समाजशास्त्रीय समालोचना पद्धतिको गोरेटोमा राजेन्द्र पहाडी

- डा. कपिलदेव लामिछाने

मोतीराम भट्टले भानुभक्तको जीवनचरित्र लेखेर थालनी गरेको नेपाली समालोचनाका विकासमा विभिन्न समय र सन्दर्भमा विभिन्न समालोचना प्रवृत्तिहरू देखापरेका छन् । तीमध्ये जीवनीपरक, खोजअनुसन्धानमूलक, सैद्धान्तिक, प्रभाववादी, प्रगतिवादी, मनोवैज्ञानिक, शैक्षणिक, तुलनात्मक, भाषाशैलीपरक, उत्तरआधुनिक र डायस्पोरिक आदि समालोचना प्रवृत्तिहरू मुख्य छन् । नेपाली साहित्यका पाठक खासै नबढेका भए पनि लेखक र स्रष्टाहरू बढेका छन् । साहित्यमा विविधता थपिँदो छ । नया“ वस्तु र प्रविधिको प्रविष्टि हु“दो छ । सिर्जनात्मक साहित्यमा आएको यस व्यापकताका साथसाथै नेपाली समालोचनामा पनि नया“पन आउनु आवश्यक र स्वाभाविक छ । यस्तो काम कहिलेकही“ पूर्ण सचेतताका साथ हुने गर्दछ भने कहिले काम भइसकेपछि काम भएको र नया“ कामको थालनी भएको ज्ञात वा महसुस हुन्छ ।

राजेन्द्र पहाडी एउटा सचेत स्रष्टा र द्रष्टा हुनुहुन्छ । समाजशास्त्र र राजनीतिशास्त्रमा वहा“को गहिरो अध्ययन छ भने साहित्यमा अभिरुचि छ । त्यसैले वहा“ले समाजशास्त्रीय ज्ञानलाई समीक्षात्मक साहित्यमा प्रयोग गर्दै आउनुभएको छ । वहा“को समालोचकीय रुचिक्षेत्र समाजशास्त्र हो । यसले गर्दा समाजशास्त्रीय नेपाली समालोचनाको विकास भइरहेको देखिन्छ । नेपालीमा समाजशास्त्रीय समालोचनाका सचेत–असचेत केही प्रयत्न यसपूर्व पनि नभएका होइनन् । केही शोध नभएका पनि होइनन् । नेपालीमा पहिलो समाजशास्त्रीय समालोचना कसले ग¥यो त्यो खोजीको विषय हुनसक्ला, तर यसलाई दरोस“ग कसले अगाडि बढाइरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न इतिहासतिर फर्किनु पर्दैन । राजेन्द्र पहाडीका पाइला पछ्याए पुग्छ । वहा“का समाजशास्त्रीय समालोचनाका केही नमुना निम्नअनुसार छन् :

(क) २०६६ मा जुही कपिल लामिछाने विशेषाङ्क (पूर्णाड्ढ ६०) मा ‘भोकयुद्ध ः समय कुरूपता र भोकउन्मूलनको समाजशास्त्र’ समालोचना देखाप¥यो । यसमा ‘भोकउन्मूलन’ कथाको फुटकर रूपमा समाजशास्त्रीय समालोचना गरिएको छ ।

(ख) २०६७ वैशाखमा शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन पुस्तकाकार कृति देखाप¥यो । यसमा कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय समालोचना गरिएको छ । नेपाली कविताको समाजशास्त्रीय सालोचनाको यो पहिलो पुस्तकाकार कृति हो ।

(ग) २०६७ माघ, फागुन, चैत्रको कालीको सुसेली त्रैमासिक साहित्यिक पत्रिकामा डा. कुशुमाकर न्यौपानेको कार्यपत्र धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत माथि समाजशास्त्रीय टिप्पणी सहितको समालोचना प्रकाशित भएको छ ।

(घ) र अहिले मेरा हातमा यस्तै समाजशास्त्रीय समालोचनाको एउटा छुट्टै पुस्तकको पाण्डुलिपि प्राप्त भएको छ । यसमा लघुकथाकार इन्द्रकुमार विकल्पको सर्वदलीय घर लघुकथासङ्ग्रहभित्रका लघुकथाको समाजशास्त्रीय समालोचना गरिएको छ ।

(ङ) जुही मोदनाथ प्रश्रित विशेषाङ्क (पूर्णाड्ढ ६५) मा प्रकाशनार्थ एक अर्को समाजशास्त्रीय समालोचना पनि मैले (सम्पादकका हैसियतले) प्राप्त गरेको छु, जसमा प्रश्रितको प्रसिद्ध कृति नारी ः बन्धन र मुक्ति पुस्तकको समाजशास्त्रीय विश्लेषण गरिएको छ ।

