गीत

- रोहन चर्मकार समिप

जिन्दगीले कोल्टे फेर्यो नियतिले खोट दियो
विवशताले पछारिदियो पिरतीले चोट दियो ।

सँगै बाँच्ने तिम्रा बाचा कति विश्वाश घाती रै'छ
बाहिर मान्छे देखिए पनि पहराको छाती रै'छ
ढुङ्गा पनि खोप्दा खेरी फेर्छ आफ्नो रुप हजुर
गर्नु भन्दा झुटो प्रेम मर्नु बरु जाती रै'छ ।

दु:खहरु लुकाउँथे खुशी तिम्लाई दिनलाई
हाँसी हाँसी सहिदिन्थे दुख चोट जति पनि
पहाड जस्तो अटल ठान्थे पानी जस्तो छल्क्यौ हजुर
छाडी मेरो सानो संसार महल तिर ढल्क्यौ हजुर ।

संखुवासभा, रातमाटे; हाल: मलेसिया

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 श्रावण, 2067

लेखकका अन्य रचनाहरु