उत्तरआधुनिकतासम्बन्धी विभ्रम

- डा. खगेन्द्रप्रसाद लुइटेल

१. विषयप्रवेश
उत्तरआधुनिकता एक्काईसौं शताब्दीको एउटा महत्वपूर्ण परिचायक अभिलक्षण भएकाले उत्तरआधुनिकताबारे चर्चा गर्नुपूर्व एक्काईसौं शताब्दीबारे जानकारी आवश्यक छ । शताब्दी सय वर्षको समयबोधक सङ्ख्यावाची शब्द हो । प्रचलित परम्पराअनुसार ठीक अगिल्लो सयले ठीक पछिल्लो शताब्दीलाई बुझाउँछ । एक्काईसौं शताब्दीले सामान्यतया २००० सालपछिको अर्थात् वर्तमानको पछिल्लो कालखण्डलाई द्योतन गर्छ । शताब्दी सय वर्षको समयबोधक सङ्ख्यावाची शब्द भए पनि एक्काईसौं शताब्दीचाहिँ यही अर्थमा मात्र सीमित छैन । अहिले यो शब्द विशिष्ट पारिभाषिक–प्राविधिक शब्द बनी त्यसैअनुरूप प्रयुक्त पनि छ । सङ्ख्याका दृष्टिले २००० सालदेखि यताको अर्थात् वर्तमानको पछिल्लो कालखण्ड वा समयावधिलाई बुझाउने एक्काईसौं शताब्दीले प्रवृत्तिगत दृष्टिबाट अधुनातन र नवीन दृष्टिकोणलाई बुझाउँछ । यसरी एक्काईसौं शताब्दी समय र प्रवृत्ति दुवै अर्थमा प्रयुक्त भए पनि खासमा यो शब्द नवीन प्रवृत्तिकै अर्थमा बहुप्रचलित छ । यसर्थ एक्काईसौं शताब्दी भनेको नवीन र अधुनातन दृष्टिकोणयुक्त पछिल्लो वा वर्तमान समयको एउटा महत्वपूर्ण कालखण्ड हो ।

समयावधिका दृष्टिले मात्र हेर्ने हो भने हामी नेपालीहरू एक्काईसौं शताब्दीको उत्तरार्धतिर आइपुगिसकेका छौं भने पश्चिमी मुलुक भरखरै मात्र एक्काईसौं शताब्दीमा पाइला टेक्दैछ । प्रवृत्तिगत सन्दर्भबाट हेर्दा आधुनिक चेतना, विकास आदि विभिन्न कोणबाट पश्चिमाहरू निकै अगि बढिसकेको अनि हामी र हाम्रो मानसिकता एवं गतिविधि एक्काईसौं शताब्दीअनुरूप विकसित नभएको अझ भनौं भने सोरौं शताब्दीबाट उकालो चढ्न नसकेको तथ्य सर्वविदितै छ । यसरी हामी वmुुरामा मात्र एक्काईसौं शताब्दीमा छौं भने काममा एक्काईसौं शताब्दी टेक्न अझै लामै प्रतीक्षाको आवश्यकता छ । हाम्रो मानसिकतामा आमूलचुल परिवर्तन नआउन्जेल पश्चिमाहरूले निर्माण गरिदिएका घरमा प्रवेश गरेका भरमा हामी पनि एक्काईसौं शताब्दीमा छौं भन्नुको खास औचित्य रहन्न । भाषा, साहित्य, कला, संस्वृmति, रहनसहन, जीवनशैलीलगायतका यावत् सन्दर्भमा हामीले एक्काईसौं शताब्दीअनुरूपको मानसिकता र गतिविधि शीघ्रातिशीघ्र विकसित गर्नु अपरिहार्य भइसकेको छ ।

विश्वराजनीतिमा एकत्ववादको बोलवाला बढ्दो छ । फुटाऊ र एकछत्र राज्य गर भन्ने नीति विकसित हुँदोछ । आणविक शस्त्रास्त्रको होडबाजी त्यत्तिकै बढ्दो छ । दिनदिनै शक्ति राष्ट्रहरू आणविक परीक्षणको नाममा कमजोरलाई तर्साउन व्यस्त छन् । कमजोर राष्ट्रको सार्वभौमसत्तासमेत अस्तित्वविहीन बन्न पुगेको छ । आणविक हातहतियार शक्तिशालीले मात्र निर्माण र उपयोग गर्न पाउने, वैयक्तिक आशङ्का र लिंडेढिपीका कारण स्वतन्त्र देश छिन्नभिन्न हुने तथा गृहयुद्धमा रुमलिने अवस्था सिर्जना हुँदोछ । शक्तिशालीका अगाडि कमजोरहरू निरूपाय बन्न पुगेका छन् । समग्रतः वर्तमान विश्वपरिवेश अत्यन्तै जर्जर अवस्थामा गुज्रिरहेको छ । विश्वको राजनीतिक परिवेशले साहित्यलाई पनि प्रत्यक्ष प्रभाव पार्छ नै । अहिले पनि एकथरी साहित्य शक्तिकै भक्तिमा केन्द्रित छ भने अर्कोथरी साहित्य युगीन जननीवनमा व्याप्त विवृmति र विसङ्गतिको चित्रण वा विरोधमा केन्द्रित छ । यति भएर पनि साहित्यमा दिनानुदिन नयाँनयाँ बान्कीहरू निर्माण हुँदा छन् र साहित्य नवीननवीन बान्कीका साथ अगि बढ्दो छ । यो एक्काईसौं शताब्दीका साहित्यको महत्वपूर्ण प्रवृत्ति हो । अपेक्षाकृत नभए पनि नेपाली साहित्यसमेत यसबाट पूरै अछुतोचाहिँ छैन ।

२. उत्तरआधुनिकता : सैद्धान्तिक परिचय
एक्काईसौं शताब्दीमा सर्वत्र व्याप्त रहेको उत्तरआधुनिकता एउटा व्यापक दृष्टिकोण भएकाले यससम्बन्धी अनेक विभ्रमहरू व्याप्त छन् । उत्तरआधुनिकतासम्बन्धी विभ्रमहरूको पहिचानका लागि आधुनिकता (modernismm) र उत्तरआधुनिकता (postmodernism) का बीचको अन्तर्सम्बन्ध र अन्तर्विरोधबारे बुझ्नु आवश्यक छ । आधुनिकतावाद र उत्तरआधुनिकतावाद कतिपय सन्दर्भमा समान र कतिपय सन्दर्भमा भिन्न दृष्टिकोण हुन् । यी दुवैमा बीसौं शताब्दीका व्यक्तिले भोग्ने चिन्ता तथा विरानोपनका अनुभूतिहरू समान रूपमा व्यक्त गरिन्छन् भने अन्य विविध भिन्नताहरू पनि छन् । आधुनिकता र उत्तरआधुनिकतामा वैयक्तिक भोगाइ र अनुभूतिहरूबारे केही समानता पाइए पनि यिनमा पर्याप्त भिन्नता पनि छ । सामान्यतया प्रथम विश्वयुद्धपछिको समयावधिलाई आधुनिक युग र द्वितीय विश्वयुद्धपछिको समयावधिलाई उत्तरआधुनिक युग मानिन्छ । आधुनिकतावाद बद्ध, निश्चयात्मक, उपस्थित, आख्यानात्मक, सार्वकालिक, अनुशासित, गहन, पठनसङ्केतित, संश्लेषणात्मक, पूर्ण उत्पादनमूलक आदि गुणले ओतप्रोत हुन्छ भने उत्तरआधुनिकतावाद मुक्त, अनिश्चयात्मक, अनुपस्थित, प्रतिआख्यानात्मक, तात्कालिक, अराजक, सतही, विपठनसङ्केतित, व्यतिरेकी, प्रव्रिmयामूलक आदि गुणयुक्त हुन्छ । आधुनिकता औद्योगिकीकरणको प्रक्रिया, विज्ञान र प्रविधिको विकास, सहरीकरणको प्रवृत्ति, राष्ट्रका रूपमा राज्यहरूको स्थापना र पूँजीमुखी विश्वबजारको अभ्युदय आदिको परिणति हो भने उत्तरआधुनिकता स्वयं आधुनिकताबाट विच्छेद हो । आधुनिकता एकत्ववादी धारणा हो भने उत्तरआधुनिकतालाई बहुत्ववादी धारणा हो । यस्तैगरी आधुनिकता स्थिरता, निश्चयात्मकता र निर्माणसँग सम्बद्ध छ भने उत्तरआधुनिकता अस्थिरता, अनिश्चयात्मकता र विनिर्माण वा भत्काइसँग सम्बद्ध छ ।
उत्तरआधुनिकतावाद शब्दको प्रयोग आर्नोल्ड टोयन्बीले १९३९ मा दुई विश्वयुद्धका बीचको समय जनाउनाका लागि गरेको पाइए तापनि यसको विस्तार र विकास दोस्रो विश्वयुद्धपछिका दशकहरूमा भएको हो । उत्तरआधुनिकतावादको प्रारम्भबारे पनि प्रशस्तै मतभिन्नताहरू छन् । यसको थालनी समयबारे सन् १९४५ देखि सन् १९८० सम्मका विभिन्न समयबिन्दुको उल्लेख पाइए तापनि १९६० का दशकपछिको समयावधिलाई नै मोटामोटीमा यसको उठानबिन्दु मानिएको छ ।
उत्तरआधुनिकताको विकासबारे निम्नलिखित तीनवटा प्रमुख दृष्टिकोणहरू बढी प्रचलित रहेका छन् ः
उत्तरआधुनिकता आधुनिकतालाई समाप्त पारी त्यसको विरोधमा आएको प्रवृत्ति हो ।
उत्तरआधुनिकता आधुनिकताबाट विकसित अवधारणा भएकाले यो आधुनिकताकै विस्तार र निरन्तरता हो ।
उत्तरआधुनिकतामा कतिपय आधुनिकताका धारणाहरू विद्यमान रहेका र कतिपय नयाँ धारणाहरू समाविष्ट हुन आएका हुँदा यो केही मात्रामा आधुनिकता र केही मात्रामा नयाँ प्रवृत्ति हो ।

उत्तरआधुनिकता शब्दलाई सार्थक र निरर्थक दुवै रूपमा लिएको पाइन्छ । यसलाई उदारवादी आन्दोलन, रूढिवादी आन्दोलन, नवरूढिवादी आन्दोलन, नवअग्रसरवाद आदि पनि भनेका छन् । आधुनिकता र उत्तरआधुनिकतामा स्पष्ट सीमारेखा कोर्न सम्भव नभएकाले पनि उत्तरआधुनिकता शब्दको प्रयोगमा अस्थिरता देखिएको हो । यसको अर्थ ठाउँ, सभ्यता र संस्कृतिअनुसार भिन्नभिन्न हुने भएकाले पनि यसलाई परिभाषित गर्न कठिन छ ।

दोस्रो विश्वयुद्धपश्चात् खासगरी सन् १९६० को दशकपछि अमेरिकाली तथा युरोपेली परिवेश बदलिन्छ र नवीन अनुभूतिले जन्म लिन्छ । दोस्रो विश्वयुद्धमा भएको भयङ्कर मानव विनाशको भयावहताका साथै नागासाकी र हिरोसिमाजस्ता डरलाग्दा परिणामको अनुभूति, नाजी सर्वसत्तावादीहरूको चरम दमन, निरन्तर चर्किंदो शीतयुद्ध र विश्व मानव तथा प्रकृतिको सर्वनासको आणविक खतरा, जातीय कटुता र विभेदको खाडल, सूचना प्रविधिको अभूतपूर्व विकास आदिका कारण वर्तमान विश्वकै परिवेशमा ठूलो अन्तर आएको छ । सांस्कृतिक विनाश, मूल्यमान्यताको विघटन, विज्ञानको अभिशापयुक्त स्वरूप, आर्थिक विषमता, जीवनगत जटिलता आदिका कारण मानिसको सोचाइमा नै परिवर्तन आएर उत्तरआधुनिकतावादले आप्mनो स्वरूप ग्रहण गरेको हो ।

उत्तरआधुनिकतावादको थालनी कलाका क्षेत्रबाट भएको मानिन्छ । यसको प्रथम र प्रारम्भिक प्रयोग आधुनिकतावादी कलाबाट विच्छेदका रूपमा भएको हो । कलाक्षेत्रबाट यसको प्रसार सामाजिक–सांस्कृतिक सिद्धान्तका क्षेत्रमा हुन गएको देखिन्छ । उत्तरआधुनिकतावादले अत्यन्त ठूलो क्षेत्र ओगटेको छ । यो साहित्यका अतिरिक्त कला, सङ्गीत, नृत्य, दर्शन, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण, विज्ञान, स्थापत्य, न्याय आदि ज्ञानविज्ञानका सबैजसो क्ष्ँेत्रमा फिंजिएको छ । उत्तरआधुनिकतावादको ठूलो छाताभित्र साहित्य सिद्धान्त तथा समालोचनाका विनिर्माणवाद, नारीवाद, नवइतिहासवाद, नवव्यावहारिकतावाद, नवमाक्र्सवाद आदिसमेत समेटिन्छन् ।

साहित्यिक सिर्जनातर्पm कवितामा जोन यास्बरी, रिचार्ड हवर्ड, जेम्स मेरिल, मरिन ओवेन, म्याक्सिन सेर्नोफ, जोरी ग्राहम† नाटकमा ≈यारोल्ड पिन्टर, इडवार्ड एलबी, रोबर्ट विल्सन† उपन्यासमा विलियम बरो, डोनाल्ड बार्थलिम, जोन बार्थ, टमस पिन्चन, डेविड सिल्ड, क्याथी एकर, डन डेलिल्लो† साहित्यसिद्धान्तमा रोलाँ बार्थ, जाक डेरिडा, जाक लकँ, मिसेल फुको, जुलिया व्रिmस्टिभा आदि विभिन्न विधाका प्रमुख उत्तरआधुनिकतावादी स्रष्टाहरू हुन् । उत्तरआधुनिकतावादको विकासमा यी विभिन्न विद्वान्हरूको महत्वपूर्ण भूमिका रहे तापनि यसका प्रमुख प्रतिपादक र व्याख्याता ज्या–फ्राँस्वाँ ल्योटार्डलाई मानिन्छ । यस्तैगरी उत्तरआधुनिकतावादको सैद्धान्तिक व्याख्याताहरूमा टमस पिन्चन तथा इहाव हसनको विशेष उल्लेखनीय भूमिका रहेको छ ।

विश्वको परिवर्तित परिवेशका कारण चिन्तनका प्रत्येक क्षेत्रमा नौलानौला विषयहरूको समावेश भएजस्तै साहित्यमा पनि नौलानौला विषयहरूको समावेश भएको छ । यस व्रmममा अकविता, अकथा, अउपन्यास, अनायक, अरूपण, विसङ्गति, छन्दमुक्तता तथा प्रयोगहरूको विधाभञ्जकता, अन्तर्पाठात्मकता आदिका रूपमा अमूर्त एवं नवीन प्रयोगहरूले महत्वपूर्ण स्थान पाएका छन् । उत्तरआधुनिकतावादीहरूले विभिन्न विधाहरूमा लगातार मिश्रण गरिरहने हुँदा उनीहरू परम्परित ढङ्गमा छुट्याइएभैmँ यसको वर्गीकरण गर्न कठिन हुने मान्छन् ।

उत्तरआधुनिकतावादीहरू केही पनि अन्तिम सत्य हुँदैन, त्यो आभास मात्र हुन्छ भन्छन् । विषय र प्रयोगको अत्यधिक विविधता र नवीनता उत्तरआधुनिकतावादको एउटा खास विशेषता नै हो ।

उत्तरआधुनिकतावादमा प्राचीन केन्द्रक भत्किएर नयाँनयाँ धेरै केन्द्रकहरू बनेका छन् र विषयगत विविधता आएको छ । प्राचीन केन्द्रकका रूपमा रहेका पुरुष, गोरा, उच्चहरूलाई मात्र केन्द्रक नमानी नारी, समलिङ्गी, काला, दलित, अल्पसङ्ख्यकहरू पनि केन्द्रक बनी एक केन्द्रकताका सट्टा बहुकेन्द्रकताको स्थापना भएको छ । बहुकेन्द्रकताका कारण पहिले मान्यता नपाएका लघु, अल्प र अन्यले समेत मानवीय सम्मान प्राप्त गर्न थालेका छन् । यसरी उत्तरआधुनिकतावादले परम्परित तथा शक्तिशाली एककेन्द्रकताका ठाउँमा विविधतायुक्त बहुकेन्द्रकतालाई सर्वोपरि महत्व दिएको छ ।

उत्तरआधुनिकतावादीहरूले भाषाको पनि नवीन प्रयोगहरू गरेका छन् । नवीन भाषाको सिर्जना मुख्यतः सूचना प्रविधिले गर्छ र यस्तो भाषालाई वैज्ञानिक सङ्कथन भनिन्छ । यसका विपरीत साहित्यमा प्रयुक्त हुने भाषा मुख्यतः आख्यानात्मक सङ्कथन भए पनि त्यसमा वैज्ञानिक सङ्कथनका नवीनताले प्रभाव पार्दै लगेको देखिन्छ । यिनीहरू भाषालाई यथार्थको प्रतिनिधित्व गर्ने साधन नमानी यो स्वयं एउटा यथार्थ हो भन्ने मान्छन् ।

उत्तरआधुनिकतावादीहरू साहित्यको भाषालाई आख्यानात्मक भाषा भन्छन् । सबै साहित्यकारहरूले प्रयोग गर्ने आख्यानात्मक भाषा सङ्केतात्मक तथा लाक्षणिक हुने हुँदा यो घुमाउरो, अतिनिश्चित र अनेकार्थक हुन्छ । यसका विपरीत वैज्ञानिक भाषा अभिधात्मक हुने हुँदा सोभैm अर्थ लाग्ने एकार्थक खालको हुन्छ । उत्तरआधुनिकतावादीहरू सङ्कथनलाई ज्ञान र अनुभव नमानी त्यसको विमर्श मान्छन् । ज्ञान वा अनुभवका क्षेत्रअनुसार सङ्कथनहरू भिन्नभिन्न हुन्छन् । साहित्यिक सङ्कथनलाई पनि कविता, उपन्यास आदि वा रूप, संरचना आदि वा छन्द, अलङ्कार आदि विभिन्न वर्गमा बाँडेर हेरिन्छ । प्रत्येक सङ्कथनमा भाषा खेलका नियमानुसार भाषाको विविध प्रयोग गरिन्छ ।
उत्तरआधुनिकतावादका प्रमुख परिचायक अभिलक्षणहरू निम्नलिखित छन् ः
उत्तरआधुनिकतावाद एकत्ववादको विरोध गर्ने र कुनै एक पक्ष, पद्धति, प्रव्रिmया, विचार, दृष्टिकोण, शैली आदिलाई महत्व नदिई सबैलाई महत्व दिने बहुत्ववादी÷बहुलवादी प्रवृत्ति हो ।

यसले परम्पराको विरोध गर्ने, पुराना मूल्यमान्यतालाई भत्काउने र कतिपय सन्दर्भमा सुधार गर्ने कार्य गर्छ ।
नयाँ प्रयोगलाई महत्व दिने हुँदा प्रयोगगत नवीनता यसको खास पहिचान हो । यसले विधाहरूको फरक समाप्त पारेर विधाहीनताको स्थिति पनि सिर्जना गर्छ ।

यो लेखकीय स्वतन्त्रताको पूरै समर्थन गर्ने र लेखनमा बाधारहित स्वतन्त्रताको अनिवार्यतालाई स्वीकार्ने प्रवृत्ति हो ।

यसले तथ्य, कल्पना र स्वैरकल्पनाको मिश्रण गरी नयाँ वास्तविकताको उद्घाटन गर्दै नवीन लोकको सृष्टि गर्छ ।
पहिले प्रश्रय नपाएकालाई प्रश्रय दिई नवकेन्द्रकहरूको स्थापना गर्ने र बहुकेन्द्रकताको धारणालाई मूर्त रूप दिने उत्तरआधुनिकतावादले उच्च संस्कृतिका ठाउँमा निम्न संस्कृतिलाई अँगाली त्यसको प्रभावकारी प्रस्तुति गर्छ ।
अन्तर्पाठात्मकताका कारण उत्तरआधुनिक रचनाहरूमा एउटा कृतिको अर्को कृतिसँग सम्बन्ध रहने हुँदा अरूपणको स्थिति पैदा हुन्छ ।

वर्तमान युगलाई प्राविधिक संस्कृतिको साइबर युग मान्ने उत्तरआधुनिकतावादले प्राविधिक संस्कृतिको विकासका कारण विश्व मानव समुदाय भूमण्डलीकरण भएको, सूचना र ज्ञानका सशक्त विद्युतीय साधनले साइबर संस्कृतिलाई जन्म दिएको र विश्वका सबै थरी मानिसलाई एक सूत्रमा जोडेर अन्तर्राष्ट्रियता वैयक्तिक पहुँचभित्र सीमित गरी ग्रामीणीकरणको सोचाइलाई अगि सारेको ठान्छ ।

उत्तरआधुनिकतावादलाई नकारात्मकताको बाहुल्य भएको सिद्धान्तका रूपमा हेरिन्छ । उत्तरआधुनिकतावादीहरू सत्यलाई सत्य होइन उपयोगी असत्य मान्छन् । उनीहरूका अनुसार कुनै पनि सत्य स्थिर, निश्चित र शाश्वत हुँदैन, त्यो अन्य सन्दर्भमा भत्किन्छ र त्यसले रूप फेर्छ । त्यस्तै कुनै पनि बार वा सीमा स्थिर तथा निश्चित छैन, त्यो भत्किएर विनिर्मित भइरहन्छ, वास्तविक ठानिएको पनि वास्तवमा वास्तविक हुँदैन । कुनै पनि विधा वा विषयलाई निश्चित परिभाषा वा रूपमा बाँध्न सकिंदैन, किनभने प्रत्येक वस्तुले आप््ःनो वर्तमान रूपलाई भत्काइरहन्छ र त्यो नवीन रूपमा प्रकट भइरहन्छ । उत्तरआधुनिकतावादीहरू कला, साहित्य, समाज, संस्कृति आदिलाई साँधसिमाना र रूपमा भत्किइरहने र विनिर्मित भइरहने कुरा मान्छन् । उत्तरआधुनिकतावादलाई वामसांस्कृतिक सिद्धान्ततर्पmको ढल्काइ तथा उत्तरवर्ती पूँजीवादको सांस्कृतिक तर्क मानिएको पनि पाइन्छ ।

समग्रमा बहुलतावाद, बहुकेन्द्रीयतावाद, नवअग्रसरता, प्राविधिक संस्कृति, उच्च संस्वृmतिको सट्टा निम्न संस्कृतिलाई महत्ता प्रदान आदिलाई उत्तरआधुनिकतावादका प्रमुख शक्ति तथा अपरिभाषेयता, अस्पष्टता, अनिर्णिता, विशृङ्खलता आदिलाई यसका मुख्य सीमा मानिन्छ ।

३. उत्तरआधुनिकता ः नेपाली सन्दर्भ
हामी नेपालीहरू एक्काईसौं शताब्दीको कुरा पर्याप्त गर्छौँ तर हाम्रो मानसिकता, गतिविधि र क्रियाकलाप त्यसअनुरूप पटक्कै छैन । एक्काईसौं शताब्दीको विश्वसाहित्यमा आमूलचुल परिवर्तन आइसक्दा पनि नेपाली साहित्यले उति ठूलो फड्को मारेको देखिन्न । साहित्य सिर्जना र समालोचनामा उता र यताको परिवेश निकै पृथक् छ । उताको साहित्यचिन्तन उत्तरआधुनिकतातर्पm उकालो लागिसक्दा यता भर्खर आधुनिकतातर्पm बामे सर्ने अवस्था छ । नेपालीमा अद्यावधि आधुनिकताको प्रारम्भ र विकासबारे मतान्तर प्रस्तुत गर्न एकथरी पाङ्दुरेहरू सक्रिय छन् । यो पश्चगमनको चरम नमुना हो । नेपालीका सन्दर्भमा सोरौं शताब्दीको मानसिकता बोकेका चाकडी–चाप्लुसीमा निर्लिप्त भएर त्यसैलाई योग्यता प्रमाणित गरी प्राज्ञिक संस्थाका उच्च पद हत्याउन पुग्ने छेपाराहरू र नातावाद एवं सर्वसत्तावादमा चुर्लम्म डुबेर यस्ता पद बाँड्न उद्यत भ्यागुताहरू आपूmलाई साहित्यको ठेकेदार व्याख्याता ठान्छन् । आधुनिकतासमेत पटक्कै नबुझेका मध्यकालीन मानसिकताका भरौटेहरूले उत्तरआधुनिकताको बखान गर्ने प्रवृत्तिले गर्दा हामीकहाँ उत्तरआधुनिकता नै बदनाम हुनपुगेको छ । पश्चिमतिर लवाइमा नग्नता छाएजस्तै नेपालीमा बज्रस्वाँठहरूको व्याख्याबाट उत्तरआधुनिकताको चिरहरण भएको छ ।

राष्ट्रिय राजनीतिमा समेत नग्नता छाएको वर्तमान नेपालमा कथित नेता र तिनका भरौटेहरूबाहेक सर्वसाधारण जनताको जीवनस्तर माथि उठ्नाको सट्टा झन् तलतल जाँदो छ र तिनले लोकतान्त्रिक मूल्य र मान्यताको सामान्य अनुभूति गर्नसमेत पाएका छैनन् । निष्पक्षता, तटस्थता र न्यायको अवस्था शून्य छ । योग्यताको कसी दलको सदस्यता र नेताको चाकडी बन्न पुगेको वर्तमान सन्दर्भमा कमाउदार पोथी बन्न पुगेको मानव अधिकार पनि शक्तिशालीमै केन्द्रित छ । यहाँ मानवअधिकार हनन हुँदा आप््ःनो मात्र हुन्छ, अरूको हुँदैन । राष्ट्रमा भ्रष्टाचार, अत्याचार, दुराचार, अनाचार, पापाचारमा कमी आउनुको सट्टा दिनानुदिन वृद्धि हुँदैछ । भ्रष्टाचारीहरू नै नेतृत्वपङ्क्तिमा बसेर भ्रष्टाचार विरुद्ध भाषण ठोक्दा छन् । उही प्रक्रियामा आपूm र आप्mना सत्तामा पुगे अग्रगमन, अरू पुगे प्रतिगमन हुन्छ । शैक्षिक–प्राज्ञिक संस्थासमेत भर्तीकेन्द्रमा रूपान्तरित हुँदा छन् । सत्तावादी एवं भत्तावादी चिन्तनको चरम विकास भएको छ र भाटगिरीहरू उच्च बौद्धिक व्यक्तित्वको बिल्ला भिर्न सफल छन् । शान्ति नेते भाषणमै सीमित छ । सर्वत्र हत्या, हिंसा, लुटपाट, चोरी, डकैती, अपहरण, बन्द, हड्ताल व्याप्त छ भने मर्ने–मार्ने र वीरगति प्राप्त गर्ने क्रम रोकिएको छैन । भिरबाट लडेर मर्नेसमेत सहिद र क्षतिपूर्तिका भागिदार हुँदा छन् । बढ्दो सहरीकरण र क्वाँटी संस्वृmतिको विकासका कारण मानवीय सहसम्पर्क र सहयोगी भावना दिनानुदिन घट्दो छ । राष्ट्र विदेशी हस्तक्षेपलगायतका चरम सङ्कटमा गुज्रिरहेको छ । तैपनि हामी नेपाली जीवितै छौं र हाम्रो नेपाल पनि स्वतन्त्रै छ । यस्तैयस्ता अनेकानेक विवृmति र विसङ्गतिका माझ हाम्रो साहित्यको चल्लो धिमा गतिमा अग्रगमनतर्पm लाग्दैजानुचाहिँ खुसीकै कुरा हो ।

