उत्तरआधुनिकता र प्रगतिशीलता

- नेत्र एटम

यतिखेर नेपाली साहित्यमा ‘उत्तरआधुनिकता’ अत्यन्त चासो र चर्चाको विषय बनेको छ । अङ्ग्रेजीको एबीसीडी पढेकै भरमा आफूलाई पाश्चात्य चेतनाका आधिकारिक विद्वान् प्रमाणित गर्न खोज्नेहरूको चर्को स्वर विभिन्न कार्यक्रमहरूमा सुन्न पाइन्छ । उनीहरू समग्र साहित्यलाई उत्तरआधुनिक चेतना र चिन्तनका प्रसारमा प्रवाहित ठान्दै हल्ला मच्चाइरहेका छन् । जसले त्यसलाई शङ्काका दृष्टिले मात्र हेर्छ, तिनलाई पाखे, अज्ञानी र पश्चगमनका मतियार घोषणा गरिरहेका छन् । आमसञ्चारका सशक्त माध्यमहरू पनि उनीहरूका लागि वरदान साबित भएका छन् । अर्कातिर भाषिक पहुँचमा कमजोर रहेकाहरू उत्तरआधुनिक नाम सुन्नासाथ हुरुरु सभामा पुग्छन् र प्रश्नका पर्रा छोड्न थाल्छन् । नजानी–नजानी त्यसका पक्षमा वकालत गर्छन् र आफ्नै खुट्टामा आफैँले बन्चरो हानिरहेको समेत पत्तो नपाएर अरूलाई मनारञ्जन गराउँछन् । अहिले उत्तरआधुनिकताको अपरिहार्यता प्रचारप्रसार गर्नु खाँटी प्रजातन्त्रवादी हुनु र त्यसलाई अस्वीकार गर्नू शुद्ध प्रगतिवादी हुनुजस्तो माहौल सिर्जना भएको छ । यस्तो अवस्थामा प्रगतिवादी खेमाका केही विद्वान् साथीहरू उत्तरआधुनिकताको प्रतिरोध र प्रतिकारमा गहन अध्ययन तथा विश्लेषणका सामग्रीहरू पस्कँदै श्रम र समय बित्थामा नष्ट गरिरहेका छन् ।

‘नेपालीमा उत्तरआधुनिकता आउनै सक्तैन’ र ‘नेपालीमा उत्तरआधुनिकताको वर्चस्व कायम हुन दिनुहुँदैन’ भन्ने दुईओटा विरोधाभासमा प्रगतिशील समूह यतिखेर भड्किरहेको छ । यी दुबै अवस्थामा समाजमा विमर्श र तर्कको कुनै गुन्जाइस रहँदैन । जुन कुरा प्रवेश भइसकेको छ, त्यसलाई नाङ्लो ठटाएर तर्साउन सकिन्न । र यदि त्यसको अस्तित्व नै यहाँ छैन भने आफूले राम्रा सिर्जना गर्न छोडेर अमूत्र्त शब्दमाथि जाइलाग्नुको कुनै तुक देखि“दैन । यसले गर्दा उत्तरआधुनिक विशेषणयुक्त समूह प्रचारका साथ ध्रुवीकरण हु“दै गएको छ र त्यसले सिधासाधा लेखक र पाठकमाथि अकारण रजाइ“ गरिरहेको छ । यसलाई ‘काल्पनिक वितण्डा’ (उचयउयनबलमब) का रूपमा पनि अथ्र्याउन सकिन्छ । अहिले प्रगतिशीलहरू नेपालीमा उत्तरआधुनिता छ“दै छैन पनि भन्दै छन् र त्यसको कडा प्रतिरोध पनि गर्दै छन् । यो दोहोरो मापदण्डले गर्दा विरोधी बन्दाबन्दै उत्तरआधुनिकताको ब्ल्याकहोलमा फस्दै गएको त होइन भन्ने प्रश्न र शङ्का पनि उत्पन्न भएको छ । प्रस्तुत लेखमा यसै सन्दर्भलाई लिएर उत्तरआधुनिकता र प्रगतिशीलताको साइनो खोज्ने प्रयास गरिएको छ । व्यवहार र सिद्धान्तमा समन्वय हुन नसक्ता प्रगतिशील साहित्यकार र साहित्यले कस्तो परिणति ल्याउ“छ भन्ने सामान्य निष्कर्ष पनि यसमा निकालिएको छ ।

दोसो विश्वयुद्धपछि पाश्चात्य समाजमा उत्पन्न विषम परिस्थितिको नाम हो उत्तरआधुनिकता । यो कुनै सिद्धान्त बनाएर व्यवहारमा लागु गरिएको विचार नभई तत्कालीन समाजको अध्ययनबाट, मानिसको चेतनको विश्लेषणबाट तयार पारिएको प्रवृत्तिहरूको निचोड हो । परम्परागत सौन्दर्यका नियमहरू अकाट्य छन् भनिरहेका बेला उक्त समाजले अपनाएका बागी व्यवहारको स्वीकारोक्ति यसमा पाइन्छ । त्यसैले उत्तरआधुनिकताले एकरूपता र एकल विचारमाथि प्रश्नचिन्ह उठाउ“छ अनि तिनलाई अर्कै विकल्पले प्रतिस्थापन गर्न सकिन्छ भन्ने मान्यता राख्तछ । शाश्वत सत्यलाई अस्वीकार गर्नु यसको विशिष्ट पहिचान हो । अतः उत्तरआधुनिकता जहिले र जहा“ पनि साहित्य तथा समालोचनाको विरोधाभासी, शङ्कास्पद एवम् समस्याग्रस्त पद्धति रहिआएको छ । यसले समस्यालाई रहस्यमय बनाउ“दै लैजान्छ र पाठकहरूलाई पनि व्यक्तिगत चिन्तनका माध्यमबाट मात्र किताबी समाजमा प्रवेश गराउ“छ । यसले संसारलाई आफूमा सङ्कुचित गरेर हेर्न प्रेरित गर्छ ।

उत्तरआधुनिकताले अंशमा विश्वास गर्छ र सत्य पनि टुक्राटुक्री समूहका लागि फरकफरक हुन्छ भन्ने ठान्छ । यसको मुख्य कारण ज्ञानलाई आलोचनात्मक ढङ्गले परिभाषित गर्नु हो । यसमा ज्ञान परिवर्तनशील, आत्मपरक, अनिश्चित आकारको मात्रामा व्यक्त गर्न नसकिने तथा पक्रिया मात्र ठानिन्छ । यसका लागि यथार्थ सतही हुन्छ र इतिहास एकपक्षीय गफ हो । यी कुराले स्थापित सत्यलाई चलायमान मान्छन् र एकल मान्यतासित सहमत हु“दैनन् । त्यसैले माक्र्सवादीहरूले उत्तरआधुनिकतालाई विरोध गरेका हुन् । माक्र्सवादमा विश्वलाई नै एक ठान्ने सर्वहारावादी मानवतावादलाई मान्यता दिइन्छ । यसमा माक्र्सका सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई शाश्वत ठानिन्छ । वर्गसङ्घर्षलाई क्रान्तिको प्रक्रिया ठानिन्छ र त्यसमा सर्वहारा वर्गको जित अवश्यम्भावी हुन्छ भन्ने मान्यतामा अग्रगामी पाइला चालिन्छ । माक्र्सवादका यिनै पक्षलाई उत्तरआधुनिकताले ‘महान् सत्य’ मान्छ र त्यसमाथि प्रहार गर्छ । इतिहासबाट पाठ सिक्ने तथा सामाजिक उत्पादन सम्बन्धलाई इतिहासको अनिवार्य विकास ठान्ने माक्र्सवादीहरूले उत्तरआधुनिकताको अस्तित्व स्वीकार गर्ने कुरै भएन ।

हामी प्रगतिशीलहरू साहित्यलाई जीवनस“ग जोड्न चाहन्छौ“ । जीवनका आकांक्षासित, सपनासित साहित्यको नाता रहेपछि लेखककोको प्रतिबद्धताको पनि हिसाब राख्छौ“ । उसको विचार, जीवनपद्धति र पक्षधरताबारे चासो राख्छौ“ । जाति, भाषा, लिङ्ग, क्षेत्र आदिका विभाजलाई वर्गको अधीनस्थ राखेर हामी सार्वभौम व्यवहार गर्छौं । यसैलाई उत्तरआधुनिकताले प्रहारको केन्द्र बनाएको हुन्छ । एउटा टुक्राको प्रतिनिधित्व अर्कोबाट हुन सक्तैन भन्नासाथ वर्गको कुरा ओझेलमा पर्छ । हरेक जातको छुट्टै, हरेक क्षेत्रको भिन्न र हरेक लिङ्गको अर्कै चाहना र अकांक्षा हुन्छन् । माक्र्सवादले तिनलाई एकसूत्रमा ल्याउन वर्गीयताको कुरा उठाउ“छ तर उत्तरआधुकिताले त्यो सूत्रलाई ठाडै अस्वीकार गर्छ । यी त भए सैद्धान्तिक कुरा । अब नेपालीको परिस्थिति पनि हेरौ“ ।

हामीले माक्र्सवादलाई रूढ सिद्धान्त नभई सिर्जनात्मक छ भन्ने तथ्य स्वीकार गरेका छा“ै र त्यसलाई व्यवहारमा लागु गर्न बहुलवाद अङ्गीकार गरेका छा“ै । हामीले बहुदलीय प्रतिस्पर्धासहितको लोकतन्त्र स्वीकार गरेका छौ“ र एकतन्त्रलाई स्थान दिएका छैनौ“ । हाम्रो अर्थशास्त्रले पु“जीलाई सार्वजनिक हितका लागि अधिकाधिक उपयोग गर्ने नीति लिएको छ, केन्द्रीकरणका पक्षमा हामी छैनौ“ । जाति, भाषा र क्षेत्रलाई स्वायत्तता दिएर देशलाई विकेन्द्रित गर्ने हाम्रो लक्ष्य छ । विश्व व्यापार सङ्गठनको सदस्यता वा मुद्राकोष र विश्वबैङ्कको उद्देश्य थाहा हु“दाहु“दै पनि हामी त्यसबाट मुक्त हुन सक्तैनौ“, ती हाम्रा बाध्यता भएका छन् । आमसञ्चारको पु“जीवादी प्रसारलाई रोक्न सक्ने सामथ्र्य अहिले कसैस“ग छैन भन्ने हामीलाई भलिभा“ती थाहा छ । पार्टीहरू अनेक स्वार्थबाट निर्देशित भएको यथार्थ हामी सजिलै स्वीकार गर्दछौ“ । यी सबै परिदृश्यहरूले हामीलाई एकल विचारको अनुगामी देखाउ“दैनन् । शक्ति साना–साना टुक्रामा विभाजित छ भन्ने उत्तरआधुनिक मान्यता हामी पार्टीभित्रका पार्टीहरूमा देख्न सक्छौ“ । हामीमा वर्गीय चिन्तन हराउ“दै गएको छ । जनताका आमसभामा बोल्न केही राजनीतिक शब्दावलीहरू हामीले अझै बिर्सेका छैनौ“ तर तिनको अर्थमाथि हामी आफै“लाई विश्वास छैन । ‘विस्तारवादी, साम्राज्यवादी, दलाल नोकरशाह पु“जीवादी’ आदि परम्परागत शब्दका अर्थहरू फेरि“दै गएका छन् र तिनको प्रहार ‘बुम्रा“ग’झै“ आफैमाथि फर्केर आउला भन्ने पनि हामीलाई भय छ । हामी कोकाकोला खा“दै विस्तारवादीलाई गाली गर्दछौ“ । साम्राज्यवादलाई सत्तोसराप लगाउ“दै आईएन्जीओ, एन्जीओका झोला बोक्छौ“ र चुलो तताउने प्रयास गर्छौं ।

हामीस“ग आफूअनुसार समाज र संसारलाई हेर्ने दृष्टिकोण यति बलियो छ कि त्यसले हामीलाई कछुवाको खोलले झै“ छोपिराखेको छ । अहिलेको नेपाली साहित्यले यही दृष्टिकोण अभिव्यक्त गरिरहेको छ । कताकति रूढ आवाज र चिन्तनको वर्षा पनि हुन्छ तर त्यो अलि कमजोर र बेमौसमको बाजाजस्तो लाग्छ । यदि माक्र्सवादले साहित्यलाई राजनीतिको वैचारिक हारियार ठान्छ भने यीे आडम्बर र ढो“गबाट मुक्त नभईकन कसरी सकिन्छ उत्तरआधुनिकतालाई परास्त गर्न ? अहिले हाम्रो मूलधारको राजनीति उत्तरआधुनितातिर र साहित्यको धार पुरानै ढर्राको सर्वहाराकरणतिर हि“डेका कारण पनि यो बिलखबन्द देखिएको हो । माक्र्सवादी सिद्धान्तअनुसार आधारले अधिरचनालाई प्रभावित गर्छ तर अहिलेको बौद्धिक विलासले जनताको जीवनपद्धतिसित खेलबाड गर्छ, अन्यथा उत्तरआधुनिकतामाथि माक्र्सवादीहरूका ग्रन्थहरू बजारमा देखिने थिएनन् । किताबको शीर्षकमा उत्तरआधुनिकता प्रदर्शन गरेर बिकाउ बनाउने प्रगतिशील प्रतिभालाई हामीले कसरी लिने ? बौद्धिक विलासको यो होडबाजी, हानथापी र तानातानीले त यथार्थवादीलाई पनि उत्तरआधुनिक कित्तातिर लैजाने पो हो कि भन्ने आशङ्का अहिले बढेको छ ।

उत्तरआधुनिकता हाम्रो सन्दर्भमा महान् र उपयोगी छ भन्ने कदापि होइन । यसले मानवताको उपहास गर्छ अनि धनी तथा शक्तिशाली देशहरूलाई गरिब र कमजोर देशहरूमाथि दाइ“ गर्न तार्किक हारियार प्रदान गर्छ । अहिलेका सन्दर्भमा आर्थिक सहयोग, वैचारिक प्रचार र सांस्कृतिक दबदबाका लागि सक्रिय रहेका आईएनजीओहरू उत्तरआधुनिकताका परिपोषक हुन् । यिनले शोषित जनताको आक्रोशलाई मानवअधिकार, वातावरण संरक्षण तथा जातीय–लैङ्गिक–क्षेत्रीय विभाजनतिर केन्द्रित गरिरहेका छन् । नेपालमा यिनको लगानीका क्षेत्रहरू हेर्दा एकीकरणतिर होइन, हाम्रा फुटहरूलाई कहिल्यै नभरिने घाउ बनाउन ती दत्तचित्त छन् । हामी उनीहरूको जुठोपुरो खाएर आपसमा लडिरहेका छौ“ । हाम्रा बौद्धिक व्यक्तित्वहरू ‘कन्सल्ट्यान्ट’को लोभमा परेर उनीहरूकै बोलीमा लोली मिलाएर गरिब नेपालीहरूलाई ठगिरहेका छन् । अनि तिनै व्यक्तिहरू उत्तरआधुनिकतालाई गाली गर्दै आफूलाई खा“टी माक्र्सवादी प्रमाणित पनि गरिरहेका छन् । यो दोहोरो मापदण्डले के हामीलाई आडम्बरी, बोक्रे र नैतिक रूपले टाट उल्टिएको देखाउ“दैन र ? यस्तो जटिल परिस्थिति सामना गरिरहेको बेला उत्तरआधुनितालाई परास्त गर्न हाम्रो आफ्नै मति नुसुध्रीकन सम्भव छ र ? हामीले यसरी काम्लो ओढेर घिउ पिउन नछोड्दासम्म हामीस“ग उत्तरआधुनिकताको विरोध वा प्रतिकार गर्ने नैतिक बल एवम् अधिकार हुन्छ र ?

अहिले नेपाली सन्दर्भमा चलिरहेको उत्तरआधुनिताको बहस प्राज्ञिक क्षेत्रमा मात्र सीमित छ । त्यसैले यो बौद्धिक दृष्टिले आफूलाई टा“ठाबाठा देखाउन चाहने मध्यमवर्गका केही कोठेबुद्धिजीवीहरूले पाएको समयकटानीको उपयुक्त माध्यम मात्र हो । वास्तवमा उत्तरआधुनिकताले बुद्धिजीवीहरूलाई जनताका समस्यामा भन्दा पनि यस्तै बुद्धिविलासमा भुलाएर सङ्घर्षबाट टाढा राख्ने प्रयास गर्दछ । यसै भडखालामा प्रगतिशील लेखकहरू पनि नचाहीकनै फस्न गएका त होइनन् भन्ने आशङ्का यस लेखकलाई छ । आफै“ले मात्र बुझ्ने अलमलको भाषामा विवाद झिक्नु र समाधान खोज्नुको जनतान्त्रिक क्रान्ति र जनजीविकाको सन्दर्भभन्दा निकै परको काल्पनिक कुरा हो । यसले आफूलाई जनताभन्दा माथि पुगेर शासकीय वर्ग ठान्नेहरूलाई व्यक्तिगत सन्तुष्टि दिइरहेको छ होला, अन्यथा जनसाधारणसित यसको कुनै पनि साइनो छैन । प्रगतिशीलहरूले उत्तरआधुनिकताको बहसलाई अत्यन्त ‘हटकेक’ बनाइरहेका छन्, त्यस रूपको गहिराइमा प्रजातान्त्रिक भनिने लेखकहरू पुगेका छैनन् र पुग्न आवश्यक पनि ठान्दैनन् । आफैले भ्रममूलक हो भनी स्वीकारिसकेको वैचारिकतालाई ‘भ्रम’ सिद्ध गर्न हाम्रा बुद्धिजीवीहरूले गरिरेहको कसरत अनावश्यक मात्र छैन, यसले तर्कको दुरुपयोगमा हामी कति रुचि राख्छौ“ भन्ने पनि देखाउ“छ ।

नेपालीको वर्तमान समस्या के हो ? नेपाली जनजीवनले उज्यालोका लागि गरिरेहको सङ्घर्ष कस्तो छ ? बर्षामा मलको हाहाकार खपिरहेका किसानलाई वा चामल र औषधि नपाएर पिल्सिरहेका गरिब नेपालीहरूलाई हामीले के दिने ? यथार्थको धरातलमा टेकेर वास्तविक समस्यामाथि छलफल गरेर कार्यान्वयनमा अघि बढ्ने कि यस्तै काल्पनिक अलमलमा समय बिताउने ? के यस्ता तर्कहरूले जनताको संविधान बन्न सहयोग पु¥याउ“छन् ? हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउ“छन् ? जनतासित बुद्धिजीवीहरूको सहकार्य हुन्छ ? जबाफ खोज्दा यस्ता बहसले आधारसित कुनै सरोकार नै राख्दैनन् साथै समस्या समाधानका लागि कुनै तरिकाले टेवा पु¥याउन पनि सक्तैनन् । फ्रेडरिक जेम्सनका शब्दहरू सापटी लिएर उत्तरआधुनिकतालाई ‘वृद्ध पु“जीवादको सांस्कृतिक तर्क’ भनेर कति नेपालीलाई बुझाउन सकिन्छ ? नेपालमा आउ“दा त्यसले त्यही पाश्चात्य सन्दर्भ र उद्देश्य नै राखेको छ भनेर स्पष्ट पार्न पनि प्रायः असम्भव नै छ । यसैतर्फ निरर्थक प्रयास गर्दै प्रगतिशील फा“टले पनि ‘विश्व भूमण्डलीकरण’का सिद्धान्त र परिस्थिति घोकाएर उत्तरआधुनिकताको प्रतिरोध होइन, पक्षपोषण गरिरहेको निष्कर्ष यस लेखकले निकालेको छ । पाश्चात्य उत्तरआधुनिकताको विकास नेपालीमा सम्भव छैन किनभने त्यसका सम्पूर्ण तालाहरू खोल्ने सा“चो भाषाविज्ञानसित मात्र छ । र, नेपालीमा यसका पछि लाग्नेहरूमा भाषाविज्ञानको ज्ञान छैन भन्दा खासै फरक पर्दैन । अहिले भइरहेको चर्चामा त माक्र्सवादमा कम विकसित देखिने लैङ्गिकता, जातीयता, संस्कृति, मनोविज्ञान, सौन्दर्यशास्त्र, आमसञ्चार, वातावरण आदिको भूमिकालाई उग्र महत्त्वका साथ अगाडि ल्याइएको मात्र हो । यी कुरालाई प्रगतिशील फा“टमा लाग्नेहरूले अहिले देखावटी रूपले होइन, गम्भीर रूपले स्वीकार गर्नुपर्ने आवश्यकता पनि छ । त्यसैले अब उत्तरआधुनिकतासित तर्सेर अलमलिने होइन, तिनका ‘मुद्दहरू’लाई माक्र्सवादसित जोडेर हेर्ने बुद्धिजीवी र लेखकहरूको खा“चो हामीलाई छ ।

