गीत

- इन्द्रा चामलिंग

तिमीसंग छुट्ने बेला बेस्सरी म रोएँ
हाँस्दै जाउ भने पछि जान बाध्य भएँ

आइदिए लाग्थ्यो सधैं वरिपरि मेरै
भन्न मात्रै सक्दिनथें मायाँ गर्छु धेरै
आँखा चिम्ली भक्कानिएँ आफ्नै मुटु छोएँ
हाँस्दै जाउ भने पछि जान बाध्य भएँ

भेट हुन्थ्यो मेला-पात पानी पंधेरीमा
थाहै नपाई सजाएथेँ मनको मझेरीमा
सम्झनाको कोशेली त्यो बोकेर म गएँ
हाँस्दै जाउ भने पछि जान बाध्य भएँ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 चैत्र, 2067

लेखकका अन्य रचनाहरु