कपाल

- रामकुमार पण्डित क्षेत्री

मेरो कपाल साह्रै फूल्न थाल्यो। आमाले भन्नु भा'को मेरो कपाल बच्चै देखी फूल्न थालेको अरे। मैले एकजना मेरो साथी देखेको थिएँ, जसको कपाल उमेर पैतीस बर्ष हुँदासम्म फूलेको थिएन। आफ्नो भने ऊफ्! फूलेर हैरान भएँ।

एकदिन एकजना साथीको सल्लाहमा मैले कपालमा कलप हालेर जलप लगाएं। यसो गर्दा एक- दुई हप्ता कालो त देखियो तर शायद त्यो कलपले जादु गर्‍यो होला; मेरो कपाल दिन दुई गुणा रात चौ गुणा भैइ झन् फूल्न थाल्यो। यस पछि म आत्तिएँ। फेरी मैले अर्को साथीको सल्लाहमा तोरीको तेलले दैनिक कपाल मालिस गर्न थालेँ। उसैको सल्लाहमा प्रोटिन बढी भएको खाना धेरै खान थालेँ। अनि उसैले चिन्ता गर्नु हुँदैन भनेको थियो तर आफ्नो अरु केही चिन्ता थिएन, यही कपाल फूल्न थालेको बाहेक। यस बिधिले केही सुधार भएको हो कि जस्तो लागेको थियो तर म सन्तुस्ट हुन सकिन। त्यसपछी मेरी केटी साथीको सल्लाह बमोजिम मैले बैधनाथको औषधि प्रयोग गरेँ। तर पनि अँ हँ जाती भएन। म निरासहुन थालेँ। मैले आसै मारेँ कि मेरो कपाल अब फेरी कालो होला भनेर।

मैले देखेँ, उसको कपाल एउटा पनि फूलेको थिएन। न त काला नै थिए। अचम्म मान्नुपर्ने कुरै थिएन, किनकी उ तक्लु थियो। मैले बल्ल बुझेँ तक्लु भए पछी कपाल फूल्ने चिन्तै नहुने रहेछ। अनि याद आयो: त्यो सानो भाई भुटानेको कपाल कसले पो हो जगल्ट्याएर उखेलिदिई हाम्रै त्यहीँ झापाको खुदुनाबारीमा फालेको। हो, त्यसरी जगल्ट्याए देखी भुटानेको कपाल फूलेकै छैन। हिजो आज त्यो खुदुनाबारीमा फालेको जगल्टो मध्येबाट पनि छानी-छानी राम्रा-राम्रा कपालका रौहरु आफूलाई बिकसित भन्ने पस्चिमेलिहरुले लाने गर्छन्।

सिमलटार, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 फागुन, 2067

लेखकका अन्य रचनाहरु