गजल

- नवराज सुब्बा

मैदानमा यो कस्तो खेल खेल्छौ साथी
जित्नलाई हरदम् झेल खेल्छौ साथी ।

मुक्ति निम्ति लडेको रोग, भोक बिरुद्ध
खान छाडेर उल्टो बेल खेल्छौ साथी ।

अशान्त आकाश खडेरी छ शान्तिको
चोर हैन साधुसित नेल खेल्छौ साथी ।

कैले आउला अब गरिखाने दिन भन्छु
दुवै कानमा हालेर तेल खेल्छौ साथी ।

नजिस्क घरिघरि बहने यो लहरसित
नपत्याउने खोलाको भेल खेल्छौ साथी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2067

लेखकका अन्य रचनाहरु