गीत

- हेमन्त परदेशी

जिन्दगीमा पहिलोचोटी दुखेँ यसरी
खडेरीमा फूलको थुँगा सुके जसरी

दीलको ढोका उघारेर कोही पसेथ्यो
थाहै नपाई मन-मुटुमा बास बसेथ्यो

त्यही बास उठ्यो आज चुकेँ यसरी
धर्ती सामु सिंगो आकाश झुके जसरी

जिन्दगीमा ………………………………

केही गरि रोकिएन मनको पहिरो
सम्झनाको खाटा बस्यो झनै गहिरो

सम्झिएर तिनै अतित रुकेँ यसरी
अँधेरीमा जूनको किरण लुके जसरी

जिन्दगीमा ……………………………

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 बैशाख, 2068

लेखकका अन्य रचनाहरु