हाम्रा केही साहित्यकारहरू २०० वर्ष अगिको पश्चिमा परिपाटीको अन्धानुकरण गरी नयाँ प्रयोग र निर्माण गरें भन्दै डङ्का पिटिरहेका छन् । कोही नयाँ प्रयोगका नाममा मनचिन्ते बखान गर्छन् र आप्mनो मूल्याङ्कन भएन भन्दै अरण्यरोदन गर्छन् । एकथरी साहित्यकार भनाउँदाहरू भित्रभित्रै आप्mनाबारेमा लेखाउनका लागि समालोचकहरूको चाकडी गर्दै हिँड्छन् र बाहिरबाहिर समालोचकहरूलाई नानाथरी गाली गर्नमै व्यस्त छन् । एकातिर आप्mना रचना विभिन्न तहका पाठ्यक्रममा समावेश गर्नाका लागि हदैसम्म गिरेर चाकडी गर्छन् र अर्कातिर प्राध्यापकीय समालोचना आदि फलाक्दै हिँड्छन् । त्यति मात्र होइन आजका हाम्रा लेखकहरूलाई कसैले उत्तरआधुनिक भनिदियो भने मख्ख पर्छन्† त्यो गाली हो कि प्रशंसा भन्ने बुझ्दैनन् । वास्तवमा उत्तरआधुनिकता विशुद्ध प्रशंसा मात्र नभएर गाली पनि हो भन्नेतर्पm आजका लेखक सचेत हुनुपर्छ । सामान्य अखबारी लेखनलाई पनि उच्चस्तरीय उत्तरआधुनिक लेखन आदि भनिदिनेहरूको सङ्ख्या पनि सारै न्यून छैन । यस्ता प्रायोजित विज्ञापनिक लेखनको आयु न्यूनातिन्यून हुन्छ भन्ने वmुरा पनि बुझ्नु आवश्यक छ ।

अहिले मुद्रणगत सुगमताका कारण साहित्य लेखन र प्रकाशनमा व्यापकता आएको छ । साहित्यकारको सङ्ख्या अगणित हुने अवस्था छ, तर वास्तविक साहित्यको सङ्ख्यामा ह्रास आएको छ । विभिन्न संस्था वा व्यक्तिका नामबाट आपैंm पुस्तक छापी घरमै थन्क्याएर स्वघोषित ठूलो साहित्यकार ठान्नेहरू पनि प्रशस्तै छन् । आप्mना बारेमा लेखिएन, आप्mनो मूल्याङ्कन भएन भन्दै हीनताबोधले छट्पटाएर समालोचकहरूलाई गाली गर्दै हिँड्ने आत्मप्रशंसक, आडम्बरी, मपाईंवादी फाइँफुट्टीबाजहरू पनि कम छैनन् । आजका कथित नेपाली साहित्यकारहरूमा व्याप्त यस्ता बहुलवादीवृत्तिलाई उत्तरआधुनिक अल्पचेतकै रूपमा लिनु बढी सान्दर्भिक हुन्छ । प्रयोगशीलता वर्तमान शताब्दीको विशिष्ट उपलब्धि हो, तर प्रयोग सार्थक र साभिप्राय नभई केवल प्रयोगकै लागि गर्ने अर्थात् जथाभावी भाँचवmुँच गरेर अरूभन्दा फरक हुने वृत्तिबाट साहित्यको चिरहरण गरी नाङ्गेझार पारेर अस्तित्व लुट्ने र लुटाउने कार्यलाई चाहिँ स्वाभाविक प्रयोग मान्न सकिन्न । वर्तमान युगमा नेपाली साहित्यले अनेक नौलानौला मोड र बान्की लिनुपर्नेमा उति लिएको छैन । केही मात्रामा विधाभञ्जनको स्थिति देखिए पनि विधाभञ्जकताको तात्पर्य विधारहित अवस्था होइन । यहाँ विधाभञ्जकता र विनिर्माणवादीवृत्ति पनि त्यति फस्टाएको छैन । केही अनुवृmतिमूलक साहित्य रचिएका छन्, तर सहज र स्वाभाविक रूपमा आउन बाँकी नै छ । साहित्य सिर्जनमा बाढी आउँदा पनि साहित्यकार जति साहित्य नहुनु दुखद कुरा हो । यसको विकासका लागि साहित्य र साहित्यकारको सङ्ख्यामा समानुपातिकता र समानता आउनु पर्छ । आजका कतिपय कविसाहित्यकारहरू युगको अपेक्षा विपरीत अर्चना र स्तुतिमा पनि व्यस्त छन् । यस्ता रचनाले क्षणिक व्यक्तिगत स्वार्थ त पूर्ति होला, तर दीर्घकालीन महत्व रहँदैन ।

साहित्यको समग्र वस्तुस्थितिको मूल्याङ्कनका लागि सम्बद्ध विधाको अद्यावधिक इतिहासलेखन अपरिहार्य हुन्छ, तर नेपाली साहित्यको सिङ्गो र सर्वाङ्ग इतिहास अद्यावधि नलेखिएको हुँदा सबै विधाको वस्तुगत आँकलन कठिन छ । इतिहास लेखिने संस्थामा बसेका भाटहरू मनचिन्ते गफ र भ्रष्टाचारमै निर्लिप्त छन् । इतिहास लेखनका संस्थागत र सामूहिक प्रयास शून्यप्राय छन् । साहित्यको इतिहास लेखन व्यक्तिगत प्रयासमै सीमित छन् । विधागत इतिहास लेखनका क्षेत्रमा यसै लेखकको कविता सिद्धान्त र नेपाली कविताको इतिहास (२०६०) लाई नेपाली कविताको इतिहासमा महत्तम उपलब्धि एवं अतुलनीय र अद्वितीय वृmति मानिएको तथ्य पनि कसैका सामु छिपेको छैन ।

