गीत

- आनन्द अधिकारी

आगोले नि पोल्छ यहाँ, आँशुले नि पोल्छ
बेदनाले डसेपछि,मायाँले नि पोल्छ ।

एक्लै—एक्लै हिँड्ने मान्छे
नदी किनार बगरमा,
कल्पनामा बग्दाबग्दै
बिलाई जान्छ सागरमा ।

हेराईले नि पोल्छ यहाँ, बोलीले नि पोल्छ
विरहमा बतासले छुँदा पनि पोल्छ ।

आँधि हुरी तुफानजस्तै
भकानिन्छ छाती,
मैदान बीच ठोकिएर
पुग्छ हिमाल माथि ।

आगोले नि पोल्छ यहाँ, आँशुले नि पोल्छ
बेदनाले डसेपछि,मायाँले नि पोल्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु