्यमा स्वाहिली भन्ने मुख्य भाषा हुँदाहुँदै त्यसलाई प्रचलनमा नल्याई ५ कक्षासम्म स्थानीय, जातीय भाषामा शिक्षा दिने नीति बनाइयो, तर तान्जानियाले यस्तो भाषिक संर्कीणतालाई प्राथमिकतामा नराखेर प्रचलित भाषालाई स्थान दियो । त्यसको स्वाभाविक परिणाम केन्याको विकास र क्षमता अभिवृद्धि तान्जानियाको तुलनामा धेरै पछाडि पर्‍यो । नेपालमा नेपाली भाषाले गरेको विकासलाई माइनस गरेर जनजातीय वा अन्य भाषाका लिपिहरू खोज्नु ऐतिहासिक र पुरातत्त्वको खोजका हिसाबले उपयुक्त भए तापनि व्यावहारिक जीवनका लागि बेकार नै हो । त्यसप्रकारको चिन्तन प्रणालीले अगाडि होइन, पछाडि फर्काउँछ ।

तत्कालीन सोभियत संघमा पनि भाषाको प्रश्नमा उदारवादी र कडा विचारहरू देखापरेका थिए । त्यतिबेला राष्ट्रका उच्चपदस्थ र गभर्नरहरूले आफ्ना छोराछोरीहरूलाई रूसी भाषा पढाउँथे, तर भाषण गर्दा रूसी भाषाको कडा आलोचना गर्थे । लेनिनले यस्तो व्यवहारको निर्मम आलोचना गरेका
थिए । लेनिनले यो ढोँगलाई आफ्नो गालामा आफैं थप्पड हान्ने प्रवृत्ति बताएका थिए । आज नेपालमा केही जनजातिहरूले आफ्ना भाषाका लिपि र भाषा खोज्न थालेका छन् । ऐतिहासिक खोज र इतिहास अध्ययनका लागि र आफ्नो पहिचानका लागि त्यो खोजको महत्त्व छ, तर त्यही भाषामा पाठ्यक्रम बनाउने एकोहोरो जोडले त्यो जातिलाई माथि उठाउँदैन, पछाडि पार्छ । त्यसैले आफ्ना छोराछोरीलाई आफ्नैमात्र भाषामा शिक्षा दिने दिशामा जनजातिहरू जान सक्दैन । यो समयको चाप हो । त्यसैले लेनिनकालको सोभियत रूसमा जस्तै छोराछोरीलाई नेपाली र अंग्रेजी पढाउने तर ती भाषाको खेदो पनि खन्ने संस्कृति हामीकहाँ पनि स्थापित हुँदैछ ।

नेपाली समाजमा भाषाविज्ञानका सन्दर्भमा स्पष्ट र स्तरीय दृष्टिकोणको विकास हुन नसकेका कारणले राजतन्त्रको अन्त्यसँगै नेपाली भाषालाई पनि अन्त्य गर्नुपर्छ भन्ने तहसम्मका अभिव्यक्ति प्रकट भए । यो भाषालाई कामकाजको भाषा मान्न नहुने भन्ने सोचाइहरू देखापरे । यो भाषाजस्तो चिन्तनको प्रतिक्रिया जनाउने साधनलाई वर्ग, भाषा र सम्प्रदायमा गिराउन खोज्नु गए-गुज्रेको चिन्तन प्रणालीको उपज हो । भाषाको टिकाउपनको कारण त्यसको व्याकरण व्यवस्था, शब्दभण्डार र सहज उपयोग हो । अंग्रेजी भाषा सहज उपयोगका रूपमा भारतमा स्थापित भएको कारणले १५ अगस्त १९४७ मा अंग्रेजहरू साम्राज्य छाडेर गए, तर अंग्रेजी भाषा भारतमै बसिरह्यो । तुर्क एकीकरणकर्ताहरूले बहकन जातिहरूको भाषालाई अपांग बनाउन सय वर्षसम्म प्रयत्न गरे । बल्कन भाषाले तुर्कहरूका केही शब्द आत्मसाथ गर्‍यो, मूल शब्दभण्डार र व्याकरणको व्यवस्थापनलाई जोगाउँदै सरलीकृत गर्दै जाँदा बल्कन भाषा अपांग भएन, थप समृद्ध भयो ।

त्यसकारण भाषाको मूल शब्दभण्डार र व्याकरण व्यवस्थापनलाई जोगाउन सक्ने हो भने आगन्तुक शब्दहरूले भाषालाई थप समृद्ध, सरल र धनी बनाउँछन् । नेपाली भाषाको विकास एउटा लामो कालखण्डबाट भएको छ । नेपाली समाजमा बोलिने तामाङ, मगर, नेवारी, भोटे, तमु, भोजपुरी, मैथिली, उर्दू, थारु, किरात आदि सबै भाषाका ऐतिहासिक पृष्ठभूमिहरू छन् । अब हिन्दी र अंग्रेजी भाषाको प्रभाव त झन् बढेको छ । ती सबै भाषाप्रति सम्मानको भावना राख्नुपर्छ र विकासका लागि अवसर दिनुपर्छ ।
कान्तिपुरबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 श्रावण, 2067

लेखकका अन्य रचनाहरु