४. उपसंहार
अनेक सङ्गत–असङ्गत सन्दर्भहरू देखिए पनि वर्तमान नेपाली साहित्यको अवस्थिति पूरै निराशाजनकचाहिँ छैन । नयाँनयाँ आशाका किरणहरू यत्रतत्र देखापरिरहेका छन् । तिनलाई स्वस्थ ढङ्गले हुर्कने, बढ्ने र छिप्पने अवसर दिएमा नेपाली साहित्यको भविष्य समुज्ज्वल छ । राजनैतिक क्षेत्रमा सर्वसाधारण जनताले पनि अनुभूत गर्न सकिने सामन्ती संस्कार र भ्रष्टाचारमुक्त वास्तविक शासन व्यवस्था आएमा त्यसको सकारात्मक प्रभाव साहित्यिक जगत्मा स्वतः परिहाल्छ ।

वर्तमान साहित्य सिर्जनाका क्षेत्रमा युगीन सन्दर्भ, अपेक्षा र परिवेशअनुरूपका सिर्जना पनि धेरथोर मात्रामा हुँदा छन् । वर्तमानमा व्याप्त हत्या, हिंसा, आतङ्कको भयावह परिस्थिति चित्रण र शान्तिको अपेक्षा गरिएका तथा द्वन्द्वबारेका प्रशस्तै रचनाहरू लेखिएका छन् । थुपै्र रचनामा वर्तमानमा व्याप्त हत्या, हिंसा, आतङ्क, घुसखोरी, भ्रष्टाचार, नेतृत्वका दुराचार आदिले उच्च प्राथमिकता पाएको छ । कतिपय साहित्यकारहरूले प्रयोगशीलतालाई राम्ररी वरण गरेका छन् । प्रयोगशीलता वर्तमान शताब्दीको महत्तम उपलब्धि हो । विद्युतीय उपकरण वेबसाइटमा पनि साहित्यलाई समावेश गर्ने कार्यको थालनी भएको छ । यसलाई अझ व्यापक र विस्तृत तुल्याउँदै जाने हो भने वर्तमान नेपाली साहित्यको परिदृश्य अवलोकन गर्न सहज र सुगम हुन्छ ।

समयको मागअनुरूप युगसापेक्ष ढङ्गले वर्तमान युगजीवनमा व्याप्त विसङ्गति, विवृmति, निराशा र उराठिलो वस्तुसत्यलाई अङ्गीकार गरी कलात्मक भाषाशैलीय विन्यासमा साहित्यको भव्य महल खडा गर्नुपर्छ । विधाभञ्जकताका नाममा भताभुङ्गे देशको लथालिङ्गे चाला, भेटेजति सबै जरैसमेत खाला भन्ने अवस्था सिर्जना हुन नदिन तथा प्रयोगका नाममा वृmत्रिम शब्दजालमा रुमलिन नदिन प्रबुद्ध साहित्यकारहरू सचेत हुनुपर्छ । परम्परित भाटवृत्ति त्यागेर नवनव बान्की र ढपको खोजी गर्दै युगजीवनलाई समेटेर कथ्य र शिल्प दुवैमा सार्थक प्रयोग गरी साहित्यसिर्जना गर्न आजका नेपाली साहित्यकारहरू तल्लीन रहनुपर्छ । साक्षर मन्त्रीका गोजीबाट निकालिएका विविध विषयक तयारी भाषणजस्ता आप्mना रचनालाई भयङ्कर र अद्भुत निर्माण वा पहाडै फुटाउने रचनाका रूपमा लिने र अरूका राम्रै रचनालाई पनि महत्व नदिने अहंकारीवृत्तिबाट साहित्यकारहरू मुक्त हुनु पर्छ भने समालोचकहरूले पनि तटस्थ र वस्तुवादी भएर अतिशयोक्तिपूर्ण ढङ्गले नभई यथार्थपरक ढङ्गले मूल्याङ्कन गर्ने परिपाटी विकास गर्नुपर्छ । उतपट्टि उत्तरआधुनिकतासम्बन्धी बहस रोकिएपछि यतापट्टि अधकल्चो रूपमा सतही चर्चा सुरु हुँदैछ । यस्ता सन्दर्भलाई पश्चिमा अन्धानुकरण गर्नेतर्पm नभई आप्mनो परिवेशअनुरूप हेरिनु र व्याख्या गरिनु बढी सान्दर्भिक हुन्छ । यसो भएमा मात्र नेपाली साहित्य एक्काईसौं शताब्दीअनुरूप हुनसक्छ र उत्तरआधुनिकतासम्बन्धी विद्यमान विभ्रमहरू पनि हट्दै जान्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु