बडाबा र क्रान्ति

- सलोजा

उसलाई नदेखेको २५ बर्ष पुगेछ । कति लामो प्रतिक्षा? कस्तो धैर्यता ? आफैं अचम्म पर्छु । यति लामो समयसम्म नदेख्दा पनि किन उसको यादले घरि घरि सताउ“छ ? किन यस्तो हुन्छ ? यस्तै प्रश्नहरूको घेराभित्र बस्दासमेत आनन्द आउने । कस्तो समय ? कहिले काही सपनीमा समेत आउन थालेको छ । मेरा लागि सेतो हिमाल बोकेर आउ“छ, हरियो पहाड भएको । कस्तो सुन्दर छ है त्यो । मनमनै मुस्काउ“छु । मेरो सपनी, उसको याद । जंगलमा भेडा चराउ“दै गर्दा पिपिरीको धुनस“गै उसले गाएको गीत । अहिले जस्तो लाग्छ ।

श्याम, सबैले माइलो भन्थे । पढाईमा समेत तेज थियो । हामीले स“गै एलएलसी दियौ“ । स्कुलमा कहिल्यै दोस्रो भएन । खेलकुद, हाजिरीजवाफ प्रतियोगिताका पुरस्कारहरू सबै उसैको पोल्टामा पर्थे । बुबाको साह्रै प्यारो थियो । जमीन्दारलाई हजुरबाको पालादेखिको ऋण तिर्दा तिर्दा हैरान भएका बडाबाको आधार थियो माइलो । उनी अन्याय र अत्याचारको विरोधमा हुन्थे । निरीह विवशता, बडाबाले कहिल्यै प्रतिकार गर्न सकेनन् । कारण एउटै थियो, गरिबी । न उनीस“ग धन थियो, न त आफन्त । निराश देखिन्थे बडाबा ।

एक दिन सुनेछन्, अत्याचारको विरोधमा लड्नेहरूको कथा । आफू अन्यायमा परेको थाहा पाएका बडाबाले आशाको केन्द्र माइलालाई त्यही बाटोमा हि“डाए । माइलोलाई आफूले सुनेको कथाको हिरोझै“ सम्झे बडाबाले आनन्द माने । र, एकपटक मज्जाले हाँसे ।

उनले सुनेका थिए, नाम परिर्वतन गरेपछि दुश्मनहरूले समेत चिन्दैनन् । त्यसैले माइलाको परिचय नै परिर्वतन गरिदिए, क्रान्ति । हि“ड्ने बेलामा दिएको नाम हो यो । उनले भनेका थिए, क्रान्ति अब कसैले पनि मैले जस्तो निरीह भएर बा“च्न नपरोस् । श्रम गरेर पसिना चुहाएपछि शान्तिको सास फेर्न पाइयोस् । एक पेट खानकै लागि साहूकोमा धाउन नपरोस् । “तँ मेरो आशाको केन्द्र होस्, अरूको पनि आशाको केन्द्र बन्नू” रातो टीका र दुबोको पाती लगाई दि“दै बडाबाले भनेका थिए । बडीआमा खुब रोइन् । बडाबाले नै सम्झाए “कालु, नरोऊ माइलो हाम्रो मात्र छोरा होइन, हामी जस्ताहरूको छोरा हो । उसले केही गर्नुपर्छ, रोक्नु हु“दैन ।” उनले बडीआमाको ढाडमा सुमसुम्याउ“दै भनेको, अहिलेजस्तो लाग्छ ।

रातो टीका र आशीर्वादस“गै घरबाट हि“डेको माइलो कहिल्यै फर्केन । ऊ हि“डेपछि गाउ“मा धेरै परिर्वतन आयो । मोटरबाटोको चर्चा चल्यो । गाउ“मै विद्यालय र धारा बन्ने कुराहरू भए । धेरै नयाँ अनुहार थपिए । तर, माइलो आएन । चाडबाड आयो कि बडीआमा डा“को छोडेर रून्थिन् । माइलोको सम्झना नआएकै भए हुन्थ्यो जस्तो लाग्छ मनाई पनि । उसलाई सम्झ“दा गाउलेहरू नरमाइलो मान्थे । नपाउनुको थियो माइलो ।

लामो समयसम्म बेखबर माइलाको खवर सुखद् आएन । सारा गाउ“ .शोकमा डुब्यो । बडीआमा धेरै रोइन् । हुन त जवान छोराको मृत्युको खबरले कसको मन रू“दैन र ?