यहा“ समाजशास्त्र र साहित्य वा साहित्य र समाजशास्त्र दुवैलाई पहाडीले नारेर स“गै अगाडि बढ्नुभएको छ । साहित्य र समाजका बीचमा नङ र मासुको सम्बन्ध छ । साहित्य समाजकै अड्ड हो । समाजले साहित्य दिन्छ र साहित्यले त्यही समाजको रूपान्तरणमा सहयोगीको भूमिका निर्वाह गर्दछ । समाज र साहित्यबीचको यस्तो सम्बन्धबाट परिचित र दुवै क्षेत्रका विज्ञ राजेन्द्र पहाडीले साहित्यलाई समाजशास्त्रीय कोणबाट हेर्ने जुन प्रयत्न गर्नुभएको छ, यसले नेपाली समालोचनाका विकासमा नया“ आयाम थप्ने काम गरेको छ र समयानुकूल नया“ बाटो देखाएको छ । यसबाट समकालीन समालोचकको ध्यान यसतर्फ आकृष्ट हुने परिस्थिति सिर्जना भएको छ ।

राजेन्द्र पहाडीको यसपटकको रोजाइमा इन्द्रकुमार विकल्प पर्नुभएको छ । विकल्प लघुकथाको सिर्जनामा लागिरहने व्यक्ति हुनुहुन्छ । समकालीन सामाजिक सन्दर्भलाई टपक्क टिपेर कथाको रूप प्रदान गर्ने कालिगढी विकल्पमा छ । सर्वदलीप घर एक उदाहरण हो । शिक्षण र व्यापार–व्यवसायमा लाग्दालाग्दै पनि साहित्य सिर्जनामा रमाउने विकल्प अत्यन्त क्रियाशील स्रष्टा हुनुहुन्छ । यस्ता स्रष्टा विकल्पको सर्वदलीप घर लघुकथासङ्ग्रहलाई अगाडि राखेर यसमा राजेन्द्र पहाडीले समाजशास्त्रीय दृप्टिकोण पस्कनुभएको हो ।

प्रस्तुत कृति समालोचनाकृति हो । समालोचनामा वस्तुनिष्ठता र पद्धतिगत एकरूपता आवश्यक हुन्छ । समालोचना प्रशंसाको चुली र आलोचनाको सुली दुवै होइन । यो मूल्याङ्कनको पद्धति हो र यसमा समालोचकले तथ्य वा वस्तुको धरातलमा उभिएर दूधलाई दूध र पानीलाई पानीकै रूपमा हेर्न सक्नुपर्छ । यस्तो भएन भने समालोचना पनि रामगाथा हुने खतरा रहन्छ । यस मामिलामा राजेन्द्र पहाडीले अझ खरो र दरो गरी उभिन सक्नुपर्ने हुन्छ । कही“ वहा“ खाटी समालोचक देखिनुहुन्छ भने कही“ भावुक लेखक । ‘उपसंहार’ शीर्षकको अन्तमा आफैंले लेखेको एउटा कविता उद्धृत गरेर ग्रन्थको समापन गर्नुभएको विषयलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ । यस्तै, दोस्रो शीर्षक ‘इन्द्रकुमार, साहित्यसिर्जना र मेरा स्मृतिहरू’ शीर्षक यहा“ नराख्दा बेस हुन्थ्यो । तेस्रो शीर्षक ‘लघुकथाको परिचय र महत्ता’मा लघुकथाको सैद्धान्तिक स्वरूप प्रस्ट हुन सकेको देखिन्न । चौथो शीर्षक ‘लघुकथाको कसीमा सर्वदलीय घर र समाजचित्रण’मा विकल्पका लघुकथाभित्रको अवस्था त खोतलिएको छ, तर ‘लघुकथाको कसी’प्रति न्याय हुन सकेको छैन ।

केही कमजोरी हु“दाहु“दै पनि राजेन्द्र पहाडीले थालेको यात्रा नौलो हो । यहा“ लघुकथाको समाजशास्त्रीय कोणबाट विवेचनाको प्रयास भएको छ । ग्रामीण र सहरिया समाजमा विद्यमान पारिवारिक संरचना र त्यसको सड्डठन–विघटनलाई पहाडीले राम्रोस“ग केलाउनुभएको छ । सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक र सां“स्कृतिक कोणबाट सर्वदलीय घरका लघुकथाहरूको समीक्षा गर्नुभएको छ । यसले समाजशास्त्रीय समालोचना पद्धतिप्रति राजेन्द्र पहाडीको प्रतिबद्धतालाई पुनः प्रस्ट पारेको छ ।

जीवनीपरक, खोजअनुसन्धानमूलक, सैद्धान्तिक, प्रभाववादी, प्रगतिवादी, मनोवैज्ञानिक, शैक्षणिक, तुलनात्मक, भाषाशैलीपरक, उत्तरआधुनिक आदि समालोचना प्रवृत्तिहरूका लाममा अब समाजशास्त्रीय समालोचना पद्धति पनि उभिन आएको छ । युगको माग भनेको समावेशीकरण हो । साहित्यमा यसको प्रभाव देखिइसकेको छ र यस्तो साहित्यको समालोचनाका लागि समाजशास्त्रीय पद्धतिको आवश्यकता र महत्व हुन्छ । अन्तमा, नेपाली समालोचनाका क्षेत्रमा यस पद्धतिलाई अझ सशक्त रूपमा विकसित गर्नमा राजेन्द्र पहाडीलाई सफलता प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्दै यो मन्तव्यलाई यही“ बिट मार्न चाहन्छु ।

भैरहवा
















प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 30 चैत्र, 2067

लेखकका अन्य रचनाहरु