१. विषय परिचय
‘पुनर्जन्म’ शिखा बुक्सबाट प्रकाशित प्रगतिशील साहित्यकार राम विनयद्वारा लेखिएको मझौला आकारका संस्मरणहरूको सङ्ग्रह हो । वि. सं. २०८१ भाद्र महिनामा प्रकाशित यस पुस्तकमा सन् २०१९ मा संसारभरि नै महामारीका रूपमा देखापरेको कोरोना भाइरस र त्यसबाट प्रभावित नेपाली समाजको वस्तुस्थितिलाई सरल एवम् रोचक ढङ्गले प्रस्तुत गरिएको छ
विषय प्रवेश :
संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको कुरा ‘प्रेम’ हो । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको भएको छ भने त्यो पनि प्रेम नै हो । प्रेमको विषयमा जति लेख, निबन्ध, गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकांश कथा, उपन्यास र चलचित्रको मुख्य विषय प्रेम नै हुने गरेको छ
समयको परिवर्तनसँगै अचेल अधिकांश वृद्धवृद्धाहरू घरको चौघेरा भित्र झोक्राइरहेका भेटिन थालेका छन् । केही साल अघिसम्म यदाकदा बाहेक यो दृश्य त्यति बाक्लो देखिदैन थियो । वर्तमान अवस्थामा सबै यसरी झोक्राउनु पर्ने कारण भने एउटा मात्र छैनन्, अनगिन्ती छन् । गजबको कुरा, प्रायः यस्ता दृश्य आफ्नो परिवारमा होइन प्रायः अर्काको घर परिवारमा मात्र देखिन्छ
१. परिचय
नेपाली माटोमा जन्मे हुर्केको र सनातन धर्मका धार्मिक विधिविधानका कट्टताको पञ्जाबाट उम्काउनका लागि आविष्कार गरिएको सुधारपरक व्यावहारिक चिन्तन जोसमनी दर्शन हो । एउटा सम्प्रदायका भक्तहरुमा प्रचलित भएका कारण यसलाई ॅमत’ पनि भन्न सकिन्छ । यो दर्शन सनातनीहरूले स्वीकार गर्ने वेद निर्दिष्ट कर्ममा आधारित भए पनि यसले कट्टताका नियमलाई हुबहु मान्दैन बरु परिष्कार गरी सरल बनाएर जीवन चलाउनु पर्छ भन्ने मान्यता सहर्ष स्वीकार गर्छ
सिर्जना लम्हिन सुब्बा अंग्रेजी लेखिकाका रूपमा चिनिनुहुन्छ। दार्जिलिङ जिल्लाको नागरी कमान की निवासी श्रीमति सुब्बा पाख्रिबोस बालिका उच्चतर माध्यमिक विद्यालय की शिक्षिका का रूपमा कार्यरत हुनुहुन्छ र वहाँ एकजना अग्रणी सामाजिक कार्यकर्ताका रूपमा पनि सेवा प्रदान गर्दै आइरहनुभएको छ
म अहिले कुर्सीमा बसेर कुर्सीकै बारे केही लेख्न खोज्दैछु । पहिले कुर्सी नहुँदा भुइँमै बसेर, घुँडा धसेर, पलेँटी कसेर वा वाल्मिकी टेबल प्रयोग गरेर पनि मानिसले लेखपढ गर्थे । अहिले पनि धेरैले गर्छन्; तर शरीरलाई सुविधा हुने हिसाबले पनि कुर्सीमा बस्नु फाइदाजनक हुने व्याख्याका कारण यसको प्रयोग बढेको छ