गजल

- आचार्य प्रभा

देशको चिन्ता लाग्दैन भनि कसरी भनुँ म?
मनको घाउ पाक्दैन भनि कसरी भनुँ म?

सम्झना आइ झस्काइ दिए कल्पिन्छु भुमी नै
आँखामा देश ढाक्दैन भनि कसरी भनुँ म?

झल्झली देख्छु नेपाल आमा आँखामा अल्झेको
दु:खले मन थाक्दैन भनि कसरी भनुँ म?

विदेश बस्दा देशको माया झन पो बड्दो छ
आँटले देश हाँक्दैन भनि कसरी भनुँ म?

बिदेशी भनि लेपन लाग्यो मन छ नेपाली
गोडाले देश ताक्दैन भनि कसरी भनुँ म ?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 माघ, 2067

लेखकका अन्य रचनाहरु