गजल

- आचार्य प्रभा

तिमीलाई माया माग्न, नजर झुकाइ आएँ आज
तिम्रो साथ पाउँ भनी, मन्दिर मन्दिर धाएँ आज ।

जिउनुको अर्थ छैन, हुँदैन सामिप्य भने तिम्रो
तिम्रै माया सम्झी मैले, रचेर गजल गाएँ आज ।

झरीदिन्छ बर्षा भइ,नयन अनायस् किन किन
नमेटिने याद साँची,मायाको तगारो लाएँ आज ।

संसारको रित भन्दा, मायाको आधार बेग्लै हुँदा
आजन्मको साथ दिन, कसम मनले खाएँ आज ।

ईश्वरको बर भनुँ, भाग्यको लेखनी भनुँ तिमी
हृदयले चाहे जस्तै, मायाको अवतार पाएँ आज ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 भाद्र, 2067

लेखकका अन्य रचनाहरु