नेपालीमा जुन ढङ्गले उत्तरआधुनिक सिद्धान्तहरूको चर्चा भइरहेको छ र यसका अनुयायीहरू बढिरहेको देखिन्छ, त्यसका पछाडि इन्द्रबहादुर राईको लीलालेखनको निकै ठूलो हात छ । उनको लेखनको स्तरीयता र प्रतिबद्धताको भूमिकालाई उत्तरआधुनिकताको प्रवेशले निकै चर्चित बनाइदिएको हो । गोविन्दराज भट्टराई, कृष्ण धरावासी, नारायण वाग्ले आदिको लेखनले यसलाई झन् व्यापक बनाउ“दै कखग पढ्नेहरूसमक्ष पु¥याएको छ । त्यसैले उत्तरआधुनितालाई ‘हल्ला’ को संज्ञा दिएर मात्र प्रगतिशीलहरूले छुट्टी पाउने सम्भावना छैन । उनीहरूको समकक्षमा आउने स्तरीय कृति सिर्जना गर्ने र आमसञ्चारलाई आफ्नो हितमा उपयोग नगरी यसमा सफलता हात लाग्ने देखि“दैन । पु“जीवादका असफलतालाई देखाउन त्यसकै उपकरणहरूलाई प्रयोग गर्न सकियो भने हामी अघि बढ्न सक्छौ“ । परम्परागत माक्र्सवादी शब्दावलीको रटाइबाट मात्र त यसको एउटा त्यान्द्रो गलाउन पनि सकिन्न ।

पारिजात र रमेश विकलजस्ता नेपाली साहित्यकारहरूले आर्जन गरेको उदात्त प्रगतिशीलतालाई अघि बढाउ“दै पछिल्लो समयमा नारायण ढकालको प्रेतकल्प र युग पाठकको उर्गेनको घोडाजस्ता कृतिबाट प्रगतिशीलहरूले गर्व गर्ने अस्त्र पाएका छन् । प्रगतिशील फा“टमा उत्कृष्ट सिर्जनाबिना तर्कहरू मात्र गरेर पाठकलाई भुलाउन सकिन्छ कि भन्ने भ्रम अझै पनि छ । गोलमटोल भाषामा होइन, स्पष्टसित औ“लाले देखाउन सक्ने कृतिहरू हामीले सिर्जना गरौ“ । अनि उत्तरआधुनिक बहसको भूमिका त्यसै न्यून ह“ुदै जानेछ । सङ्कुचित भएर पार्टीसाहित्य, पार्टीसमालोचना र निर्देशित लेखनमा मात्र लागेर शास्त्रीयतावादी बनिरहने हो भने त उत्तरआधुनिकता प्रगतिशीलहरूमाथि हाबी हुने निश्चित छ । त्यसैले अनावश्यक तर्कमा अलमलिन छाडेर प्रगतिशीलहरूले कलात्मक र प्रभावकारी सिर्जना गर्नमा समय र श्रम लगाए भने उत्तरआधुनिकताको भूत आफै“ नेपाली समाजबाट हटेर जान्छ र प्रगतिशीलहरूले चाहेको अग्रगामी नेपाली समाजको स्थापनातर्फ हाम्रा पाइला अगाडि बढ्न सक्तछन् ।

सन्दर्भ
इग्लेटन, टेरी. सन् १९८४. लिटरेरी थिअरीः यान इन्ट्रोडक्सन. फिप्थ रिप्रिन्ट, मिनेपोलिसः युनिभर्सिटी अफ् मिनेसोटा प्रेस ।
एटम, नेत्र. २०६७. नेपाली डायस्पोरा र अन्य समालोचना. काठमाडौ“ः एकता बुक्स ।
डिकेन्स, डेभिड आर्. र एन्डे फोन्ताना (सम्पा.) सन् १९९४. पोस्टमडर्निज्म यान्ड सोसिअल इन्क्वायरी. न्यू योर्क, लन्डनः दि गुइल्फोर्ड प्रेस ।
नायर, प्रमोद के. सन् २०१०. कन्टेम्पोररी लिटरेरी थिअरी यान्ड कल्चरल थिअरीः फ्रम स्ट्रक्चरलिज्म टू इकोक्रिटिसिज्म. नोइडाः डोर्लिङ (इन्डिया) प्रा.लि. ।
पाण्डेय, तारकान्त. २०६५. अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध. काठमाडौ“ ः वाङ्मय प्रकाशन तथा अनुसन्धान केन्द्र ।
भट्टराई, गोविन्दराज. २०६४. उत्तरआधुनिक विमर्श. काठमाडौ“ः मोडर्न बुक्स ।
बराल, ऋषिराज. २०६३. उत्तरआधुनिकतावाद र समाकालीन यथार्थ. काठमाडौ“ः प्रगतिशील साहित्य अध्ययन केन्द्र ।
सुवेदी, पुरुषोत्तम. २०६६. सङ्क्रमणको साहित्य र समकालीनता. ललितपुरः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 26 श्रावण, 2067

लेखकका अन्य रचनाहरु