सबैले माइलो अमर भयो भने । माईलाको खबरले धेरै दुःखी भए । तर, बडाबाले गर्भ मात्र गरे । माइलाको मृत्युको खबर सुन्दा कत्ति पनि खेद गरेनन् । उनी भन्थे माइलो अमर भयो । उनलाई विश्वास थियो, मेहनती र सबैको भलो चिताउने माइलोको रगतले सिं“चिएको यो भूमिले कसैको अधिनायकत्व सहनु पर्दैन । अरूको चाकडी बजाउनु पर्दैन । बडाबा सधै“ आन्दोलन र क्रान्तिको पक्षमा मात्र लागिरहे ।

माइलाको अमरत्वपछि बडाबाले ठूले र सानेलाई पनि त्यही पथमा लाग्न पटकपटक आग्रह गरिरहे । तर, बडीआमा बडो चिन्तित हुन्थिन् । दुई बर्षदेखि सानेले पनि गाउ“ छोड्यो । ऊ गाउँ फर्किएको छैन । ठूले पनि शहरतिरै छ ।

एक हल गोरु, भै“सी र बाख्राको स्याहार गर्दैमा बडीआमालाई फुर्सद छैन । चौबीसै घण्टा घरैको कामबाट फुर्सद नहुने बडीआमा घरिघरि एक्लै रून्छिन् । उनलाई माइलाको खुब याद आउ“छ रे । माइलो खोज्न गएको सानेसमेत नफर्किएपछि त बडीआमा होशमा पनि छैनन् । सधै“ अन्याय र अत्याचारको विरोध गर्नुपर्छ भन्ने बडाबा यसपालि शहर पसेका छन् । माइलोस“गै साने पनि घर नफर्किएपछि बडाबा समेत चिन्तित देखिन्छन् ।

शहरबाट फर्किएका बडाबा एक हप्तादेखि बेहोश भएका छन् । छिनमा होश आउ“छ । फेरि लोलाउ“छन् । धेरै दिनको बाटो हि“डेर आएका बडाबालाई थकाई लाग्यो होला भनियो । तर, होइन रहेछ । शहरबाट फर्किएपछि कोहीस“ग पनि राम्ररी बोल्दैनन् । न हा“स्छन्, न त खान्छन् । बडीआमा उत्तिकै चिन्तित छन् । आजभोलि त अ“गेनामा आगो बल्नसमेत छाडेको छ । ठूलेको खबर पनि भनेन । पल्लाघरे कान्छोस“गै शहरबाट फर्केका थिए । ठूलेको खबर कान्छोले ठीकै छ भन्थ्यो । राम्रै होला । बडीआमाालाई सारी, चोलोसमेत पठाएको रहेछ । काम त खै के गर्छ कान्छालाई समेत थाहा भएनछ ।

नयाँ लुगामा रमाउने बडीआमाले ठूलेले पठाएको फूलबुट्टे सारीको पनि वास्ता गरिनन् । बर्षौंदेखि फाटेको गुन्यू लगाएकी छिन्, यसपाली पनि फेरेकी छैनन् । बेहोशीमै माइलालाई बोलाउ“छिन् । घरिघरि बडाबालाई पनि गाली गर्छिन्, छोराको मृत्युको कारण यिनै बूढा हुन् । यिनको रहरले छोराको ज्यान गयो ।

यो रात, यो शून्यता । कस्तो उदेक लाग्दो समय । मैले सम्झिरहेकी छु । माइलो यस्तै रातमा कसैको निशानी बनेको हुनुपर्छ । बडाबाले पनि सुनेका थिए । माइलाको अमरत्वस“गै बडाबाले छाती ठूलो पारेर भनेका थिए, “क्रान्ति तँप्रति गर्व गर्छु, तेरो सपना साकार हुनेछ । मर्न दिनेछैनन् कसैले तेरो चाहना ।”

धेरै हिउ“द गए । माइलाको सपना पनि तिनै हिउ“दस“गै थोत्रिए । त्यो सपना पूरा हुने छा“ट देखिएन । बडाबा निराश बने । शहर पसेपछि मात्र थाहा पाए, बडाबाहरूको सपना त महलभित्रै कैद भइसकेछ । त्यत्रा ठूला महलमा कसरी कैद भए माइलाबाका सपना ?

अहिले पनि माइलाको साहसलाई सम्झन्छु । ऊ सपनाको राजकुमार पनि हो । मैले देखेकै सपना उसले पनि देखेको हुनुपर्छ । गाउ“ छाडे पनि माइलाले मलाई बिर्सेको थिएन । हाम्रो गाउ“मा आउनेहरूले यस्तै भन्थे । माइलो मेरो कुरा गरिरह“दो रहेछ । घरकी बूढी आमालाई एक्लै पारेर गाउ“ छोड्न सकिन“ । माइलो मेरो रहर थियो, चाहना पनि । जसरी बडाबाको आशाको केन्द्र थियो ।
मुलुकमा फेरि आगो बल्न लागेको छ । आन्दोलन हुन्छ रे । आन्दोलनको कुराले बडाबालाई झस्काउछ, एक्लै र्बबराइरहन्छन् ।

एक रात बडाबा खुब चिच्याए, “चाहि“दैन परिर्वतन, गर्दिन आन्दोलन । जहिल्यै पनि गरिबले भोकै मर्नुपर्छ भने, ना¨ै बा“च्नुपर्छ भने किन चाहियो परिवर्तन ? कस्का लागि गर्ने क्रान्ति ? अब सन्तान पनि गुमाउ“दिन । के पाएँ क्रान्तिमा सन्तानलाई होमेर ? के भयो मुलुकमा ?” आजभोलि बडाबा आन्दोलनको कुरा सुन्यो कि यसैगरी चिच्याउ“छन् ।

ओखलढुङगा, हालः काठमाडौ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु