गजल

- आचार्य प्रभा

मलाई तिम्रो चाहाना भन्दा प्रीत मीठो लाग्छ
मायाले दे'को कोशेली भन्दा गीत मीठो लाग्छ ।

उपहार् भनि पर्दैन दिन हीरा मोती अब
मलाई तिम्रो साहारा भन्दा हित मीठो लाग्छ ।

मायाको चिनो चाहिन्न अब साथ तिम्रो पाए
सम्पत्ति भन्दा मायाले दे'को जित मीठो लाग्छ ।

चाहिन्न फेरि खुशीको शब्द हात दिए पुग्छ
समर्पण् भन्दा दुखकै बरु मीत मीठो लाग्छ ।

कहिले पनि नदिनु तिम्ले हाँसो लेउ भनि
नछाड्ने साथ कसैको पनि रीत मीठो लाग्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 5 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु